Author: admin

डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते
समाचार, समाज

डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ सेउणीखेत पिउसिया भिरमा जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डेयका अनुसार दिपायलबाट चवराचौतारातर्फ जाँदै गरेको म १ च ५५० नंको महेन्द्रा जिप गए राति करिब एक बजेतिर दुर्घटनामा परेको हो। दुर्घटनामा परी मृत्यु हुनेमा बोगटन फुड्सिल गाउँपालिका–७ का वडा सचिव मञ्जु त्रिपाठी, निजकी सासू करिब ५५ वर्षकी नाम नखुलेको, केआइसिंह गाउँपालिका–४ बस्ने करिब ४० वर्षका हरिनारायण भट्ट रहेका छन्। यसैगरी उक्त घुर्टनामा परी घाइते हुनेमा बोगटान फुड्सिल गाउँपालिका–६ का करिब ३० वर्षका चालक कैलाश बम, कञ्चनपुरको भिमदत्तनगरपालिका–१९ बस्ने २८ वर्षीय हेमन्त भट्ट, बोगटान फुड्सिल गाउँपालिका–७ बस्ने ४० वर्षीया खेमादेवी गिरी, सोही ठाउँ बस्ने २६ वर्षीय टीकाराम गिरी त...
७२ वर्षको उमेरमा सम्बन्ध विच्छेद !
रोचक, समाचार

७२ वर्षको उमेरमा सम्बन्ध विच्छेद !

गुल्मीमा एक वृद्ध दम्पत्तीले सम्बन्ध विच्छेद गरेका छन् । गुल्मी दरकार गाउँपालिका–४ स्थित भट्टेचौरका ७२ वर्षीय तीलबहादुर विश्वकर्मा र ६९ वर्षीया बाटुली विश्वकर्माले जिल्ला अदालत गुल्मीमा आज सम्बन्ध विच्छेद गरेका हुन् । आफ्ना पहिलेका श्रीमान्को मृत्यु भइसकेपछि विसं २०५२ मा बाटुलीको तीलबहादुरसँग दोस्रो बिहे भएको थियो । सामान्य मनमुटावका कारण घरमा सधैँ भरि झगडा गरेर बस्नुभन्दा बाच्दासम्म शान्तिसँग बस्न पाइयोस भनेर सम्बन्ध विच्छेद गर्ने सोच बनाएको श्रीमती बाटुली विकले बताइन् । यी वृद्ध दम्पत्तीले जिल्ला अदालत गुल्मीबाट कानूनी रुपमा सम्बन्ध विच्छेद गरेर अलग–अलग बस्ने निधो गरेका हुन् । यी दम्पत्ती आफ्ना छोराछोरी र नातीसँगै सम्बन्ध विच्छेदका लागि आज अदालत पुगेका थिए । “बाबा आमा दुवैको सहमतिअनुसार सम्बन्ध विच्छेद भएको हो”, तीलबहादुरका साइलो छोरा देवेन्द्र विश्वकर्माले भने । “दुई/चार वर्ष ब...
२ करोड १७ लाख नेपालीलाई कोरोनाविरुद्धको भ्याक्सिन दिइने
समाचार, स्वास्थ्य

२ करोड १७ लाख नेपालीलाई कोरोनाविरुद्धको भ्याक्सिन दिइने

कोरोना भाइरसविरुद्धको भ्याक्सिन परीक्षण सफल हुनासाथ २ करोड १७ लाख नेपाली नागरिकलाई उपलब्ध गराउने योजनासहित सरकारले तयारी थालेको छ । प्राथमिकता र जोखिमका आधारमा भ्याक्सिन दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको योजना छ । केन्द्रीय तथ्यांक विभागका अनुसार नेपालको कुल जनसंख्या ३ करोड १ लाख ६९ हजार ४ सय १९ छ, जसमध्ये २ करोड १७ लाख २१ हजार ९ सय ८१ जनालाई कोरोनाविरुद्धको भ्याक्सिन लगाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तयारी छ । कोभिडको भ्याक्सिन १५ वर्षभन्दा माथिकालाई मात्र दिइनेछ ।स्वास्थ्य सेवा विभागअन्तर्गत तत्कालीन बाल स्वास्थ्य महाशाखाका पूर्वनिर्देशक एवं खोप व्यवस्थापन प्राविधिक तयारी समितिका संयोजक डा श्यामराज उप्रेतीले विश्वमा बनिरहेका कोभिडविरुद्धको भ्याक्सिन १४ वर्षमुनिका बालबालिकालाई ट्रायल नगरिएको बताए । नेपालमा २८ प्रतिशत जनसंख्या १४ वर्षमुनिका छन् । कोभ्याक्स फ्यासिलिटीमा...
सार्क राष्ट्रअन्तर्गत कोरोना भाइरस संक्रमणमुक्त हुने दरमा नेपाल अग्रस्थानमा
समाचार, स्वास्थ्य

