खस्कियाे बालबालिकाको सिकाइस्तर दाेसी काे ?

कोरोना महामारीका कारण शिक्षा क्षेत्र प्रभावित बनेको छ। करिब ६ महिनापछि शैक्षिक संस्थाहरु सञ्‍चालनमा आउँदा विद्यार्थी तथा अभिभावक खुसी देखिएका छन् । तर अहिलेको परिस्थितिमा विद्यालय सञ्‍चालन हुँदा बालबालिकाको सिकाइस्तर भने खस्किएको पाइएको छ ।

घरमा बस्दा कहिले घरायसी काम त कहिले साथीभाइसँग खेलेरै समय बिताएका विद्यार्थी आफूलाई पढ्नुपर्छ भन्‍नेचाहिँ लागेको बताउँछन् । तर पनि विद्यालय आएर नियमित पढेजस्तो चाहिँ नभएको उनको अनुभव छ । विद्यार्थीहरु कोरोना त्रासबीच विद्यालय आउनुपर्दा माक्स लगाएर आउँछन् । घरबाट निस्कने बेला स्यानिटाइजार लगाएर आउने गरेका उनीहरु विद्यालयमा भने पटक-पटक साबुनपानीले हात पनि धुने गर्छन् । लकडाउन खुकुलो भएसँगै विद्यालय सञ्‍चालन भएर पढ्न पाउँदा आफूखुसी भएको उनको भनाइ छ ।
कोरोना महामारीकै बीचमा विद्यालय सञ्‍चालन हुँदा आफू सचेत र सुरक्षित भएर विद्यालय आउने गरेका छन् । लामो समय विद्यालय बन्द हुँदा साथीहरुसँग भेटघाट गर्न नपाएकाले दुःखी भएपनि अहिले भने विद्यालय खुलेपछि सबै साथीहरुसँग भेट गर्न पाएकामा खुसी भएका छन् । कोरोना संक्रमणबाट जोगिन भने रुखाखोकी लागेको साथीलाई विद्यालय नआउन भन्‍ने गरेको र आइहाले दूरी कायम गरेर मात्रै बस्‍ने गरेका छन् ।

अभिभावकहरु आफ्ना बच्चा घरमा बस्दा पढाइमा खासै समय दिन नसकेको उनको भनाइ छ । छोराछोरी घरमै बरालिएर बस्दा पढाइमा खासै समय नदिएकामा अहिले विद्यालय खुलेपछि भने बच्चाको शैक्षिक स्तर सुधार हुने अपेक्षा छ ।

पञ्‍चकन्या आधारभूत विद्यालयका प्रधानाध्यापक रामचन्द्र पौडेल लामो समयपछि विद्यालय खुल्दा विद्यार्थीको शैक्षिक स्तर भने खस्किएको पाएको बताए । कोरोना महामारीबाट बच्‍न सबैजसो स्वास्थ्य मापदण्ड पूरा गरेर कक्षा सञ्‍चालन गरे पनि सबै विद्यार्थीले मापदण्ड पूरा गर्न नसकेको उनको भनाइ छ । ६ महिना मात्रै विद्यालय बन्द हुँदा पनि विद्यार्थीको शैक्षिक स्तर धेरै खस्किएको पाएको उनले बताए ।

अझै पनि देशभरीका शैक्षिक संस्था बन्द छन् । कतिपय विद्यालयले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यालय सञ्‍चालनको तयारी गरिरहेका छन् । सरकारले वैकल्पिक माध्यमबाट पढाइ सञ्‍चालन गर्न भने पनि खासै प्रभावकारी बन्‍न नसकेको जानकारहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *