नेपाल स्नेही काखमा युवा समाजसेवी नगरकोटीको जन्मदिन - राष्ट्रपत्र
बिहिबार, चैत्र १६, २०७९

नेपाल स्नेही काखमा युवा समाजसेवी नगरकोटीको जन्मदिन


युवा व्यबसायी तथा संचारकर्मी अनिल नगरकोटीले आफ्नो जन्मदिनको अवसर पारेर ललितपुरमा रहेको नेपाल स्नेही काखमा आश्रित करिव ९० जना आश्रित परिवारलाई भोजन गराएका छन । सानै उमेरदेखि समाजसेवीको रुपमा परिचित नगरकोटीले आफु संगै आफ्ना छोरा सुहान्स नगरकोटीको जन्मदिन पारेर भोजन गराएका हुन । जहरसिंहपौवा स्थायी बसोवास भएका नगरकोटी उक्त क्षेत्रमा समाजसेवा मार्फत अलग्गै पहिचान बनाएका छन । विद्यालयमा होस वा टोल समाजमा हुने सामाजिक कार्यमा उनी सधैं अग्रसर हुने गर्छन । राष्ट्रपत्र डटकमका प्रमुख समेत रहेका संचारकर्मी नगरकोटी सफल व्यबसायीको रुपमा समेत परिचय बनाएका छन ।
सडकबालवालिका एवं घरपरिवारबाट बेवास्ता भएका तथा सडकमा भेटिएका असहाय मनोरोगीहरुको साहारा बनेको नेपाल स्नेही काखमा आश्रित परिवारसंग आफ्नो जन्मदिन मनाउन पाउनु जिवनकै खुशी महशुस भएको कुरा समाजसेवी नगरकोटीले बताए ।

लामो समयदेखि समाजसेवीको रुपमा ख्याती कमाएकी श्रीनेहा पोखरेलले संचालन गरेकी नेपाल स्नेही काखले मानसिक रोगीको निशुल्क उपचारका लागि अस्पताल निर्माणको तयारी गरेको छ । अस्पताल संचालनका लागि ललितपुरको बडिखेलमा जग्गा खरिद प्रक्रियामा रहेको र रकम अभावका कारण केहि कार्यक्रमको आयोजना गरि आर्थिक संकलनको अभियानको शुरुवात गरेको पोखरेलले बताईन ।

कलाकार समेत रहेकी पोखरेलले आफ्नै निर्माण, निर्देशन र अभिनयमा सामाजिक लघु चलचित्र गांसको पौषमा हुने च्यारिटी शोको तयारी तिव्र पारेकी छिन । अस्पताल निर्माणका लागि आर्थिक सहयोग संकलनको उद्देश्य रहेको उक्त च्यारिटी शो बाट उठेको सम्पूर्ण रकम अस्पताल निर्माणमा लगानी गरिने जानकारी समेत पोखरेलले दिईन ।
पोखरेलको लेखन तथा निर्देशनमा तयार चलचित्र गाँसमा कलाकार रिनेक्स बस्नेत ,परिक्षित विक्रम राणा,टेकराज लंघाली, सरोज खड्का, रमिला पोखरेल, केशव प्रसाद रिजाल, मनिषा कार्की, तथा विपना बस्नेतका साथै बाल कलाकार संस्कारिका एन एस के र अग्रगामी भीमसेनको समेत अभिनय रहेको छ । उक्त चलचित्र वाबी ओम ग्रुप्सले निर्माण गरेको हो

Leave a Reply

Your email address will not be published.