Author: admin

शीतल निवासमा चिनियाँ राजदूत होउ यान्छी
राजनीति, समाचार

शीतल निवासमा चिनियाँ राजदूत होउ यान्छी

नेपालमा राजनीतिक उतलपुथल भइरहेका बेला काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेकी छन्। पौने ७ बजे शीतल निवास छिरेकी राजदूत यान्छी करिब ८ बजे शीतल निवासबाट बाहिरिएको स्रोतले बतायो। सरकारले संसद विघटन गरेपछिको उत्पन्न परिस्थिति र नेकपामा देखिएको विभाजका बीच चिनियाँ राजदूतको यो सक्रियतालाई अर्थपूर्ण रुपमा लिइएको छ। तत्कालिन एमाले र माओवादी केन्द्रबीच चुनाव गठबन्धन गराउन चिनियाँ भूमिका रहेको चर्चा हुने गर्छ। चुनावी गठबन्धनपछि बनेको नेकपामा विभाजन भइरहेका बेला राजदूत यान्छीले राष्ट्रपति भण्डारीलाई भेटेकी हुन्। यसअघि पनि सत्तारुढ दल नेकपामा विवाद हुँदा यान्छीले नेकपा नेताहरुलाई भेट्न् गरेकी थिइन्। राष्ट्रपति भण्डारी पनि नेकपाको विवादमा सक्रिय बन्दै आएकी थिइन्। संसद विघटन गर्ने सरकारको सिफारिशलाई तुरुन्तै सदर गरेपछि हाल राष्ट्रपति भण्डारीको भूमिका...
बेलायतबाट नेपाल आउन प्रतिबन्ध
अर्थ/व्यापार, समाचार

बेलायतबाट नेपाल आउन प्रतिबन्ध

यूरोपेली मुलुक बेलायतबाट नेपाल आउन प्रतिबन्ध लागेको छ । नेपाल सरकारले बुधबारदेखि अर्को सुचना जारी नभएसम्मका लागि बेलायतबाट नेपाल आउन प्रतिबन्ध लगाएको हो । बेलायतमा कोरोना भाइरसको नयाँ प्रकार देखिएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले बेलायतबाट आउने कुनै पनि यात्रु नल्याउन एअरलाइन्सहरूलाई निर्देशन दिएको छ । प्राधिकरणले मंगलबार सुचना जारी गर्दै बेलायतबाट वा बेलायत ट्रान्जिट भएर आउने कुनै पनि यात्रु नबोक्न निर्देशन दिएको छ । बेलायतमा कोरोना भाइरसको नयाँ प्रकार देखिएपछि विश्वका झण्डै ५० वटा देशले बेलायतसँगको उडान रद्द गरेर यात्रा प्रतिबन्ध लगाइसकेका छन् ।...
बुढानिलकण्ठ नगरपालिकाको सामाजिक विकास समिति संयोजकमा शान्ता ढकाल
राजनीति, समाचार

बुढानिलकण्ठ नगरपालिकाको सामाजिक विकास समिति संयोजकमा शान्ता ढकाल

काठमाडौं ,पुस ७। बुढानिलकण्ठ नगरपालिकाले सामाजिक विकास समिति संयोजकको जिम्मेवारी नगर कार्यपालिका सदस्य शान्ता ढकाललाई दिएको छ।बुढानिलकण्ठ नगर कार्यपालिकाको पुस १ गते बसेको बैठकले ढकाललाई उक्त जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको थियो।करिव २ दशक नेपालको शिक्षा क्षेत्रमा सक्रिय रहेकी ढकाल स्थानीय निर्वाचनमा बुढानिलकण्ठ नगरपालिका वडा नं १२ बाट लोकप्रिय मत सहित विजयी बनेकी थिइन्। नगरपालिकाको स्वास्थ्य ,शिक्षा ,धर्म संस्कृति ,बालबालिका ,महिला तथा जेष्ठ नागरिकहरुका विभन्न मुद्दा तथा सरोकारका विषयहरुमा नीति निर्माण ,योजना तथा कार्यक्रम निर्माण तथा कार्यान्वयन जस्ता महत्वपूर्ण जिम्मेवारी बहन गर्नुपर्ने सो समितिमा संयोजक ढकाल संगै वडा नं ४ का अध्यक्ष राजु खड्का ,वडा नं ८ का अध्यक्ष सुमन तामाङ ,नगर कार्यपालिका सदस्य तारा रोक्का र नगरको सार्वजनिक लेखा समितिका संयोजक पुरुषोत्तम नेपाल सदस्य रहेका छन...
उपत्यकामा सुरक्षा सतर्कता बढाइयो
राजनीति, समाचार

