Blog

स्कुल स्तरीय तीज नृत्य प्रतियोगितामा सम्पन्न
मनोरन्जन, समाचार

स्कुल स्तरीय तीज नृत्य प्रतियोगितामा सम्पन्न

नृत्य निर्देशक सघ नेपाल, तारकेश्वर नगर कमिटीद्वारा आयोजित प्रथम स्कुल स्तरीय तीज नृत्य प्रतियोगिता बागमती प्रदेशका प्रदेश सभासदस्य ईन्जिनियर अमन मास्केको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । उपत्यकाको २० स्कुलले भाग लिएको प्रतियोगितामा कौसल माध्यामिक बिद्यालय प्रथम, नवोधित विध्याकुञ्ज र शुभकामना स्कुल दोस्रो, त्रिलोक चिल्डेन एकेडेमी र स्प्रिङभ्याली स्कुल तृतिय भएका छन् । संस्थाका अध्यक्ष टेकबहादुर लामाको सभापतित्वमा भएको कार्यक्रममा संस्थाका सचिव रवी कार्कीले स्वागत मन्तव राख्नुभएको थियो । कार्यक्रममा नृत्य निर्देशक संघ केन्द्रीय अध्यक्ष भुवनदाश श्रेष्ठ, नृत्य निर्देशक संघ तार्केश्वोर नगर कमिटि सल्लाकार एवम् वरिष्ठ कलाकार उत्तम केसी हिमरश्मि स्कुलका प्राध्यापक लोकेन्द्रबहादुर खड्का विशेष अतिथि रहनुभएको थियो ।...
आउदो शनिवार ग्लोवल टुरिजम प्रोमोसन काउन्सीलको तीजको तीज मेला
अर्थ/व्यापार, समाचार

आउदो शनिवार ग्लोवल टुरिजम प्रोमोसन काउन्सीलको तीजको तीज मेला

ग्लोवल टुुरिजम प्रोमोसन काउन्सीलले तीजको अवसर पारेर तीज मेलाको आयोजना गर्ने भएको छ । भाद्र ३० गते आयोजना हुने कार्यक्रममा ख्याती पाएका कलाकारले प्रस्तुति दिने छन् । कार्यक्रममा बिभिन्न पेशा ब्यावसायमा ख्याती कमाएका महिला दिदी बहिनीहरुको उपस्थिति रहने आयोजकले जनाएको छ । कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउन बिभिन्न खेलसमेत खेलाइने छ । यसका अलावा प्रतियोगितात्मक खेलमा बिजयीलाई बिषेश पुरस्कार र सम्मनकोे ब्यावस्था पनि गरिएको आयोजकले जनाएको छ । निभिया मुख्य प्रायोजक र एन प्लस प्रोफेसनल, २ पीएम नुडल्स, यूटर्न इन्टरनेशनल, द रेमण्ड शप रहेका छन् । मिडिया पार्टनरमा निखिला मिडिया र टेलिभिजन पार्टनरमा मूनलाईट टेलिभिजन रहेको छ । ग्लेवल टुरिजम र गन्तब्य फेमिलिले आयोजना गरेको कार्यक्रम पिंगलास्थानमा रहेको राइन होटलमा हुने छ ।...
उपभोक्ता हित संरक्षणमा साल्ट ट्रेडिङको महत्त्वपूर्ण टेवा  :मन्त्री रिजाल
अर्थ/व्यापार, समाचार

