समाचार

कीर्तिमानी डा.उपाध्यायलाई आठौं मानार्थ विद्यावारिधी
समाचार, समाज

कीर्तिमानी डा.उपाध्यायलाई आठौं मानार्थ विद्यावारिधी

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई मानार्थ विद्यावारिधी प्रदान गरिएको छ । भारतको नयाँ दिल्लीमा भएको एक विशेष समारोहमा डा. उपाध्यायलाई किर्गिस्तानको ओश विश्वविद्यालयले उहाँलाई विद्यावारिधी प्रदान गरेको हो । डा. उपाध्यालाई साहित्य (डी लिट)मा उक्त विश्व विद्यालयले मानार्थ विद्यावारिधी प्रदान गरेको हो । समाजशास्त्रमा सन् २०००मा विद्यावारिधी गर्नुभएका डा. उपाध्यायलाई यसअघि विभिन्न सात विश्वविद्यालयले मानार्थ विद्यावारिधी प्रदान गरेका छन् । यो उहाँको आठौं मानार्थ विद्यावारिधी हो । डा. उपाध्यायलाई अमेरिकालगायत अन्य विश्व विद्यालयले यसअघि सात वटा मानार्थ विद्यावारिधिको प्रमाणपत्र प्रदान गरेका छन् । डा. उपाध्यायले गीत र साहित्यमा पुर्‍याएको योगदानको मूल्यांकन गर्दै उक्त विद्यावारिधिको प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ । सो समारोहमा अन्य विशिष्ट व्यक्तित्वलाई प...
मदनकृष्ण श्रेष्ठले आफ्‌नो जन्मदिनमा सार्वजनिक गरे‘मनमा पापको ‘प’ पनि’(भिडियो)
भिडीयाे, मनोरन्जन, समाचार

मदनकृष्ण श्रेष्ठले आफ्‌नो जन्मदिनमा सार्वजनिक गरे‘मनमा पापको ‘प’ पनि’(भिडियो)

मदन कृष्ण श्रेष्ठको ‘मनमा पापको ‘प’ पनि’ बोलको गीतको म्यूजिक सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा श्रेष्ठको ७५ औं जन्मदिनको अवसर पारेर उक्त म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । म्यूजिक र शब्द मदन कृष्ण श्रेष्ठ आफैको रहेको गीतमा यमन श्रेष्ठ र मदन कृष्ण श्रेष्ठ आफैले आवाज दिएका छन् । साथै अभिनय पनि बाबु छोराले नै गरेका छन्  । भिडियोको निर्देशन मदनकृष्ण श्रेष्ठकै बुहारी  रिंकु बज्राचार्य श्रेष्ठले गरेकी छन् । श्रेष्ठ परिवार नै गीत संगीतमा सक्रिय रहेका छन । मदनकृष्णका छोरी सराना श्रेष्ठ पनि कुशल गायिका एवं निर्देशक हुन । https://youtu.be/oG7T8NrA9K8...
“मिसेस नेपाल अस्ट्रेलिया हुदै ”आवेदन फारम खुल्ला
मनोरन्जन, समाचार

“मिसेस नेपाल अस्ट्रेलिया हुदै ”आवेदन फारम खुल्ला

अस्ट्रेलिया –  हिमाली कल्चरग्रुप मेलवन अस्ट्रेलियाको आयोजना, इभेन्ट्स नेपाल अस्ट्रेलियाको साझेदारीमा विवाहीत महिलाहरुमा केन्द्रित “मिसेस नेपाल अस्ट्रेलिया ” आयोजना गर्ने घोषणा भएको छ । उक्त कार्यक्रमको लागि आवेदन पनि खुल्ला भइसकेको छ । विबाहित महिलाहरुको सहभागीता लाइ ध्यानमा राखि हिमाली कल्चरग्रुप मेलवर्नले यो कार्यक्रम पहिलो पटक गर्न लागेको हो । महिलाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, वाक कला तथा नेतृत्वदायी क्षमताको विकास साथै त्यसको आवश्यकताको महसुस गरी सोही अनुरुप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिंदै अन्तर्राष्ट्रिय क्षेत्रमा एउटा सक्षम महिला र जिम्मेवार व्यक्तिको रुपमा अगाडि बढाउनका साथै नेपालको पर्यटनक्षेत्रमा सहयोग गर्ने हेतुले यो कार्यक्रमलाई विस्तार गरिन लागिएको हो । विगत दश वर्ष देखि अस्टेलियामा रहेर नेपाल र नेपाली समाजको लागि विभिन्न सामाजिक सा...
शिवन पोखरेलको निर्देशित “झोले” सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