उपत्यकामा सुरक्षा सतर्कता बढाइयो

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको राजनीति पार्टी फुटको दिशातिर गएपछि राजधानीमा सुरक्षा सतर्कता बढाइएको छ। काठमाडौंको मुख्य चोकहरुमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको डफ्फा तैनाथ गरिएको छ। बर्दी सहितको प्रहरीको अलवा सादा पोशाकका प्रहरीलाई पनि उत्तिकै संख्यामा खटाइएको छ। नेकपा भित्रको दुई खेमाको समानान्तर बैठक बोलाइएको स्थानहरुमा समेत बाक्लो संख्यामा प्रहरी खटाइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कदमको विरोधमा भूमिगत राजनीति गरिरहेको नेपाल कम्युनिष्ट पार्टी माओवादीको विप्लव समूहले समेत विरोध गरेपछि सरकारले सुरक्षा व्यवस्था कडा पारेको छ। विभिन्न राजनैतिक दलले गर्ने विरोध प्रदर्शनमा विप्लव समूहको घुसपैठ समेत हुन थालेपछि सुरक्षा निकायले निगरानी बढाएको छ। काठमाडौंको रत्नपार्क वरिपरिको क्षेत्र, माइतीघर मण्डला, नयाँ बानेश्वर, तीनकुने क्षेत्र, त्रिपुरेश्वर, सुन्धा...
अन्ततः नेकपा जोगिन सकेन
राजनीति, समाचार

अन्ततः नेकपा जोगिन सकेन

डा.डिआर उपाध्याय अन्ततः नेकपा फुट्ने नै भयो । कसैले चाहेर पनि यो पार्टी जोगाउन सकिने अवस्था देखिएन । अहिले दुबै पक्षतिर आफ्ना आफ्ना समूहका बैठकहरु डाकी रहेका छन् । यसले के जनाउँछ भने अब नेकपा सग्लो रहेन । प्रधानमन्त्री केपी शर्मा ओली समूहले केन्द्रिय कमिटिको बैठक बोलाएर प्रचण्ड समूहका नेताहरुलाई कारवाही गर्ने भनेको छ भने उता अर्का पक्ष प्रचण्ड समूहले पनि केपी समूहलाई कारवाही गर्ने बताएका छन् । अहिले दुबै पक्षका नेता तथा कार्यकर्तामा तानातानको अवस्था सृजना भएको छ । एक पक्षले आफू पक्षमा पार्न खोज्ने र अर्को पक्षले पनि आफू पक्षमा पार्न खोज्ने प्रतिष्पर्धा चलेको दृश्य देखिन्छ । नेकपा विभाजन बाट आम जनता खुसी छैनन्,निरास र हत्तोसाहित भएका छन् ।जनताले सुरुवाती दिनमा निकै भरोसा र आशा गरेका थिए नेकपा बाट तर जनताले सोचे जस्तो नहुँदो रहेछ । यतिबेला आम जनतालाई जून ,जोगी आए पनि कानै चिरेका, जस्तो उख...
भारतमा १ करोड बढीमा कोरोना पुष्टि, विश्वभर संक्रमितको संख्या ७ करोड ७६ लाख
अन्तर्राष्ट्रिय, समाचार, स्वास्थ्य

भारतमा १ करोड बढीमा कोरोना पुष्टि, विश्वभर संक्रमितको संख्या ७ करोड ७६ लाख

भारतमा पनि १ करोड बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। यस अघिसम्म अमेरिकामा मात्र १ करोड बढी कोरोनाका संक्रमितहरु रहेका थिए। अब करोड बढी संक्रमित रहेका देशको संख्या २ पुगेको छ। वल्र्डोमिटरको तथ्याङ्क अनुसार अमेरिकामा हालसम्म १ करोड ८४ लाख ५७ हजार ५ सय ३ जनामा कोरोना पुष्टि भइसकेको छ। भने भारतमा १ करोड ७५ हजार ४ सय २२ जना कोरोनाका संक्रमितहरु रहेका छन्। विश्वका शक्तिराष्ट्रको रुपमा चिनिएका भारत र अमेरिका कोरोनाको पनि निकै ठूलो चपेटामा परेका छन्। हालसम्म ३ लाख २६ हजार ६ सय ८४ जनाले कोरोनाका कारण ज्यान गुमाएको अमेरिकामा गत २४ घण्टामा मात्र १७ सय बढीको मृत्यु भएको छ। १ लाख ८३ हजार ८ सय ९६ जना संक्रमित २४ घण्टामा थपिएको अमेरिकामा १ लाख ७४ हजार १ सय २४ जना कोरोना निको भएर डिस्चार्ज पनि भएका छन्। भारतमा गत २४ घण्टामा थप १९ हजार १ सय ७४ जनामा कोरोना पुष्टि भएको छ। हालसम्म् १ लाख ४६ हजार १ ...
प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरुलाई जिल्ला नछाड्न निर्देशन
राजनीति, समाचार

प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरुलाई जिल्ला नछाड्न निर्देशन