उपभोक्ता हित संरक्षणमा साल्ट ट्रेडिङको महत्त्वपूर्ण टेवा :मन्त्री रिजाल

काठमाडौँ । मुलुकमा सहजरूपमा आयोडिनयुक्त नुन उपलब्ध गराउने मुख्य उद्देश्यका साथ स्थापित साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड आफ्नो स्थापनाको ६० वर्ष पूरा गरी ६१ औँ वर्ष प्रवेश गरेको छ । साल्ट ट्रेडिङको वार्षिकोत्सव कार्यक्रममा बोल्नुहुँदै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले दैनिक उपभोग्य वस्तु उपलब्ध गराइरहेको साल्ट ट्रेडिङ कर्पोरेशनले नेपाली उत्पादनको बजारीकरण र कृषि क्षेत्रमा पनि योगदान गर्नुपर्ने बताए । आन्तरिक उत्पादनले मात्र माग पूरा नहुने अवस्थामा उपभोग्य वस्तु आयात गरी उपभोक्ता हित संरक्षणमा टेवा पु¥याउन साल्ट ट्रेडिङले महत्त्वपूर्ण भूमिका खेलेको र सार्वजनिक–निजी अवधारणाको दरिलो उदाहरण बनेको मन्त्री रिजालको भनाइ छ । “आगामी दिनमा दैनिक उपभोग्य वस्तुको कारोबारका अतिरिक्त कृषि क्षेत्रमा पनि प्रत्यक्ष योगदान पु¥याउन सकेमा संस्थाको महत्त्व अझ बढ्दै जानेछ । कर्पोरेशनले भविष्यम...
चौथो जिनियस म्यूजिक अवार्ड भव्य रुपमा सम्पन्न
मनोरन्जन, समाचार

चौथो जिनियस म्यूजिक अवार्ड भव्य रुपमा सम्पन्न

चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न भएको छ । काठमाडौंको सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) जमलमा एक विशेष समारोहबीच गीतसंगीतका विभिन्न विधाका श्रष्टालाई अवार्ड प्रदान गर्दै कार्यक्रम सम्पन्न भएको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको प्रमुख आतिथ्यता रहेको समारोहमा वरिष्ठ संगीतकार राजु सिंहलाई दीर्घसाधना सम्मान अर्पण गरिएको थियो । समारोहमा हिमालय टाइम्सका कृष्ण भुसाल, रेडियो नेपालका राम थापा ‘अविरल’, लेन्स नेपालका विष्णु सुवेदी र ओएस नेपालका सुमन सापकोटालाई पत्रकारिता सम्मानले विभूषित गरिएको थियो । ‘नेपाली कला, संस्कृति हाम्रो पहिचान, संरक्षण प्रबद्र्धन गर्ने हाम्रो अभियान’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै नेपाली कला, भाषा, संगीत क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका लागि क्रियाशील हुँदै कलाकर्मीलाई प्रोत्साहन एवं सम्मान गर्न जिनियस म्युजिक प्रालिले आफ्...
गायक युवराज छन्त्यालको ‘छन्त्याल परे म त’ सार्वजनिक
मनोरन्जन, समाचार

गायक युवराज छन्त्यालको ‘छन्त्याल परे म त’ सार्वजनिक

काठमाडौै ।  आफ्नो पहिचान कस्लाई प्यारो हुदैन र ? तर पहिचान मात्रै भन्ने भन्दा पनि आफ्नो पहिचानलाई फैलाउनु महत्त्वपूर्ण कुरा हो । यही काममा लागेका छन्  गायक युवराज छन्त्याल । उनले एउटा गीत निकालेका छन । जसको बोल छ,"छन्त्याल परे म त" । मेला महोत्सवमा घन्किने प्रकारको यो गीतलाई लिएर युवराज उत्साहित पनि छन । लामो समय यता गीत संगीतमा मेहनत गर्दै आएका युवराजले एक दर्जन बढी गीतका शब्द लेख्दै स्वर भरेका छन । "बजाउँदै पञ्चे बाजा" बोलको गीतबाट उनले मौलिक गायकको अवार्ड पाएका छन । त्यस्तै उनको अर्को गीत "पैसा वाला हेर्छन्" बाट बेस्ट लोकदोहोरी कम्पोजर नोमिनेसनमा परेको थियो । त्यस्तै यही गीत कि अर्की गायिका जया छन्त्यालले पनि दर्जनौं गीत गाएकी छन । https://youtu.be/cSUsue1fxPs सरिता छन्त्यालले त झन २,३ वटा एल्बममा नै स्वर भरेकी छन । भने यी गीतको शब्द संगीत युवराज कै रहेको छ । अमृत, ...
फुर्लिमा फाउन्डेसनको दोस्रो बार्षिक उत्सवमा रक्तदान कार्यक्रम
समाचार, समाज

