Blog

सुर्खेतमा ‘डिजिटल कर्णाली कन्क्लेभ’
अर्थ/व्यापार, समाचार

सुर्खेतमा ‘डिजिटल कर्णाली कन्क्लेभ’

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा दोस्रो संस्करणको डिजिटल कर्णाली कन्क्लेभ सुरू भएको छ । २ दिनसम्म चल्ने डिजिटल कर्णाली कन्क्लेभ २०२५ कर्णाली प्रदेश सरकार र आइसिटी फाउन्डेसन नेपालको संयुक्त आयोजनामा वीरेन्द्रनगरको शुभ होटलमा सुरू भएको हो । कन्क्लेभमा प्रमुख अतिथिको रूपमा सञ्चार तथा सूचना कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलको उपस्थिति रहेको थियो । कार्यक्रममा मुख्यमन्त्रीसहित प्रदेशका मन्त्रीहरू, प्रदेश सभा सदस्य, सरकारी उच्च अधिकारी, जनप्रतिनिधि, विज्ञ, सरोकारवालाहरू लगायत ५०० बढीको सहभागीता रहेको छ । ‘इम्पावारिङ द फ्युचर: इन्नोभेसन, कनेक्टिभिटी एण्ड सस्टेनवलिटी’ मुख्य विषयमा केन्द्रित हुने कन्क्लेभमा विभिन्न ३ किनोट प्रस्तुतिसँगै ७ लाइटिनिङ प्रस्तुती र ७ थिममा १० प्यानल संवाद हुँदैछन् । कन्क्लेभमा ५० बढी विज्ञहरु राष्ट्रिय र अन्तरास्ट्रिय स्तरबाट वक्ताको रुपमा सहभा...
त्रिप्ती तथा विजयको स्वरको ‘तिम्रो धड्कन’मा नवमोडल शिवानी (भिडियो)
मनोरन्जन, समाचार

त्रिप्ती तथा विजयको स्वरको ‘तिम्रो धड्कन’मा नवमोडल शिवानी (भिडियो)

काठमाडौं ।  गायिका तृप्ति खड्का गुरुङ्ग तथा गायक बिजय गुरुङ्गको स्वरमा रहेको ‘तिम्रो धड्कन’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायिका तृप्ति खड्का गुरुङ्गको आफ्नै युट्यूब च्यानलबाट सार्वजनिक गितको भिडियोमा गायक गुरुङ्ग स्वयं फिचर्ड छन भने उनलाई नवमोडल शिवानी मित्रले साथ दिएकी छिन । https://www.youtube.com/watch?v=vw9svSVAwFc विजय गुरुङ्गकै शव्द तथा संगीतमा तयार भएको गीतको भिडियोको निर्देशन समेत उनकै रहेको छ । नरेश पाण्डेको एरेन्जमा तयार गीतलाई सारेगम स्टुडियोमा रेकर्ड गरिएको हो । उपत्यकाका रमणीय स्थानहरुमा छायांकन गरिएको भिडियोलाई प्रकाश खड्का एण्ड टिमले छायांकन तथा मिलन विश्वकर्माले सम्पादन र राजाराम सिंखडाले सहायक निर्देशन गरेका छन । गायक गुरुङ्ग तथा गायिका खड्का यस अघिका थुप्रै गीतहरु लोकप्रिय छन ।...
स्व.गुरुदेव कामतमा समर्पित कृष्ण भट्टराईको स्वरमा ‘ओठको त्यो मधुरस'(भिडियो)
मनोरन्जन, समाचार

स्व.गुरुदेव कामतमा समर्पित कृष्ण भट्टराईको स्वरमा ‘ओठको त्यो मधुरस'(भिडियो)

