समाचार

महासंघ निर्वाचन पछि हामी : सुबोध कुमार गुप्ता
अर्थ/व्यापार, समाचार

महासंघ निर्वाचन पछि हामी : सुबोध कुमार गुप्ता

सर्वप्रथम, मलाई अमुल्य मत दिई नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारीणी सदस्यमा निर्वाचित गराउनु भएकोमा मतदाता साथीहरुलाई धन्यवाद दिन चाहन्छु । यो म प्रतिको विश्वास हो भन्ने मेरो बुझाई छ । साथै आफ्नो प्रतिनिधी मान्दै महासंघको कार्यकारीणी सदस्यमा निर्वाचित गराउनु भएकोमा आभार प्रकट गर्न चाहन्छु । मलाई योग्य ठानी आफ्नो तर्फबाट मत जायर गर्नुहुने तमाम मतदाता साथीहरु प्रति म अनुग्रहित छु । तपाईंहरुले दिनु भएको मतको कदर गर्दै समग्र निजी क्षेत्रको साँखलाई उचो पार्दै अघि बढने प्रण गर्दछु । अग्रज एवम् समकक्षी साथीहरुको राय, सुझाव र सल्लाहलाई आत्मसात गर्दै आफ्नो विवेक र क्षमताले भ्याएसम्म निजी क्षेत्रको समस्याहरुलाई हल गर्न सकृय भएर लाग्नेछु भन्ने प्रतिबद्धता व्यक्त गर्दछु । यहाँहरुको आत्मियपना र रचनात्मक साथ सहयोगको अपेक्षा मेरो कार्यकाल भरि रहिरहनेछ । मुख्य कुरा यहाँहरुलाई मैले निराश बनाउने छैन भन्...
विगतमा झैं विकृत राजनीति प्रदर्शन
राजनीति, समाचार

विगतमा झैं विकृत राजनीति प्रदर्शन

डा.डिआर उपाध्याय विगतमा झैं विकृत राजनीति प्रदर्शन मुलुकमा पछिल्लो समय प्रतिगामी तत्वहरु सल्वलाईरहेका छन । लोकतन्त्र पक्षधरको लागी यो चिन्ताको बिषय हो । राजावादी पक्षधरहरुको नारा जुलुस र प्रर्दशन दिनौं हुने गरेका छन । जनताको सहभागीता पनि हुने गरेको दृष्य देख्न सकिन्छ । यसले के जनाउँछ भने मुलुक ठिक ढंगले अघि बढन सकेन । अहिले आम जनता निराश छन । जनतामा देखिएको निराशाको फाईदा राजावादी पक्षधरहरुले लिइरहेका छन । जनतालाई ‘सरकार भएको अनुभूति दिन सक्नु पर्दथ्यो , सरकार असफल भयो । प्रतिपक्षी दल पनि निरीह बनेर बसेको छ । उसको आवाज कहीँ सुनिँदैन । सरकार गलत बाटोमा जान खोज्दा सहि बाटोमा ल्याउने काम प्रतिपक्षी दलको हो । खै प्रतिपक्षी दलले आवाज उठाएको ? यहि भएर प्रतिगामी तत्वहरु सल्वलाईरहेका छन । खै लोकतन्त्रवादी शक्तिहरुले कुरा बुझेको ? मुलुक अफठ्यारो बाटोमा छ । अव सवै लोकतन्त्रवादी शक्तिहरु एक भएर अघ...
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ सय नाघ्यो
समाचार, स्वास्थ्य

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ सय नाघ्यो

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ सय नाघेको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार थप २९ नजाको निधन भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५०८ पुगेको हो।  पछिल्लो २४ घण्टामा नेपालमा थप १४७४ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ छ। जसमध्ये २ लाख १४ हजार ५२१ निको भएका छन् भने १७ हजार ४२३ संक्रिय संक्रमित छन्।...
तीन गैरआवासिय नेपालीबाट चेपाङ विद्यार्थीहरुलाई १ लाख ५० हजार रुपैया बराबरको सहयोग
अर्थ/व्यापार, समाचार

तीन गैरआवासिय नेपालीबाट चेपाङ विद्यार्थीहरुलाई १ लाख ५० हजार रुपैया बराबरको सहयोग