फुर्लिमा फाउन्डेसनको दोस्रो बार्षिक उत्सवमा रक्तदान कार्यक्रम

काठमाडौं । फुर्लिमा फाउन्डेसनको दोस्रो बार्षिक उत्सवको अवसरम आयोजित फुरलिमा फाउण्डेसन रक्तदान कार्यक्रम  बृहत रुपमा सम्पन्न भएको छ। त्रि-पद्म रोभर/रेन्जर क्र्युको सहकार्यमा पुल्चोक स्थित त्रि- पद्म बिद्याश्रम मा.बि.को प्राङ्गणमा संचालित रक्तदान कार्यक्रम १०९ जना रक्तदाताले रक्तदान गरेका थिए  ।निकै नै भब्य सब्य रुपमा कार्यक्रम सम्पन्न भएको कुरा मा.बि.का प्रधानाध्यापक हरि प्रसाद खनाल बताउनुहुन्छ । सामाजिक उत्तरदायित्व अन्तर्गत संचालित उक्त कार्यक्रममा फाउन्डेसनका पदाधिकारी,ग्रेस इभेन्ट्सका पदाधिकारी ,त्रि-पद्म मा.बि. का शिक्षक तथा कर्मचारी ,नेपाल स्काउट्स का सदस्यहरु,रोभर/रेन्जर तथा स्थानीय युवाहरुको बिशेश उपस्तिथि साथै सहभागीता रहेको थियो। रक्तदान गर्नुहुने सम्पुर्ण दयालु एवं मनकारी रक्तदाताहरुलाइ हृदय देखि बिशेष धन्यवाद दिदै उक्त कार्यक्रममा सहयोग गर्नुहुने सहयोगी हातहरु...
सांस्कृतिक जनमत संघको संयोजकमा सन्तोष
राजनीति, समाचार

सांस्कृतिक जनमत संघको संयोजकमा सन्तोष

जनमत पार्टीले सांस्कृतिक जनमत संघको केन्द्रिय संयोजक समिति घोषणा गरिएको छ। सोमबार काठमाडौंको बानेश्वरस्थित सिद्धार्थ फुडल्याण्डमा आयोजित एक कार्यक्रमबीच जनमत पार्टीले सांस्कृतिक जनमत संघको केन्द्रिय समिति घोषणा गरेका हुन। सन्तोष राज सहनीलाई केन्द्रिय संयोजकको जिम्मेवारी दिएको हो। त्यसैगरी सह-संयोजकमा सेलिना कुँवर,सचिन पटेल,अरुण कान्त यादव , सचीवमा बन्दे प्रसाद साह ,सह-सचिवमा नितु पटेल,बिमल साह,राम नरेश सहनी रहेको छ।भने कोषाध्यक्षमा तनुजा चौरसिया रहेकी छिन् । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।सो कार्यक्रममा जनमत पार्टीका राष्ट्रिय सचिव तथा मधेश प्रदेशका सांसद संजय यादव,पार्टीका कोषाध्यक्ष सुरेन्द्र नारायण यादव,राष्ट्रिय प्रवक्ता डा.शरद सिंह यादव,चिकित्सक जनमत संघका केन्द्रिय संयोजक डा.सीके सिंह,नेता आर के राउत र पार्टीकी महिला ...
अरबिन्द्र गौतमलाई जिल्ला सहकारी संघ काभ्रेको पत्रकारिता सम्मान तथा पुरस्कार प्रदान
अर्थ/व्यापार, समाचार

अरबिन्द्र गौतमलाई जिल्ला सहकारी संघ काभ्रेको पत्रकारिता सम्मान तथा पुरस्कार प्रदान

