Blog

गायिका सरु गौतमको तिज गीत ‘नाम जोडियो’सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

गायिका सरु गौतमको तिज गीत ‘नाम जोडियो’सार्वजनिक(भिडियो)

गायिका सरु गौतमले  तिज गीत ‘नाम जोडियो’ ल्याएकी छन् ।  कुमार कटुवालको शब्द, दीपक शर्माको संगीत, पुरुषोत्तम सुवेदीको एरेञ्ज गीतमा छ । जेरी भण्डारीको निर्देशन एवं कोरियोग्राफी रहेको गीतको भिडियोमा गुराँस ढकाल, सोनी महत, आयुसी ढकाल र रोनियन अधिकारीलगायतको अभिनय छ । https://youtu.be/2BjcuzZt5aA राजेश घिमिरेको छायाङ्कन रहेको गीतको भिडियोमा विकास ज्ञवालीको सम्पादन छ । गीतको भिडियो सरु गौतमको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।...
रमा थापाको शव्दमा शोभा क्षेत्रीको “बारुले कम्मर” सार्वजनिक (भिडियो)
अन्तरवार्ता

रमा थापाको शव्दमा शोभा क्षेत्रीको “बारुले कम्मर” सार्वजनिक (भिडियो)

शोभा छेत्रीको तीज गीत “बारुले कम्मर” सार्वजनिक भएको छ । शोभा छेत्रीको शब्द,रमा थापाको संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका शोभा छेत्रीको सुमधुर स्वर रहेको छ। Music City स्टुडियोमा रेकर्ड गरेको गीतलाई राजिव शाहले संगीत संयोजन र मिक्सिङ/मास्टरिङ गरेका हुन्। https://youtu.be/b9uQD9WVjQo छबी थापाको निर्देशन रहेको उक्त भिडियोमा शोभा छेत्रीको अभिनय रहेको छ। सुनिल भण्डारीले छायाँङ्कन गरेको भिडियोलाई बिनोद बमले सम्पादन,कलर गरेका हुन् । शोभा छेत्रीको प्रस्तुती रहेको “बारुले कम्मर” म्यूजिक भिडियो  Shova Chhetri युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।...
मिस हिमालयन नेपाल र मिसेस हिमालयन आइकन नेपालको आवेदन खुल्ला
मनोरन्जन, समाचार

मिस हिमालयन नेपाल र मिसेस हिमालयन आइकन नेपालको आवेदन खुल्ला

काठमाडौं ।  सौन्दर्य क्षेत्रमा लामो समयदेखि सक्रिय सौन्दर्यकर्मी अप्सना नेवाको आयोजनामा मिस हिमालयन नेपाल र मिसेस हिमालयन आइकन नेपाल २०२४ को आवेदन खुल्ला गरिएको छ।विवाहित तथा अविवाहित महिलाहरुले आवेदन दिन सकिने उक्त प्रतियोगिता अदृश्य प्रतिभालाई दृष्टिगत गराउन कार्यक्रमको उद्देश्य रहेको आयोजक संस्था द हिमालयन प्याजेन्टकी अध्यक्ष एवं सौन्दर्यकर्मी अप्सना नेवाले जानकारी दिईन । पहिलो संस्करण अविवाहित महिलाहरुको मात्र प्रतियोगीता गरिएको यस कार्यक्रममा भने विवाहित महिलाहरुलाई पनि समेटेर मिसेस हिमालयन आईकनको आयोजना गर्न लागिएको समेत उनले बताईन ।पहिलो संस्करणमा लोकप्रिय नायक प्रदिप खड्का, आनन्द कार्की,अभिनेत्री रश्मि भट्ट लगायत चर्चित कलाकारहरुको उपस्थिती रहेको कार्यक्रममा यस पटक पनि थुप्रै लोकप्रिय कलाकारहरुको उपस्थिती रहने छ ।नयाँ संस्करणका लागि पहिलो अडिसन यही भदौ २९ गते शनिवारका दिन न...
टान नेतृत्वका लागि व्यवसायी संगठनहरुको समर्थन सागर पाण्डेलाई
अर्थ/व्यापार, समाचार