गोरखा, १५ मंसिर- गोरखा जिल्लाको गण्डकी गाउँपालिका वडा नं. ६ भुम्लीचोक स्थित भद्रकाली मा.वि. र थुम्का प्रा.वि. का १ सय ३८ जना चेपाङ विद्यार्थीहरुलाई १ लाख ५० हजार रुपैया बराबरको स्टेशनरी तथा खाजा सहयोग गरिएको छ । भद्रकाली मा.वि. का ५० जना, थुम्का प्रा.वि. का ८८ जना चेपाङ विद्यार्थीलाई कापी, कलम, ज्यामिती बक्स, बिस्कुट लगायतका सामग्रीहरु सहयोग गरिएको हो । काठमाडौं महानगर -३, महाराजगन्ज, मनिकुल टोल घर भई विगत लामो समयदेखि ताइपेइ ताइवानमा बस्दै आएका रोहित श्रेष्ठ, आरुघाट गाउँपालिका वडा नं. ५ अल्काटार स्थायी घर भई हाल हङ्गकङ्गमा बस्दै आएका आकाश बञ्जारा र गण्डकी गाउँपालिका वडा नं. ५ दर्बुङ घर भई हाल जापानमा रहेका बिराट बाबु खनालले सो सहयोग उपलब्ध गराएका हुन । ताइपेइ ताइवान निवासी रोहित श्रेष्ठले सो सामग्री सहयोग गर्नको लागि रु. १ लाख रुपैया तथा आकाश बञ्जारा तथा बिराट बाबु खनालले रु. ५० हजार रुपै...
पोखरामा आज र भोली सौन्दर्यविद महराले सौन्दर्य सम्बन्धी परामर्श दिने
अर्थ/व्यापार, समाचार

पोखरामा आज र भोली सौन्दर्यविद महराले सौन्दर्य सम्बन्धी परामर्श दिने

पोखरा १५ मंसिर – फेसियल हाउसका सञ्चालक तथा बरिष्ठ सौंदर्यविद सुष्मा महराले पोखरामा सौन्दर्य तालिम दिने भएकी छिन् । महराले मंसिर १५ र १६ गते फेसियल हाउसको पोखरा ट्रेड मल स्थित ब्राचले आयोजना गर्ने सौन्दर्य सम्वन्धी तालिममा विज्ञका रुपमा सहभागीता जनाउन लागेकी हुन । महराले फेसियल हाउसबाट कार्यक्रम हुने बारे स्पस्ट पारेकी छिन् । महराले विषेशत: पोख्रेली माझ स्कीन हेयर सम्वन्धी समस्याकासाथै माईक्रो ब्लेडीङ र कोठी रिमुभ सम्बधमा उनले सत्र संचालन गर्ने जनाएकी छिन् । महराले १५ गते विहान ९ बजे देखि बेलुका ८ बजे सम्म र १६ गते ९ देखि अप्राहन्न १ बजेसम्म परामर्श दिने जानकारी दिएकी छन् ।...
गायक ध्रुव बिस्को र गायिका सरु गौतमको स्वरमा रहेको गीत ‘झन झन माया’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

गायक ध्रुव बिस्को र गायिका सरु गौतमको स्वरमा रहेको गीत ‘झन झन माया’ सार्वजनिक(भिडियो)

ध्रुव बिस्को र सरु गौतमको स्वरमा रहेको गीत ‘झन झन माया…’ सार्वजनिक भएको छ । कृष्ण केसीको शब्द तथा गायक बिस्कोको नै सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/bp1417exGTI माइकल चन्दको निर्देशन रहेको गीतको भिडियोमा अभिनेता पुष्प खड्का, नरेन खड्का, सृजना केसी र सरोज मोक्तानको अभिनय तथा नृत्य देख्न सकिन्छ । भिडियोमा दिनेश डिसी पनि फिचर भएका छन् ।  माइकल सेटअपको करियोग्राफी रहेको भिडियोलाई उत्सव दाहाल र टिमले खिचेको हुन् भने सम्पादन शिलन लम्सालको छ । नेपाली लोक तथा पश्चिमेली सङ्गीतलाई दक्षिण भारतीय बिटसँग मिलाएर डान्सिङ शैलीमा यस तयार गरिएको ध्रुव बताउँछन् । उनी भन्छन्, ‘हामीले यस गीत चलचित्रको लागि भनेर तयार गरेका थियौँ । कोरोनाका कारण चलचित्रको टुङ्गो नभएपछि भिडियोमा ल्याउने प्रयास गरेका हौँ ।’...
निर्माण सामग्रीमा अत्याधिक मूल्य वृद्धि
अर्थ/व्यापार, समाचार

