समाचार

नेताहरु फुटेर होइन, जुटेर अघि बढ
राजनीति, समाचार

नेताहरु फुटेर होइन, जुटेर अघि बढ

-डा.डिआर उपाध्याय, देशको राजनीति अहिले उतारचढावमा छ । मुलुकमा नयाँ किसिमको राजनीतिक धु्रवीकरण बढेर गएको छ । अब के हुन्छ, कसको सरकार बन्छ ? अहिले यी प्रश्न उठेका छन । अव नेपाली काँग्रेसकोे भूमिका के हुन्छ ? जनता समाजवादी पार्टीले के सोचेको छ ? नेकपाको आधिकारिकता विवादबारे सर्वोच्च अदालतले अन्तिम फैसला सुनाएको छ । नेकपाको आधिकारिकता ऋषि राम कटेलले पाएका छन । सरकार शान्ति, समृद्धि र स्थायित्व कायम गर्ने दिशाामा अघि बढिरहेको छ । पछिल्ल्लो दिनमा नेकपाको विप्लव समूहसँग वार्ताको पहल सफल भयो । प्रचण्ड–माधव समूहको असहयोगले प्रधानमन्त्री ओलीलाई तनाव छ । देशमा विकास निर्माणका कार्यले तीव्रता पाउनु पर्छ । नेपाली जनताले सोचेअनुरूपका विकास निर्माणकार्य अझै हुन सकिरहेका छैनन् । अहिले विगतमा जस्तै सरकार बनाउने र गिराउने फोहोरी खेल फेरि सुरु हुँदै छन । एक–अर्कालाई गालीगलौज गर्ने गलत परम्पराको अन्त्य ...
फेसियल हाउसललाई “नेपाल्स नम्बर वान ब्युटी सैलुन “अवार्ड प्रदान
अर्थ/व्यापार, समाचार

फेसियल हाउसललाई “नेपाल्स नम्बर वान ब्युटी सैलुन “अवार्ड प्रदान

फागुन २३,काठमाडौं । समय सान्धर्भिक रुपका फेशनलेबल डिजाईन मेकअप साथै सौन्दर्य क्षेत्रको अग्रणी व्यापारिक प्रतिष्ठान ब्यूटीसियन तथा हेयर डिज़ाइनरलाई हेयर स्टाईल सम्बन्धी एडभान्स सिप उपलब्ध गराउने प्रख्यात ब्यूटि सैलुन फेसियल हाउसलाई “नेपाल्स नम्बर वान ब्युटी सैलुन”अवार्ड प्रदान गरिएको छ । मोडल सङ्ग्स नेपालको आयोजनामा‘ नेपाली कला,संस्कृति,सष्ट्रा तथा सर्जकको सम्मानमा समर्पित अन्तर्राष्ट्रिय अवार्ड’मोडल सङ्ग्स अवार्ड दोश्रो संस्करण २०२०’एक भव्य समारोहका बिच फेसियल हाउसलाई अवार्ड प्रदान गरिएको हो। कार्यक्रममा फेसियल हाउसका प्रवन्ध निर्देशक सुषमा महराले उक्त अवार्ड लिएकी थिइन । फेसियल हाउसल अहिले काठमाडौंको काठमाडौं मल , सिटिसि मल र चावेल गणेश थान र पोखराको पोखरा ट्रेडमलमा सञ्चालीत छ । निर्देशक महराका अनुसार फेसियल हाउसको काठमाडौंमा थप एक र काठमाडौं वाहिर एक ब्रान्च थपको लागि काम भईरहेको जना...
किरण माईकल घिमिरेको शब्दमा “वर आउन माया’’को भिडियो सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

किरण माईकल घिमिरेको शब्दमा “वर आउन माया’’को भिडियो सार्वजनिक(भिडियो)

