एपि व्यूटि सलुन संचालनमा :भक्तपुरमा सौन्दर्य सेवाको नयाँ युग सुरु गर्ने विश्वास
भक्तपुर । भक्तपुरको ऐतिहासिक नगर सूर्यविनायकमा सौन्दर्य सेवाको क्षेत्रमा नयाँ अध्यायको थालनी गर्दै ‘एपी ब्यूटी सलुन’को भव्य समुद्घाटन समारोह सम्पन्न भएको छ।
उक्त सलुनको उद्घाटन नेपालकी चर्चित संचारकर्मी, अभिनेत्री तथा सफल उद्यमी एलिजा गौतमले एक विशेष समारोहबीच गरिन्।
उद्घाटन समारोहमा प्रमुख अतिथि गौतमले सलुनकी सञ्चालक अफ्सना नेवा हायुलाई शुभकामना दिँदै भनिन्, “सौन्दर्य व्यवसायमा समर्पण, सिर्जनशीलता र आत्मविश्वास मिसाएर अघि बढ्नु आफैँमा उदाहरणीय छ। अफ्सनाको यो पहलले धेरै युवालाई प्रेरणा दिनेछ।” उनले एपी ब्यूटी सलुनको उज्ज्वल भविष्यको कामना समेत गरिन्।
उक्त अवसरमा कार्यक्रम व्यवस्थापन संघ, नेपालका महासचिव एवं संचारकर्मी सोनीतराज ढुंगेल, प्रतिष्ठित मेकअप आर्टिष्ट टेकराज पाण्डे, गायिका सुमी पराजुली, सौन्दर्य प्रसाधन कम्पनीका प्रतिनिधिहरू तथा अन्य विशिष्ट अतिथिहरूको उल्लेखनीय उपस्थिति ...










