समाचार

नेपाल चेम्बर अफ कमर्श ७० बर्ष पुगेको अवसरमा नेपाल महिला चेम्बरको रक्तदान
अर्थ/व्यापार, समाचार

नेपाल चेम्बर अफ कमर्श ७० बर्ष पुगेको अवसरमा नेपाल महिला चेम्बरको रक्तदान

काठमाडौं, ०७ फाल्गुण-नेपाल चेम्बर अफ कमर्श ७० बर्ष पुगेको अवसरमा नेपाल महिला चेम्बरले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । शुक्रबार ललितपुरको मंगलबजारमा आयोजित सो कार्यक्रमको विधीवत उद्धघाटन कार्यक्रमका प्रमुख अतिथी नेपाल चेम्बर अफ कमर्शका वरिस्ठ उपाध्यक्ष राजेन्द्र मल्लले गरेका थिए । उद्धघाटन पस्चात कार्यक्रमलाई सम्बोधन गर्दै वरिस्ठ उपाध्यक्ष मल्लले नेपाल चेम्बर अफ कमर्श ७० बर्ष पुगेको अवसरमा नेपाल महिला चेम्बरले रक्तदान जस्तो पुण्य कार्य गरेकोमा धन्यवाद ज्ञापन गर्दै महिला उद्यमशिलता विकाससँगसगै सामाजिक उत्तर दायित्वलाई पुरा गर्ने निस्वार्थ भावनाका साथ अघि बढेको भन्दै साधुवाद व्यक्त गरे । साथै वरिस्ठ उपाध्यक्ष मल्लले नेपाल चेम्बरको शाखा संजाल देशैभर बिस्तारित रहेको सन्दर्भ उल्लेख गर्दै अन्तर जिल्ला र नगर स्तरमा व्यवसायिक उत्पादनलाई प्रबर्धन गर्न केन्द्रले समन्वयको भूमिका निर्वाह गर्ने ...
निशान भट्टराईको स्वरमा रहेको गीत ‘देखे सन्ततीले, छलेको कहानी’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

निशान भट्टराईको स्वरमा रहेको गीत ‘देखे सन्ततीले, छलेको कहानी’ सार्वजनिक(भिडियो)

निशान भट्टराईको स्वरमा रहेको गीत ‘देखे सन्ततीले, छलेको कहानी…’ सार्वजनिक भएको छ । टिका भट्टराई नेपालको शब्द, नरेन्द्र प्यासीको सङ्गीत र अमोस तामाङको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । यो गीत ‘प्रिती’ एल्वममा समावेश छ । छोराछोरीले वृद्धाआश्रमसम्म कसरी पुर्‍याउछन् भन्ने कथा गीतमार्फत सन्देश दिन खोजिएको छ । गीतको भिडियोमा बुहारीले बृद्धाआश्रमबाट घरमा फिर्ता लेराएको देखाइएको छ । दिनेश राज शर्माले निर्देशन गरेको गीतको भिडियोमा उत्तम केसी नेपाल, टिका भट्टराई नेपाल, झापाली कान्छा, देवीचरण भण्डारी निर्मला चौलागाई, प्रतिक नेपाललगायतको अभिनय गर्नुभएको छ । https://youtu.be/i-Gd3g_x0FE झापाको कोटीहोम दोमुखा माईधार आसपासमा छायाँकन गरिएको गीतको भिडियोमा सन्तोष राना मगरको छायांकन तथा सम्पादन छ । भिडियोलाई दर्शन प्रोडक्सनको युटुव च्यानलमार्फत सार्वजनिक गरिएको छ । गीतको भिडियोमा नग...
भावातित ध्यान विचार गोस्ठी माझ ‘महर्षि सन्देश’ सार्वजनिक
शिक्षा, समाचार

