Blog

‘आफू हाँस्यौ’को भिडियो सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

‘आफू हाँस्यौ’को भिडियो सार्वजनिक(भिडियो)

किशन अर्यालको निर्देशन रहेको गीत ‘आफू हाँस्यौ’को भिडियो सार्वजनिक भएको छ । झुमा निरौलाको स्वर, घनश्याम पथिकको शब्द, हरि लम्सालको सङ्गीत, प्रविन खालिङको एरेञ्ज र मित्र लामाको मिक्सिङ तथा माष्टिरङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/e77zR81puMc किशनको नै सम्पादन रहेको गीतको भिडियोमा सविन भट्टराई, झुमा निरौला, रोजिना अर्याल, सरगमश्री भट्टराई र आर्याना अधिकारीको अभिनय रहेको छ । सरगमश्री र आलाप भट्टराईले निर्माण गरेको गीतको भिडियोमा देवेन्द्र गिरीको छायाँकन रहेको छ । आफूले अत्यधिक माया गरेको मान्छेले आफ्नो भरोसा तोडेको विषयलाई गीतको भिडियोमा कलात्मक रूपमा प्रस्तुत गरिएको छ ।...
कीर्तिमानी गीतकार डीआर उपाध्यायको सामाजिक विभेद विरुद्धको गीत ‘हेला नगर’सार्वजनिक
मनोरन्जन, समाचार

कीर्तिमानी गीतकार डीआर उपाध्यायको सामाजिक विभेद विरुद्धको गीत ‘हेला नगर’सार्वजनिक

विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले सामाजिक विभेद विरुद्धको गीत हेला नगर को लिरिकल भिडिओ सार्वजनिक गरेका छन् । भिडिओ गीतकार उपाध्यायको आधिकारिक युट्युब च्यानल DR Music & Creations बाट २ घण्टा अघि मात्र रिलिज भएको हो। सन्तोष श्रेष्ठको सङ्गीत र अग्रज गायिका ज्ञानु राणाको स्वर रहेको यस गीतमा देवेन्द्र नेवाको सङ्गीत संयोजन रहेको छ । https://www.youtube.com/watch?v=9nglpkZ44BE सङ्गीतका भिन्न भिन्न ३२ विधामा वर्ल्ड रेकर्ड राख्न सफल डा. उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि रहेका छन् । यसअघि प्रकाशित उनका २३ एल्बममा मायाप्रेम, रोमान्स विछोड मात्र नभएर समाजका लागि लेखिएका गीत पनि रहेका छन् । उनका चाड पर्वका गीतदेखि लिएर छोरी विदाई गर्दाका गीत, पर्यटन गीत, स्वास्थ्य तथा योग सम्बन्धी गीत, महिला प्रताडना सम्बन्धी गीत, मजदुर, किसान र भरिया सम्बन्धी गीत लगायत बिभिन्न परिवेशक...
महंगीले धेरै मान्छेलाई तनाव
अर्थ/व्यापार, समाचार

महंगीले धेरै मान्छेलाई तनाव

-डा.डिआर उपाध्याय, कोरोनाका कारणले नै अझै देशको अर्थतन्त्र माथि उठन सकिरहेको छैन । कोरोनाकै कारण धेरैले जागीर गुमाए । स्कुलमा पढाउने शिक्षक , शिक्षिकाहरु आधा तलवमा काम गर्न बाध्य भए । अझै पनि त्यहि स्थिती छ । निजी कम्पनीमा काम गर्ने कामदारहरुको पनि अवस्था यस्तै छ । कोरोना कहरको वहानामा श्रमजीविहरु मर्कामा परेका छन । व्यापार, व्यवसाय गर्नेहरूको आफनै पीडा छ । उनीहरु सटर , कोठाको भाडा तिर्न नसकेर रुदै हिडेको हामीले देखिरहेका छौ । कोरोनाका कारण सवै क्षेत्रको भविष्य डामाडोल बनेको छ । धेरै मान्छेको आम्दानी घट्दो छ । त्यसकारणले उनीहरुलाई बाँच्न धौ धौ छ । महंगीले धेरै मान्छेलाई तनाव बनाएको छ । महंगीले श्रमजीवी वर्ग शहरमा टिक्नै नसक्ने अवस्थामा पुगेका छन । मूल्यवृद्धि कसले रोक्ने ? जनता मार्कामा परे । कोरोनाले आम्दानीको बाटो हराएकाहरू पनि भौतारी रहेका छन । बिहान खाए बेलुकी र बेलुकी खाए बिहान ...
सत्य, तथ्य र निष्पक्ष पत्रकारिता आजको आबश्यकता
समाचार, समाज