काठमाडौं ।  शंकर अधिकारी घायलको शब्दमा गुरुदेव कामतको संगीत अनि कृष्ण भट्टराईको स्वर रहेको ‘ओठको त्यो मधुरस पिलायौ अलि अलि’ गायक कृष्ण भट्टराईकै आफ्नै युटुव च्यानल बाट रिलिज गरिएको छ । युबा अबस्थामा हुने उतारचढावलाइ मिठो ढंगले बुनिएको शब्द लाइ गुरुदेव कामतले रमाइलो पारामा गजल लाइ संगीत गरेका छन । उक्त गजलको भिडियोमा स्वयं गायक हार्मोनियम सहित प्रस्तुत भएका छन । गजल लाइ नया स्वरुपमा छायांकन गरिएको छ। https://youtu.be/LwhvRqG36Iw चक्र बहादुर बरालको छायांकन ,रोशन भुसालको मेकप र राजेस कुमारको सम्पादन रहेको छ,  भने नृत्य राजन महर्जन अनि अभिनय समिक्षा भुजेल, कृष्ण भट्टराई , रवि खड्का , राजु पौडेल , सुजन बस्नेत, नबराज अधिकारी , र  बिक्रम गिरी र जेलिसा कार्किको अभिनय रहेको छ,  भने गीतकार शंकर अधिकारी घायलले उक्त भिडियोलाइ निर्देशन गरेका छन ।...
इन्डोनेसियामा `दोस्रो इन्टरनेशनल एचिभमेन्ट अवार्ड २०२५´ सम्पन्न
मनोरन्जन, समाचार

इन्डोनेसियामा `दोस्रो इन्टरनेशनल एचिभमेन्ट अवार्ड २०२५´ सम्पन्न

बाली, इन्डोनेसिया | निकिला मिडिया नेटवर्कद्वारा आयोजना गरिएको `दोस्रो इन्टरनेशनल एचिभमेन्ट अवार्ड २०२५ ´इन्डोनेसियाको बालीमा भव्य रूपमा सम्पन्न भएको छ। बाली पेजेन्ट्स को सहकार्यमा सम्पन्न यस कार्यक्रममा नेपालका विभिन्न क्षेत्रका विशिष्ट योगदानकर्ता व्यक्तित्वहरूलाई सम्मान गरिएको हो। यसअघि पहिलो अन्तर्राष्ट्रिय उपलब्धि पुरस्कार थाइल्याण्डको बैंकक सहरमा सम्पन्न गरिएको थियो। इन्डोनेसियामा आयोजित उक्त अवार्ड सेरेमोनिमा अभिनेता शिव हरि नेपाल (बैरागी), व्यवसायी बद्री प्रसाद उप्रेती, कानुन व्यवसायी कलम बहादुर खत्री, साहित्यकार राधा देवी पराजुली (भण्डारी), सामाजिक कार्यकर्ता निशा लामा, उद्यमी शलिना लामा, सामाजिक अभियन्ता फुर्साङ लामा तामाङ, बैंकर कृष्ण केसी, व्यवसायी निरञ्जन भण्डारी, उद्यमी भैरव कुमार तामाङ तथा युवा उद्यमी एलीजा गौतमलाई विशेष सम्मान प्रदान गरिएको थियो। त्यसैगरी, चलचित्र लेखक...
अनियमित दिनचर्या, अनिद्रा र गलत खानपानका कारण प्यान्क्रियाटाइटिसको  बढ्दैछ क्यान्सर: वैद्य बलेन्दु प्रकाश
समाचार, स्वास्थ्य

अनियमित दिनचर्या, अनिद्रा र गलत खानपानका कारण प्यान्क्रियाटाइटिसको बढ्दैछ क्यान्सर: वैद्य बलेन्दु प्रकाश

रुद्रपुर, उत्तराखण्ड – वैद्य चन्द्र प्रकाश रिसर्च फाउन्डेसन र पडावका आयुर्वेद अनुसन्धानकर्ताहरूले गरेको बृहत् अध्ययनले धेरै चकित पार्ने तथ्याङ्क सार्वजनिक गरेको छ । अध्ययनले पत्ता लगायो कि भारतमा प्यान्क्रियाटाइटिसले मुख्यतया युवा वयस्क पुरुषहरूलाई असर गर्छ। तीमध्ये १९ देखि ४५ वर्षका युवाहरू अनियमित दिनचर्या, मानसिक तनाव र अनिद्रा जस्ता रोगबाट ग्रसित थिए। पद्मश्री वैद्य बलेन्दु प्रकाशले भने कि यसले भारतमा प्यान्क्रियाटाइटिसको परिवर्तनको परिदृश्यमा महत्त्वपूर्ण जानकारी प्रदान गर्दछ। इपिडेमियोलोजी फाउन्डेसन अफ इन्डियाको जर्नलमा प्रकाशित (खण्ड ३, अंक एक, जनवरी-मार्च २०२५), यो अध्ययन जनवरी १९९७ र नोभेम्बर २०२४ बीच २०५० बिरामीहरूको जनसांख्यिकीय र क्लिनिकल प्रोफाइलहरूको विश्लेषण गरी करिब तीन दशकमा फैलिएको छ। डाक्टर प्रज्ञा वैद्यको नेतृत्वमा रहेको मेडिकल डाटाको नेतृत्व डा. भारतमा जस्तै एआईजी हैदर...
थाईलैण्डमा राजेन्द्र लुईटेललाई ‘उत्कृष्ट म्यूजिक भिडियो निर्देशक’ को अवार्ड
मनोरन्जन, समाचार