भावातित ध्यान विचार गोस्ठी माझ ‘महर्षि सन्देश’ सार्वजनिक

काठमाडौं, ०६ फाल्गुण- भावातित ध्यान विचार गोस्ठी माझ भावातित ध्यान बिशेशांक ‘महर्षि सन्देश’ विहिवार सार्वजनिक गरिएको छ । नेपाल महर्षि वैदिक फाउण्डेसनद्वारा प्रकाशित उक्त पुस्तकको विमोचन कार्यक्रमका प्रमुख अतिथी स्वामी ज्ञानानन्द सरस्वती, नेपाल महर्षि वैदिक फाउण्डेसनका अध्यक्ष तथा पुर्व मन्त्री दिपक प्रकाश बाँस्कोटा, नेपाल महर्षि वैदिक फाउण्डेसनका अन्तरराष्ट्रिय निर्देशक डा. किन्सली बुक, स्वामी वासुदेव प्रपन्नाचार्य, वरिस्ठ अभिनेत्री मनिषा कोइराला, नास्टका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठ, राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डा. जगदिश चन्द्र पोखरेलले संयुक्त रुपमा गरे । सो अवसरमा पुस्तकको समिक्षा गर्दै भरत राज पौडेलले पुस्तक ५ खण्डमा विभक्त रहेको जानकारी गराउदै भावातित ज्ञानको आवश्यकता, महत्व, अबलम्बन विधी आदीको बारेमा विस्तृत रुपमा वर्णन गरिएको र पुस्तक जीवनमा एक पटक पढनै पर्ने खालको र...
शैक्षिक बेरोजगारी दर बढ्दैः गरिखाने शिक्षा आजको आवश्यकता
शिक्षा, समाचार

शैक्षिक बेरोजगारी दर बढ्दैः गरिखाने शिक्षा आजको आवश्यकता

डा.डिआर उपाध्याय आज म मैले जाने बुझेको ,भोगेको , देखेको हाम्रो देशको शिक्षा नीतिको बारेमा केही कुरा लेख्ने प्रयास गरिरहेको छु । हुन त म शिक्षा क्षेत्रको विज्ञ होइन ,तर यस बारेमा केही लेख्न मन लाग्यो । आज हाम्रो देशको शिक्षानीति समय अनुकुल नभई परम्परागत ढंगले पठनपाठन हुँदै आएको छ । आज हाम्रो देशका विश्वविद्यालयहरु शैक्षिक बेरोजगार उत्पादन गर्ने कारखानाका रुपमा परिणत भएका छन् । यो हाम्रो देशको विडम्वना हो । हाम्रो देशको शिक्षा व्यवाहारिक नभइ घोकन्तेमा आधारित छ । परीक्षामा जसले पाठ घोकेर जान्छ उही विद्यार्थीले जाँचमा राम्रो अंक ल्याउछ ,अनि उसले मार्कसेटको सख्या बढाउँछ ,धेरै विषयमा डिग्री बढाउछ तर दुर्भाग्य उसले न रोजगार पाउँछ न त उसँग बिषगत पर्याप्त ज्ञान एवं सीप हुन्छ । कारण के हो भने घोकन्ते शिक्षा ।घोकन्ते शिक्षा भनेको भरेको खर्च जस्तै हो । हाम्रो देश कृषिप्रधान देश हो । तर कृषि सम्व...
तारा अधिकारीको “लाली ओठैमा” सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

तारा अधिकारीको “लाली ओठैमा” सार्वजनिक(भिडियो)

काठमाडौं । गीतकार तारा अधिकारीको नयाँ गीत लाली ओठैमा को म्युजिक भिडियो सार्वजनिक भएको छ । सुनौलो तारा युट्युब च्यानलबाट दर्शकमाझ आएको गीतमा स्वरुपराज आचार्य र रचना रिमालको स्वर छ । गीतमा संगीत राजनराज शिवाकोटी र संगीत संयोजन उदयराज पौडेलको छ । ए वान म्युजिसियन रेकर्डिङ स्टुडियोमा गीत रेकर्ड भएको हो । गीतलाई किशोर थापाले मिक्सिङ गरेका हुन् । गीतको भिडियोमा पल शाह, गरिमा शर्मा र कुमार न्यौपानेलाई देख्न सकिन्छ । रमेश थापाको निर्देशनमा तयार भएको भिडियोलाई करण चैसिरको छाँयांकन र सुप्रिम पराजुलीले सम्पादन गरेका छन् । म्युजिक भिडियोको चन्द्र बिनायक फिल्म प्रोडक्सनमा पोष्ट प्रोडक्सनको काम गरिएको हो । चपली हाइटका विभिन्न स्थानमा छाँयांकन गरिएको भिडियोमा पल र गरिमाको केमेस्ट्री छ । राजीव समरको उत्कृष्ट कोरियोग्राफी भिडियोमा छ । https://youtu.be/YxRQJ7z42pw यो गीतको भिडियोलाई पनि दर्शकल...
भागरथी भट्टको हत्यारा सार्वजनिक
समाचार, समाज