सुदिप आत्रय र किरण माईकल घिमिरेको शब्दमा गायक निशान भट्टराई र एलिना चौहानको स्वरमा नँया गित वर आउन सार्वजनिक भएको छ । संगित किरण माईकल घिमिरेको, संगित संयोजन शैलेन्द्र म. प्रधानको छ ।  https://youtu.be/xJKsjklI7mM भिडियोमा सोनल तामाङ्ख र मलिका महत र बाल कलाकार सौगात अधिकारीको अभिनय रहेको छ । क्यामेरा अरोन अशो कुमार सिका, कोरियोग्राफर तुलसा पहाडी, सम्पादन पदम सुवेदी, कलर ग्रेडिगं मिलन बिश्वकर्माको रहेको छ सो भिडियोको निर्देशकको रुपमा लक्ष्मण सुनवारको रहेको छ । सो म्युजिक भिडियोलाई एसथ्रि ईन्टरटेन्मेट (S3K Entertainment) को Youtube Channel मा हेर्न सकिनेछ ।...
दलभित्रको आन्तरिक मतभेदले व्यवस्थाप्रति प्रहार नहोस्
राजनीति, समाचार

दलभित्रको आन्तरिक मतभेदले व्यवस्थाप्रति प्रहार नहोस्

डा.डिआर उपाध्याय, देश फेरि विधि र लयमा फर्किए पनि राजनीतिक अस्थिरता हुने संकेत देखिन्छ। राजनीतिमा दलीय स्वार्थ बढेर गएको छ । अप्रत्याशित रूपमा संसद बिघटन भएपछि नेकपा दुइ खेमामा बिभाजित भयो । अहिले संसद पुनस्थापना भएको छ । संसद पुनस्थापना भए पनि नेकपा एक हुन सकेको छैन । सरकार कामचलाउ हैसियतमा छ । प्रधानमन्त्री केपी ओलीका सामु अहिले पुनः विश्वासको मत लिने वा अर्को कदमको सामना गर्ने भन्ने चुनौती छ । अदालतले गरेको निर्णयले विधिको शासनको रक्षार्थ र संविधानवादको सुनिश्चितता गरे पनि अबको राजनीतिक परिणाम के हुने हो भन्ने चिन्ता छ । हाम्रो देश संक्रमणकालीन राजनीतिक उतारचढावबाट ग्रसित हुदै आएको छ । नेपालको राजनीतिक बदलिँदो परिवेशले फेरि पनि राजनीतिक संक्रमणको स्पष्ट संकेत देखाएको छ।नागरिकका चाहना विधिको शासन, विकास र राजनीतिक स्थिरता हो। दलीय स्वार्थले विधि र व्यवस्थाको दुर्घटना नहोस् भन्ने हो...
फरिता खड्का अभिनित ‘सल्लाघारी’ बोलको गीतको भिडियो सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

फरिता खड्का अभिनित ‘सल्लाघारी’ बोलको गीतको भिडियो सार्वजनिक (भिडियो)

दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेकी फरिता खड्का अभिनित ‘सल्लाघारी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । लोक लयमा आधारित गीतमा गायिका रानी शाक्यको स्वर रहेको छ भने राजेश शाक्यको शब्द तथा बिक्रम थापाको संगीत रहेको छ । https://www.youtube.com/watch?v=E8DFVXTJApw भिडियोमा फरितासंगै, जिबेश गुरुङको अभिनय रहेको छ भने निर्देशन देव धिमालको रहेको छ । जीवनमा केही गर्नुपर्छ भन्ने सोच लिएकी मोडल फरिता खड्का नेपाली सिने क्षेत्रकी आशालाग्दी मोडल हुन् । सानै उमेर देखि चलचित्रको नायिका बन्ने सपना देख्दै आईरहेकी फरिता खड्का अभिनयसंगै नृत्यमा पनि पारंगत छिन । उदयपुर, बेलका न.पा. ९ की स्थानीय बासिन्दा फरिता खड्का अभिनय क्षेत्रमा विगतका केही समयदेखि सकृय रुपले लागिपर्दै आईरहेकी छन् । म्युजिक भिडियोको मोडलिङसंगै उनि र्‍याम्प मोडलिङ र अन्य स्टेज कार्यक्रममा समेत सक्रिय रुपमा लागिपरेकी छ...
ग्रेट होली फेशन फेस्ट एण्ड प्रोम्पको प्रथम अडिसन सम्पन्न दोश्रो अडिसन फाल्गुन २७ मा
मनोरन्जन, समाचार

ग्रेट होली फेशन फेस्ट एण्ड प्रोम्पको प्रथम अडिसन सम्पन्न दोश्रो अडिसन फाल्गुन २७ मा

