Blog

गौरव पहारी र लक्ष्मी बर्देवा अभिनित चन्द्रको  ‘लाहुरे’ सार्वजनिक  ( भिडियो )
मनोरन्जन, समाचार

गौरव पहारी र लक्ष्मी बर्देवा अभिनित चन्द्रको ‘लाहुरे’ सार्वजनिक ( भिडियो )

जन्मदिनको अवसर पारेर लोकप्रिय नायक गौरव पहारीको नयाँ म्युजिक हिडियो ‘लाहुरे’ सार्वजनिक गरिएको छ । गायक तथा संगीतकार चन्द्र सिंह घलेको शब्द, संगीत तथा चन्द्र सिंह घले र रानी शाक्यको स्वर रहेको ‘लाहुरे’मा गौरव र लक्ष्मी बर्देवाको हृदयस्पर्सी अभिनय रहेको छ मनमा धेरै रहर मारेर विदेश गएका युवाहरुको कथालाइ ‘लाहुरे’को भिडियोमा समेटिएको छ । एसियन म्युजिकले निर्माण गरेको भिडियोलाइ काश्यप निशानले निर्देशन गरेका हुन । उत्सव दाहालको सिनेमाटोग्राफी र भावना थापा सह निर्देशन रहेको भिडियोलाई एसियन म्युजिकको युट्युब च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको हो । गुरुङ रमाइलो फनी रोलमा देखिएका छन् भने संगै फरिता खड्काको पनि रमाइलो अभिनय रहेको छ । https://www.youtube.com/watch?v=Q_0s9UuR-w4 रामेश्र्वर हुमागाईको सिनेमाटोग्राफी, बिजयराज भुर्तेलको सम्पादन र देव धिमालको कोरियोग्राफी र निर्देशन रहेको ‘सल्लाघ...
भारतका विभिन्न शहरमा नेपाली अभिनेत्री नितु कोइरालालाई सम्मान
मनोरन्जन, समाचार

भारतका विभिन्न शहरमा नेपाली अभिनेत्री नितु कोइरालालाई सम्मान

नेपाल तथा भारतमा पटक पटक सम्मानित हुदैं आउनु भएकी नेपाली कला क्षेत्रमा आफनो छुटटै पहिचान बनाउन सफल भएकी अभिनेत्री नितु कोइराला लगातार रुपमा भारतका विभिन्न कार्यक्रममा सम्मानित भएकी छिन् । सरल स्वभावले परिचित अभिनेत्री कोइराला सन २०२० र २०२१ का विभिन्न कार्यक्रममा समानित पछि फेरी पनि भारतको उतर प्रदेशका राजधानी लखनउ तथा भारतको राजधानी नयाँ दिल्लीमा छुटा छुट्टै कार्यक्रममा सम्मानित भएकी छिन । गएको २० फेबुअरीमा सम्मानित भएकी अभिनेत्री कोइराला ६ मार्चका दिन उतर प्रदेशको राजधानी लखनउमा भएको एक कार्यक्रममा सम्मानित भएकी छिन । उतर प्रदेशको राजधानी लखनउ बलिउडका महान कलाकार मनोज बक्सी प्रमुख अतिथि रहेका कार्यक्रममा महात्मा गान्धी एकसेलेन्ट अर्वाड २०२१ बाट सम्मानित भएकी छिन । मानव अधिकारकर्मी , महिला अधिकारकर्मी तथा कलाक्षेत्रमा आफनो छुट्टै पहिचान स्थापित गरेकी अभिनेत्री नितु कोइरालालाई नेपालब...
कवि मुकुन्द पौडेलको मनशिला मुक्तक संग्रह लोकार्पण
मनोरन्जन, समाचार

