-डा.डिआर उपाध्याय,
सरकारले बैशाख ३० गते स्थानीय तहको निर्वाचन तोकेर मनोनयन सकिसक्दा पत्रकारहरुको उम्मेदवारीले प्राथमिकता पाएको छ।
सोलुखुम्बुको ८ स्थानीय तहहरु मध्ये पालिका र वडाहरुमा उम्मेदवारी पहिलाको तुलनामा ह्वात्तै बढेको छ।
सोलुखुम्बुमा एक पालिका प्रमुख र दुई वडा अध्यक्षमा चर्चित पत्रकारहरूको उम्मेदवारी परेको छ।
सोलुखुम्बु माप्य दुधकोशी गाउँ पालिका वडा न २ मा शिखर पोष्टका प्रधान सम्पादक तथा युवा प्रतिभाशाली युवा नेता प्रकाश खालिङको उम्मेदवारी परेको छ।
खालिङ लामो समय देखि व्यवसायीक पत्रकारितामा ब्यस्त थिए। पत्रकारिता संगै राजनीतिमा सक्रिय खालिङ्लाई माओवादी पार्टिले गठबन्धनको तर्फबाट उम्मेदवार बनाएर निर्वाचनमा पठाएको छ।
सरल स्वभाव, हसिलो, सहयोगी स्वभावका खालिङ वडाको उम्मेदवार बनेपछि कार्यकर्ताहरुमा खुसियाली छाएको छ। खालिङ बाहेक उम्मेदवार बनाउदा नजित्ने अवस्था देखिएपछि पार्टिले उम्मेदवार बनाएको हो। लोकप्रिय युवा नेताको उम्मेदवारी वडामा परेपछि बिपक्षी दललाई टाउको दुखाई बनेको छ । अहिले खालिङ मतदाताहरुसंग घरदैलोमा छन भने निर्वाचन जित्ने लगभग निश्चित जस्तै बनेको छ।