Blog

पिम नेपाल चौथो वर्षमा, विभिन्न व्यक्तित्वहरुलाई सम्मान
समाचार, समाज

पिम नेपाल चौथो वर्षमा, विभिन्न व्यक्तित्वहरुलाई सम्मान

काठमाण्डौ – पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल)ले आफ्नो स्थापनाको तेश्रो वर्ष पुरा गरेर चौथो वर्षमा प्रवेश गरेका छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठको प्रमुख आतिथ्यतामा भाद्र २५ गते राजधानीमा एक कार्यक्रमको आयोजना गरि पिम नेपालले आफ्नो स्थापनाको तेश्रोवर्षगाँठ भव्यरुपमा मनाएको हो । बरिष्ठ चलचित्र निर्देशक तथा कलाकार मोहन निरौलाको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा राष्ट्रिय गीतका रचनाकार व्याकुल माईला, बरिष्ठ संगीतकार राजु सिंह, बरिष्ठ पत्रकार विजयरत्न तुलाधर, बरिष्ठ पत्रकार एवं गीतकार शान्तिप्रिय, चर्चित संगीतकार सन्तोष श्रेष्ठ, गीतकार एवं सञ्चारकर्मी सुमन बैरागी, चलचित्र पत्रकार संघका उपाध्यक्ष जिवन पराजुली, चलचित्र पत्रकार एवं गीतकार डब्बु क्षेत्री, अभिनेता प्रवण भुषाल, संचारकर्मी सुर्य चन्द, चलचित्र पत्रकार गीता अधिकारी, डेल्फिन काउन्सिल नेपा...
सान कलेजको कक्षा ११ को २२ औं अभिमुखिकरण कार्यक्रम भव्य रुपमा सम्पन्न
शिक्षा, समाचार

सान कलेजको कक्षा ११ को २२ औं अभिमुखिकरण कार्यक्रम भव्य रुपमा सम्पन्न

काठमाडौं -सान ईन्टरनेशनल कलेजको कक्षा ११ को २२ औं अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा कक्षा ११ का करिब ५०० विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रम संस्थाका अध्यक्ष डा.सुवास घिमिरेको अध्यक्षता तथा चर्चित नायक निखिल उफ्रेतीको विशेष आतिथ्यतामा भव्य रुपमा सम्पन्न भएको थियो ।कार्यक्रममा बोल्दै अध्यक्ष डा.घिमिरेले सान कलेजले विद्यार्थीहरुको विशिष्ट क्षमताहरुको पहिचान गरी सोही अनुसार विद्यार्थीहरुको वृत्ति विकासको वातावरण तयार गरेको जानकारी दिनु भयो । कार्यक्रममका संस्थाका कार्यकारी निर्देशक गोपाल भण्डारीले आफ्ना पुर्व विद्यार्थीहरु कामनपाका उपमेयर सुनीता डंगोल,क्रिकेटर रोहित कुमार पौडेल, पाटन हस्पिटलका मेडिकल अन्कोलोजी डिपार्टमेन्ट प्रमुख डा.अरुण शाही लगायत थुप्रै सफल देशका गहनाहरु तयार गर्न संस्था व्यवस्थित कार्ययोजना सहित अगाडी बढेको बताउनु भयो ।कार्यक्रममा नव आगन्तुक ...
नवौ बिश्व स्ट्रेन्थ लिफ्टिङ प्रतियोगितामा नेपाललाई १ स्वर्ण र ३ रजत
खेलकुद, समाचार

नवौ बिश्व स्ट्रेन्थ लिफ्टिङ प्रतियोगितामा नेपाललाई १ स्वर्ण र ३ रजत

कुल १३ देशको सहभागिता रहेको हिजो किर्गिस्तानमा आयोजना भएको नवौ विश्व स्ट्रेन्थ लिफ्टिङ प्रतियोगितामा १०५ के.जि. भन्दा माथी को आई.बी.पी.सिनियर तौल समुहमा जीवन गिरी रज्त,७६ के.जी. आई.बी.पी. मस्टर २ तौल समुहमा केदारमान स्थापीत रजत र महिला तर्फ ७२ के.जी. भन्दा माथिको आई.बी.पी. तौल समुहमा दीपा बिष्ट स्वर्ण तथा सोही तौल समुहमा स्ट्रेन्थ लिफ्टिङ तर्फ पनि दीपा बिष्टले रजत पदक हासिल गरेका छन् । यसरी ३ खेलाडीले नेपालको लागि कुलमा ४ पदक दिलाएका छन् । अघिल्लो बर्षबाट नेपालमा भित्रिएको यो खेलले नेपालमा छोटो समयमा राम्रो लोकप्रियता हासिल गरेको छ । दुई महिना अघि यो खेलको राष्ट्रिय प्रतियोगिता पनि सम्पन्न भएको थियो ।...
निता आचार्यको स्वरमा ‘रङ्गीन संसार’ (भिडियोसहित)
मनोरन्जन, समाचार

निता आचार्यको स्वरमा ‘रङ्गीन संसार’ (भिडियोसहित)

गायिका निता आचार्यको नयाँ गीत ‘रङ्गीन संसार’ सार्वजनिक भएको छ । राजकुमार बगरको शब्द/सङ्गीत, कमल सौरागको एरेञ्ज रहेको गीत ‘रङ्गीन संसार’को भिडियो सार्वजनिक भएको हो । प्रकाश धितालको निर्देशन रहेको गीतको भिडियोमा रुविना थापा र कुन्साङ बोमजनलाई फिचरिङ गरिएको छ । निकै सुन्दर र आकर्षक देखिएको गीतको भिडियोमा उत्सव दाहालको छायाँकन र विकास दाहालको सम्पादन छ । यसअघि निताका ‘यादहरू’, ‘भाग्य मेरो’ जस्ता गीत श्रोता/दर्शकमाझ लोकप्रिय छन् । पोखरामा जन्मिनुभएकी निता विदेशी भूमिमा रहेर नेपाली कला संस्कृति र गीतसङ्गीतलाई अत्यन्तै माया गर्दै यही क्षेत्रमा समर्पित भएर लागि पर्नुभएको छ । सानै उमेरदेखि गायनमा रुचि राख्नुभएकी निता अमेरिकामा बस्दै आउनुभएको छ । स्कुलमा पढ्दा प्रेमध्वज प्रधानको गीत गाएर साथीहरूलाई सुनाएपछि उहाँको प्रतिभा बाहिर आयो र विद्यालयका विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागिता जनाउन ...
गीतकार अंमगाई समानुपातिकमा सिफारिस
मनोरन्जन, समाचार

गीतकार अंमगाई समानुपातिकमा सिफारिस

पछिल्लो समय गीत सङ्गीतको क्षेत्रमा गीतकारको रुपमा चर्चाको शिखरमा पुग्न सफल भएका गीतकार ध्रुव प्रसाद अंम्गाईको २०७९ मा हुन गईरहेको आमनिर्वाचनमा गोरखा जिल्लाबाट ने क पा एमालेको तर्फ बाट समानुपातिक सांसद पदका लागि सिफारिसमा पर्नु भएको खबर हामीलाई प्राप्त भएको छ ।१८ वर्षको कलिलो उमेर देखि गोरखा बाट अनेरास्ववियु पाचौबाट औपचारिक रुपमा राजनीति यात्रा सुरुवात गरेका अंम्गाई एक साहासी खरो स्वभाव भएका कुशल वक्ता समाजसेवी एवम मेहनती व्यक्तित्व भएको कुरा जानकारहरु बताउछ्न। २०४९ सालमा अनेरास्ववियु पांच औं जिल्ला कमिटी सदस्य र २०६२ काठमाडौ गोरखा सम्पर्क मञ्च को सद्स्य हुँदै हाल प्रवासी मन्च मकाउ को सल्लाहकार छ्न ।गोरखा हाल गण्डकीगाउँपालिका फुजेल जन्मथलो भएका अंम्गाईले आफ्नो गाउँ ठाउँमा विकासनिर्माण लगायत उच्च मा वि स्थापना देखि मठ मन्दिर निर्माण सामुदायिक वन पालन सिंचाइ का लागि नगर निर्माण जस्ता थुप्रैका...
बिरही कार्कीको ‘मायाको ढोका खोलिदेउ’(भिडियो)
मनोरन्जन, समाचार

बिरही कार्कीको ‘मायाको ढोका खोलिदेउ’(भिडियो)

लोकप्रिय गायक बिरही कार्कीको पछिल्लो सांगीतिक कोशेली ‘मायाको ढोका खोलिदेउ’ एक भव्य समारोहका बीच लोकार्पण गरियो । म्यूजिक खबरको आयोजनामा नयाँबानेश्वरस्थित एभरेष्ट लाउन्जको सभाहलमा आयोजित कार्यक्रममा संगीतका शिखर पुरुष बरिष्ठ गायक, संगीतकार एवं निर्देशक नारायण रायमाझीको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरि विशेष अतिथीको रुपमा उपस्थित बरिष्ठ गीतकार डा. राजुबाबु श्रेष्ठ गायक, गीतकार संघका उपाध्यक्ष बसन्त वित्यासी थापा, सञ्चारकर्मी एवं सामाजिक अभियन्ता कृष्ण कँडेल, एभरेष्ट नेपाल कल्चरल ग्रुपका अध्यक्ष आरसी कोइराला, स्मार्ट फोरके टेलिभिजनका समाचार प्रमुख सरोज कोइराला, गायिका अन्जु पन्त, अभिनेत्री शिल्पा पोखरेल, मोडल सागर लम्साल बले लगायत कार्यक्रममा विशिष्ट कलाकारहरु, पत्रकारहरु र संगीतअनुरागीहरुको बाक्लो उपस्थिति रहेको थियो ।सञ्चारकर्मी सुमन बैरागी पण्डितले उपस्थित अतिथिहरुलाई स्वागत गरेका ...
राजनीतिक अस्तित्वको रक्षा गर्न गठबन्धनको सहारा
राजनीति, समाचार

राजनीतिक अस्तित्वको रक्षा गर्न गठबन्धनको सहारा

डा.डिआर उपाध्याय, काठमाडौं । आज भोली चुनावकै चर्चा हुन थालेको छ । राजनीतिक दलहरु चुनावी एजेण्डालाई लिएर छलफलमा जुटीरहेका छन । आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको परिणाम कस्तो आउने हो अहिले नै यसै भन्न सकिने अबस्था भने छैन । निर्वाचनको परिणाम दिने भनेको जनताले हो । अहिले जनताले के सोचिरहेका छन बुझन सकिएको छैन । आफ्नो पक्षमा निर्वाचनको परिणाम ल्याउन सबै दलहरु लागेकै छन । स्वतन्त्र उम्मेदवारहरुले जित्ने हुन की भनेर राजनीतिक दलका नेताहरुमा अत्यधिक छटपटाहट पनि देखिएको छ । दलका नेताहरु चुनाव जित्न जुनसुकै हथकन्डाको अवलम्बन गर्न तयार छन । सत्ता गठबन्धनले चुनावमा दुईतिहाई बहुमत ल्याउने दाबी गरिरहेको छ । तर गठबन्धनको राजनीतिक अभ्यासले लोकतन्त्र कमजोर हुने हो की भन्ने चिन्ता पनि छ । लोकतन्त्रमा हरेक पार्टी अलक अलक चुनावी प्रतिष्प्रर्धा गर्नु पर्ने हो तर नेपाली काँग्रेस, माओवादी केन्द...
नेपाल सरकार र सद्गुरूविच  ‘माटो जोगाऔँ’ अभियानको सम्झौता ज्ञापनपत्रमा हस्ताक्षर हुँदै
समाचार, समाज

नेपाल सरकार र सद्गुरूविच ‘माटो जोगाऔँ’ अभियानको सम्झौता ज्ञापनपत्रमा हस्ताक्षर हुँदै