कवि मुकुन्द पौडेलको मनशिला मुक्तक संग्रह लोकार्पण

काठमाडौं, २६ फाल्गुण- कवि मुकुन्द पौडेलको मनशिला मुक्तक संग्रह लोकार्पण भएको छ । नेपाल प्रज्ञा भवनमा आयोजित लोकार्पण समारोह माझ उक्त मुक्तक संग्रह सार्वजनिक गरिएको हो । पौडेल कृत मनशिलाको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि समेत रहेका वरिस्ठ साहित्यकार यादव खरेल, कवि मुकुन्द पौडेल, साहित्यकार पुरुशोत्तम दाहाल, वरिस्ठ मुक्तककार एवम् गजलकार ज्ञानुवाकार पौडेल वरिस्ठ मुक्तककार रामकाजी कोने, वियोगी बुढाथोकी, समालोचक डा. ज्ञानु अधिकारी र आवरण प्रकाशनका अध्यक्ष रमेश पौडेलले संयुक्त रुपमा गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै यादव खरेलले जीवन प्रकृती र जगतलाई हेर्ने दृष्‍टिकोणलाई मुक्तकमा समावेश गर्न सक्ने खुवी कृतिकारमा रहेको बताए । कार्यक्रममा वरिस्ठ पत्रकार एवम् साहित्यकार पुरुशोत्तम दाहालले सिर्जना भनेको आफ्नो सन्तान सरह हुने बताउदै कृतिकार पौडेलको लेखन मोहसँगै विविध बिषयमा सरसर्ती बग्न सक्न...
मुलुकको राजनीति बुझीनसक्नु
राजनीति, समाचार

मुलुकको राजनीति बुझीनसक्नु

-डा.डिआर उपाध्याय, मुलुकको राजनीति बुझीनसक्नु छ । कति बेला के हुन्छ केहि भन्न सकिने अवस्था छैन । देशको राजनीतिमा नाटक मन्चन भइरहेको छ । सर्वोच्चको पछिल्लो फैसला पछि राजनीति बाटो आ आफनो बनेको छ । नेकपा माओवादी केन्द्र र एमाले ब्यूँतिए पछि आ आफनो बाटो लाग्नु बाध्यता भएको छ । राजनीति भनेको घुमाउरो बाटो रहेछ , राजनीति बाटो सिधा नहुदो रहेछ , यो शिद्धान्तको कुरा होइन , यो भोगाइ र देखेको कुरा हो । हिजो प्रधानमन्त्री केपी शर्मा ओलीलाई धारे हात लगाएर गाली गर्ने हरु शिर झुकाएर आफनै घर एमालेमा फर्किएका छन । यो सर्वोच्च अदालतको फैसलाको परिणाम हो । अवका आउँदा दिनमा राजनीति कसरी अघि बढछ त्यो हेर्न भने बाँकी नै छ । पछिल्लो सर्वोच्चको फैसलाले प्रधानमन्त्री केपी शर्मा ओली अझै बलियो र शक्तिशाली बन्ने संकेत देखिएको छ । यो फैसलाले पुष्पकमल दाहाल लाई भने घाटा पुयाएको छ । दाहालका केहि नेता , कार्यकर्ता ओल...
हतारमा गरिएको पाटी एकताको परिणाम
राजनीति, समाचार

हतारमा गरिएको पाटी एकताको परिणाम

-डा.डिआर उपाध्याय, सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई आधिकारिकता दिएको छ । यो फैसला पछि तत्कालीन सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अहिले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पुरानै अवस्थामा फर्कन बाध्य भएका छन । राजनीतिमा ओझेलमा परेका ऋषि कटेल अहिले यो फैसला पछि चर्चित बनेका छन । यसले उनलाई फाइदा नै पुग्ने देखिन्छ । एमाले पृष्ठभूमि भएका एमालेतिरै र माओवादी पृष्ठभूमि भएका माओवादी केन्द्रतिरै फर्कने अवस्था सृजना भएको छ । सर्वोच्चको फैसलापछि दाहाल–नेपाल समूहमा रहेका माधवकुमार नेपाल, झलनाथ खनाललगायतका सबै नेताहरू केपी शर्मा ओली नेतृत्वमा रहेको एमालेमा नै मिसिने बाध्यात्मक अवस्था भयो । पुष्पकमल दाहाल प्रचण्डले पनि माओवादी केन्द्रमार्फत आफ्नो राजनीतिक गतिविधि अघि बढाउने बाटोमा लागेका छन ।हाल नेपालमा उत्पन्न राजनीतिक गतिरोध समाधानका लागि सबै दलहरू म...
नेपाल वुमन चेम्बर ट्रेड फेयर सम्पन्न , मण्डला सिल्कले प्रथम स्थान हात पार्यो
अर्थ/व्यापार, समाचार