काभ्रे । जिल्ला सहकारी सङ्घ लिमिटेड डिस्कोफले कोशिपारी अनलाइन न्युजका संचालक अरबिन्द्र गौतमलाई पत्रकारिता सम्मान तथा पुरस्कार प्रदान गरेको छ । प्रेस चौतारी नेपाल काभ्रेका सह सचिव एवं काभ्रे प्रेस डट कमका प्रधान सम्पादक गौतमलाई डिस्कोफको ४२ औँ वार्षिक साधारणसभाको अवसरमा मंगलबार बनेपामा आयोजित कार्यक्रममा बागमती प्रदेशका संस्कृती, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले ‘पत्रकारिता सम्मान तथा पुरस्कार’ बाट सम्मानित गरे । नव क्षितिज साप्ताहिकको सह सम्पादक तथा पावर न्युजको संवाददाता समेत रहेका गौतमलाई जिल्ला सहकारी संघ काभ्रेले पाँच हजार नगद सहित दोसल्ला ओडाएर सम्मानपत्र प्रदान गरेको छ । एक दशक देखी पत्रकारिता क्षेत्रमा कृयाशिल गौतमले यस भन्दा अगाडि पनि धेरै सम्मानहरु प्राप्त गरिसकेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महर्जनले बागमती प्रदेशभित्र अब कुनै पनि प्रकारका नयाँ सहकारी दर्त...
नारायणको “ओ लभ्ली” सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

नारायणको “ओ लभ्ली” सार्वजनिक(भिडियो)

नारायणले ल्याए “ओ लभ्ली” नारायणको “ओ लभ्ली” मा रोशन र सृष्टि काठमाडौं । गीत “ओ लभ्ली ” सार्वजनिक भएको छ । लामो समय देखि अमेरिका बस्दै आएका गितकार नारायण भारती को शब्द यो गीतमा रहेको छ । अमेरिका बसेर पनि उनी गीत संगीतलाई माया भने उस्तै गरिरहेका छन् । उनको शब्द रचनाको कयौं गितहरु नेपाली साङितिक आकाशमा चर्चित छन । त्यो मध्यको ‘ओह लभ्ली’ पनि एक बन्ने उनको बिश्वास छ । https://www.youtube.com/watch?v=-cLMWT7RT44 यस गीतमा रोशन श्रेष्ठले अभिनय गरेका छन । जसले नेपाली सिने क्षेत्रमा लामो समय देखि काम गर्दै आएका हुन । उनलाई अभिनयमा साथ दिएकी छिन चर्चित मोडेल तथा नायिका सृष्टि खड्काले । कृष्ण रसालले निर्देशन गरेमो भिडियो नारायण र इशा शर्मा भारती मिलेर बनाएका हुन् । सुनिल क्षेत्रीले संगीत गरेको गीतमा सुनिल राईले संगीत सम्योजन गरेका छन् । गीत करण राईले गाएका हुन । बिवेक सुनारले सम्पादन गरेको भिड...
गायक युनिक केसीको स्वरमा बावु समर्पित गीत‘बाबा’ (भिडियो)
मनोरन्जन, समाचार

गायक युनिक केसीको स्वरमा बावु समर्पित गीत‘बाबा’ (भिडियो)

काठमाडौं । गायक युनिक केसीको स्वरमा रहेको ‘बाबा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । कुशे औशी अर्थात बावुको मुख हेर्ने छेको पारेर गायक केसीले बुवा सम्बन्धि गीत आफ्नै युनिक क्रियशन नामक युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन । गीतमा टेकेन्द्र नेपालीको संगित रहेको छ भने म्युजिक भिडियोलाई नारायण मगरले निर्देशन गरेका छन् ।बाबा गीतका रचनाकार लेखु सहयात्री तिमिल्सिनाले आफ्नै बुबा र जन्म र कर्म दिने सवै बुवा प्रति समर्पित गर्दै शव्द कोरेका छन ।म्युजिक भिडियोमा बालक छोरालाई एउटा बावुले कसरी पढायो, बढायो, हुर्कायो र बाबुको महत्व कति छ भन्ने कुरालाई देखाउने प्रयास गरिएको छ । बाबुको सपना सन्तानको सुख र समृद्धि नै हो भन्ने कुरा देखाउन खोजिएको छ । https://youtu.be/Dn3kgjxXRdk भिडियोमा वरिष्ठ अभिनेता सरोज खनाल बावुको भूमिकामा देखा परेका छन भने उनलाई गीता अधिकारी,र...