निर्माण सामग्रीमा अत्याधिक मूल्य वृद्धि

नेपाल निर्माण व्यवसायी महासङ्घले कोभिड–१९ को महामारीबीच निर्माण कार्य सुरु हुने समयको गलत फाइदा उठाउँदै निर्माण सामग्रीमा एकतर्फी रूपमा कार्टेलिङ गरी अत्यधिक रूपले मूल्य वृद्धि गरिएको जनाएको छ ।फलामजन्य निर्माण सामग्री विभिन्न साइजका डन्डी, पाता, पत्ती, जीआई तार, ग्याबिन तार उत्पादक कम्पनीहरूले र नदीजन्य निर्माण सामग्री ढुङ्गा, बालुवा, गिट्टीमा विभिन्न व्यवसायीले अत्यधिक मूल्य वृद्धि गरेको महासङ्घले जनाएको छ ।फलामजन्य निर्माण सामग्री उत्पादक कम्पनीले डलरको दरमा र फलाम ब्लेडको मूल्य थोरै मात्रामा बढेको अवस्थामा पनि अनुपातभन्दा अत्यधिक रूपले मूल्य वृिद्ध गरी मिलेमतो गरेको देखिएको छ, महासङ्घका महासचिव रोशन दाहालद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ । अहिलेको मूल्य वृद्धि कुनै पनि दृष्टिकोणबाट व्यावहारिक तथा वैज्ञानिक नदेखिएको महासङ्घले जनाएको छ ।त्यसैगरी देशको कुनै पनि स्थानबाट नदीजन्य सामग...
त्रिविका कक्षा अब भौतिक उपस्थितिमै
शिक्षा, समाचार

त्रिविका कक्षा अब भौतिक उपस्थितिमै

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले विद्यार्थीको भौतिक उपस्थितिमै अब उच्च शिक्षाका कक्षाहरू सञ्चालन गर्नेभएको छ । कोरोनाका कारण विश्वविद्यालयले सञ्चालन गरेको अनलाइन कक्षामा सबै विद्यार्थीको पहुँच स्थापित हुन नसकेर लाखौँ विद्यार्थी उच्च शिक्षाको नियमित अध्ययनबाट वञ्चित भएपछि विद्यार्थीको भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने निचोडमा विश्वविद्यालय पुगेको हो । वार्षिक प्रणालीका विद्यार्थी समेट्दैविश्वविद्यालयका शिक्षाध्यक्ष प्रा डा शिवलाल भुसालले मातहतका धेरै क्याम्पसबाट भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न सक्ने माग गरिएपछि आफूहरूले त्यसका लागि स्वीकृति दिएको जानकारी र्दिए। धेरैजसो काठमाडौँ उपत्यका बाहिरका क्याम्पसले अनुमति पाए कक्षा सञ्चालन गर्न सक्ने जनाएका थिए । जुम्ला, भोजपुरलगायतका धेरै स्थानबाट विश्वविद्यालयका पदाधिकारीलाई यस खालको माग आएको जनाइएको छ ।खासगरी विश्वविद्यालय मातहतका स्नातक...
यो जहाज डुवे सबै डुब्ने हो
राजनीति, समाचार

यो जहाज डुवे सबै डुब्ने हो

डा.डिआर उपाध्याय यतिबेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गम्भीर सङ्कटको भुमरीमा छ । दुई वामपन्थी पार्टी मिलेर नेकपा बनेको हो । लामो समय देखि मुलुक कोरोना भाइरसबाट आक्रान्त छ । यही अवस्थामा सत्तारुढ दल नेकपाभित्र बिवाद छ । जसले गर्दा पार्टी एकता नै सङ्कटमा पुगेको छ ।पछिल्लो समयमा दोस्रो पुस्ताका नेताहरूले पार्टी जोगाउँन त्यति पहलकदमी गरेको देखिएन । नेकपाभित्र यसअघिका विवाद भन्दा अहिलेको बिवाद निकै पेचिलो बनेको छ । परिस्थिति जटिल बनेर अघि बढिरहेको छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि सङ्गीन आरोपसहित प्रतिवेदन सचिवालय बैठकमा पेस गरेपछि विवादले नयाँ मोड लिन पुगेको हो । गुटगत भेला, एक अध्यक्षले अर्का अध्यक्षमाथि सङ्गीन आरोप लगाउने काम रोकिएको छैन । यसअघिका विवादहरू लेनदेनमा समाधान हुन्थ्ये । अहिले त्यस्तो अवस्था देख...
क्रिकेट खेलाडी सन्दीप लामिछाने अस्पतालमा भर्ना
खेलकुद, समाचार

क्रिकेट खेलाडी सन्दीप लामिछाने अस्पतालमा भर्ना

कोरोना संक्रमित क्रिकेट खेलाडी सन्दीप लामिछाने अस्पतालमा भर्ना भएका छन् । होम आइसोलेसनमा रहेका लामिछानेलाई श्वासप्रश्वासमा समस्या आएपछि ह्याम्स अस्पतालमा भर्ना गरिएको जनाइएको छ । उनमा गत शुक्रबार कोरोना संक्रमण भएको थियो ।