रोजगारी सिर्जना र उद्यमशीलताको प्रेरणाश्रोत: अफ्सना नेवा
काठमाडौं— नेपाली सौन्दर्यकला र उद्यमशीलताको क्षेत्रमा विशिष्ट पहिचान बनाएकी एपी ब्युटी सलुनकी प्रमुख तथा वरिष्ठ सौन्दर्यविद् अफ्सना नेवा हायु ‘ग्लोबल स्टार अवार्ड २०२५’ मा सर्वोत्कृष्ट सौन्दर्यकर्मी को रूपमा सम्मानित भएकी छिन्।
दक्ष इन्टरनेशनलको आयोजनामा नेपाल पुलिस क्लबको ब्लु पाभेलियनमा भव्य रूपमा सम्पन्न सो समारोहमा उनी ईभेन्ट डाइरेक्टरको भूमिकामा समेत सक्रिय थिइन्। उनको दीर्घ योगदान, उद्यमशीलता, रोजगारी सिर्जना, प्रशिक्षणमार्फत दक्ष जनशक्ति उत्पादन तथा समाजमा सौन्दर्य चेतनाको प्रवर्द्धन गरेबापत सो प्रतिष्ठित सम्मान प्रदान गरिएको हो।
सम्मान समारोहमा पूर्व प्रधानमन्त्री झलनाथ खनाल र संघीय सांसद डा. चन्द्र भण्डारी प्रमुख अतिथि थिए भने अन्य विशिष्ट अतिथिमा पूर्व मन्त्री दीपेन्द्र श्रेष्ठ, बागमती प्रदेश सांसद सुनील केसी, पूर्व मन्त्री परशुराम तामाङ, राष्ट्रिय सभा सदस्य विष्णु सापकोटा,...










