‘तीन तीघ्रे क्या बिग्रे’मा बेगम नेपाली अनुबन्धित
काठमाडौं । टेलिभिजन र डिजिटल प्लेटफर्ममार्फत ‘भटभटे माइला’को चरित्रबाट दर्शकमाझ अत्यन्त लोकप्रिय बनेका कमेडियन बेगम नेपाली अब पहिलो पटक ठूलो पर्दामा नायकका रूपमा देखिने भएका छन्। उनी रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको नेपाली चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’ मा मुख्य भूमिकाका लागि अनुबन्धित भएका हुन्।
वर्षौंदेखि टेलिभिजन, डिजिटल माध्यम र विभिन्न मञ्चमार्फत आफ्नो विशिष्ट हास्य प्रस्तुति दिँदै लाखौँ दर्शकको मन जितेका बेगम नेपालीका लागि यो चलचित्र अभिनय यात्राको नयाँ अध्याय बन्नेछ। सानो पर्दामा ‘भटभटे माइला’ का रूपमा स्थापित उनी पहिलो पटक मुख्य नायकको भूमिकामा देखिन लागेका कारण निकै उत्साहित रहेका छन् ।
अमरदीप सापकोटाको लेखन तथा निर्देशनमा निर्माण हुन लागेको यस चलचित्रको छायाङ्कन यही सातादेखि सुरु हुने तयारी गरिएको छ। चलचित्रका निर्माता रघुनाथ सापकोटा हुन्।
निर्माता सापकोटाका...










