Blog

पूर्णायु आयुर्वेद अस्पतालको अन्तर्राष्ट्रिय सफलता, ढाकामा प्रतिष्ठित अवार्ड प्राप्त
समाचार, स्वास्थ्य

पूर्णायु आयुर्वेद अस्पतालको अन्तर्राष्ट्रिय सफलता, ढाकामा प्रतिष्ठित अवार्ड प्राप्त

ढाका - काठमाडौंस्थित पूर्णायु आयुर्वेद अस्पतालले अन्तर्राष्ट्रिय स्तरमा अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। बंगलादेशको ढाकामा आयोजित ‘ग्लोबल एक्सिलेन्स हेल्थकेयर एण्ड आयुर्वेदिक लिडरशिप अनर २०२६’ बाट सम्मानित हुँदै पूर्णायुले नेपाली आयुर्वेद क्षेत्रको प्रतिष्ठा विश्वमाझ उँचो बनाएको हो।  ढाकास्थित आइडिया एक्सचेन्जद्वारा आयोजित तेस्रो ग्लोबल एक्सिलेन्स अनर एण्ड ब्यूटिसियन, आर्ट एण्ड बिजनेस कन्फरेन्स–२०२६ मा पूर्णायु आयुर्वेद अस्पताललाई आयुर्वेदिक स्वास्थ्य सेवामा पुर्‍याएको उल्लेखनीय योगदान, अन्तर्राष्ट्रिय प्रभाव, जनविश्वास तथा सेवाको उत्कृष्टताका आधारमा सम्मान प्रदान गरिएको हो। उक्त अवार्ड अस्पतालका अध्यक्ष एवं युवा सामाजिक अभियान्ता प्रल्हाद चौहानलाई ढाकाका विशिष्ठ व्यक्तित्वहरुले प्रदान गरेका थिए ।  सम्मानपत्रमा पूर्णायुलाई नेपालको अग्रणी आयुर्वेदिक स्वास्थ्य संस्थ...
पाकिस्तान दूतावास र पीएनएएनद्वारा नागार्जुनमा निःशुल्क स्वास्थ्य शिविर
समाचार, स्वास्थ्य

पाकिस्तान दूतावास र पीएनएएनद्वारा नागार्जुनमा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं, असार — नेपालस्थित पाकिस्तान दूतावास र पाकिस्तान–नेपाल एलुम्नी नेटवर्क (PNAN) को संयुक्त आयोजनामा काठमाडौंको नागार्जुन नगरपालिका–४ मा असार २९ गते निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। शिविरमा पीएनएएनका अध्यक्ष डा. दीपक मिश्र, नागार्जुन नगरपालिकाकी उपप्रमुख सुशीला अधिकारी, वडा नं. ४ का अध्यक्ष लक्ष्मीराम शर्मा तथा स्थानीय जनप्रतिनिधि र स्वयंसेवकहरूको उपस्थिति रहेको थियो। पाकिस्तानबाट चिकित्सा शिक्षा हासिल गरेका चिकित्सकहरूको टोलीले वरिष्ठ नागरिक, महिला तथा बालबालिकासहित स्थानीय बासिन्दालाई स्वास्थ्य सेवा प्रदान गरेको दूतावासले जनाएको छ। शिविरमा एक सयभन्दा बढी बिरामीको स्वास्थ्य परीक्षण गरिएको थियो भने केही बिरामीलाई थप उपचारका लागि विशेषज्ञ अस्पतालमा रिफर गरिएको थियो। शिविरमा आवश्यक औषधि निःशुल्क वितरण गरिएको थियो। पाकिस्तान दूतावासले स्वास्थ्य शिविर सफल बनाउन सहयोग गर्न...
पोखरामा नृत्य प्रतिभाको उत्सव, विजेता र स्रष्टा सम्मानित
मनोरन्जन, समाचार

