भक्तपुर फेशन रनवे,२०२१’ सम्पन्न
भक्तपुर स्थित इम्पेरियल बैंक्वेटमा ‘भक्तपुर फेशन रनवे’ भब्य रुपमा सम्पन्न भएको छ । लु खा ईभेन्टसको आयोजना तथा रोश्ना मेकअप स्टुडियो र क्याप्चर मोशन नेपालको सहकार्यमा ‘भक्तपुर फेशन रनवे, २०२१’ नाम दिइएको उक्त शो मा दुई दर्जन भन्दा बढि चर्चित मोडलहरु र्याम्पमा उत्रिएका थिए । कोरियोग्राफर आशिष नापित तथा उजोल सन्धाको कोरियोग्राफीमा संचालित रन वे शोमा गायक मानस राज, भोईस अफ नेपाल सिजन २ का प्रतिस्पर्धी गायक कुमा सागर लगायतले आफ्नो सांगितिक प्रस्तुति दिएका थिए।
नेपाल आईस नेचुरा, श्री जनशक्ति सेभिङ एण्ड क्रेडिट को अपरेटिभ, सुर्य किरण सेभिङ एण्ड क्रेडिट को अपरेटिभ तथा हुण्डाई ईलेक्ट्रोनिक्सको प्रायोजन रहेको उक्त फेशन रन वेमा बेस्ट मोडलको उपाधी प्रतिक मुलगुठीले हात पारे। बेस्ट मोडल छनौटका लागि ग्लोवल अनलाईन पे मार्फत अनलाईन भोटिङ गरिनुको साथै रनवेमा गरेको प्रदर्शनलाई आधार मानिएको थियो। प्रजिता श...