टान नेतृत्वका लागि व्यवसायी संगठनहरुको समर्थन सागर पाण्डेलाई

काठमाडौं । ट्रेकिङ एजेन्सीज् एशोसीयसन अफ नेपाल(टान) को नयाँ नेतृत्वका लागि प्रत्याशी सागर पाण्डेले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् ।यहि भदौ १७ गते हुने टानको वार्षिक साधारणसभा तथा निर्वाचनका लागि आइतबार एक कार्यक्रमबीच पाण्डे समूहले उम्मेदवारी घोषणा गरेको हो । पाण्डे समूहबाट वरिष्ठ उपाध्यक्षमा चोलेन्द्रबहादुर कार्की, प्रथम उपाध्यक्षमा दावा लामा र द्वितीय उपाध्यक्षमा निशेष थापाले उम्मेदवारी घोषणा गरेका छन् ।यस्तै, महासचिवमा सोनाम शेर्पा, सचिवमा सजना त्रिपाठी, कोषाध्यक्षमा गणेशप्रसाद न्यौपाने र सहकोषाध्यक्षमा डम्बर अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् । पाण्डे समूहका तर्फबाट कार्यसमिति सदस्यमा माधवकुमार धमला, विनोदकुमार तामाङ, सृष्टि भण्डारी, फुर्बु छिरिङ भोटे, उत्सव ढकाल, शिवप्रसाद सिलवाल र अम्बिरबहादुर गुरुङलेसमेत उम्मेदवारी घोषणा गरेका छन् ।उम्मेदवारी घोषणा कार्यक्रममा वरिष्ठ पर्यटन...
वन्दना शर्मा वुमन एचिभर्स र कुमाऊँ केसरी अवार्डबाट सम्मानित
अन्तर्राष्ट्रिय, समाचार

वन्दना शर्मा वुमन एचिभर्स र कुमाऊँ केसरी अवार्डबाट सम्मानित

इन्डिया। वन्दना शर्मा वुमन एचिभर्स र कुमाऊँ केसरी अवार्डबाट सम्मानित भएकी छन् । नटराज डान्स एकेडेमीकी निर्देशक वन्दना शर्मा वुमन एचिभर्स अवार्ड २०२४ र कुमाऊँ केसरी अवार्डबाट सम्मानित भएकी छन् । उनी आफ्नै एकेडेमी चलाउने र शिक्षिका पनि हुन्, उनको उपलब्धि र योगदानका लागि यो पुरस्कार प्रदान गरिएको हो । कन्स्टिट्युसन क्लब अफ इन्डिया, दिल्लीमा आयोजित एक कार्यक्रममा वन्दना शर्मालाई यो अवार्ड प्रदान गरिएको थियो, जसमा दिल्ली प्रहरी निर्देशक प्रशिक्षण जितेन्द्र मणि, दिल्ली पुलिसका सह निर्देशक विजय सिंह, पूर्व जिल्ला न्यायाधीश टीआर नवल, सब-डिस्ट्रिक्ट म्याजिस्ट्रेट सञ्जय अम्बास्ता, जम्मूका आवासीय आयुक्त डा. र रश्मी सिंह, आज तकका उपसम्पादक चिराग गोठी, जम्मु कश्मीरको पहिलो श्रीमती र शहरी विकास अधिकारी मीनु महाजन, दिल्ली उच्च न्यायालयका संयुक्त रजिस्ट्रार केएस भाटी, अभिनेत्री र श्रीमती भारत विश्वव...
एक वर्षमै विश्वका ४५० तीर्थस्थल दर्शन गरेर इतिहास बनाएका प्रदीप खनाल
समाचार, समाज