सार्क राष्ट्रअन्तर्गत कोरोना भाइरस संक्रमणमुक्त हुने दरमा नेपाल अग्रस्थानमा

सार्क राष्ट्रअन्तर्गत कोरोना भाइरस संक्रमणमुक्त हुने दरमा नेपाल अग्रस्थानमा रहेको पाइएको छ । भारतपछि सबैभन्दा धेरै नेपालमा संक्रमणमुक्त भएको पाइएको छ । वल्र्डमिटरका अनुसार हालसम्म भारतमा कुल संक्रमितमध्ये ९४ दशमलव २८ प्रतिशत संक्रमणमुक्त भएका छन् । यस्तै, नेपालमा कुल संक्रमितमध्ये ९३ दशमलव ४० प्रतिशत संक्रमणमुक्त भएका छन् । यस्तै, माल्दिभ्समा कुल संक्रमितमध्ये ९२ दशमलव ८१ प्रतिशत, भुटानमा ९१ दशमलव २७ प्रतिशत, पाकिस्तानमा ८५ दशमलव ३१ प्रतिशत, बंगलादेशमा ८२ दशमलव ६८ प्रतिशत, अफगानिस्तानमा ७८ दशमलव ६८ प्रतिशत र श्रीलंकामा ७३ दशमलव १८ प्रतिशत संक्रमणमुक्त भएका छन् । हालसम्म इन्डियामा ९६ लाख ८ हजार ४ सय १८ जना संक्रमितमध्ये ९० लाख ५८ हजार ८ सय २२ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कुल संक्रमित २ लाख ३९ हजार ८ सय ८५ जनामध्ये २ लाख २४ हजार ५३ जना संक्रमणमुक्त भएका छन् ।माल्दिभ्समा कु...
पिएसजीको प्रभावशाली जित
अन्तर्राष्ट्रिय, खेलकुद, समाचार

पिएसजीको प्रभावशाली जित

फ्रेन्च लिग वान फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन ९पिएसजी० ले प्रभावशाली जित दर्ता गरेको छ । अवे मैदानमा भएको खेलमा पिएसजीले मोन्टपिलरलाई ३–१ ले पराजित गरेको हो । ३३ औँ मिनेटमा कोलिन डाग्बाको गोलबाट पिएसजीले सुरुवाति अग्रता लियो । ४१ औँ मिनेटमा स्टेफी माविडिडीले मोन्टपिलरका लागि बराबरी गोल गरे। ७७ औँ मिनेटमा मोइज केन र इन्जुरी समयको पहिलो मिनेट अर्थात ९१ औँ मिनेटमा केलियन एमबाप्पेले गोल गरेपछि पिएसजी ३–१ ले विजयी भयो । जितपछि शीर्ष स्थानको पिएसजीको १३ खेलबाट २८ अंक भएको छ।...
गायक नकुल कार्किको स्वर, संगीत तथा शब्द रहेको ‘मेरो साथ’ बोलको गीतको भिडियो सार्वजनिक  (भिडियो )
मनोरन्जन, समाचार

गायक नकुल कार्किको स्वर, संगीत तथा शब्द रहेको ‘मेरो साथ’ बोलको गीतको भिडियो सार्वजनिक (भिडियो )