पोखरामा नृत्य प्रतिभाको उत्सव, विजेता र स्रष्टा सम्मानित

पोखरा । बज्रयोगिनी डान्स एण्ड म्युजिक एकेडेमीको आयोजनामा पोखरा उद्योग वाणिज्य संघको सभाहलमा ‘एसईई डान्स च्याम्पियनसिप–२०८३’, ‘किड्स डान्स च्याम्पियनसिप सिजन–१ (गण्डकी प्रदेश)’ तथा ‘स्रष्टा सम्मान’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री रेखा गुरुङको प्रमुख आतिथ्यता तथा कास्की जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) नवीन कार्कीको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, कलाकार, समाजसेवी, शिक्षाविद्, अभिभावक तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। प्रतिभा, कला, संस्कृति र सिर्जनशीलताको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न जिल्लाका बालबालिका तथा युवाहरूले आकर्षक नृत्य प्रस्तुति दिएका थिए। आयोजकका अनुसार कार्यक्रमले कला क्षेत्रको विकाससँगै नयाँ ...
‘मिस एण्ड मिसेस व्यूटिफुल नेपाल २०२६’ को तयारी सुरु
मनोरन्जन, समाचार

‘मिस एण्ड मिसेस व्यूटिफुल नेपाल २०२६’ को तयारी सुरु

काठमाडौं । दक्ष इन्टरनेशनलको आयोजनामा विगत एक दशकदेखि सञ्चालन हुँदै आएको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिस एण्ड मिसेस व्यूटिफुल नेपाल २०२६’ को नयाँ संस्करण घोषणा गरिएको छ। राजधानीको सिटी सेन्टरमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी दिँदै आयोजक संस्थाका अध्यक्ष तथा सेलिब्रेटी मेकअप आर्टिस्ट टेकराज पाण्डेले यस वर्षको संस्करणलाई अझ भव्य, व्यवस्थित र प्रभावकारी बनाइने बताए। उनले सौन्दर्य प्रतियोगिता केवल ताज जित्ने प्रतिस्पर्धा मात्र नभई व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि तथा जीवनका नयाँ अवसरहरू सिर्जना गर्ने सशक्त मञ्च भएको उल्लेख गरे। दक्ष इन्टरनेशनलले महिलाहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्दै आएको र प्रतियोगिताले धेरै प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ थियो। यस वर्ष ‘मिस व्यूटिफुल ...
रामकृष्ण श्रेष्ठको पहलमा थलीमा सम्मानित भए समाजका प्रेरणादायी व्यक्तित्व
समाचार, समाज

रामकृष्ण श्रेष्ठको पहलमा थलीमा सम्मानित भए समाजका प्रेरणादायी व्यक्तित्व

वरिष्ठ लोकगायक कुमार बस्नेतको प्रमुख आतिथ्यता, समाजसेवी तथा गायक रामकृष्ण श्रेष्ठको विशेष आयोजनामा विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित भएका छन  काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–५, थलीमा स्थानीय समाजसेवी तथा युवा गायक रामकृष्ण श्रेष्ठको विशेष संयोजन तथा आयोजनामा “कलाकार तथा ज्येष्ठ नागरिक सम्मान एवं सांस्कृतिक साँझ–२०८३” भव्य रूपमा सम्पन्न भएको छ। वरिष्ठ लोकगायक कुमार बस्नेतको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा कला, संस्कृति, स्वास्थ्य, सञ्चार, समाजसेवा तथा उद्यमशीलताका क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। कार्यक्रममा समाज निर्माण, संस्कृति संरक्षण तथा सामुदायिक विकासमा जीवनभर योगदान पुर्‍याएका ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरूलाई कदरपत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो। साथै विभिन्न क्षेत्रबाट समाजमा सकारात्मक योगदान पुर्‍याउँदै आएका...
आनन्द कार्कीको नयां गीत ‘ईटहरीको बजारमा’ बजार तताउँदै(भिडियो)
मनोरन्जन, समाचार

आनन्द कार्कीको नयां गीत ‘ईटहरीको बजारमा’ बजार तताउँदै(भिडियो)

नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि आफ्नो छुट्टै पहिचान बनाउँदै आएका लोकप्रिय वरिष्ठ गायक आनन्द कार्की नयाँ गीत ‘ईटहरीको बजारमा’ लिएर दर्शकमाझ आएका छन् । गायिका गंगा खनालसँगको युगल स्वरमा तयार गरिएको उक्त गीत तथा म्युजिक भिडियो आनन्द कार्की अफिसियल नामक आफ्नै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक भएसँगै गीतले सामाजिक सञ्जाल तथा युट्युबमा सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ । विशेषगरी गीतको आकर्षक प्रस्तुति, मौलिक स्वाद, आधुनिक संगीत संयोजन तथा भिडियोको भव्य निर्माणले दर्शक तथा संगीतप्रेमीहरूको ध्यान तानिरहेको छ । पूर्वी नेपालको चर्चित शहर ईटहरीलाई केन्द्रमा राखेर तयार गरिएको ‘ईटहरीको बजारमा’ बोलको गीतमा प्रेम, रमाइलोपन र आधुनिक सामाजिक परिवेशलाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिएको छ । गीतमा वरिष्ठ गायक आनन्द कार्कीको परिपक्व स्वर र गायिका गंगा खना...
गायक बियोन्डको ‘झिम झिम’ सार्वजनिक
मनोरन्जन, समाचार

गायक बियोन्डको ‘झिम झिम’ सार्वजनिक

काठमाडौं।  नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायक तथा सर्जक बियोन्डको नयाँ गीत ‘झिम झिम’ सार्वजनिक गरिएको छ । शनिबार काठमाडौंमा आयोजित विशेष कार्यक्रमबीच एफएसडी फिल्मस्को प्रस्तुतिमा तयार गरिएको उक्त गीतको भिडियो औपचारिक रूपमा सार्वजनिक गरिएको हो । सार्वजनिक भएसँगै गीतले दर्शक तथा संगीतप्रेमीमाझ सकारात्मक प्रतिक्रिया पाउन थालेको छ । गीतमा शब्द रचना स्वयं बियोन्डकै रहेको छ भने संगीत ब्रिजेश श्रेष्ठले गर्नुभएको छ । आधुनिक स्वाद र रोमान्टिक प्रस्तुतिको समिश्रण रहेको ‘झिम झिम’ ले प्रेम, अनुभूति र समकालीन युवापुस्ताको भावनालाई आकर्षक ढंगले प्रस्तुत गर्ने प्रयास गरेको निर्माण पक्षले जनाएको छ । गीतको भिडियो निर्देशक पी माधवले निर्देशन गर्नुभएको हो । भिडियोमा आकर्षक दृश्य संयोजन र कलात्मक प्रस्तुति देख्न सकिन्छ । कोरियोग्राफर दिपिका तामाङको कोरियोग्राफीले भिडियोलाई अझ जीवन्त बनाएको छ । भ...
कलौनी–तृप्तीको स्वर तथा बिजय गुरुङको शब्द–संगीतमा ‘भेरी कर्णाली’
भिडीयाे, मनोरन्जन, समाचार

कलौनी–तृप्तीको स्वर तथा बिजय गुरुङको शब्द–संगीतमा ‘भेरी कर्णाली’

https://www.youtube.com/embed/PNMOmoKIsaM नेपाली संगीत क्षेत्रमा नयाँ म्यूजिक भिडियो 'भेरी कर्णाली' सार्वजनिक गरिएको छ। गीतमा युवा कलाकारहरूको सशक्त प्रस्तुति देख्न सकिन्छ। उक्त गीतमा लोकप्रिय गायिका तृप्ती खड्का गुरुङ र केपी कलौनीको स्वर रहेको छ भने शब्द तथा संगीत बिजय गुरुङ ले तयार गरेका हुन्। गीतलाई थप आकर्षक बनाउन नरेश पाण्डे ले एरेन्ज, मिक्सिङ्ग तथा मास्टरिङ्ग गरेका छन्। रेकर्डिङ कार्य सारेगम स्टुडियो मा सम्पन्न गरिएको हो। म्यूजिक भिडियोमा रितु चौधरी र मासुम बिष्ट ले अभिनय गरेका छन्। भिडियोको छायांकन सतिष सिन्हा र जिके रावल ले गरेका हुन् भने सम्पादन पनि सतिष सिन्हाले नै गरेका छन्। त्यस्तै, भिडियो निर्देशन मासुम बिष्ट र सतिष सिन्हाले संयुक्त रूपमा गरेका छन्। आकर्षक दृश्य, सशक्त प्रस्तुति र आधुनिक प्रविधिको प्रयोगले भिडियोलाई अझ प्रभावशाली बनाएको निर्माण टि...
चलचित्र विकास बोर्डद्वारा पहिलोपटक आधिकारिक नेपाल स्टल स्थापना
मनोरन्जन, समाचार

