समाचार

डा.डिआरले पारे विश्वमै पहिलोपटक एकै दिनमा गीति एल्बम तयार
मनोरन्जन, समाचार

डा.डिआरले पारे विश्वमै पहिलोपटक एकै दिनमा गीति एल्बम तयार

गिनिज बुक अफ वर्ल्ड रेकर्ड सहित गीत-सङ्गीत क्षेत्रका फरक फरक विधामा ३२ वर्ल्ड रेकर्ड राख्न सफल गीतकार डा. डीआर उपाध्यायले आज एकैदिनमा सिङ्गो गीति एल्बम तयार पारेका छन् । गीतकार उपाध्यायको एकल शब्दरचनामा रहेको गीति एल्बम धड्कन आज दिनभरिमा लाइभ बाजा, भोकल रेकर्डिङ, मिक्सिङ्, माष्टरिङ् र डबिङ् सहित तयार गरी साँझ ७ बजे बिमोचन गरिएको हो । अनामनगरस्थित एक्शन रेकर्डिङ स्टुडियोका प्राविधिक पवन बिकले रेकर्ड गरेको यस एल्बमका चारैवटा गीतको मिक्सिङ्/माष्टरिङ् गोविन्द सोनीले गरेका हुन् । गीतकार डा. डीआर उपाध्याय, एल्बमका सङ्गीतकार सागर अधिकारी ‘शरद’, विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठ, रेकर्डिष्ट पवन बिक, साउण्ड इन्जिनियर गोविन्द सोनी, एरेन्जर देवेन्द्र नेवा, कवि तथा निर्देशक हेम प्रभाष, पत्रकार तुलसी गिरी ‘भावुक’, गायक अशोक बराल र युथ क्रिएशनका सञ्चालक रमेश थापा...
बलात्कारको आरोप लगाउँदै रकम असुल्ने पक्राउ
अपराध, समाचार

बलात्कारको आरोप लगाउँदै रकम असुल्ने पक्राउ

काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बस्ने एक पुरुषलाई लालसरीले काठमाडौं सुन्धारास्थित गेष्ट हाउसमा भेट्न बोलाई गोप्यरुपमा भिडियो बनाएर म्यासेन्जर मार्फत ब्ल्याकमेलिङ गरी आईएमई मार्फत् लाखौं रुपैयाँ लिएको आरोपमा उनीहरूलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो। संस्थागत कामको शिलसिलामा लालसरीले चिनजानका ५२ वर्षीय पुरुषलाई सुन्धारास्थित होटलमा सबै पैसा हराएको कारण सहयोग गरिदिन अनुरोध गरे पश्चात भेट्न गएका ती पुरुषको समेत गोप्य भिडियो बनाई पैसा नदिए घरपरिवार साथै प्रहरी समेतमा उजुरी दिई फसाइदिने भन्दै पटक पटक गरी ३ लाख २ हजार ५ सय लिइसकेको अनुसन्धानबाट खुल्न आएको छ। लालसरी २०६६ मंसिरमा अपहरण गरी कर्तव्य गरेको घटनामा जिल्ला अदालत बाँकेबाट १४ वर्ष जेल सजाय फैसला भएकोमा ७ वर्ष जेल बसी उच्च अदालत बाँकेको फैसलाले २०७४ मंसिर २२ गते १ लाख रुपैयाँ धरौटीमा छुट...
स्वरोजगार बन्ने सीप, दक्षता र उद्यमशीलता आजको आबश्यकता
अर्थ/व्यापार, समाचार

स्वरोजगार बन्ने सीप, दक्षता र उद्यमशीलता आजको आबश्यकता

डा.डिआर उपाध्याय, देशमा बेरोजगारी समस्या दिनौं बढदै गएको छ । यो चिन्ताको बिषय हो । बेरोजगारी समस्या समयमै समाधान हुन सकेन भने देशमा असन्तुष्टिका स्वरहरु गुञ्जिन थाल्छन । यसलाई समयमै सम्बोधन गर्ने कार्य प्रभावकारी हुन जरुरी छ । यदि समयमै यो समस्या समाधान गर्न सकिएन भने यसले अझ भयावह रूप लिने निश्चित छ । सरकारको नीति तथा कार्यक्रम र बजेटमा उल्लेख भएअनुसारका रोजगार सिर्जनाका कार्ययोजनाको प्रभावकारी कार्यान्वयनको खाँचो छ । स्थानीय, प्रदेश र संघ तीनै तहबाट रोजगार सिर्जनाको कार्यलाई प्राथमिकताका साथ अघि बढाउनु पर्छ । देशमा रोजगारीको अवसर नपाएर युवा जनशक्ति खाडी मुलुक देखि अन्य मुलुकमा पलायन हुन बाध्य छन । राज्यले ती युवामा आशा, भरोसा र विश्वास जगाउन सक्नु पर्छ । हाम्रो देशका युवामा केवल निराशा र वितृष्णा मात्रै छ । यसो हुनुको कारण पनि छ । देशमा गरि खाने शिक्षा भएन । अहिले सम्म पनि नेपालको ...
जेठमा आउँदै ‘चोर र पुलिस’
मनोरन्जन, समाचार

