समाचार

अब मुलुकलाई सही दिशा दिन दुरदर्शी नेताको खाँचो
राजनीति, समाचार

अब मुलुकलाई सही दिशा दिन दुरदर्शी नेताको खाँचो

डा.डिआर उपाध्याय हाम्रो देश संघीय लोकतान्त्रिक राज्य प्रणालीमा रुपान्तरित भएको धेरै समय भइसक्दा पनि अभ्यासकै रूपमा छ । अहिले प्रतिनिधिसभा भंग भएकोले देशको राजनीतिक अवस्था अन्योलमा छ । प्रचण्ड –माधव समूह र ओली समूहका बीच आपसी जुहारी चलिरहेको छ । यतिबेला दुई खेमा बिच आरोप प्रत्यारोपको राजनीतिक शृंखला चलेको छ । दुई समूह बिचको यो झगडाले देशको भाग्य र भविष्य नै अध्यारो तर्फ धकेलिएको छ । यतिबेला देशमा विकास, समृद्धि र सुशासन कायम भै देशलाई अग्रगति दिनु पर्दथ्यो । तर जनताको भावना विपरित अहिले जुन किसिमका गतिविधि भैरहेका छन् यी सबै राष्ट्रहित विपरित छन् । राष्ट्रलाई सर्वोपरि ठानी काम गर्न सक्ने दुरदर्शी नेताको अभावले यस्ता समस्याहरु उत्पन्न भैरहेका छन् । अब मुलुकलाई सही दिशा दिन दुरदर्शी नेताको खाँचो परेको छ । दुरदर्शी भनेको भोलीको कुरा देख्ने स्पष्ट दृष्टिकोण भएको नेता हो । अहिलेको युगले त्...
ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु
समाचार, समाज

ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु

झापाको मेचिनगर नगरपालिका वडा नं. १३ स्थित चन्द्रगढी–चारआली सडक खण्डमा ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाईते भएका छन् । दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे. १ ख नम्बरको २५१५ ट्रिपरले दुई जना पैदल यात्रीलाई ठक्कर दिएको थियो । ट्रिपरको ठक्करबाट टाउँकोमा चोट लागेकी १८ वर्षीया अन्सु शिवाकोटीको उपचारका क्रममा बी एण्ड सी हस्पिटलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।हात र खुट्टामा चोट लागेका १८ वर्षका राहुल बस्नेतको उपचार भइरहेको छ । ट्रिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।...
दक्षिण कोरियाका नेपालीलाई कोरोनाको खोप निःशुल्क
अर्थ/व्यापार, समाचार

दक्षिण कोरियाका नेपालीलाई कोरोनाको खोप निःशुल्क

दक्षिण कोरिया सरकारले कोरोनाविरुद्धको खोप दक्षिण कोरियामा बसोबास गर्ने स्वदेशी तथा विदेशी सबैलाई निःशुल्करूपमा प्रदान गर्ने भएको छ । दक्षिण कोरिया रोग नियन्त्रण तथा रोकथाम विभागका प्रमुख जुङ्ग इयुन क्युङले सोमबार आयोजित पत्रकार सम्मेलनमा कोभिड–१९ विरुद्वको खोप कोरियामा रहने सम्पूर्ण स्वदेशी तथा विदेशी नागरिकलाई निःशुल्क प्रदान गर्ने बताएका हुन् । यसअघि आफ्ना स्वदेशी नागरिकलाई मात्र निःशुल्क प्रदान गर्ने बताए पनि नयाँ निर्णय गर्दै विदेशीलाई पनि उक्त खोप निःशुल्क दिने भएको हो । यससँगै यहाँ रहेका ५० हजारभन्दा बढी नेपालीले पनि उक्त खोप निःशुल्क प्राप्त गर्न सक्नेछन् । आगामी महिनादेखि सञ्चालन गर्ने भनिएको उक्त खोपको पहिलो प्राथमिकतामा अग्रमोर्चामा रहने स्वास्थ्यकर्मी, स्वयंसेवक पर्नेछन् । त्यसपछि प्राथमिकताअनुसार वृद्ध, बालबालिका, अशक्त, अपाङ्गता भएका व्यक्ति हुँदै सबैलाई वितरण गरिनेछ । य...
गोपाल ढकाल ‘छन्दे’ निर्देशित ‘जुन दिन मलाई’ वोलको मार्मिक गीतको भिडियोको छायांकन सम्पन्न
मनोरन्जन, समाचार

गोपाल ढकाल ‘छन्दे’ निर्देशित ‘जुन दिन मलाई’ वोलको मार्मिक गीतको भिडियोको छायांकन सम्पन्न

