Blog

प्रतिक्षा काफ्ले अभिनित “दिल आफ्नै थियो” सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

प्रतिक्षा काफ्ले अभिनित “दिल आफ्नै थियो” सार्वजनिक (भिडियो)

काठमाडौं ।  बिगत लामो समयदेखि अभिनयमा सक्रिय कलाकार प्रतिक्षा काफ्ले र प्रज्वल राज भट्टको अभिनय रहेको प्रेमभावयुक्त गीत “दिल आफ्नै थियो” हालै फाक्थुंगलुंग ईन्टरटेन्मेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। यो गीतमा गायक नारायण थापा र नित्याशिवाको सुमधुर स्वर सुन्न सकिन्छ। गीतका शब्द शंकर अधिकारी घायलले लेखेका हुन् भने संगीत बिकाश चौधरीले गरेका छन्। https://youtu.be/CKd8QrMQzTg गोबिन्द सोनीले मिक्सिंग र मास्टरिङ गरेका छन्। भिडियो पक्षमा पनि उत्कृष्ट टिमको समावेश छ छायांकन सुबिन गोदार, सम्पादन राकेश दाहाल, श्रृंगार सबिना गुरुङ र निर्देशन प्रकाश धितालले गरेका हुन्। भिडियोमा “दिल आफ्नै भएपनि अरूका लागि मायामा धड्किने भावलाई कलात्मक र भावुक शैलीमा प्रस्तुत गरेको छन् निर्देशक प्रकाश धितालले । भिडियोमा देखाइएको समर्पण, प्रेम र भावनात्मक गहिराइले दर्शकको मन छुने अपेक्षा गरि...
विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपध्यायको उपन्यास ‘आसक्ति’ लोकार्पण
मनोरन्जन, समाचार

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपध्यायको उपन्यास ‘आसक्ति’ लोकार्पण

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डी.आर उपध्याय खनालको उपन्यास ‘आसक्ति’ लोकार्पण गरिएको छ । काठमाडौंमा मंगलबार एक विशेष समारोहबीच उक्त कृतिको लोकार्पण गरिएको हो । साहित्यिक पत्रकार संघको आयोजनामा भएको समारोहमा प्रमुख अतिथि सांसद डा.अमरेशकुमार सिंह र मञ्चासिन अतिथिहरूले उक्त कृतिको लोकार्पण गर्नुभएको थियो ।संघका अध्यक्ष राधेश्याम लेकालीको सभापत्विमा भएको समारोहमा महाकाव्यकार खेमनाथ दाहालले कृतिमाथि टिप्पणी गर्नुभएको थियो । उहाँले उपन्यासभित्रका पात्रका बारेमा क्रुरता र ममता दुबै भाव रहेको उल्लेख गर्दै एकातिर भौतिक सुख सुविधाको इच्छा र अर्कोतिर सत् पनि रहेको प्रसंग कोट्याउनुभएको थियो । विशिष्ठ कलाकार मदनदास श्रेष्ठ, उत्तम केसी, खनाल सेवा समाजका महासचिव माधव खनाल, गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापा, गायक/संगीतकार सन्तोष श्रेष्ठलगायतले शुभकामना मन्तव्य राख्दै डा.उपाध्याय...
साल्ट ट्रेडिङ्गले सुपथ मूल्य पसल सञ्चालन गरेकाले मंहगी नियन्त्रणमा :आपुर्ति मन्त्री भण्डारी
अर्थ/व्यापार, समाचार

साल्ट ट्रेडिङ्गले सुपथ मूल्य पसल सञ्चालन गरेकाले मंहगी नियन्त्रणमा :आपुर्ति मन्त्री भण्डारी