शिवन पोखरेलको निर्देशित “झोले” सार्वजनिक(भिडियो)

मोडल तथा म्यूजिक भिडियो निर्देशक शिवन पोखरेलको निर्देशनमा  फरक र यथार्थपरक गीत “झोले” सार्वजनिक भएको छ। यस गीतमा आशिक राईको स्वर रहेको छ भने आशिक राई कै शब्द, संगीत रहेको छ। यस गीतको भिडियोमा शिवन पोखरेलको परिकल्पना तथा निर्देशन रहेको छ भने प्रदिप कुमार रसाईलीको कोरियोग्राफी, करण चैशिर र सरोज शाहीको छायांकन, टेकेनद्र शाहको सम्पादन रहेको छ। https://youtu.be/u0OYiTBoPHU उक्त गीतको भिडियोमा रबी गिरी, पवन खतिवडा, शिवन पोखरेल, आशिक राई, नविना सिलवाल (खुईली), कल्पना सिंह, हरिहर तिमिल्सिना, सपना रसाईली, करुणा केसी, राकेश रणपहेली, रुपेश तामाङ, राजिब आले मगर, राज कुमार गिरी, माया मोक्तान, राज कुमार तामाङ (टाईगर), गणेश कुँवर आदीको अभिनय रहेको छ। यस गीतलाई युबिन ईन्टरटेनमेन्टबाट सार्वजनिक गरिएको हो।...
गितकार हरिभक्त बुढाथोकीको“दुरी मलाई हुनु छैन” सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

गितकार हरिभक्त बुढाथोकीको“दुरी मलाई हुनु छैन” सार्वजनिक(भिडियो)

काठमाडौं । गितकार हरिभक्त बुढाथोकीको शब्द तथा टेक बिसी र सिम्रोन परियारको स्वरमा “दुरी मलाई हुनु छैन” बोलको गित सार्वजनिक भएको छ । शुक्रवार गितकार हरिभक्त बुढाथोकीकै युटुब च्यानलमा सार्वजनिक गरिएको गितको भिडियोमा बिना रावत, अनिता मेहेन्ता र भुगोल कुमार कार्किको अभिनय रहेको छ । भिम बिसीले संगित दिएको गितको भिडियो निर्देशन तथा कोरियोग्राफी बिशाल कैनिले गरेका छन् । गितकार हरिभक्त बुढाथोकी नेपाली साहित्य र समाजसेवामा एउटा उदाहरणीय नाम हो । एक दर्जन भन्दा बढि पुस्तकका लेखक,साथै ४ विविध विधामा सोध्यपत्र समेत लेखीएका अब्बल ब्याक्ति हुन । साथै नेपालीमा ड्राइभिङ्ग सम्बन्धी पुस्तकका पहिलो लेखक र ती पुस्तकहरू हुन “सवारी ज्ञान” “ड्राइभिङ्ग शिक्षा” तथा English मा “Motor driving” आदि ड्राइभिङ्ग सम्बन्धी पत्रीकाका पहिलो सम्पादक र प्रकाशक तेरथुम जिल्लाका पहिलो नाटककार, उपन्यासकार, गीतकार, कथाकार (साहित...
सौन्दर्यविद पुनले खोलिन ‘क्युटी केयर ब्यूटी हब’को नयाँ शाखा
अर्थ/व्यापार, समाचार