एक वर्षमै विश्वका ४५० तीर्थस्थल दर्शन गरेर इतिहास बनाएका प्रदीप खनाल

विश्वमा ४५० वटा प्रसिद्ध धार्मिक तीर्थस्थलहरूको दर्शन गरेर ‘विश्व रेकर्ड’ राख्ने व्यक्ति को होलान्! सनातन धर्मका प्रसिद्ध भारतीय गुरुहरू भन्छन् – कि शंकाराचार्य हुन् कि गुरु नानक देव। भारतीय गुरु नानक देवले करिब पाँच सय वर्षअघि २१ वर्ष लगाएर यतिका तीर्थस्थलको भ्रमण गरेर विश्वमा प्रसिद्धी कमाएका थिए। त्योभन्दा अघि गुरु शंकराचार्यले कति वर्ष लगाएर यतिको संख्यामा तीर्थस्थल भ्रमण गरेका थिए, ठ्याक्कै यकिन छैन। अहिले आएर नेपालका प्रदीप खनालले एकै वर्षमा ४५० वटा तीर्थस्थल भ्रमण गरेर आफू ‘विश्वमै पहिलो’ व्यक्ति भएको बताइरहेका छन्। काठमाडौं कलंकीका खनाल गत जुलाई अन्तिममा ४५० वटा तीर्थस्थल भ्रमण पूरा गरेपछि एकाएक चर्चामा आएका छन्। प्रसिद्ध सनातनी धर्मका गुरुहरूले शंकराचार्य र नानक देवपछि तेस्रो व्यक्ति भन्दै खनालको प्रशंसा गरिरहेका छन्। उनीहरूले खनालले शंकराचार्य र नानक देवको इतिहास ‘ब्र...
चलचित्र ‘मृत्युकोष’ को“बेवारिशे हुनु पर्ने लासै हुँदा पनि” बोलको शिर्ष गीतको रेकर्ड
मनोरन्जन, समाचार

चलचित्र ‘मृत्युकोष’ को“बेवारिशे हुनु पर्ने लासै हुँदा पनि” बोलको शिर्ष गीतको रेकर्ड

चलचित्र मृत्युकोषको लागी “बेवारिशे हुनु पर्ने लासै हुँदा पनि” बोलको शिर्ष गीतको रेकर्ड सम्पन्न भएको छ । अमेरिकाको आरएल साउण्ड एण्ड लाईट्स् स्टुडियो, बालटीमोरमा उक्त गीतको रेकर्ड भएको चलचित्रकी निर्माता कमला जोशीले बताएकी छिन् । उक्त गीतलाई बिशिष्ठ गीतकार प्रा.डा. कृष्णहरि बरालले लेखेका हुन् भने चर्चित संगीतकार सन्तोष श्रेष्ठले संगीत गरेका हुन् । गायक रुद्र शेखर शर्माले उक्त गीतका लागी स्वर दिएका हुन् । विभिन्न भाषा तथा जनराका गीतहरुमा आफ्नो आवाज दिंदै आएका गायक रुद्र शेखर शर्माले नेपाली चलचित्रको लागी भने पहिलो पटक आवाज दिएका हुन् । प्रा.डा. कृष्णहरि बराल र संगीतकार सन्तोष श्रेष्ठ जस्ता दिग्गज सर्जक तथा श्रष्ठाहरुसंग काम गर्न पाउँदा गायक शर्मा निक्कै खुशी देखिएका छन् । ईरा प्रोडक्सनको ब्यानरमा निर्माण भैरहेको उक्त चलचित्रमा माधब राज खरेलको लेखन तथा निर्देशन रहेको छ । चलचित्रमा तेज...
पाँचौ जिनियस म्युजिक अवार्ड सम्पन्न,बासकोटालाई दिर्घ साधना सम्मान
मनोरन्जन, समाचार

पाँचौ जिनियस म्युजिक अवार्ड सम्पन्न,बासकोटालाई दिर्घ साधना सम्मान

पाँचौ संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न भएको छ । काठमाडौंको प्रज्ञा भवन कमलादीमा एक विशेष समारोहबीच गीतसंगीतका विभिन्न विधाका श्रष्टालाई अवार्ड प्रदान गर्दै कार्यक्रम सम्पन्न भएको हो । बन तथा बातावरण राज्यमन्त्री रुपा बि.क.को प्रमुख आतिथ्यता तथा वरिष्ठ कलाकार किरण केसी,वरिष्ठ गीतकार डा.भोला रिजाल, वरिष्ठ पत्रकार एवं गीतकार शान्ति प्रिय,वरिष्ठ गीतकार डा.कृष्णहरि बरालको विशेष आतिथ्यता रहेको समारोहमा वरिष्ठ गायक तथा संगीतकार शम्भुजीत बासकोटालाई नगद सहित दीर्घसाधना सम्मान अर्पण गरिएको थियो ।समारोहमा प्रख्यात पत्रकार ऋषि धमला, अनलाईन पानाका प्रधान सम्पादक नारायण प्रसाद अधिकारी, संचारकर्मी गिता अधिकारी र जन आकाशका मोहन कार्कीलाई पत्रकारिता सम्मानले पुरस्कृत गरिएको थियो ।‘नेपाली कला, संस्कृति हाम्रो पहिचान, संरक्षण प्रबद्र्धन गर्ने हाम्रो अभियान’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै नेपाली ...
वरिष्ठ कलाकार किरण केसी’इको केयर’को ब्राण्ड एम्बेसडरमा नियुक्त
मनोरन्जन, समाचार