सत्य, तथ्य र निष्पक्ष पत्रकारिता आजको आबश्यकता

डा.डिआर उपाध्याय, नेपाल पत्रकार महासंघको निर्वाचन चैत्र २५ गते सम्पन्न भएको छ । यो संगै आज देश भरीको मत गणना पनि सार्वजनिक भइरहेको छ । सञ्चार क्षेत्र भनेको समाजको एैना हो । जसरी हामी एैना अगाडी उभिएर आफनो अनुहार देख्छौ , त्यसै गरि समाजले पनि सञ्चार माध्यम मार्फत सवै कुरा देख्छन । त्यसैले सञ्चार क्षेत्र भनेको समाजको एैना भनेको हो । आज सञ्चार क्षेत्र किन बिश्वश्नीय र निष्पक्ष हुन सकिरहेको छैन । पत्रकारहरु सत्य तथ्य र निष्पक्ष हुनु पर्छ । आज पत्रकारहरु धेरै आलोचित बनिरहेका छन । कारण के हो भने पत्रकारहरुले आफनो मर्यादा बिर्सदै गएका छन । पत्रकारितामा आचार संहिता हुन्छ , त्यो आचार संहितालाई धेरै जसो पत्रकारहरुले उलंघन गरिरहेका छन । हाम्रो देशमा पत्रकारको नाम बेचेर ब्यालेकमेलिङ गर्नेहरुको पनि कुनै कमी छैन । यस्ता ब्यालेकमेलिङ गर्ने पत्रकारहरुले धेरै पैसा पनि कमाएका छन । पैसै कमाउनका लागी पत...
भेरिएन्टसँग मिल्दोजुल्दो भाइरसबाट संक्रमित हुनेको संख्या बढ्यो
समाचार, स्वास्थ्य

भेरिएन्टसँग मिल्दोजुल्दो भाइरसबाट संक्रमित हुनेको संख्या बढ्यो

कोरोनाको बेलायती भेरिएन्ट (प्रजाति) सँग मिल्दोजुल्दो भाइरसबाट संक्रमित हुनेको संख्या मुलुकभर बढिरहेको छ । संकलित नमुनाको विश्लेषण गर्दा सुरुमा बेलायतमा देखिएको प्रजाति (बी १.१.७) सँग मिल्दोजुल्दो भाइरस बढी मात्रामा फैलिरहेको स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ ।‘ब्राजिल र अफ्रिकामा देखिएका कोरोना भाइरसको नयाँ भेरिएन्टबारे पनि थाहा पाउन १५ वटा नमुना हङकङ पठाएका छौँ । रिपोर्टको प्रतिक्षामा छौँ ।’ ईडीसीडीका निर्देशक डा. कृष्णप्रसाद पौडेलले भने । ...
भारतमा कोरोना संक्रमणको नयाँ रेकर्ड, एकैदिन थपिए १ लाख ३१ हजार बढी संक्रमित
अन्तर्राष्ट्रिय, समाचार, स्वास्थ्य

भारतमा कोरोना संक्रमणको नयाँ रेकर्ड, एकैदिन थपिए १ लाख ३१ हजार बढी संक्रमित

भारतमा थप ‍१ लाख ३१ हजार ८९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २४ घण्टामा संक्रमण पुष्टि हुनेको यो संख्या भारतमा अहिलेसम्मकै धेरै हो । यसअघि विहीबार चैत्र २६ मा भारतमा दोस्रो धेरै १ लाख २६ हजार ३१५ जनामा संक्रमण पुष्टि भएको थियो । पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड ३० लाख ७५ हजार ९५४ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा १ करोड १९ लाख १० हजार ७४१ जना संक्रमणमुक्त भएका छन् । हाल भारतमा सक्रिय संक्रमितको संख्या ९ लाख ७९ हजार ५१९ छ । यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६७ हजार ६९४ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ८०२ जनाको मृत्यु भएको छ ।...
राधिका हमाल र राजु देवकोटाको स्वरमा रहेको गीत ‘खोली तिरैमा’ सार्वजनिक(भिडियो सहित)
मनोरन्जन, समाचार

राधिका हमाल र राजु देवकोटाको स्वरमा रहेको गीत ‘खोली तिरैमा’ सार्वजनिक(भिडियो सहित)

राधिका हमाल र राजु देवकोटाको स्वरमा रहेको गीत ‘खोली तिरैमा…’ सार्वजनिक भएको छ । राजु र शशी विक्रम थापाको शब्द, शशीकै सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/OrXyBxrk4Qg टेक लामा (टिसिरिङ)को निर्देशन रहेको गीतको भिडियोमा सम्पदा बानियाँ, कृष्ण रसाल र शशीविक्रमको अभिनय तथा नृत्य रहेको छ । विजय बुढाको रेकर्डिङ, कृष्ण पुनको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियोमा शिव न्यौपानेको छायाँकन र भुपेन्द्र अधिकारीको सम्पादन छ ।...
मेरो पैदल यात्रा
समाचार, समाज