सौन्दर्यविद पुनले खोलिन ‘क्युटी केयर ब्यूटी हब’को नयाँ शाखा

काठमाडौं – सौन्दर्य क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव बोकेकी वरिष्ठ ब्यूटी एक्सपर्ट चन्दा पुनले आफूले स्थापना गरेको ‘क्युटी केयर ब्यूटी हब एण्ड ट्रेनिङ सेन्टर’को नयाँ शाखा ५० लाख भन्दा माथिको लगानीमा काठमाडौंको बसन्तनगर, बलाजुमा सञ्चालनमा ल्याएकी छिन्। कार्यक्रमलाई विधिवत रूपले उद्घाटन आफ्ना गुरु रुसका श्रेष्ठ र राधा शर्मा गरिएको थियो साथै मिस पवि, झरना रिसाल, सुजल बम ,सविता रेग्मी , अनिता गिरी , सृष्टि घिमिरे को उपस्थिति थियो । कार्यक्रममा आफ्नो उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान र अवार्ड पनि दिएको थियो। सौन्दर्यविधहरूको बाक्लो उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो। सौन्दर्य विद चन्दापुन भन्छिन- हामीले सम्पूर्ण ग्राहक वर्गहरुलाई तीन महिनासम्म ५० प्रतिशत छुट दिएका छौं। गोंगबु, टोखा–९, माग्दीचोकमा अवस्थित केन्द्रको सफल यात्रापछि व्यवसाय विस्तारको क्रममा पुनले नयाँ शाखा स्थापना गरेकी हुन...
सुर्खेतमा ‘डिजिटल कर्णाली कन्क्लेभ’
अर्थ/व्यापार, समाचार

सुर्खेतमा ‘डिजिटल कर्णाली कन्क्लेभ’

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा दोस्रो संस्करणको डिजिटल कर्णाली कन्क्लेभ सुरू भएको छ । २ दिनसम्म चल्ने डिजिटल कर्णाली कन्क्लेभ २०२५ कर्णाली प्रदेश सरकार र आइसिटी फाउन्डेसन नेपालको संयुक्त आयोजनामा वीरेन्द्रनगरको शुभ होटलमा सुरू भएको हो । कन्क्लेभमा प्रमुख अतिथिको रूपमा सञ्चार तथा सूचना कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलको उपस्थिति रहेको थियो । कार्यक्रममा मुख्यमन्त्रीसहित प्रदेशका मन्त्रीहरू, प्रदेश सभा सदस्य, सरकारी उच्च अधिकारी, जनप्रतिनिधि, विज्ञ, सरोकारवालाहरू लगायत ५०० बढीको सहभागीता रहेको छ । ‘इम्पावारिङ द फ्युचर: इन्नोभेसन, कनेक्टिभिटी एण्ड सस्टेनवलिटी’ मुख्य विषयमा केन्द्रित हुने कन्क्लेभमा विभिन्न ३ किनोट प्रस्तुतिसँगै ७ लाइटिनिङ प्रस्तुती र ७ थिममा १० प्यानल संवाद हुँदैछन् । कन्क्लेभमा ५० बढी विज्ञहरु राष्ट्रिय र अन्तरास्ट्रिय स्तरबाट वक्ताको रुपमा सहभा...
त्रिप्ती तथा विजयको स्वरको ‘तिम्रो धड्कन’मा नवमोडल शिवानी (भिडियो)
मनोरन्जन, समाचार

त्रिप्ती तथा विजयको स्वरको ‘तिम्रो धड्कन’मा नवमोडल शिवानी (भिडियो)

काठमाडौं ।  गायिका तृप्ति खड्का गुरुङ्ग तथा गायक बिजय गुरुङ्गको स्वरमा रहेको ‘तिम्रो धड्कन’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायिका तृप्ति खड्का गुरुङ्गको आफ्नै युट्यूब च्यानलबाट सार्वजनिक गितको भिडियोमा गायक गुरुङ्ग स्वयं फिचर्ड छन भने उनलाई नवमोडल शिवानी मित्रले साथ दिएकी छिन । https://www.youtube.com/watch?v=vw9svSVAwFc विजय गुरुङ्गकै शव्द तथा संगीतमा तयार भएको गीतको भिडियोको निर्देशन समेत उनकै रहेको छ । नरेश पाण्डेको एरेन्जमा तयार गीतलाई सारेगम स्टुडियोमा रेकर्ड गरिएको हो । उपत्यकाका रमणीय स्थानहरुमा छायांकन गरिएको भिडियोलाई प्रकाश खड्का एण्ड टिमले छायांकन तथा मिलन विश्वकर्माले सम्पादन र राजाराम सिंखडाले सहायक निर्देशन गरेका छन । गायक गुरुङ्ग तथा गायिका खड्का यस अघिका थुप्रै गीतहरु लोकप्रिय छन ।...
स्व.गुरुदेव कामतमा समर्पित कृष्ण भट्टराईको स्वरमा ‘ओठको त्यो मधुरस'(भिडियो)
मनोरन्जन, समाचार

