कान्तिपुर मलको चाडपर्वको अफर श्यामलाई बाईक,खगेन्द्रलाई स्कुटी - राष्ट्रपत्र
मङ्लबार, मंसिर १२, २०८०

कान्तिपुर मलको चाडपर्वको अफर श्यामलाई बाईक,खगेन्द्रलाई स्कुटी


काठमाडौं ।काठमाडौं छिर्ने मुख्य नाका नयाँ बसपार्कमा रहेको कान्तिपुर मलले हरेक वर्ष चाडपर्वमा ग्राहकलाई आकर्षित गर्न विभिन्न योजनाहरु ल्याउने गरेको छ।यस वर्षको चाडवाडको उपहार योजना मङ्सिर १ गते ग्राहकको उपस्थितिमा लक्की ड्र मार्फत खोलिएको छ। हिन्दु धर्मावलम्बीहरुको महान चाड दशै,तिहार र छठ पर्वलाई लक्षित गरेर कान्तिपुर मलले गुणस्तरीय सामानका साथै विशेष छुट दिने योजना पनि ल्याएको थियो।

विगत १६ वर्षदेखी निरन्तर रुपमा उपहार कार्यक्रम आयोजना गर्दै आएको नयाँ बसपार्क,गोङ्गबु काठमाडौं स्थित कान्तिपुर मलले यस वर्ष पनि दसैं, तिहार र छ्ठ पर्वलाई लक्षित गरी उपहार प्याकेज ल्याएको हो । कार्तिक महिनाको अन्तिम सम्म मलमा सामान किनमेल गर्ने हरेक ग्राहकले एक हजार रुपैयाँभन्दा माथिको सामान खरिदमा एक वटा उपहार कुपन प्राप्त गरेका थिए।

उपहार विजेता प्रथम पुरस्कार १५० सिसिको यमाहा बाईक लक्की ड्र नम्बर १२५२७ बाट बोहराटार,काठमाडौं बस्ने श्याम भट्टराईले १५० सिसिको यमहा बाईक , दोश्रो पुरस्कार १२५ सिसिको यमाहा स्कुटरका लागी २०१४९ नम्बरबाट उदयपुरका खगेन्द्र श्रेष्ठ , तेश्रो पुरस्कार ४३ इन्चको एमआई कम्पनीको एलईडिका लागी लक्की ड्र नम्बर ०६५२९ बाट मित्रनगरका कपिल कडेल,चौथो पुरस्कार सान्सुई कम्पनीको २०० लिटरको फ्रीजका लागी लक्की ड्र नम्बर २०४३२ बाट तारकेश्वर-७ का मिस्सी विष्ट र अन्य सान्त्वना पुरस्कार (पाँच जनालाई )यसुदाको इलेक्ट्रिक केटल विजेताको लक्की ड्र नम्बरहरु ०४११३ सन्तोष ज्ञवाली (बुटवल),२७२५९ बाट रोल्पाका जेवि घर्ती मगर, ०९३२६ बाट खनियावास -४ निवासी साजन पौडेल ,१०९९३ र ०६९८१ छ्न् । विजेताले अर्धकट्टी सहित एक हप्ता भित्र कान्तिपुर मलमा सम्पर्क गरी उपहार प्राप्त गर्न सक्ने कान्तिपुर मलका महाप्रबन्धक अमर निरौलाले जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *