Blog

पत्रकारितामा १९ वर्षको योगदानपछि ‘नवीन सन्देश’को २०औँ वर्ष यात्रा सुरु
समाचार, समाज

पत्रकारितामा १९ वर्षको योगदानपछि ‘नवीन सन्देश’को २०औँ वर्ष यात्रा सुरु

काठमाडौं । नवीन सन्देश मासिक ले सफलतापूर्वक १९ वर्ष पूरा गरी २० औँ वर्षमा प्रवेश गरेको सुखद् अवसरमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूले पत्रिकाको योगदानको प्रशंसा गर्दै पत्रकारिताको जिम्मेवारी र व्यावसायिक वातावरणबारे महत्वपूर्ण धारणा व्यक्त गरेका छन्। कार्यक्रममा पूर्व सभासद् कान्तिका सेजुवालले २० वर्षसम्म पत्रिका निरन्तर सञ्चालन गर्नु आफैंमा चुनौतीपूर्ण भएकाे उल्लेख गर्दै सम्पूर्ण टिमको मेहनत, समर्पण र दृढताले “सुन्दर गोरेटो” कोर्न सफल भएको बताइन्। उनले यतिका वर्षकाे निरन्तरता पत्रकारितामा उदाहरणीय रहेको धारणा राखिन्। त्यसैगरी, मौरिससका महावाणिज्य दूत तथा इपानका अध्यक्ष गणेश कार्कीले २० औँ वर्षमा प्रवेश गरेको अवसरमा बधाई व्यक्त गर्दै पत्रकारिताको मूल मर्म जोगाउनुपर्नेमा जोड दिए। उनले समाचार लेखनमा केवल आकर्षक हेडलाइनमा मात्र केन्द्रित भई सामग्रीको सारलाई कम...
अश्विनी कान्त झालाई ‘सगरमाथा कला सम्मान’
मनोरन्जन, समाचार

अश्विनी कान्त झालाई ‘सगरमाथा कला सम्मान’

काठमाडौं । नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रबद्र्धन हाम्रो अभियान भन्ने नाराको साथ काठमाडौंमा हालै सम्पन्न ७ औँ संस्करणको ‘सगरमाथा म्युजिक अवार्ड २०८२’मा फेसन तथा पेजेन्ट कोरियोग्राफर अश्विनी कान्त झालाई 'सगरमाथा कला सम्मान २०८२' द्वारा सम्मानीत गरिएको छ । उनलाई आयोजकले मोडलिङ क्षेत्रमा पुर्‍याएको महत्वपूर्ण योगदानका लागि विशेष सम्मान प्रदान गरेको हो। संगीत र ग्ल्यामर क्षेत्रका व्यक्तित्वहरूको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा आयोजकले झाको यस क्षेत्रमा पुर्याएको योगदानको  खुलेर प्रशंसा गरेका थिए ।‘मोडलहरूलाई केवल सुन्दर देखिने मात्र होइन, उनीहरूलाई आफ्नो अभिव्यक्ति र प्रस्तुति कसरी प्रभावकारी बनाउने भन्ने कुरामा केन्द्रित भएर काम गर्दै आएको छु। आजको सम्मानले अझ धेरै जिम्मेवारी थपेको महसुस भएको छ’, झाले भने ।अश्विनीले धेरै वर्षदेखि मोडलहरूलाई तालिम, ग्रुमिङ...
विशेष समारोहबीच ‘जीवन रहरमै’ विमोचन, स्रष्टा सम्मानित
मनोरन्जन, समाचार

विशेष समारोहबीच ‘जीवन रहरमै’ विमोचन, स्रष्टा सम्मानित

सिक्किमका स्रष्टा जीवन शर्माको संगीतमा तयार नयाँ गीत ‘जीवन रहरमै’ बिहीबार काठमाडौंमा एक विशेष समारोहबीच विमोचन गरिएको छ । साहित्य, संगीत र सिर्जनशीलताको संगम बनेको उक्त कार्यक्रमले नेपाल-सिक्किमबीचको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाएको सहभागीले बताएका थिए । सिक्किमकै स्रष्टा विमल काफ्लेको शब्द रचना रहेको गीतमा चर्चित गायिका अञ्जु पन्तको सुमधुर स्वर रहेको छ । गीतले जीवनका आकांक्षा, अनुभूति र भावनात्मक यात्रालाई कलात्मक ढंगले प्रस्तुत गरेको आयोजकले जनाएका छन् । मिलाप मासिक र साहित्यक पत्रकार संघको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा स्रष्टा शर्मालाई सामूहिक अभिनन्दनसमेत गरिएको थियो । संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा मिलापका प्रधान सम्पादक कृष्ण भुसालले स्वागत मन्तव्य व्यक्त गर्नुभयो । प्रमुख अतिथिका रूपमा वरिष्ठ गीतकार चूडामणि देवकोटा रहनुभएको थियो । ...
पाँचौँ ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ वैशाख १५ देखि १७ गतेसम्म सर्लाहीमा हुने
मनोरन्जन, समाचार

पाँचौँ ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ वैशाख १५ देखि १७ गतेसम्म सर्लाहीमा हुने

‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को पाँचौँ संस्करण सर्लाहीमा आयोजना हुने भएको छ । वैशाख १५ देखि १७ गतेसम्म आयोजना हुने महोत्सव मधेस प्रदेशको सर्लाही जिल्ला, चन्द्रनगर गाउँपालिकामा आयोजना हुने भएको हो । महोत्सव आयोजनाबारे चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतो र आयोजक संस्था सेलिब्रेटी नेपाल प्रतिष्ठानका अध्यक्ष रघुनाथ सापकोटाबिच सहमति भएको छ । ‘हिमाल, पहाड, तराई कोही छैन पराइ’ भन्ने मूल नारालाई आत्मसात् गर्दै विगतका संस्करणहरू पहाडी क्षेत्रमा सफलतापूर्वक सम्पन्न गरिएको महोत्सव यसपटक तराईमा विस्तार गर्न लागिएको आयोजकले जनाएको छ । ग्रामीण कथा, स्थानीय संस्कृति र समुदाय–केन्द्रित सिनेमालाई प्रवर्द्धन गर्ने उद्देश्य बोकेको महोत्सवले अब तराई क्षेत्रका दर्शक, सर्जक र समुदायलाई समेट्दै सबैको सिनेमा, सबैका लागि भन्ने अवधारणालाई अझ सशक्त बनाउने लक्ष्य लिएको छ । गाउँ–गाउँमा सिनेमा पुर्‍याउ...
चेम्बर अफ कमर्स हीरक जयन्ती : विभिन्न क्षेत्रमा उत्कृष्ट महिलाहरू सम्मानित
अर्थ/व्यापार, समाचार

चेम्बर अफ कमर्स हीरक जयन्ती : विभिन्न क्षेत्रमा उत्कृष्ट महिलाहरू सम्मानित

काठमाडौं — नेपाल महिला चेम्बर ले नेपाल चेम्बर अफ कमर्स को ७५औँ वार्षिकोत्सव तथा हीरक जयन्तीको अवसरमा देशका विभिन्न क्षेत्रमा ऐतिहासिक योगदान पुर्‍याएका अग्रणी नेपाली महिलाहरूलाई विशेष सम्मान अर्पण गरेको छ। ‘अग्रणी महिला सम्मान’ शीर्षकमा आयोजित उक्त कार्यक्रममा राजनीति, न्याय, शिक्षा, समाजसेवा, कला, प्रशासन, पर्यटन, खेलकुद लगायत विविध क्षेत्रमा योगदान दिएका जीवित तथा दिवंगत व्यक्तित्वहरूको योगदानको स्मरण गर्दै सम्मान गरिएको हो। सम्मानित व्यक्तित्वहरूलाई रामवरण यादव, हीरक जयन्ती समारोह समितिका अध्यक्ष राजेशकाजी श्रेष्ठ, चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल तथा नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ लगायतले संयुक्त रूपमा सम्मान प्रदान गरेका थिए। कार्यक्रममा ओनसरी घर्ती मगर, अष्टलक्ष्मी शाक्य, लैंगिक अधिकार विज्ञ चाँदनी...
गुणस्तरीय शिक्षण पद्धतिको नमूना, बाटिका मन्टेश्वरीको ग्रेजुएसन समारोह
शिक्षा, समाचार