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र साल्ट ट्रेडिङ कर्पोरेशनको संयुक्त आयोजनामा आयोजित उपभोक्ता सुरक्षाबारे पत्रकारसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम सोमबार काठमाडौँ बानेश्वर अनस्थित एभरेष्ट होटलमा सम्पन्न भएको हो। यस कार्यक्रमलाई सम्बोधन गर्दै उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीले रैथाने बालीबाट उत्पादित बस्तुहरुको बजारीकरण गर्न साल्ट ट्रेडिङ कर्पोरेशन (एसटीसी)ले महत्वपूर्ण योगदान दिएको बताएका छन्। अत्यावश्यक बस्तुको व्यापार र आपुर्तिमा एसटिसीले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको पनि उनले बताए। यसैगरि दशैं तिहार जस्ता चाडपर्वमा कम्पनीले सुपथ मूल्य पसल सञ्चालन आपुर्ति श्रृंखलालाई थप व्यवस्थीत गराएको कारण मंहगी नियन्त्रणमा सहयोग पुगेको पनि उनले बताए। गत दशैंमा एसटीसीले चिनीको आपुर्ति राम्रो गराएर सम्भावित अभाव हुन नदिएको उनको भनाइ छ।‘आपूर्ति श्रृंखला...
सुटमालाका सीईओ राज कार्कीलाई प्रधानमन्त्रीबाट सम्मान
अर्थ/व्यापार, समाचार

सुटमालाका सीईओ राज कार्कीलाई प्रधानमन्त्रीबाट सम्मान

काठमाडौं । प्रधानमन्त्री ओलीबाट सुटमालाका सीईओ राज कार्की युवा व्यवसायी सम्मानबाट सम्मानित काठमाडौं । युवा व्यवसायी राज कार्की प्रधानमन्त्री केपी शर्मा ओलीबाट सम्मानित भएका छन् । शनिबार राजधानीमा आयोजित कार्यक्रममा युवा व्यवसायी सम्मानबाट कार्की सम्मानित भएका हुन् । नेपालभरीका टेलरिङ क्षेत्रको प्रतिनिधीत्व गर्दै कार्कीलाई सम्मानित गरिएको हो । राज कार्की नेपाली सिलाई उद्योगमा संघर्षरत र प्रेरणादायी युवा उद्यमी हुन् । जसले परम्परागत दर्जी व्यवसायलाई आधुनिक ढंगबाट अगाडी बढाईरहेका छन् । उनले बिगत ७ वर्षदेखी सञ्चालन गरिरहेको बागबजारस्थित सुटमाला आधुनिक, वातावरणमैत्री र नविनतम सोच बोकेको ब्राण्ड हो । कार्कीले टेलरिङ क्षेत्रलाई केवल लुगा सिलाउने क्षेत्र मात्र नभई उद्यमशिलताको एक स्कुलका रुपमा स्थापित गर्न चाहन्छन् । उनको विचारमा दर्जी व्यवसायले नाफा मात्र नभई आत्मनिर्भरता, सिर्जनात्मकता र न...
‘छ माया छपक्कै’मा विजय गुरुङ्ग र मिस पविको रोमान्स (भिडियो)
मनोरन्जन, समाचार

‘छ माया छपक्कै’मा विजय गुरुङ्ग र मिस पविको रोमान्स (भिडियो)

काठमाडौं ।  गायक रामकृष्ण ढकाल तथा गायिका तृप्ति खड्का गुरुङ्गको युगल स्वरमा ‘छ माया छपक्कै’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । दिपेन्द्र केशर पण्डित तथा शर्मिला पण्डितको निर्माणमा तयार भएको भिडियोको गीतको शव्द ज्ञानेन्द्र क्षेत्री तथा संगीत गायिका स्वयं तृप्तिले गरेकी हुन । सारेगम स्टुडियोमा तयार गरिएको गीतको एरेन्ज,मिक्सिङ्ग तथा मास्टरिङ्ग नरेश पाण्डेले गरेका थिए । https://youtu.be/4jLJN04QXkM विजय गुरुङ्गको निर्देशनमा तयार भएको भिडियोमा फिचर्ड स्वयं निर्देशक गुरुङ्ग र मोडल मिस पवि रहेका छन । कुलेखानीको रमणीय दृश्यहरु समेटिएको भिडियोलाई छायांकार प्रकाश खड्का तथा उनको टिमले छायांकन गरेका छन । भने भिडियो सम्पादन मिलन विश्वकर्माले गरेका हुन । गीतको भिडियो तृप्ति खड्का गुरुङ्गको आफ्नै युट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ ।...
गीता अधिकारीलाई ‘रेखा फिल्मस् छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार’
मनोरन्जन, समाचार