एभरग्रिन वल्र्डवाईड ईन्टरटेनमेन्टको निर्माण तथा लोकप्रिय कलाकार गोपाल ढकाल ‘छन्दे’ निर्देशित ‘जुन दिन मलाई’ वोलको मार्मिक गीतको भिडियोको छायांकन सम्पन्न भएको छ । गोकर्ण स्थित काठमाडौ ट्राउट रिसोर्ट लगायत काठमाडौं वरपरका रमणीय दृश्य कैद गरिएको भिडियोको छायांकन ३ दिनमा सम्पन्न गरिएको जानकारी निर्देशक ढकालले जानकारी दिए । हांस्य कलाकारको रुपमा ख्याती कमाएका ढकालले निर्देशनमा समेत जम्ने प्रयासका लागी आफुले मिहिनेत गरेर भिडियोहरु बनाउने तर्फ लागेको बताए । हिजो छायांकन सम्पन्न उक्त भिडियोको गितका गायक कृष्ण राज भण्डारीकै स्वर,शव्द र संगित रहेको छ । भने कलाकारहरुमा चकलेटी नायक संजित भण्डारी, श्रीदेव भट्टराई,चन्दा कुईकेल,प्रेम पाण्डे,रोहित कार्की, शुसिला बिडारी लगायत रहेका छन । भिडियोलाई छायांकार रिदम वाईबाले छायांकन गरेका छन भने मेकअप युमिषा पाण्डेको रहेको छ । चांडै नै ‘छन्दे’ ...
बजारमा अप्रत्यासित रूपमा फेरि मूल्य बृद्धि
अर्थ/व्यापार, समाचार

बजारमा अप्रत्यासित रूपमा फेरि मूल्य बृद्धि

डा.डिआर उपाध्याय यतिबेला मुलुकमा राजनीतिक अस्थिरता बढेर गएको छ । राजनीतिक अस्थिरताको फाइदा मुलुकका केहि ठूला व्यापारीले उठाइरहेका छन् । जनताका दैनिक उपभोग्य बस्तुमा अप्रत्यासित रूपमा मूल्य बृद्धि हुँदा उपभोक्ता मारमा परेका छन् । मूल्य बृद्धिले जनताको ढाड सेक्ने काम भएको छ । उपभोक्ताको चुलोमा दैनिक प्रयोग हुने चामल ,तेल,दाल ,पिठो अन्डा लगायत निर्माण सामग्रीका वस्तुमा मूल्यदर एकाएक आकासिएको छ । ठूला व्यापारीले सामान लुकाएर हो या बजारमा अभाव भएर हो त्यो कुरा अझै आम उपभोक्ताले बुझ्न सकेका छैनन् । जसले गर्दा दुर्गम क्षेत्रका उपभोक्ताहरु बढी मूल्य तिरेर पनि सामान पाउन सकिरहेका छैनन् । सरोकारवाला सरकारी निकाय र उपभोक्तावादी संघ सस्थाहरुले प्रभावकारी रुपमा बजार अनुगमन गर्न नसक्दा मूल्यवृद्धि हुन गइरहेको देखिन्छ । व्यापारीको मनलागी र सरोकारवाला निकाय मुकदर्शक हुनुको परिणाम यसको मूल कारण हो । ...
संवाद, सहमति र सहकार्य नै समस्याको समाधान
राजनीति, समाचार

संवाद, सहमति र सहकार्य नै समस्याको समाधान

-डा.डिआर उपाध्याय देशमा चरम राजनीतिक अस्थिरता छाएको छ । राजनीतिक अस्थिरताले अव के हुन्छ केहि भन्न सकिने अवस्था छैन । वैशाखमा दुई चरणको निर्वाचन मिति सार्वजनिक भएको छ । तर निर्वाचन घोषित मितिमा हुन्छ या हुदैन त्यो पनि किटान गरेर भन्न सकिने अवस्था छैन । लोकतन्त्रमा निर्वाचन हुन नसके संवैधानिक संकट आउन सक्ने खतरा पनि उत्तिकै छ । त्यसैले लोकतान्त्रिक व्यवस्थामा निर्वाचन अनिवार्य सर्त हो । ओली समूह बाहेक अरु दलहरुले ससद पुनस्थापनाको माग अघि सारेर आन्दोलनमा छन् । समस्याको समाधान आन्दोलन होइन, संवाद, सहमति र सहकार्य नै समस्याको समाधान हो । राजनीतिक दलहरु समस्या बल्झाउने भन्दा पनि समस्या समाधान गर्ने बाटो तर्फ अग्रसर हुन जरुरी छ । नेपाली जनताले लामो समयदेखि राजनीति दल र तिनका नेताहरुको बानी व्यवहार,आचरण र कार्यशैली नियाल्दै आएका छन् । दल र तिनका नेताहरु आफू सत्तामा हुँदा सबै कुरा ठिक देख्छन् जब...
किरण माइकल’को ‘फेवा’सार्वजनिक  (भिडियो)
मनोरन्जन, समाचार

किरण माइकल’को ‘फेवा’सार्वजनिक (भिडियो)