गायक, संगीतकार तथा बहुप्रतिभाका धनी नकुल कार्किको स्वर, संगीत तथा शब्द रहेको ‘मेरो साथ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।मोहनी मन्त्र एल्बममा समावेश यस् गीतमा मोडेल यमुना रसालको अभिनय तथा निर्देशन् रहेको छ । भिडियो लगभग ३ दिनको कडा मिहिनेत गरी पर्वत जिल्लाको सबैभन्दा उच्च स्थानमा रहेको सालीजा जलजला गाँउपालिकाको रमणीय ठाँउहरुमा शुटिङ सम्पन्न गरिएको हो । https://youtu.be/lW2c1Kxg748 भिडियो धेरै दु:ख गरेर बनाएको र केही नयाँ होस र नेपालको यस्तो दुर्लभ अनी रमणीय ठाँउहरुको पहिचान होस् भन्ने उद्देश्यले आफुहरुले गरेको काममा सन्तुष्ट रहेको भिडियो कि मोडेल तथा निर्देशक यमुनाले बताईन । साथै आफुलाई यस् कामका लागि साथ सहयोग दिनु हुने सम्पूर्ण टिमलाई पनि धन्यवाद प्रकट गरिन । भिडियोमा अमन मगरको छांयाकन तथा सम्पादन रहेको छ । स्वयम गायक कार्कीकै एरेन्ज रहेको गीतलाई दिनेश श्रेष्ठले मिक्सिङ मा...
नम्रता श्रेष्ठ बनिन् ‘मिस नेपाल वर्ल्ड २०२०’
मनोरन्जन, समाचार

नम्रता श्रेष्ठ बनिन् ‘मिस नेपाल वर्ल्ड २०२०’

मिस नेपाल २०२० को उपाधि नम्रता श्रेष्ठले जितेकी छन् । शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा २० प्रतिस्पर्धीलाई पछि पार्दै  श्रेष्ठले मिस नेपालको २६ औं संस्करणमा उपाधि हात पारेकी हुन् ।  उनलाई ‘मिस नेपाल वर्ल्ड २०१९’की अनुष्का श्रेष्ठले ताज पहिराएकी हुन् ।नम्रताले त्रैमासिक भत्ता र पुरस्कारको रुपमा २ लाख ५० हजार पाउने छिन् ।  नम्रताले मिस वर्ल्ड २०२१ मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । यसैगरी, ‘मिस नेपाल सुप्रानेसनल २०२०’ को उपाधि सिमल कनौजियाले पाएकी छन् भने  ‘मिस नेपाल इन्टरनेसनल २०२० को ताज सन्ध्या शर्माले पहिरिहेकी छन्।त्यस्तै,‘मिस नेपाल अर्थ २०२०’ को उपाधि सुप्रिया श्रेष्ठले पाएकी छन्। यस वर्ष देशभरका १ सय ५० युवतीहरू प्रतियोगिताका लागि प्रत्यक्ष सहभागी भएका थिए । जसमध्ये १८ देखि २६ उमेर समूहका २१ जना अन्तिम प्रतिस्पर्धाका लागि चयन भएका थिए ।...
नेपाल महिला चेम्बरको आयोजनामा क्यान्सर र कोभिड १९ बिषयक वेमिनार कार्यक्रम सम्पन्न
अर्थ/व्यापार, समाचार

नेपाल महिला चेम्बरको आयोजनामा क्यान्सर र कोभिड १९ बिषयक वेमिनार कार्यक्रम सम्पन्न

ललितपुर, १९ मंसिर – नेपाल महिला चेम्बरले क्यान्सर र कोभिड १९ बिषयक वेमिनार कार्यक्रमको आयोजना गरेको छ । महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठको सभापतित्वमा शुक्रबार आयोजित सो वेमिनार कार्यक्रम माझ प्रमुख वत्ताका रुपमा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुदिप श्रेष्ठ र चिकित्सा वैज्ञानिक डा. दिग्विजय राजा महतले प्रस्तुती दिएका थिए । महिला चेम्बरकी सदस्य सोनी जोशीले वक्ता डा. सुदिप श्रेष्ठको व्यक्तित्व बारे चर्चा गर्दै चिकित्सा विज्ञान अन्तर्गत क्यान्सर उपचारको क्षेत्रमा उनको पृथक पहिचान रहेको भन्दै उनको विज्ञता, अनुभव र आवद्धता सम्बन्धमा प्रकाश पारेकी थिईन । वेमिनार कार्यक्रम माझ आफ्नो प्रस्तुती दिने क्रममा नेपाल ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरका अध्यक्ष समेत रहेका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा सुदिप श्रेष्ठले कोरोना महामारी शुरु भएका केही साता क्य...
डिम्याट खाता खोल्नेको संख्या बढ्यो, २२ लाखभन्दा बढी पुग्यो डिम्याट खाता
अर्थ/व्यापार, समाचार