जेठमा आउँदै ‘चोर र पुलिस’

आरएल लामाको निर्देशनमा निर्माण भएको चलचित्र ‘चोर र पुलिस’ जेठ पाँचदेखि सिनेमाघरमा आउने भएको छ । छायाँकनको सम्पूर्ण काम सकाएर पोष्ट प्रोडक्सनमा रहेको चलचित्र ‘चोर र पुलिस’ जेठ पाँचदेखि आम दर्शकमाझ आउन लागेको हो । दोलखा, सिन्धुपाल्चोक, मुडे, चरिकोटल, कुलेखानी, हेटौडा, पोखरा र काठमाडौंलगायतका स्थानमा छायाँकन गरिएको यो चलचित्रमा बुद्धी तामाङ, सुलेमान शंकर ‘इकु’, जयनन्द लामा, धिरन शाक्य ,कविता राय, रेशम फिरिरि, रामचन्द्र अधिकारी, सुरविर पण्डित, कविता राय, बालबलाकारमा अर्नव बिष्ट, कौसल राईलगायतको अभिनय रहेको छ । आरएल फिल्म इन्टरटेनमेन्ट प्रा.लि.को ब्यानरमा बन्ने चलचित्रका निर्माता सोनाम मोक्तान, लङ्कामाया मोक्तान हुन् । निर्देशक लामाकै लेखन रहेको चलचित्रले नचाहादा नचाहदै चोर बन्नुपर्ने बाध्यता र पुलिसको कतब्यै बिषयबस्तु बनाएको छ । चलचित्रका प्रस्तुतकर्ता खड्ग लामा मोक्तान हुन् । चलचित्र...
प्रमोद खरेलको स्वरमा ‘समयले’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

प्रमोद खरेलको स्वरमा ‘समयले’ सार्वजनिक(भिडियो)

प्रमोद खरेलको स्वरमा रहेको गीत ‘समयले’ सार्वजनिक भएको छ । लिलानाथ घिमिरको शब्द, रमेश खडकाको सङ्गीत रहेको गीत ‘समयले’को भिडियो सार्वजनिक भएको हो । कृष्ण पाण्डेको निर्देशन रहेको गीतको भिडियोमा आस्मा ज्वेल श्रेष्ठ, कृष्ण पौडेल, कोमल देवकोटा, लोएनस खडका फिचरिङ छन् । सुजन श्रेष्ठको छायाँकन रहेको भिडियोमा युवराज खत्रीको डिओपी, कलर र सम्पादन छ । https://www.youtube.com/watch?v=Evn70uvt_cw एक्टिभ फिल्मस् प्रा.लि.को पोष्ट प्रोडक्सन रहेको गीतको भिडियो तारा सितारा प्रोडक्सनको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ । केही चलचित्र निर्देशन गरेका कृष्ण पौडेल पछिल्लो समय म्युजिक भिडियोमा ब्यस्त छन् ।...
काभ्रे केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गयो
समाचार, समाज

काभ्रे केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गयो

काभ्रेपलाञ्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहीबार बिहान १० बजेर ५ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार काभ्रेपलाञ्चोक केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो । काभ्रे र आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको थियो ।
हिजोको एमाले र आजको एमाले
राजनीति, समाचार