काठमाडौं – विश्वप्रसिद्ध सदगुरु, जग्गी वासुदेवको ‘माटो जोगाऔँ’ (Save Soil) अभियान अन्तर्गत नेपाल सरकारसँग यहि भदौ १७ गते अर्थात सेप्टेम्बर २, मा सम्झौता ज्ञापनपत्रमा हस्ताक्षर हुने भएको छ । नेपाल सरकारको तर्फबाट कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र माटो जोगाऔँ (Conscious Planet) बिच ललितपुरस्थित गोदावरी सनराइज सम्मेलन केन्द्रमा हस्ताक्षर हुने निश्चित भएको हो । माटो जोगाऔँ अभियान माटोको विनाशलाई सम्बोधन गर्नको लागि ईशा फाउण्डेशन नामको लाभ रहित मानव सेवी संस्थानका संस्थापक सद्गुरुद्वारा पहल गरिएको विश्वव्यापी अभियान हो । माटोलाई स्वस्थ राखिरहनको लागि विश्वभरिका मानिसहरूलाई एकजुट गर्ने साथै उब्जाउयोग्य माटोमा जैविक पदार्थको मात्रा वृद्धि गर्नको लागि हरेक राष्ट्रमा राष्ट्रिय नीति निर्माण र कार्यान्वयन गर्न सबै राष्ट्रका नेतृत्वकर्ताहरूलाई सहयोग गर्ने अभियानको उद्देश्य रहेको छ । माटोको विनाश...
कान्तिपुर मलले ल्यायो सामान किन्दा उपहार दिने कार्यक्रम
अर्थ/व्यापार, समाचार

कान्तिपुर मलले ल्यायो सामान किन्दा उपहार दिने कार्यक्रम

काठमाडौं । अघिल्ला वर्षहरुमा झै कान्तिपुर मलले दसैं, तिहार र छ्ठ पर्वलाई लक्षित गरी विशेष प्याकेज ल्याएको छ । मलले पर्वको अवसरमा सामान खरिदमा छुटदेखि उपहार योजना पनि ल्याएको छ। मलमा सामान किनमेल गर्ने हरेक ग्राहकले एक हजार रुपैयाँभन्दा माथिको सामान खरिदमा एक वटा उपहार कुपन प्राप्त गर्नेछन् । उपहार योजनाअन्तर्गत मङ्सिर १ गते ग्राहकको उपस्थितिमा पुरस्कार घोषणा हुने मलका महाप्रबन्धक अमर निरौलाले जानकारी दिनुभयो। उपहार योजनामा प्रथम पुरस्कार १५० सिसिको यमहा बाईक, दोश्रो पुरस्कार १२५ सिसिको यमहा स्कुटर, तेश्रो पुरस्कार ४३ इन्चको एमआई कम्पनीको एलईडि ,चौथो पुरस्कार सान्सुई कम्पनीको २०० लिटरको फ्रीज र अन्य मेमाको घडी,आईरन लगायतका सान्त्वना पुरस्कार पनि राखिएका छ्न् । कान्तिपुर मलमा आउने ग्राहकले सुपथ मूल्यमा गुणस्तरीय सामान प्राप्त गर्ने व्यापारी जित बहादुर कटुवाल बताउनुहुन्छ । मलमा वित्तीय संस...
पोर्चुगलमा तीज गीत प्रतियोगिता एवम् साँस्कृतिक कार्यक्रम सम्पन्न
मनोरन्जन, समाचार, समाज

पोर्चुगलमा तीज गीत प्रतियोगिता एवम् साँस्कृतिक कार्यक्रम सम्पन्न

स्वदेशसँगै प्रवासमा पनि हिन्दू महिलाको प्रमुख चाड तीजको रौनक सुरु भएको छ । रोजगारी, अध्ययन, व्यवसाय तथा अन्य विभिन्न कामका लागि प्रवासमा बस्दै आएका महिला दिदी बहिनीहरूसँग संस्थाहरूले तीज मनाउने गरेका छन् । तीज नजिकिएसँगै युरोपियन मुलुक पोर्चुगलमा पनि विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । ‘परम्परा बचाउ, बिकृती हटाउ’ भन्ने मूल नारासहित चितवन समाज पोर्चुगलमा गायक भगवान भण्डारी, गायिका देबिका के.सी, जेबी ओलीको साथमा तीज गीत प्रतियोगिता एवम् साँस्कृतिक कार्यकम ओक मुन्दो रेष्टुरेन्ट लिस्वोनमा सम्पन्न भएको छ । प्रमुख अतिथि महा बाणिज्य दुत मकर हमालले पानसमा बत्ती बालेर सुरु भएको कार्यक्रमा पोर्चुगलमा भएका विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो । प्रतियोगितामा स्याङ्जा समाज पोर्तुगल पहिलो, बागलुङ समाज पोर्चुगल दोस्रो र एनआएलपी सिलाई समूहले तेस्रो भएका थिए । कोरोना कहरले गर्दा द...