सरकारले देशभरका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरुलाई जिल्ला नछाड्न निर्देशन दिएको छ। गृह मन्त्रालयको अनुमतिबिना प्रजिअ र सुरक्षा प्रमुखलाई जिल्ला नछाड्न सरकारले निर्देशन दिएको हो। प्रतिनिधिसभा विघटनपछि देशका विभिन्न ठाउँमा प्रधानमन्त्री ओलीविरुद्ध प्रदर्शन भइरहेका छन्। सरकारको समर्थन र विरोधमा हुने प्रदर्शन र शान्तिसुरक्षालाई ख्याल गर्दै गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रजिअ र चारवटै सुरक्षा निकायका जिल्ला प्रमुखहरूलाई जिल्ला छाडेर कतै नजान परिपत्र गरेको हो।प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार प्रतिनिधिसभा विघटन गरेपछि देशमा राजनीतिक अस्थिरता सिर्जना भएको छ। प्रधानमन्त्रीको कदमले सत्तारूढ नेकपा फुटको संघारमा पुगेको छ। बदलिँदो राजनीतिक परिस्थितिअनुसार शान्तिसुरक्षा सुदृढ बनाउन प्रधानमन्त्री ओलीले चारवटै सुरक्षा अंगका प्रमुखसँग आइतबारै छलफल गरेका थि...
सहिमा श्रेष्ठ तथा ध्रुव विश्कोको स्वरमा‘सिल्की कपाल’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

सहिमा श्रेष्ठ तथा ध्रुव विश्कोको स्वरमा‘सिल्की कपाल’ सार्वजनिक(भिडियो)

गीतकार अमर बान्तु गीत ‘सिल्की कपाल’ सार्वजनिक भएको छ । सहिमा श्रेष्ठ तथा ध्रुव विश्कोको स्वर, दीपक शर्माको सङ्गीत, शाहस शाक्यको एरेञ्ज र किशोर थापाको मिक्सिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/BVp_XrXgX8k सरोज अधिकारीको कन्सेप्ट तथा निर्देशन र आस्मा विश्वकर्माको कोरियोग्राफी रहेको गीतको भिडियोमा कार्टुन क्रुजको अभिनय छ । पवन शुसलिङको छयाँकन रहेको भिडियोेमा सरोज अधिकारीको सम्पादन छ ।...
संसद पुनर्स्थापनाको माग गर्दै परेका १२ रिटको सुनुवाई पर्सि
राजनीति, समाचार

संसद पुनर्स्थापनाको माग गर्दै परेका १२ रिटको सुनुवाई पर्सि

सर्वोच्च अदालतमा संसद विघटनविरुद्ध १२ वटा रिट निवदेन दर्ता भएका छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार संसद भंग गरेकी थिइन्। असंवैधानिक तबरले गरिएको संसद विघटन अन्तरिम आदेशमार्फत बदर गरी संसद पुनर्स्थापना गर्न निवेदकहरुले माग गरेका छन्। सर्वोच्च अदालतका सञ्चारविज्ञ किशोर पौडेलका अनुसार हालसम्म वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कञ्चनकृष्ण न्यौपाने, लोकेन्द्र ओली, ज्ञानेन्द्र आरण, शालिकराम सापकोटा, कमलबहादुर खत्री, मनिराम उपाध्याय, सन्तोष भण्डारी, अस्मिता गौतम पौडेल, दिपक राई, तुलसी सिंखडा र सुलभ खरेल दिएका निवदन दर्ता भएका छन्। दर्ता भएकामध्ये सन्तोष भण्डारीको रिट संवैधानिक इजलासका लागि दर्ता भएको सर्वोच्चका सञ्चारविज्ञ पौडेलले जानकारी दिए। संवैधानिक इजलासमा परेका रिटको पेशी शुक्रबारका लागि तोकिने छ भने बाँकी रिटको पेशी बुधबारका लागि तोकिने छ। रिट नि...
राजनीतिक अस्थिरताको चक्रव्यु
राजनीति, समाचार

राजनीतिक अस्थिरताको चक्रव्यु

डा.डिआर उपाध्याय संसद विघटन भएपछि यतिबेला सबैको ध्यान यतैतिर खिचिएको छ । संसद विघटन समस्याको समाधान होइन । राजनीतिक अस्थिरता निम्ताउने खेल हो यो । मुलुक लामो समय सम्म राजनीतिक अस्थिरताको चक्रव्युहमा फस्दै आएको इतिहास साक्षी छ । अहिले पनि त्यही प्रवृति दोहोरिनु राम्रो कुरा होइन । दुई तिहाइ बहुमतको सरकार हुँदाहुँदै मध्यावधि निर्वाचनमा जानु भनेको देशको लागि र्दुभाग्य हो । मुलुक कोरोनाको कारणले आर्थीक रुपमा टाँट पल्टेको अवस्थामा फेरि चुनाबी खर्चले गर्दा देशको अवस्था झनै कंगाल हुने अवस्था आउन सक्छ । कोरोना कहरले देश आर्थीक रुपमा तङ्रिन नसकेको अवस्थामा फेरि चुनाबी बोझले थला पर्ने निश्चित छ । अब हरेक नागरिकको टाउको माथि ऋणको बोझ थुपरिने कुरामा कुनै शङ्का छैन,निश्चित छ । यो कुरा हामी सचेत नागरिकले बुझ्नु जरुरी छ । पार्टी भित्रको आन्तरिक विवादको कारणले गर्दा सिङ्गो मुलुकलाई बन्धक बनाउन मिल्दै...