गीता अधिकारीलाई ‘रेखा फिल्मस् छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार’

काठमाडौं । सञ्चारकर्मी गीता अधिकारीलाई ‘रेखा फिल्मस् छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार’ अर्पण गरिएको छ । काठमाडौंको कीर्तिपुरमा रहेको कीर्तिपुर सिनेप्लेक्समा बुधबार एक विशेष समारोहबीच भव्य एवं सभ्य रूपमा सम्पन्न भएको प्रिज्मा डी.सिने अवार्ड १६औं संस्करणमा अधिकारीलाई ‘रेखा फिल्मस् छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार’ अर्पण गरिएको हो । समारोहका प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, विशिष्ठ कलाकार बसुन्धरा भुसाल, चैत्यदेवी र अन्य अतिथिहरूले उहाँलाई विगत दुई दशकदेखि नेपाली चलचित्रका क्षेत्रमा पत्रकारितामार्फत पुर्‍याएको योगदानको उच्च प्रशंसा गर्दै सम्मान पत्र, खादा, माला र दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।‘दुई दशकभन्दा लामो समयदेखि चलचित्र पत्रकारिताको माध्यमबाट यहाँले पत्रकारिता पेशामा पुर्‍याउनु भएको योगदान अतुलनीय छ । साथै चलचित्र पत्रकारितामा यहाँले देखाउनु भएको...
प्रधानमन्त्रीले गरे बनेपामा ‘सिनेपाः’फिल्म स्टुडियो निर्माणको घोषणा
मनोरन्जन, समाचार

प्रधानमन्त्रीले गरे बनेपामा ‘सिनेपाः’फिल्म स्टुडियो निर्माणको घोषणा

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार काभ्रेको बनेपामा ‘सिनेपाः’ नामक इन्डोर फिल्म स्टुडियो निर्माण सुरु भएको औपचारिक घोषणा गरे। प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा स्टुडियो निर्माणको शिलापत्र अनावरण गर्दै ओलीले ‘आजको दिन नेपाली सिनेमा क्षेत्रको युग परिवर्तनको संकेत’ भएको बताए। “अब हाम्रो सिनेमा घरभित्रै निर्माण हुन्छ, त्यो पनि अत्याधुनिक संरचनाभित्र,” उनले भने। बनेपा नगरपालिका–१० र १३ को ४१ रोपनी जग्गामा बन्ने स्टुडियो सन् २०२६ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। ३९ करोड रुपैयाँ अनुमानित लागतको यो परियोजनाले नेपाली फिल्म उद्योगलाई ‘सस्टेनेबल’ बनाउने अपेक्षा गरिएको छ। प्रधानमन्त्रीले डबिङ, गायन र प्रविधिसम्बन्धी अन्य युनिटहरू पनि स्टुडियोमा समेटिनुपर्ने सुझाव दिए। उनले अघिल्लो कार्यकालमा दोलखामा फिल्म नगरी र पालुङटारमा स्टुडियो निर्माणको प्रस्ताव गरे पनि ‘कलाकारकै...
तेस्रो संस्करणको राष्ट्रिय संगीत अवार्ड २०८२ भव्य रुपमा सम्पन्न
मनोरन्जन, समाचार

तेस्रो संस्करणको राष्ट्रिय संगीत अवार्ड २०८२ भव्य रुपमा सम्पन्न

काठमाडौं । तेस्रो संस्करणको राष्ट्रिय संगीत अवार्ड २०८२ भव्य रुपमा सम्पन्न भएको छ । कास्की खबर प्रा.लि को आयोजनामा बैशाख २९ गते सोमबार काठमाण्डौको कमलादीस्थित प्रज्ञा प्रतिष्ठामा सम्पन्न भएको उक्त अवार्ड समापन समारोहमा नेपाल को पहिलो महिला मुख्य मन्त्री अष्टलक्ष्मी शाक्य को प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा कास्की खवर प्रालिका अध्यक्ष ऋषि दाहाल सभापति रहेका थिए ।कार्यक्रममा सांस्कृतिक अध्ययन अनुसन्धान प्रतिष्ठानका अध्यक्ष बरिस्ठ गायक बम बहादुर कार्की, प्रतिष्ठानकै सचिव लोकप्रिय गायक बैकुण्ठ महत, वरिष्ठ सङ्गीतकार राजु सिंह, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका उपाध्यक्ष राधिका हमाल, बरिस्ठ पत्रकार शान्तिप्रिय, सुमन बैरागी, राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष प्रकाश कटुवाल, सांस्कृतिक समाज नेपालका अध्यक्ष रामप्रसाद अवस्थी, डब्बु क्षत्री, लोकराज अधिकारी, गायिका एवं सञ्चारकर्म...
ढुवानी व्यवसायी महासंघको १६ औँ वार्षिक साधारण सभा सम्पन्न
अर्थ/व्यापार, समाचार