थाईलैण्डमा राजेन्द्र लुईटेललाई ‘उत्कृष्ट म्यूजिक भिडियो निर्देशक’ को अवार्ड

थाईलैण्ड । संचारकर्मी एवं म्यूजिक भिडियो निर्देशक राजेन्द्र लुईटेल (राज)ले थाईलैण्डमा सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशककको अवार्ड जित्न सफल भएका छन । बैंककस्थित प्रिन्सटन होटलमा आयोजित भव्य समारोहमा विश्वकिर्तिमानी निर्देशक राजलाई माया मार्यौ बोलको गीतको म्यूजिक भिडियोबाट उक्त अवार्ड प्रदान गरिएको हो । हिमालयन ईन्टरनेशनल अवार्ड समारोहमा थाईलैण्डका प्रतिष्ठित व्यक्तित्वहरुको हातबाट उनले सो अवार्ड प्राप्त गरेका थिए । केहि समय अधि मात्र पनि नेपालमा सम्पन्न जिनियस म्यूजिक अवार्डमा समेत सोही गीतको भिडियोबाट उत्कृष्ट भिडियो निर्देशकको अवार्ड हात पारेका राज पछिल्लो पटक भिडियो निर्माणमा समेत व्यस्त छन । सर्वाधिक उचाईमा म्यूजिक भिडियो निर्माण गरि गिनिज बुकमा नाम लेखाउन सफल राजले केहि महिना अघि मात्र भारतको मुम्बईमा दादा साहेब फाल्के ईण्डियन टेलिभिजन अवार्डबाट सम्मानित भएका राज लाई झण्डै...
कृष्ण बस्नेतको शव्द तथा प्रदिप श्रेष्ठको निर्देशनमा ‘नरोउ भने’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

कृष्ण बस्नेतको शव्द तथा प्रदिप श्रेष्ठको निर्देशनमा ‘नरोउ भने’ सार्वजनिक(भिडियो)

काठमाडौं । निर्देशक प्रदिपमान श्रेष्ठ निर्देशित ‘ नरोउ भने भित्र भित्रै’  बोलको गीतको नयां म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतकार कृष्ण बहादुर बस्नेतको शव्दमा तयार भएको गीतलाई स्वर नेपाल आईडल विजेता करन परियारले दिएका छन भने संगीत विपेन सुब्बाको रहेको छ । https://youtu.be/zaVLpKEXz9o विसेन मानन्धरको एरेन्ज रहेको गीतलाई स्टुडियो रिगंमा रेकर्ड गरिएको हो । निकै मार्मिक रहेको गीतको भिडियोमा मोडल बिकास लामीछाने र साक्षी लम्साल,रोजीना थापा र रेश्मा महर्जन फिचर्ड रहेका छन । ओसआर डिजिटलबाट सार्वजनिक भिडियोलाई लुज सिंहले छायांकन र सम्पादन गरेका हुन ।...
साँस्कृतिक विविधता र आधुनिकताको समिश्रणमा फेसनमय अनुकल्पित प्रभानम्
मनोरन्जन, समाचार

साँस्कृतिक विविधता र आधुनिकताको समिश्रणमा फेसनमय अनुकल्पित प्रभानम्

काठमाडौं ।  अनुकल्पित प्रभानम् शीर्षकमा नमूना कलेज अफ फेसन टेक्नोलजीको १९औं ग्रेजुएशन फेशन शो, एउटा अत्यन्तै सृजनात्मक र सम्झिन लायकको कार्यक्रमको रूपमा सम्पन्न भयो । २०२५ मार्च २८ शुक्रबारको साँझ ललितपुरको झम्सीखेल स्थित द प्लाजा नेपालमा आयोजित यो कार्यक्रम केवल एउटा फेशन शोको रुपमा मात्र देखिएन, यो कार्यक्रम मौलिक परम्परा र आधुनिकताको समागम, सांस्कृतिक धरोहर र नवाचारको संगमका रुपमा अनुभव गर्न पाइयो । यस कार्यक्रममा ८८ जना स्नातक विद्यार्थीहरूको विभिन्न डिजाइन संग्रहहरूको प्रस्तुतिको माध्यमबाट, नेपाली फैशनको उज्ज्वल भविष्य र संभावनाको एक झलक देख्न पाइयो । शोमा नौ वटा प्रमुख संग्रहहरू प्रस्तुत गरिए, जसले प्रत्येक डिजाइनरको व्यक्तिगत दृष्टिकोण, सृजनात्मकता र सांस्कृतिक जडत्वलाई प्रतिनिधित्व गरेको थियो । यी संग्रहहरू न केवल डिजाइन र फैशनको दृष्टिकोणबाट, तर तिनका विषयवस्तु र समकालीनता...
अभ्या आचार्य, दिया तामाङ, र आस्तिक कर्ण भए ‘लिटिल स्टार नेपाल २०२५ का विजेता
मनोरन्जन, समाचार