भागरथी भट्टको हत्यारा सार्वजनिक

डा.डिआर उपाध्याय पीडित परिवारले न्याय पाउने आशा बलात्कारका घटना दिन प्रतिदिन बढदै जानु हाम्रो समाजको अगाडी तेर्सिएको गम्भिर चुनौति हो । कतिपय यस्ता घटना छिपिएका र दविएका पनि छन । बास्तविक दो्षिलाई पक्राउ गर्न कठिन पनि भएको छ ।हाम्रो देशमा पनि अरु देशमा जस्तो बलात्कारीविरुद्ध कठोर कानुनी व्यवस्था हुनु पर्छ । अनुसन्धान गर्ने हाम्रा नेपाल प्रहरी दक्ष नभएका होइनन । बलात्कारको सूचना पाउँदा समयमै घटनास्थल पुग्छन । तर परिणाम के हुन्छ भने समयमै दोषि पक्राउ पर्दैन समस्या यो हो । बैतडीकी किशोरी भागरथी भट्टको माघ २१ गते बलात्कारपछि भएको हत्या,सर्वत्र चासो र चर्चाको विषय बनिरहेको बेला हिजो मात्र उनको हत्यारा सार्वजानिक गरिएको छ । यस घटनामा प्रहरीलाई ठूलो सफलता मिलेको छ । विगतको निर्मला पन्तकै जस्तो घटना फेरि हाम्रो समाजमा दोहोरिए पनि भागरथी भट्टको हत्या आरोपी सार्वजानिक भएसँगै पिडित परिवारले न्य...
सामाजिक सुरक्षा योजनाको कार्यविधि संशोधन
अर्थ/व्यापार, समाचार

सामाजिक सुरक्षा योजनाको कार्यविधि संशोधन

सरकारले सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५ संशोधन गरेको छ। सामाजिक सुरक्षा कोषका प्रवक्ता विवेक पन्थीका अनुसार सामाजिक सुरक्षाको विश्वव्यापी आधारभूत मान्यताका साथै रोजगारदाता तथा श्रमिकहरूले उठाउँदै आएका माग, चाहाना र आकांक्षाहरूलाई सम्बोधन गर्ने उद्देश्यले त्रिपक्षीय छलफल, अन्तर्किया र सहकार्यका माध्यमबाट कार्यविधिको दोश्रो संशोधन गरिएको हो।उनका अनुसार मन्त्रिपरिषद्को गत माघ २९ गतेको बैठकले सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५ (दोश्रो संशोधन) स्वीकृत गरेसँगै कार्यान्वयनमा आएको छ। दोस्रो संशोधनले विगतको कोषलाई परिमार्जन गरी धेरै विषय समेटिएको कोषले जनाएको छ। औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना सुविधाका लागि योग्य हुन जम्मा गर्नुपर्ने योगदान रकम निरन्तर तीन महिना हुनुपर्ने प्रावधानलाई थप स्पष्ट बनाइएको कोषले जनाएको छ। त्यसैगरी नयाँ संशोधनमा कोषले अस्...
प्रणय दिवसमा डीआरको ‘कफी लभ’
मनोरन्जन, समाचार

प्रणय दिवसमा डीआरको ‘कफी लभ’