चलचित्र विकास बोर्डद्वारा पहिलोपटक आधिकारिक नेपाल स्टल स्थापना

काठमाडौं । फ्रान्सको कान्स शहरमा आयोजना भइरहेको ७८औँ क्यान्स फिल्म फेस्टिभलमा नेपालले पहिलोपटक आधिकारिक रूपमा सहभागिता जनाएको छ । नेपाल पर्यटन बोर्डको सहकार्यमा चलचित्र विकास बोर्डले नेपालका तर्फबाट स्टल स्थापना गर्दै नेपाली चलचित्र, चलचित्रकर्मी तथा नेपालको सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने ऐतिहासिक पहल गरेको हो । चलचित्र विकास बोर्डले जारी गरेको प्रेस विज्ञप्तिअनुसार बेलायतस्थित नेपाली प्रोडक्सन कम्पनी “शाही प्रोडक्सन” लाई स्थानीय साझेदार तथा व्यवस्थापकको रूपमा जिम्मेवारी दिइएको छ । बोर्डका अनुसार सरकारी वैदेशिक भ्रमणसम्बन्धी नीतिगत व्यवस्थाका कारण अन्तिम समयमा प्रतिनिधि पठाउन कठिन भएपछि स्थानीय व्यवस्थापनमार्फत नेपालको सहभागिता सुनिश्चित गरिएको हो । बोर्डले यसअघि २०८१ फागुन २५ गते आधिकारिक सूचना जारी गर्दै क्यान्स फेस्टिभलमा सहभागी हुन इच्छुक चलचित्रकर्म...
‘ईन्भारमेन्टल एक्सिलेन्स अवार्ड–२०२६’ नेपाल फुलवारी वेस्ट थ्रीआर पोलुसन कन्ट्रोल सर्भिसलाई
समाचार, समाज

‘ईन्भारमेन्टल एक्सिलेन्स अवार्ड–२०२६’ नेपाल फुलवारी वेस्ट थ्रीआर पोलुसन कन्ट्रोल सर्भिसलाई

काठमाडौं । फोहोर व्यवस्थापन तथा वातावरण संरक्षण क्षेत्रमा पुर्‍याएको उल्लेखनीय योगदानको कदरस्वरूप नेपाल फुलवारी वेस्ट थ्रीआर पोलुसन कन्ट्रोल सर्भिस लाई प्रतिष्ठित ईन्भारमेन्टल एक्सिलेन्स अवार्ड -२०२६  प्रदान गरिएको छ । लक्जरी ईभेन्टस एण्ड ईन्टरटेनमेन्टद्वारा आयोजित उक्त सम्मान समारोह २०८३ साल जेठ २ गते नेपाल फिल्म डेभलपमेन्ट बोर्ड मा विभिन्न विशिष्ट व्यक्तित्व तथा अतिथिहरूको उपस्थितिमा भव्य रूपमा सम्पन्न भएको हो । संस्थाले फोहोर संकलन, पुनः प्रयोग (रिसाइक्लिङ), प्रदूषण नियन्त्रण तथा दिगो वातावरणीय अभ्यासमार्फत स्वच्छ, स्वस्थ र जिम्मेवार समाज निर्माणमा पुर्‍याएको महत्वपूर्ण योगदानको उच्च मूल्यांकन गर्दै उक्त सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ । नेपाल फुलवारी वेस्ट थ्रीआर पोलुसन कन्ट्रोल सर्भिस ले सञ्चालन गर्दै आएका प्रभावकारी वातावरणीय अभियान तथा जिम्मेवार फोहोर व्यवस्थापन ...