ग्रेट होली फेशन फेस्ट एण्ड प्रोम्पको प्रथम अडिसन सम्पन्न दोश्रो अडिसन फाल्गुन २७ मा हुने भएको छ । ग्रेट होली फेशन फेस्ट एण्ड प्रोम्पको प्रथम अडिसन सम्पन्न भएको छ । उक्त अडिसन शखंमुल स्थित रिगल रेस्ट्रो एन्ड लन्ज मा शनिवार सम्पन्न भएको हो । कुल २१ जनाले सहभागीता जनाएको उक्त अडिसनबाट १२ जना किशोर किशोरी को छनौट भएका छन् । अडिसनमा नायक महेश धामी मोडल पुजन गौतम र कोरियोग्राफर के.डि भट्टराई ले निर्णायकको भूमिका निर्वाह गरेका थिए । ग्रेट भिजन इभेन्ट एन्ड मिडिया को आयोजनामा हुन लागेको उक्त इभेण्टमा इभेण्ट क्षेत्रमा केही नौलोपन दिने उदेश्यका साथ उमङको पर्वका रुपमा रहेको होलीको अवसर पारेर मिडियाले होली फेशन फेस्ट एण्ड प्रोम्प गर्न लागेको ईभेण्ट आयोजक ग्रेट भिजन इभेन्ट एन्ड मिडिया अध्यक्ष एवम् प्रबन्ध निर्देशक ले जानकारी दिए । होलि को एक दिन अगाडिको दिन अर्थात चैत १४ गते फेशन र्याम्प, डान्स, म्य...
स्वार्थको राजनीति मौलाउँदै
राजनीति, समाचार

स्वार्थको राजनीति मौलाउँदै

-डा.डिआर उपाध्याय, अहिले पहिला जस्तो निष्ठाको राजनीति छैन । नेताहरुको आचरण र व्यवहारमा कुनै परिवर्तन आउन सकेको छैन । जनताको विश्वास जित्न निष्ठाको राजनीति चाहिन्छ । निष्ठाको राजनीतिले नै देशलाई अघि बढाउछ । राजनीति भनेको समाजसेवा हो । तर नेपालमा राजनीतिलाई ब्यापार जस्तो बनाइएको छ । यसले गर्दा देश बिग्रिएको हो । देशको बिकास हुन नसकेको कारण पनि यो हो । समाजको बिकास नभइ देशको बिकास हुन सक्दैन । राजनीतिक दल र तिनका नेताहरु सवै भन्दा पहिला इमान्दार हुनु पर्छ । इमानको राजनीतिले नै देशलाई अघि बढाउन सकिन्छ । इमानको राजनीति भनेको सफलताको कडी हो । जनविश्वासमा आधारित बनेर गरेको राजनीति टिकाउ र दिगो हुन्छ । राजनीतिक दल र तिनका नेताहरु देश प्रति संवेदनशील बन्नु पर्छ । अनि मात्र देशले प्रगति गर्छ । निष्ठाको राजनीति नहुनाले राजनीति दूषित बनेको छ । दूषित राजनीति व्यक्तिको लाभ र स्वार्थसँग सम्बन्धित ह...
४८१३ मिटर उचाईमा निर्माण भएको ‘गोक्यो रि’ को अडियो भिडियो सार्वजनिक(भिडियो सहित)
मनोरन्जन, समाचार

४८१३ मिटर उचाईमा निर्माण भएको ‘गोक्यो रि’ को अडियो भिडियो सार्वजनिक(भिडियो सहित)