मेरो पैदल यात्रा

-डा.डिआर उपाध्याय, केहि दिन अघिको कुरा हो । म एउटा बिकट जिल्लाको पहाडी भेगमा घुम्न निस्किएको थिए । बाटाहरु उकाली र ओराली मात्र थिए । म जुन ठाउँमा जानु थियो त्यो ठाउँमा यातायातको सुविधा थिएन । यातायातको सुविधा नभए पछि पैदल हिडनै पर्ने बाध्यता आयो । उकालो र ओरालो गर्ने मेरो रहर पनि थियो । तर त्यो रहर धेरै कठिन भयो । तप तप पसिना चुहाउँदै उकालो निस्कनु पर्ने रहेछ , घरि घरिमा ओरालो पनि झर्नु पर्ने रहेछ । जे होस् पहाडी भेगको यात्रा कठिन हुँदो रहेछ । मलाई जान्नु र बुझनु थियो की पहाडको जनजीवन कस्तो हुन्छ ? मलाई त्यो कठिन यात्राले धेरै सिकाएको छ । त्यसै बेला म एउटा चौपारीमा बसेर सितल र मिठो हावा खाइरहेको थिए । बसिरहेको ठाउँमै चारैतिरबाट चिसो हावा आउँदो रहेछ । मलाई आनन्द आयो । त्यही बेला चौपारी देखि तल एउटा गोरेटो बाटामा भारी बोक्दै एक जना अधवैसे युवा उकालो चढिरहेका थिए । ती युवाले तप तप पसिना...
मिस कर्पोरेट नेपाल आयोजना हुँदै
मनोरन्जन, समाचार

मिस कर्पोरेट नेपाल आयोजना हुँदै

नेपालमा पहिलोपल्ट कर्पोरेट संस्थामा काम गर्ने महिलाहरुका लागि लक्षित गरी सौन्दर्य प्रतियोगिताको आयोजना हुने भएको छ। मिस कर्पोरेट नेपाल नाम दिइएको सौन्दर्य प्रतियोगितामा नेपालभरका कर्पोरेट संस्थामा काम गर्ने १८ बर्षदेखि २८ वर्षसम्मका महिलाले सहभागिता जनाउन पाउने आयोजक तथा अनुजा मिडियाकी संस्थापक अनुजा आचार्यले जानकारी दिइन्। त्यस्तै भर्खरै स्नातक सकेका महिलाले पनि प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन्। असारको १० गते फिनाले हुने बताइएको सौन्दर्य प्रतियोगिताका सहभागीले आकर्षक पुरस्कारसँगै कर्पोरेट क्षेत्रमा काम गर्न पाउने आयोजकले जनाएको छ। कार्यक्रममा उच्च अदालतका न्यायाधीश नवराज थपलियाले कर्पोरेट क्षेत्रमा महिला नेतृत्व कम भएको बताए। उनले सबैभन्दा धेरै महिलाले काम गर्ने भनिएको बैंकमा समेत उच्च ओहोदामा महिला पुग्न नसकेको उल्लेख गरे। यस्ता सौन्दर्य प्रतियोगिताले कर्पोरेट क्षेत्रमा महिलालाई ...
‘फेस अफ टिन,२०२१’ को शिर्ष उपाधि पूर्णिका र सबलको हातमा
मनोरन्जन, समाचार

‘फेस अफ टिन,२०२१’ को शिर्ष उपाधि पूर्णिका र सबलको हातमा

काठमाडौँ — २०७७। राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न ‘फेस अफ टिन,२०२१’ को उपाधि पूर्णिका सिजापति र सबल नकर्मीले जितेका छन् । सिल्भरस्टार ईन्टरटेनमेन्टको आयोजनामा सम्पन्न प्रतियोगितामा उपाधिसँगै विजेताले फ्लाईटेक ईन्टरनेशनलबाट एयरहोस्टेस स्टडीमा छात्रवृत्ती, एवरेस्ट फिल्म एकेडेमीमा रु १ लाख बराबरको छात्रवृत्ती प्राप्त गर्नुको साथै विभिन्न आकर्षक गिफ्ट ह्याम्पर हात पार्न सफल रहे । पूर्णिकाले उपाधी संगै मस्ट ब्युटिफुल र बेस्ट पर्सनालिटी विधाको अवार्ड र सबलले मस्ट ट्यालेन्टेड विधाको अवार्ड समेत आफ्नो हातमा पार्न सफल भए। सनिश शाक्यको कोरियोग्राफीमा सम्पन्न प्रतियोगितामा दीपिका पराजुली र साईस राज शाक्य ‘फस्ट रनर अप’ तथा अन्जली शाह र लायन जोशी सेकेण्ड रनर अप घोषित भए। साथै सिम्रिक श्रेष्ठ र साईस राज शाक्य मस्ट पपुलर घोषित हुँदा एन्जल श्रेष्ठ र सुजन थापा पब्लिक चोईस अवार्ड वीनर हुन सफल...