यसरी विकास र समृद्धिको आधार तय गरौँ
डा.डिआर उपाध्याय
विकास र समृद्धि आजको आवश्यकता हो । विकास र समृद्धिको बाटोमा सबै नेपाली जनता एक ढिक्का भएर अघि बढ्नु पर्दछ । आमनागरिकले विकास र समृद्धि चाहेका छन् ।अहिले जनता दलहरु बिचको झगडा देख्दा वाक्क दिक्क छन् । यसरी विकास र समृद्धि हुँदैन । समृद्धिले भौतिक विकासका साथै आमनागरिकमा हर्षोल्लास, उमङ्ग र उत्साहको खुसी ल्याउन सक्नु पर्छ । मुलुकको आर्थिक, सामाजिक तथा भौतिक विकास सँगसँगै आमनागरिकको जीवनस्तर उकासिनुपर्छ यसलाई नै वास्तविक समृद्धि भनिन्छ । जबसम्म भौतिक विकासलाई अघि बढाउन सकिँदैन तबसम्म समाज तथा मुलुकलाई समृद्धिको बाटोमा लैजान सकिँदैन ।
अब नेपाललाई अल्पविकसित तथा गरिब मुलुकको स्तरबाट माथि उकास्ने कार्यमा सरकार दृढसङ्कल्पसहित अघि बढ्नु पर्छ । अहिले देशमा तीन तहका सरकार छन् ।तिनै तहका सरकारले विकास र समृद्धिमा जोड दिनु पर्दछ । स्थानीय समस्याको स्थानीयस्तरबाटै पहिचान र समाधा...