नेपाली गित संगितको दुनियामा नेपाली साहासीक कलाकारहरुको टोलिले एउटा छुट्टै नयाँ आयम थपेका छन । कोरोना महामारिले विश्वको जनजीवन मात्र नभै सबै क्षेत्रका उद्योगहरु बन्दा हुने अवस्थामा पनि नेपाली कलाकारहरुले नेपाली गित संगितसङ्ग नजिक रहेर एउटा साहासिक र ऐतिहासिक काम सम्पन्न गरेका छन । दैनिक जसो गित रेकर्ड गर्न ब्यस्त स्टुडियोहरु अहिले बन्दा जस्तै रहेको बेला सोलुखुम्बु जिल्लाको हिमाली क्षेत्र गोक्योमा कलाकारहरु बाद्यबादन र रेकर्डिङका लागि आवस्यक उपकरण सहित पुगेर लाईभ बाजा बजाएर सोही ठाउमा अडियो रेकर्ड तथा भिडियो छायांकन सम्पन्न गरि गोक्यो रि नामक म्युजिक भिडियो सार्बजनिक गरेका छन। भिडियो भखरै गायिका तथा मोडेल बबिना किराँतीको अफिसियल युट्युब च्यानलबाट अपलोड भएको छ । झट्ट सुन्दाअसम्भव जस्तो लाग्न सक्छ तर कलाकारहरुले यसलाई ४८१३ मिटर उचाईमा अडियो तथा भिडियो छायांकन गरि सम्भव बनाएका छन । उक्...
“चौथो राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२१”को मनोनयन सूची सार्वजनिक
मनोरन्जन, समाचार

“चौथो राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२१”को मनोनयन सूची सार्वजनिक

पीम नेपालको प्रस्तुती रहेको नेपालको पहिलो समावेशी अवार्ड “चौथो राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२१”को मनोनयन सूची सार्वजनिक गरिएको छ । आयोजकले एक विज्ञप्ति मार्फत ५३ विधाका लागी आज उत्कृष्ट परेकाहरुको मनोनयन सूचि सार्वजनिक गरेको हो । नेपाल भित्र छरिएर रहेका विविध भाषामा तैयार भएका गीत संगीतहरुको प्रवद्र्धनमा सहयोग पुर्याउने उदेश्यले विगत तीन वर्षदेखि नियमित आयोजना हँुदै आएको अवार्ड श्रष्टा र सर्जकहरुलाई प्रोत्साहन गर्ने उदेश्यले नियमित आयोजना हुँदै आएको कार्यक्रमका अध्यक्ष माधवराज खरेलले बताए । यसपटकको अवार्डमा नेपाली मुलभाषा अन्तर्गत (स्वदेशगान, गजल, आधुनिक, पप, लोकपप र लोकदोहोरी सहित ६ विधा समावेश भउको छ भने नेपालमा वोलिने अन्य विभिन्न राष्ट्रिय भाषाहरु अन्तर्गत नेपाल भाषा, देउडा भाका, तामाङ भाषा, तामाङ सेलो, काँठे भाका, थारु भाषा , लिम्बु भाषा , भोजपुरी भाषा र मैथली भाषा गरेर ५३...
चलचित्र ‘तिम्रो हुने कहिले ?’को शीर्ष गीत सार्वजनिक (भिडियोसहित)
मनोरन्जन, समाचार

चलचित्र ‘तिम्रो हुने कहिले ?’को शीर्ष गीत सार्वजनिक (भिडियोसहित)

चलचित्र ‘तिम्रो हुने कहिले ?’को शीर्ष गीत सार्वजनिक भएको छ । राजधानीमा बुधबार एक कार्यक्रमबीच गीतको भिडियो सार्वजनिक भएको हो । रोमाण्टिक भावको यस युगल गीतमा चर्चित गायक बबुल गिरी र सुजाता केसीले स्वर दिनुभएको छ । प्रस्तुत गीतमा शब्द, सङ्गीत र सङ्गीत संयोजन बाबुल गिरीको छ । चोखो मायालाई गहिरो तरिकाले उजागर गर्न खोजिएको यस गीतमा नितु पौडेल र रमिला बानले कोरस स्वर दिनुभएको छ । मनोज डङ्गोलको रेकर्डिङ र मिक्सिङ रहेको यो गीतको गिरिस रिजालले डबिङ गर्नुभएको हो । गीतको भिडियो क्लासिक फार्म मुभीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । https://www.youtube.com/watch?v=ynAoBJqMmGs गीतको भिडिओमा प्रकाश चन्द, मौसमी ओली, कारण पाण्डे, सविन बास्तोला, शारदा गिरी, मिना जिसी, सुधन धिताल, मुस्कान रेग्मी, मोहन घिमिरे, सुपा खनाल, ललित सिंह साउद, सेखर खनाल, सश अधिकारी, रचना पौडेल, काजल गिरी,...