डिम्याट खाता खोल्नेको संख्या बढ्यो, २२ लाखभन्दा बढी पुग्यो डिम्याट खाता

पछिल्लो समयमा डिम्याट खाता खोल्नेको संख्या ह्वात्तै बढेको छ । सिडीएस क्लियरिङ लिमिटेडका अनुसार शुक्रवारसम्म २२ लाख ११ हजार ९७ डिम्याट खाता पुगेको छ । पछिल्लो सयमा धितोपत्र बजारमा नयाँ नयाँ कम्पनीहरुको आईपीओ जारी भइराखेकाले पनि डिम्याट खाता खोल्नेको संख्या बढेको हो । देशभरीमा ७६ ओटा डिपी कम्पनी र ६४ ओटा बैंक तथा वित्तीय संस्थाहरु सि (आस्वामा दर्ता भएकाले तीनका शाखा कार्यालयहरुबाट डिम्याट खाता खोल्ने र केही डिपीले अनलाइनबाटै डिम्याट खाता खोल्ने सुविधा ल्याएकाले पनि डिम्याट खाता खोल्नेको संख्या बढेको हो । असोज २६ गतेसम्म डिम्याट खाताको संख्या २० लाख ७३ हजार १६८ रहेको थियो भने कात्तिकमा मात्रै त्यो बढेर आजसम्म १ लाख ३७ हजार ९२९ थपिएको छ । केहि वर्षदेखि प्रत्येक आवेदकलाई सार्वजनिक निष्कासनमा अनिवार्य रुपमा १० कित्ता शेयर दिनुपर्ने व्यवस्था भएपछि पनि डिम्याट खाता खोल्नेहरुको संख्या बढेको ह...
सामाजिक सुरक्षा कोषका योगदानकर्ताले घर निर्माण गर्न ७५ लाख सापटी पाउने
अर्थ/व्यापार, समाचार

सामाजिक सुरक्षा कोषका योगदानकर्ताले घर निर्माण गर्न ७५ लाख सापटी पाउने

सामाजिक सुरक्षा कोषमा नियमित योगदान गर्दै आएका योगदानकर्ताले आफ्नो वित्तीय आवश्यकता पूरा गर्न विभिन्न शीर्षकमा कर्जा प्राप्त गर्ने भएका छन् । सरकारले कोषमा जम्मा भएको रकम लगानी गर्नेसम्बन्धी ‘सामाजिक सुरक्षा कोष लगानी कार्यविधि, २०७७’ स्वीकृत गरेसँगै श्रमिकले कोषमा योगदान गरेको रकमका आधारमा सापटी पाउने बाटो पनि खुल्ला भएको छ । यही मङ्सिर १० गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त कार्यविधि स्वीकृत गरेको थियो । योगदानकर्ता सापटीअन्तर्गत योगदान रकमको आधारमा योगदानकर्ता विशेष सापटी, आवास निर्माणका निम्ति योगदानकर्ता घर सापटी, मानव पूँजी निर्माणमा सहयोग पु¥याउने हेतुले योगदानकर्ता शैक्षिक सापटी तथा श्रमिकको भैपरी आउने कार्यलाई सुविधा प्रदान गर्न योगदानकर्ता सामाजिक कार्य सापटी योगदानकर्ताले प्राप्त गर्नसक्ने कोषले जनाएको छ । परियोजना कर्जाअन्तर्गत जमानत कर्जा, संस्थागत कर्जा तथा सहवित्तीयकरण कर...