ढुवानी व्यवसायी महासंघको १६ औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ – अर्थमन्त्री विष्णु पौडेलले ढुवानी व्यवस्था प्रवाभकारी बनाउन आवश्यक रहेकाे बताएका छन्। उनले ढुवानी व्यवस्था प्रवाभकारी नहुँदा मूलुकले धेरै अप्ठ्यारो भोग्नु परेको बताएका छन्। शनिबार ढुवानी व्यवसायी महासंघको १६ औँ वार्षिक साधारण सभा समारोहमा बोल्दै उनले ढुवानी व्यवस्था प्रवाभकारी नहुँदा गुणस्तरीय जीवन र समृद्धिको यात्रालाई पनि राम्रोसँग अगाडि बढाउन नसकेको बताएका हुन्। उनले भने,‘आजको दुनियाँमा ढुवानी व्यवस्थामा प्रवाभकारी नहुँदा मूलुकले धेरै अप्ठ्यारो प्रवृत्तिको सामना गर्नु र भोग्नु परेको छ। दुनियाँमा ढुवानी व्यवस्था प्रवाभकारी हुदाँ हामीले गुणस्तरीय जीवन र समृद्धिको यात्रालाई पनि राम्रोसँग अगाडि बढाउन सक्छौँ। त्यसकारण ढुनानी व्यवसाय एउटा महत्वपूर्ण व्यवसाय हो। यो राष्ट्रको लागि आवश्यक र अपरिहार्य व्यवसाय हो। यो व्यवसायले भोगिरहेको समस्यालाई एक एक गरी हामीले समाधान गर्नु...
अमर बान्तुको संगीत, एपसी कोइलाको शब्द रचनामा ‘सम्बन्ध’(भिडियो)
मनोरन्जन, समाचार

अमर बान्तुको संगीत, एपसी कोइलाको शब्द रचनामा ‘सम्बन्ध’(भिडियो)

गीतकारका रूपमा ख्याति कमाउनुभएका अमर बान्तु संगीतकारमा रूपमा आफ्नो पहिचना स्थापित गरिरहनुभएको छ । उहाँको संगीत रहेको पछिल्लो गीत ‘सम्बन्ध’ श्रोता/दर्शकमाझ आएको छ । एपसी कोइलाको शब्द रचना रहेको गीतमा प्रताप दासको स्वर छ भने बाबुल गिरीको संगीत संयोजन रहेको छ । शान थापाको निर्देशन रहेको गीतको भिडियोमा सागर खनाल र गुँरास ढकाललाई फिचरिङ गरिएको छ । बुद्ध थापाको सिनेमेटोग्राफी रहेको गीतको भिडियोमा विविक सुनुवारको दृश्य सम्पादन रहेको छ । जीवनकै कथा प्रस्तुत गरिएको गीतमा सम्बन्ध बनेको सम्हाल्नलाई हो बिग्रानका लागि होइन, संसार शृंगार्नका लागि माया प्रेम बनेको हो भन्ने भाव व्यक्त गरिएको छ । जीवन भोगाइका यर्थाथ प्रस्तुत गरिएको गीतको शब्द रचना जति सशक्त छ त्यतिनै मधुर संगीत सिर्जना भएको छ भने भिडियो पनि उत्कृष्ट बनेको छ । https://youtu.be/eTKAsCXJVoM स्रष्टा अमर बान्तुका हालै एकसाथ पाँच गीतक...