अभ्या आचार्य, दिया तामाङ, र आस्तिक कर्ण भए ‘लिटिल स्टार नेपाल २०२५ का विजेता

काठमाडौं– लिटिल स्टार नेपाल २०२५ (सिजन ६) को भव्य फिनाले शानदार प्रस्तुति सहित सम्पन्न भएको छ। नृत्य र गायन विधामा उत्कृष्ट प्रतिभाशाली बालप्रतिभाहरू चयन गरिँदै प्रतियोगिताले नयाँ विजेताहरूलाई सम्मान गरेको छ। नवप्रतिभाहरूको उत्साह, मेहनत, र कलात्मक क्षमतालाई उजागर गर्ने यो बहुप्रतीक्षित प्रतियोगितामा गायक-गायिका र नृत्य विशेषज्ञहरू सम्मिलित रहे। यस वर्षको निर्णायक मण्डलमा धानु ज्ञ्ाङ्मी मगर, सुमी पराजुली, अजय योन्जन, र सम्पदा अम्गाईजस्ता प्रतिष्ठित व्यक्तित्वहरू रहेका थिए। नृत्य प्रतियोगितामा, जुनियर ग्रुपतर्फ अभ्या आचार्य पहिलो स्थानमा रहँदै विजेता बने। एरन रिजाल फर्स्ट रनरअप तथा दिक्ष्या तामाङ सेकेन्ड रनरअप घोषित भए। अन्य उत्कृष्ट प्रतिभाशाली प्रतिस्पर्धीहरूमा रोशिका बज्राचार्य (थर्ड रनरअप), सान्वी ढकाल (फोर्थ रनरअप), सुरुचि पौडेल (फिफ्थ रनरअप), र आज्ञ्ा पन्त (सिक्स्थ रनरअप) रहे। सबैभ...
‘मिस्टर एण्ड मिस हिमालय लिटिल स्टार तथा मिस हिमालय’सम्पन्न
मनोरन्जन, समाचार

‘मिस्टर एण्ड मिस हिमालय लिटिल स्टार तथा मिस हिमालय’सम्पन्न

भक्तपुर । भक्तपुरमा एपी व्यूटि पार्लरको आयोजनामा ‘मिस्टर एण्ड मिस हिमालय लिटिल स्टार तथा मिस हिमालय नेपाल’को दोश्रो संस्करण भव्य रुपमा सम्पन्न भएको छ । प्रतिनिधि सभाकी उपसभामुख ईन्दिरा राना मगरको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त प्रतियोगीतामा जुनियर मिस्टर तर्फ लिविस किसीले उपाधी हात पार्न सफल भए भने मिस तर्फ अभिषा ढकालले उपाधी जितेकी थिईन । यसैगरि सो प्रतियोगीतामा दिपिका क्षेत्री फस्ट रनर अप साशा श्रेष्ठ सेकेण्ड रनर अप र प्रज्ञा श्रेष्ठ थर्ड रनर अप भएका थिए ।पूर्व मिस नेपाल नम्रता श्रेष्ठ,नायक सलोन बस्नेत,शिक्षाकर्मी मन कुमारी पोखरेल तथा मेकअप आर्टिष्ट टेकराज पाण्डे निणार्यक मण्डलमा रहेर निर्णय गरेका प्रतियोगीतामा मिस हिमालय नेपालको दोश्रो संस्करणकी उपाधी कल्पना बुढाथोकीले जित हात पार्न सफल भएकी थिईन भने फस्ट रनर अपमा बिनिता मानन्धर सेकेण्ड रनर अपमा प्रतिक्षा र थर्ड रनर अपमा सम्पदा खवासल...