गुणस्तरीय शिक्षण पद्धतिको नमूना, बाटिका मन्टेश्वरीको ग्रेजुएसन समारोह

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका कपनस्थित बाटिका मन्टेश्वरी स्कुलले अभिभावक दिवससहित ग्रेजुएसन कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। एक दशकभन्दा लामो समयदेखि सञ्चालनमा रहेको उक्त विद्यालयको कार्यक्रम बौद्धस्थित नेपाल साहित्य सदनमा आयोजना गरिएको थियो। समारोहका तस्विर कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गायन तथा विविध सांस्कृतिक प्रस्तुति दिँदै उपस्थित अभिभावक तथा अतिथिहरूलाई मन्त्रमुग्ध बनाएका थिए। समारोह समाजसेवी रवि प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा त्रिभुवन विश्वविद्यालय जलवायु विज्ञान विभागका उपप्राध्यापक कुमार अर्याल, बुढानीलकण्ठ नगरपालिका–१२ का वडा अध्यक्ष शम्भु भट्टराई, त्रिज्योति स्कुलका प्रिन्सिपल गणेश मिश्र तथा सगरमाथा एजुकेशनल एकेडेमीका प्रिन्सिपल पुष्पराज सिंखडा लगायतको विशेष उपस्थिति रहेको थियो। समारोहमा बोल्दै प्रमुख अतिथि तथा विशिष्ट अतिथ...
शिव परियार भन्छन्– “मैले प्रश्न सोधेको थिएँ, भ्रम फैलाएको होइन, ममाथि अन्याय भयो” -पुनर्मूल्याङ्कन होस
मनोरन्जन, समाचार

शिव परियार भन्छन्– “मैले प्रश्न सोधेको थिएँ, भ्रम फैलाएको होइन, ममाथि अन्याय भयो” -पुनर्मूल्याङ्कन होस

काठमाडौं। नेपालका लोकप्रिय तथा चर्चित गायक एवं कलाकार शिव परियारले गौरीबहादुर कार्की आयोगको प्रतिवेदनमा आफ्नो नाम "सामाजिक सञ्जालमा भ्रामक प्रचार गर्ने व्यक्ति"को रूपमा उल्लेख गरिएकोमा कडा आपत्ति जनाउँदै सार्वजनिक स्पष्टीकरण जारी गरेका छन्। परियारले नेपाल सरकार तथा समग्र नेपाली समाजसमक्ष विनम्र निवेदनसहित प्रस्तुत गरेको उक्त स्पष्टीकरणमा आफूमाथि लगाइएको आरोप वास्तविकतामा आधारित नरहेको दाबी गरेका छन्। वि.सं. २०८२ साल भाद्र २३ गते जेन–जी आन्दोलनको क्रममा देश अत्यन्त जटिल र संवेदनशील परिस्थितिमा थियो। उक्त अवधिमा सामाजिक सञ्जालमा विभिन्न सूचनाहरू तीव्र गतिमा फैलिरहेका थिए, जसका कारण आम नागरिकका लागि सत्य, तथ्य र आधिकारिक सूचना प्राप्त गर्ने अवस्था अत्यन्त अन्योलपूर्ण बनेको थियो। विवादास्पद पोस्टको वास्तविकता गायक परियारका अनुसार, भाद्र २४ गते सामाजिक सञ्जालमा "बेपत्ता पारिएका...
अनुभव र लोकप्रियता बोकेर उत्तम केसी संघको अध्यक्षको रेसमा
मनोरन्जन, समाचार

अनुभव र लोकप्रियता बोकेर उत्तम केसी संघको अध्यक्षको रेसमा

काठमाडौं ।  चलचित्र कलाकारबीच चुनावी सरगर्मी सुरु भएको छ । यहीबीचमा संघको अध्यक्षका लागि उत्तम केसीले उम्देवारी घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत उम्देवारी घोषणा गरेका हुन् । उनलाई संघका पूर्वअध्यक्ष रविन्द्र खड्का लगायतका वरिष्ठ कलाकारले समर्थन गरेका छन् । यही चैत २८ मा चलचित्र कलाकार संघको २१ औं साधारण सभा आयोजना हुँदैछ । सभाले १७ सदस्यीय नयाँ पदाधिकारी निर्वाचित गर्नेछ ।संस्थाको मतदाता बन्न १७ चैतसम्म सदस्यता नवीकरण गरिसक्नुपर्नेछ । त्यसअघि निर्वाचन आयोग गठनको तयारी छ । अहिले नवीकरण नगरेकासहित २५०० जना सदस्य संस्थामा रहेको जनाइएको छ ।  २०५५ सालमा स्थापना भएको कलाकार संघमा तीन वर्षे कार्यकाल हुने गरेको छ ।  रंगमञ्चदेखि चलचित्रसम्मको यात्रा तय गरेका कलाकार केसी नेपालमा टेलिभिजनको स्थापना अघिदेखि नै रंगमञ्चमा नाटक गर्ने कलाकार हुन । बाल्यकालदेखि कला क्षेत्...
पुनम वस्याल र धर्मेन्द्र अर्यालको स्वरमा भजन‘नारायण हरिहरी’(भिडियो)
मनोरन्जन, समाचार