स्व.गुरुदेव कामतमा समर्पित कृष्ण भट्टराईको स्वरमा ‘ओठको त्यो मधुरस'(भिडियो)

काठमाडौं ।  शंकर अधिकारी घायलको शब्दमा गुरुदेव कामतको संगीत अनि कृष्ण भट्टराईको स्वर रहेको ‘ओठको त्यो मधुरस पिलायौ अलि अलि’ गायक कृष्ण भट्टराईकै आफ्नै युटुव च्यानल बाट रिलिज गरिएको छ । युबा अबस्थामा हुने उतारचढावलाइ मिठो ढंगले बुनिएको शब्द लाइ गुरुदेव कामतले रमाइलो पारामा गजल लाइ संगीत गरेका छन । उक्त गजलको भिडियोमा स्वयं गायक हार्मोनियम सहित प्रस्तुत भएका छन । गजल लाइ नया स्वरुपमा छायांकन गरिएको छ। https://youtu.be/LwhvRqG36Iw चक्र बहादुर बरालको छायांकन ,रोशन भुसालको मेकप र राजेस कुमारको सम्पादन रहेको छ,  भने नृत्य राजन महर्जन अनि अभिनय समिक्षा भुजेल, कृष्ण भट्टराई , रवि खड्का , राजु पौडेल , सुजन बस्नेत, नबराज अधिकारी , र  बिक्रम गिरी र जेलिसा कार्किको अभिनय रहेको छ,  भने गीतकार शंकर अधिकारी घायलले उक्त भिडियोलाइ निर्देशन गरेका छन ।...
इन्डोनेसियामा `दोस्रो इन्टरनेशनल एचिभमेन्ट अवार्ड २०२५´ सम्पन्न
मनोरन्जन, समाचार

इन्डोनेसियामा `दोस्रो इन्टरनेशनल एचिभमेन्ट अवार्ड २०२५´ सम्पन्न

बाली, इन्डोनेसिया | निकिला मिडिया नेटवर्कद्वारा आयोजना गरिएको `दोस्रो इन्टरनेशनल एचिभमेन्ट अवार्ड २०२५ ´इन्डोनेसियाको बालीमा भव्य रूपमा सम्पन्न भएको छ। बाली पेजेन्ट्स को सहकार्यमा सम्पन्न यस कार्यक्रममा नेपालका विभिन्न क्षेत्रका विशिष्ट योगदानकर्ता व्यक्तित्वहरूलाई सम्मान गरिएको हो। यसअघि पहिलो अन्तर्राष्ट्रिय उपलब्धि पुरस्कार थाइल्याण्डको बैंकक सहरमा सम्पन्न गरिएको थियो। इन्डोनेसियामा आयोजित उक्त अवार्ड सेरेमोनिमा अभिनेता शिव हरि नेपाल (बैरागी), व्यवसायी बद्री प्रसाद उप्रेती, कानुन व्यवसायी कलम बहादुर खत्री, साहित्यकार राधा देवी पराजुली (भण्डारी), सामाजिक कार्यकर्ता निशा लामा, उद्यमी शलिना लामा, सामाजिक अभियन्ता फुर्साङ लामा तामाङ, बैंकर कृष्ण केसी, व्यवसायी निरञ्जन भण्डारी, उद्यमी भैरव कुमार तामाङ तथा युवा उद्यमी एलीजा गौतमलाई विशेष सम्मान प्रदान गरिएको थियो। त्यसैगरी, चलचित्र लेखक...