नेपाल वुमन चेम्बर ट्रेड फेयर सम्पन्न , मण्डला सिल्कले प्रथम स्थान हात पार्यो

नेपाल चेम्बर अफ कमर्सको ७० औँ वाषिर्कोत्सव तथा १११औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर आयोजित तीन दिने नेपाल वुमन चेम्बर ट्रेड फेयर सम्पन्न भएको छ । नेपाल महिला चेम्बरले आयोजना गरेको मेलाका उत्कृष्ट सहभागी एवं स्टलहरूलाई पुरस्कृत गरिएको थियो । सहभागीलाई कार्यक्रमका प्रमुख अतिथी सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले पुरस्कृत गरेका थिए । फेयरमा सहभागी मण्डला सिल्कले प्रथम स्थान प्राप्त गरेको थियो भने अग्नि नेपाल प्रालिले द्वितीय र गोर्खा चेम्बर अफ कमर्सले तृतीय स्थान हासिल गरेको थियो । पुरस्कार वितरण गर्दै महानिरीक्षक खनालले महिलाको सम्मान हुने समाजमात्र सभ्य समाज हुन सक्ने बताए । साना र घरेलु उद्योगहरूलाई प्रबर्द्धन गर्दै मुलुकलाई औद्योगीकरणको मार्गमा लैजान उनले व्यवसायीहरूलाई आग्रह गरे । मेला समापन कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले...
नारी दिवसको अवसरमा काठमाडौ लेडि जेसिसको आयोजनामा ‘नारी सम्मान’
समाचार, समाज

नारी दिवसको अवसरमा काठमाडौ लेडि जेसिसको आयोजनामा ‘नारी सम्मान’

१११ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा काठमाडौ लेडि जेसिसको आयोजनामा नारी सम्मान कार्यक्रम सम्पन्न भएको छ । काठमाडौ महानगरपालिकाका उपमयेर हरि प्रभा खड्गीको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा क्याप्टेन लुना प्रधान, पहिलो महिला बाईक राईडर रिता कमल श्रेष्ठ, संचारकर्मी बिनु सुवेदी, गायिका कुन्ति मोक्तान,रेटिना विशेषज्ञ डा.छुनु श्रेष्ठ तथा समाजसेवी प्रभा राजभण्डारीलाई नारी सम्मान गरिएको थियो । समाजमा उल्लेख्य योगदान दिएका वरिष्ठ महिला व्यक्तित्वहरुलाई सम्मानित गर्ने उक्त कार्यक्रमलाई सुनिता राजभण्डारीले कार्यक्रमको स्वागत सुनिता राजभण्डारीले गरेकी थिईन । कार्यक्रममा नगिना नकर्मीले जेसिस आस्था पाठ गरि कार्यक्रमको शुभारम्भ गरेकी थिईन । एसजी नेपाल जेसिसका गेष्ट अफ अनर बिकास मानन्धर, ईभिपि नेपाल जेसिसका सुमन कुमार श्रेष्ठ, जेसिआईका भाईस प्रेसिडेन्ट जेसीआई सिनेटर किर्ति तुलाधर लगायतको...
महिला दिवस र अधिकारका कुरा
राजनीति, समाचार

महिला दिवस र अधिकारका कुरा

-डा.डिआर उपाध्याय, महिला दिवस र अधिकारका कुरा महिलाहरुले १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस धुमधामका साथ हिजो मनाएका छन । श्रमिक महिलाको हकहितका लागि आवाज उठाउँनु उनीहरुको अधिकारको कुरा हो । यो दिवस विश्वस्तरमै मनाउने गरिन्छ । यो दिवसलाई नेपालले पनि विशेष रुपमा मनाउदै आएको छ । महिलाको सुरक्षा, सम्मान र रोजगार; समृद्ध नेपालको आधार’ भन्ने राष्ट्रिय नाराका साथ दिवस मनाइएको हो । नेपालमा महिला दिवस हरेक बर्ष मनाईने गरिन्छ । बिभिन्न संघ संस्थाहरुले पनि यो दिवसमा अन्तरक्रियाका साथ महिलाहरुलाई सम्मान गदै पनि आएका छन । महिलालाई सम्मान गर्न सवैले सिक्नु पर्छ । जहाँ नारीको सम्मान र इज्जत गरिन्छ त्यहाँ लक्ष्मीको बास हुन्छ भन्ने मान्यता छ । महिला दिवस हिजो जसरी उत्साहका साथ मनाइयो त्यसै गरी महिला अधिकारका लागी पनि सवै जुटेर अघि बढनु पर्छ । नेपाल सरकार तथा महिलाका विषयमा काम गर्ने संंघसंस्थाले ...
नेहा तथा विनिभ भए यस वर्षको  ‘मिष्टर एण्ड मिस प्लस टु आइकन’
मनोरन्जन, समाचार