पुनम वस्याल र धर्मेन्द्र अर्यालको स्वरमा भजन‘नारायण हरिहरी’(भिडियो)

काठमाडौ  । गायिका पुनम वस्याल र धर्मेन्द्र अर्यालको आवाजमा भजन गीत ‘नारायण हरिहरी’ को भिडियो सार्वजनिक भएको छ । गीतमा गणेश बस्यालले मुखडा तयार पारेका छन् भने मौलिक साधारण सम्पूर्ण उमेर समुहका भजन प्रेमिले मन पराउने र जनजिब्रोमा झुन्डिन सक्ने ओझिला शब्दलाई पुनमले कलेक्सन गरेकी छन् । पुर्ण संयोगको म्युजिक एरेन्जमा तयार भएको यस भजनको म्युजिक भिडियोलाई राजु अर्यालले निर्देशन, प्रबिण थापाले कोरियिग्राफी, हरिस महराले छायांकन र नवीन घर्ती मगरले सम्पादन गरेका छ्न् । भजनको म्युजिक भिडियोमा पुनम बस्याल, फ्रेन्सिअ बस्याल, शंकर शाही ठकुरी, प्रमिला गहतराज, रेखा भट्टराई, साधना अर्याल लगायतको अभिनय र नृत्य देख्न पाइन्छ । उजेली, कुरा बुझिसके, सुनामी, चलाउ अभियान, नारायण लगायतका सिर्जनाकी सर्जक पुनम वस्यालले स्वर दिएका गीतहरूले नेपाली सांगीतिक बजारमा राम्रो चर्चा र लोकप्रियता कमाइसकेका छन् । ...
‘अन्तर्राष्ट्रिय नारी दिवस–२०२६’ अवसरमा १११ महिलालाई सम्मान
समाचार, समाज

‘अन्तर्राष्ट्रिय नारी दिवस–२०२६’ अवसरमा १११ महिलालाई सम्मान

‘अन्तर्राष्ट्रिय नारी दिवस–२०२६’ को अवसरमा पाटन संग्रहालयमा लायन्स क्लब अफ काठमाडौँ ब्लडहुडको आयोजना तथा संस्थापक अध्यक्ष लायन् राजिब श्रेष्ठको सभापतित्वमा विशेष कार्यक्रम सम्पन्न भएको छ। समाजमा अतुलनीय योगदान पुर्याएका ११ महिला, सामाजिक कार्यमा सक्रिय १०० स्वयंसेवक महिला, महिला निर्वाचन प्रहरी र नेपाल प्रहरीलाई समेत सम्मान गरिएको थियो। पूर्व कुमारी चनिरा बज्राचार्य, सञ्चारकर्मी माल्भिका सुब्बा, अन्तर्राष्ट्रिय खेलाडी करुणा रावत क्षेत्री र अन्य ११ महिला प्रमुख सम्मानित महिला घोषित भए। कार्यक्रममा नेपाल आइडल गङ्गा सोनामको सांगीतिक प्रस्तुति र ‘सर्वनाम’ नाटकघरको नाटक प्रदर्शन पनि गरिएको थियो। कार्यक्रमसँगै पाटनको मंगलबजारमा रक्तदान तथा आँखा जाँच शिविरको कार्यक्रम पनि सम्पन्न भएको थियो, जसमा ७ जनाले रक्तदान गरेका थिए। संस्थाका नेतृत्वकर्ता तथा डिस्ट्रिकका प्रतिनिधिहरूले महिला सशक्तिक...