वरिष्ठ कलाकार किरण केसी’इको केयर’को ब्राण्ड एम्बेसडरमा नियुक्त

लोकप्रिय वरिष्ठ कलाकार किरण केसी ‘राता मकै’ इको केयर प्रालिको ब्रान्ड एम्बेस्डरमा नियुक्त भएका छन् । बुधबार बानेश्वरमा एक पत्रकार सम्मेलन गरी उनी ब्रान्ड एम्बेस्डरमा नियुक्त भएको जानकारी दिइएको हो । अत्याधुनिक प्रविधिको बढी प्रयोग गरी इट्टा उत्पादन गर्ने इको केयर प्रालिले केसीलाई पाँच वर्षका लागि ब्रान्ड एम्बेस्डरमा नियुक्त गरेको हो । कुनै पनि प्रकारको जैविक इन्धनको प्रयोग नगरी वातावरणमैत्रीरुपमा इट्टा उत्पादन गर्ने यस कम्पनीको दाबी छ । विगतमा आफूले पनि इँट्टाभट्टा सञ्चालन गरेको बताउँदै केसीले इट्टा पोल्दा प्रदूषण फैलिने भएकाले व्यवसाय छाडेको स्मरण गरे । ‘विना प्रदूषण इट्टा उत्पादन हुन्छ भनेपछि म दूत बन्न राजी भएँ,’ पत्रकार सम्मेलनमा उनले भने । कम्पनीका संस्थापक अध्यक्ष विनोद श्रेष्ठका अनुसार पोलेर इट्टा उत्पादन गर्ने परम्परागत शैलीको विकल्पका रुपमा इको केयरले स्थापना भएको हो ।...
युएईमा ‘नेपाल आईडल विथ स्टेण्डअप कमेडी’ हुँदै
मनोरन्जन, समाचार

युएईमा ‘नेपाल आईडल विथ स्टेण्डअप कमेडी’ हुँदै

नेपाल आईडल सिजन ५ का विजेता करण परियारको उपस्थितिमा युएईमा नेपाल आईडल विथ स्टेन्डअप कमेडी हुने भएको छ । आगामी अगष्ट ३ र ४ तारिख युएईको राजधानी अबुधाबी र दुबईमा आयोजना हुने कार्यक्रममा नेपाल आईडल सिजन ५ का विजेता करण परियार , फष्ट रनरअप सलोनी गुरुङ , सेकेन्ड रनरअप सचिन विश्वकर्मा सहित कमेडियनद्वय सुमन कोईराला (दले दाइ) र सजन श्रेष्ठले प्रस्तुति दिनेछन । अन्तराष्ट्रिय नेपाली कलाकार समाज (ईनास) र द अरनिको ईन्टरटेन्मेन्टको आयोजनामा हुन लागेको यो कार्यक्रम नेपाल आईडल सिजन ५ का विजेता र उपविजेताहरुको पहिलो अन्तराष्ट्रिय कार्यक्रम हो । गन्तव्य ट्राभल एण्ड टुरिजमले मुख्य प्रायोजन गरेको कार्यक्रममा कमेडियन सजन श्रेष्ठले पहिलोपटक युएईमा प्रस्तुति दिन लागेका हुन । दले दाई उपनामबाट प्रख्यात कमेडियन सुमन कोईरालाको भने युएईमा यो दोस्रो शो हो । उनले यसअघि ईनासकै आयोजनामा दुबईमा शो गरिसकेका छन् । ...