नेहा तथा विनिभ भए यस वर्षको ‘मिष्टर एण्ड मिस प्लस टु आइकन’

एएनपी मिडिया हाउसद्वारा आयोजित “मिष्टर एण्ड मिस प्लस टु आइकन २०२१” राजधानीको जमल स्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको छ । सूचना तथा संचार पूर्व मन्त्री डा.मिनेन्द्र रिजालको प्रमुख आतिथ्यमा सम्पन्न प्रतियोगितामा मिस प्लस टु तर्फ नेहा कुमारी रायले उपाधी हात पारेकी थिईन भने उनले पव्लिक च्याईस, मोष्ट ट्यालेन्ट, मोष्ट पन्च्यूल तथा फेसबुक च्याईसको टाईटल समेत जितेकी थिईन भने फस्ट रनर अप तथा मिस फोटोजेनीक सदिक्षा श्रेष्ठले हात पारिन त्यसै गरि सेकेण्ड रनर अपमा सबि श्रेष्ठले बेष्ट र्याम्प वाक, आयुषा दाहाल, थर्ड रनर अप तथा बेष्ट स्पिचको टाईटल हात पार्न सफल भईन । प्रतियोगितामा हर्सना खतिवडा फोर्थ रनर अप, मोष्ट डिसिप्लेन तथा मोष्ट स्टाईलिस, सम्झना घले भ्युवर च्याईस तथा मिस कन्जुलारिटि,ईरिका श्रेष्ठ बेष्ट पर्सानिलिटी, आवृत्ति बैध मोष्ट चार्मिङ्ग, निरुता तामाङ्ग मोष्ट फ्रेण्डली, तथा काशिस कोईराला मोष्ट व...
महिला चेम्बर ट्रेड फेयरको दोस्रो दिन रक गायक बिनोद तथा चर्चित गीत ‘सोचे झै जिन्दगी रैनछ’.. की गायिका मधु क्षेत्री लगायतको प्रस्तुती रहने
अर्थ/व्यापार, मनोरन्जन, समाचार

महिला चेम्बर ट्रेड फेयरको दोस्रो दिन रक गायक बिनोद तथा चर्चित गीत ‘सोचे झै जिन्दगी रैनछ’.. की गायिका मधु क्षेत्री लगायतको प्रस्तुती रहने

काठमाडौं- नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिकोत्सव तथा १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आयोजित तीन दिने महिला चेम्बर ट्रेड फेयरको दोस्रो दिन वित्त साक्षरता र कला प्रदर्शनी समेत हुदैछ ।मेलाको दोस्रो दिन अर्थात मार्च ९ तारिकमा कामना विकास बैंकले वित्त साक्षरता कार्यक्रम संचालन गर्दै छ भने नेपाली एवम् भारतिय कलाकारहरुले कला प्रदर्शन समेत गर्दैछन् । मंगलबार हुने कला प्रदर्शनीमा गायक गायिकाहरुले स्टेज पर्फर्मेन्स दिनेछन् । स्टेज पर्फर्मेन्स गर्ने कलाकारहरुमा रक गायक बिनोद ढकाल, गायिकाहरु मधु क्षत्री, मिनाक्षी जिएम र भारतिय कलाकार अनु सिहं छिन । मधु क्षेत्री चर्चित नेपाली गीत सोचे झै जिन्दगी रैनछ कि गायिका हुन भने बिनोद ढकाल नक्कले भिनाजु गीत र मिनाक्षी चल्तीकी दोहरी गायिका हुन । साथै कार्यक्रममा मिथिला आर्ट समेत प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।...