गीत लेखनबाटै गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाएका गीतकार डा. डीआर उपाध्यायको ११ औं उपन्यास ‘कफी लभ’ सार्वजनिक भएको छ । प्रणय दिवसको अवसर पारेर राजधानीमा आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, आख्यानकार भुवनहरि सिग्देललगायतले उपन्यास संयुक्त रुपमा विमोचन गरे । उपन्यासमा भारतको देहरादुनको दुन विश्वविद्यालयमा पढ्दै गरेका पाँच नेपाली विद्यार्थीहरुबीचको कलेज अध्ययनका क्रममा भएका विभिन्न घटना र उनीहरुको आपसी प्रेमलाई प्रस्तुत गरिएको छ । कुलपति उप्रेतीले अहिलेका तन्नेरी पुस्ताको प्रेम एवम् जीवनशैली र वर्तमान नेपाली समाजको अवस्थालाई उपन्यासले छर्लङ्ग पारेको दाबी गरे । आख्यानकार भुवनहरि सिग्देलले उपन्यासले प्रेमको परिभाषा सामाजिक मूल्य र मान्यता भन्दा फरक किसिमले दिएको बताए । उपन्यास पढ्ने पाठकले आफ्ना कलेज दिन सम्झने उनको भनाई थियो । आख्यानकार डा. उपाध्यायल...
निर्वाचन आयोगले बोलायो दलहरुलाई, दुबै नेकपालाई एउटै पत्र
राजनीति, समाचार

निर्वाचन आयोगले बोलायो दलहरुलाई, दुबै नेकपालाई एउटै पत्र

निर्वाचन आयोगले निर्वाचनको विषयमा छलफल गर्न सबै राजनीतिक दलहरुलाई बोलाएको छ। सरकारले बैशाख १७ र २७ गते निर्वाचन गर्ने घोषणा गरेपछि पहिलो पटक निर्वाचन आयोगले दलहरुलाई छलफलका लागि पहिलो पटक बोलाएको हो। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आइतबार ११ बजेका लागि दलहरुलाई आयोगमा बोलाइएको जानकारी दिए। निर्वाचन आयोगमा दर्ता भएका सबै दलहरुलाई बैठकमा बोलाइएको उनले बताए। दलहरुलाई छलफलका लागि बोलाउँदा नेकपाको विषयलाई लिएर भने आयोगलाई अलमल भएको छ। नेकपा अहिले दुई समूहमा क्रियाशील भएको तर विभाजनले औपचारिकता नपाएको बेला आयोगले पुरानै नेकपालाई पत्र लेखेको छ। आयोगका प्रवक्ता श्रेष्ठले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड दुबै जना अध्यक्षलाई सम्बोधन गरी पत्र पठाइएको बताए।...
चक्रपथ स्थित अरिकल इभेन्टको ‘भ्यलेन्टाइन डे’ अफर
अर्थ/व्यापार, समाचार

चक्रपथ स्थित अरिकल इभेन्टको ‘भ्यलेन्टाइन डे’ अफर

‘भ्यलेन्टाइन डे’ लाई मध्यनजर गर्दै चक्रपथको अरिकल इभेन्टले विशेष अफर सार्वजनिक गरेको छ । अरिकल इभेन्टले फेब्रुअरी १४ मा पर्ने प्रेमदिवसको अवसरमा २५०० रुपैयाँमा रेड वाईन सहित बिबिक्यु अफर ल्याएको हो । प्रेम दिवसलाई प्रेमिल र सौहार्दपूर्ण वातावरण माझ मनाउन क्याण्डल लाइटस् डिनरको रोमान्टिक अफर ल्याएको संचालक होम बुढाथोकी जानकारी दिए । अरिकल इभेन्टको संक्षिप्त परिचय काठमाडौ स्थित चक्रपथमा अवस्थित अरिकल इभेन्ट बुढाथोकी ब्यापारिक घरानाको पहिलो तर उच्च स्तरिय नेपालको पहिलो पाँचतारे ब्यान्केट हो । लामो समयको तयारीका साथ पूर्ण गृहकार्य गरेर निर्माण गरिएको यो ब्यन्केट आकर्षक पनि छ । हरेक एङगलबाट उत्कृष्ट देखिने यो भेन्यु धेरैको रोजाइमा पर्न थालेको छ । विवाह,ब्रतबन्ध कर्पोरेट पार्टीहरु बाहेक म्युजिक भिडियो सुटका लागि पनि अरिकल इभेन्ट उपर्युक्त छ । लोकेसन र यसको इन्टेरियर डिजाईनले जो कोहीलाई लोभ...