किरण घिमिरे ‘माइकल’को स्वरमा रहेको गीत ‘फेवा’को भिडियो सार्वजनिक भएको छ । गीतमा युवायुवतीको ग्रामिण परिवेशको प्रेम झल्काइएको छ । पोखरा र त्यस आसपासका ठाउँमा छायाँकन गरिएको भिडियोमा छुल्ठिम गुरुङ र तीर्थ कोजी फिचर्ड छन । https://youtu.be/Ex6IL3qtoLY सुदिप आत्रेय र माइकलको शब्द, गायक माइकलकै सङ्गीत र एम प्रधानको एरेञ्ज रहेको गीतको भिडियो हरि लामा र सुदिप आत्रेयले निर्माण गरेका हुन् । सौरभ लामा छायाँकन रहेको भिडियोमा सम्पादन तथा निर्देशन लक्ष्मण सुनारको छ ...
राष्ट्रपति र प्रधानमन्त्रीबीच साढे २ घन्टा छलफल
राजनीति, समाचार

राष्ट्रपति र प्रधानमन्त्रीबीच साढे २ घन्टा छलफल

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आइतबार भेटवार्ता भएको छ।  प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए। राष्ट्रपति र प्रधानमन्त्री साढे २ घन्टासम्म मुलुकको समसामयिक राजनीतिका बारेमा छलफल भएको शीतल निवास स्रोतले जानकारी दियो।  बिहान ११ बजेर ४८ मिनेटमा शीतल निवास पुगेका प्रधानमन्त्री ओली दिउँसो २ बजेर २० मिनेटमा निस्केका थिए। पछिल्लो राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल भएको बताइएको छ।  प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सर्वोच्च अदालतमा सुनुवाइ भइरहेका बेला प्रधानमन्त्रीले रास्ट्रपतिलाई भेटेका हुन्। राष्ट्रपति कार्यालयले यसलाई नियमित भेट भनेको छ।...
दश महिनादेखि ठप्प विद्यालय सञ्चालनमा
शिक्षा, समाचार

दश महिनादेखि ठप्प विद्यालय सञ्चालनमा

 कोभिड–१९ का कारण विगत १० महिना सम्म बन्द रहेका धेरै विद्यालयहरु आइतबारदेखि सञ्चालनमा आएका छन्। कोरोना संक्रमण कम हुँदै गएको र सरकारले समेत शैक्षिक सत्रलाई सदुपयो गर्ने तयारी गरेपछि विद्यालयहरु संचालनमा आएका हुन्। काठमाडौं उपत्यकाका निजी तथा समुदायिक विद्यालयहरु आइतबारदेखि सञ्चालनमा आएका हुन्। काठमाडौं जिल्ला प्याब्सन अध्यक्ष हरिकृष्ण श्रेष्ठका अनुसार काठमाडौं जिल्लाभित्र अनौपचारिक रुपमा धेरै विद्यालयहरु पहिलाबाटै सञ्चालनमा थिए। तर महानगरपालिकाभित्रका विद्यालय भने आइतबारबाट औपचारिक रुपमा संचालनमा आएका श्रेष्ठले जानकारी दिए। अध्यक्ष श्रेष्ठका अनुुुसार केन्द्रीय र स्थानीय सरकारको निर्देशन अनुसार नै सञ्चालन गरिएको हो। ‘विद्यालय भित्र उच्च स्वस्थ्य मापदण्द अपनाएका छौँ, अनिवार्य माक्स, ह्याण्ड सेनिटाइजर र भौतिक दुरीको पालना गरेका छौँ,’ उनले भने, ‘जोखिम कम हुने गरी व्यवस्था मिलाएर विद...
काेराेनाबाट विदेशमा ३ सय १९ नेपालीको निधन
समाचार, स्वास्थ्य

काेराेनाबाट विदेशमा ३ सय १९ नेपालीको निधन

कोभिड–१९ को सङ्क्रमणबाट विदेशमा थप दुई नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली सङ्घका अनुसार यस साता बेलायतमा एक र दक्षिण अफ्रिकामा एकको निधन भएको हो। गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यससँगै विदेशमा कोरोनाबाट २० देशमा ३१९को निधन भएको छ। सङ्घको स्वास्थ्य समितिका संयोजक सञ्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५४ हजार ५९१ जना नेपालीमा सङ्क्रमण देखिएका मध्ये ५२ हजार ९४५ जना कोरोनामुक्त भएका छन्। यो कूल सङ्क्रमितको ९५ प्रतिशत हो। यस साता बेलायत, जापान, साउथ अफ्रिकालगायत मध्यपूर्वमा रहेका थप नेपालीमा सङ्क्रमण देखिएको छ। यस्तै भाइरसका कारण नेपालमा एक हजार ९५४ जनाको निधन भएको छ। नेपालमा भाइरसबाट सङ्क्रमण हुनेको सङ्ख्या दुई लाख ६७ हजार ५६ जना छ भने दुई लाख ६१ हजार ४४ जना अर्थात् ९७.८ प्रतिशत कोरोनाबाट मुक्त भएको सङ्घ, कोभिड–१९ उच्चस्तरीय समितिका प...