भोली राजधानीमा ‘महिला रेस्लिङ च्याम्पियनसिप’ हुने
महिला रेस्लरहरुबीच शनिबार काठमाडौंमा ‘महिला रेस्लिङ च्याम्पियनसिप’ हुँदैछ।
नेपाल महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा काठमाडौंको शान्तिनगरमा च्याम्पियनसिप हुन लागेको हो। कार्यक्रम फाउन्डेसनको प्राङ्गणमा दिउँसोको २ बजे देखि ५ बजेसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका महिला खेलाडीहरुको उपस्थितिमा स्वास्थ्यको मापदण्डलाई ख्याल गरि, भौतिक दुरि कायम गरि हुने कार्यक्रमका आयोजक टिमले बताए ।
फाउन्डेसनको संस्थापक अध्यक्ष तथा नेपालकी पहिलो महिला रेस्लर भगवती खड्का (युनिका) ले यस प्रकारको महिला च्याम्पियनसिप देशमा लकडाउनपछी पहिलो पटक हुन लागेको खड्काले बताइन् ।
उनले भनिन्, “महिलाहरुको रेस्लिङ अहिलेसम्म भएको छैन, कोरोना संक्रमण महामारीका बेला रेस्लिङ सिकेका दिदीबहिनीलाई रिङमा उतार्न लागेकी छु।”
खड्काले महिलाहरुलाई रेस्लिङको तालिम दिंदै आएकी छिन्। अहिलेसम्म आफूले १०७ जना महिलालाई...