हिजोको एमाले र आजको एमाले

डा.डिआर उपाध्याय, कुनै बेला नेकपा (एमाले) को नेतृत्व ब्यवस्थित र चुस्तदुरुस्त थियो भन्ने मानिन्छ । मनमोहन र मदन भण्डारीको पाला एमाले मुलुकको ऊर्जाशील राजनीतिक शक्ति मानिन्थ्यो । त्यस बेला नेता कार्यकर्ता अनुशासित थिए । देश र जनताका लागी ज्यान दिन समेत तयार हुन्थ्ये । हिजोको एमाले र आजको एमालेमा आकाश जमिनको फरक छ । अहिले हिजोको जस्तो त्यस्तो त्यागी स्थिती छैन । कार्यकर्ताले नेताको बिश्वास गर्न छाडि सके । त्यति लामो त्याग तपस्या र दुःखले हुर्काए बढाएको पाटी नेकपा एमाले अहिले विभाजन र विघटनको संघारमा उभिएको छ । नेकपा एमालेका तमाम नेता कार्यकर्ताहरु चिन्तित छन । बिगतमा नेकपा एमालेमा हजारौं जुझारु कार्यकर्ता थिए । ती कार्यकर्ताहरु अहिले छिन्न भिन्न छन । २०४७ साल कात्तिकमा नेकपा (माले) र नेकपा (माक्र्सवादी) मिलेर नेकपा (एमाले) गठन भएको थियो । नेकपा एमालेको अध्यक्ष मनमोहन अधिकारीलाई बनाइएको...
“मिस टिन काठमाडौं आईकन” र “टप मोडल युनिभर्स” को अन्तिम स्पर्धा सम्पन्न
मनोरन्जन, समाचार

“मिस टिन काठमाडौं आईकन” र “टप मोडल युनिभर्स” को अन्तिम स्पर्धा सम्पन्न

काठमाडौँ — चैत्र ४, २०७७। न्यु राईज ईन्टरटेनमेन्टद्वारा आयोजित सौन्दर्य प्रतियोगिता “मिस टिन काठमाडौं आईकन, २०२१” र “टप मोडल युनिभर्स,२०२१” को अन्तिम स्पर्धा सम्पन्न भएको छ। राजधानीको जडिबुटीस्थित जडिबुटी बैंक्वेटमा सम्पन्न भएको “मिस टिन काठमाडौं आईकन, २०२१” को शिर्ष विजेताको ताज सनिया बिष्टले पहिरिईन भने “टप मोडल युनिभर्स,२०२१” को शिर्ष बिजेताको ताज सामना खत्रीले पहिरिईन। विजेताले उपाधीसंगै विभिन्न आकर्षक गिफ्ट ह्यापरहरु प्राप्त गरेका थिए । “मिस टिन काठमाडौं आईकन, २०२१” तर्फको अन्तिम प्रतियोगितामा साहारा गिरी फर्स्ट रनर अप भईन भने “टप मोडल युनिभर्स,२०२१” तर्फ शनी सिंह फर्स्ट रनर अप भए । त्यसैगरी टप मोडल एसिया क़ृष्टिना श्रेष्ठ, मिस टिन चार्मिङ ईन्टरनेशनल प्रतिष्ठा ढकाल , मिस्टर टिन अनुराग भट्ट, मिस्टर प्रि टिन सलोम तामाङ, एम्बास्डर ईशिका चौधरी र मिस प्रि टिन सुहाना थापा घोषित भए। कोरिय...
राजनीतिक अन्योलका बेला राष्ट्रपति भण्डारीको मध्यस्थता स्वागतयोग्य
राजनीति, समाचार

राजनीतिक अन्योलका बेला राष्ट्रपति भण्डारीको मध्यस्थता स्वागतयोग्य

डा.डिआर उपाध्याय, राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो सर्वदलिय बैठक बोलाउनु भयो । यस्तो राजनीतिक अन्योलका बेला राष्ट्रपति भण्डारीको मध्यस्थता स्वागतयोग्य कुरा हो । पुस ५ गते सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटनको घोषणा गर्नु भयो । यसमा उहाँ बिवादित पनि बन्नु भयो । प्रतिनिधिसभा विघटन भए पछि राजनीतिक दल, नागरिक समाजका साथै विभिन्न संघ संगठनहरु आन्दोलन गर्न बाध्य भए । दिनौं जसो सडक आन्दोलन भए । उनीहरुले सडक आन्दोलनवाट विघटित प्रतिनिधिसभा पुनर्स्थापना हुनु पर्ने माग राखेका थिए । जसअन्तर्गत सर्वोच्च अदालतले फागुन २३ प्रतिनिधिसभा पुनस्थापनाको फैसला सुनायो । प्रतिनिधिसभा पुनर्स्थापना भएपछि प्रधानमन्त्री ओलीले राजीनामा गर्नु होला भन्ने धेरैले सोचेका थिए । तर, उहाँले राजीनामा दिनु भएन । यहीबीचमा नेकपा विवादबारे सर्वोच्च अदालतलको फैसला आयो । फैसला पछि एमाले र म...
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
अर्थ/व्यापार, समाचार

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले मंगलबार मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ मूल्य बढाएको हो । अब नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर ११८ पुगेको छ भने डिजेल, मट्टीतेल प्रतिलिटर १०१ पुगेको छ। यसैगरि हवाई इन्धन आन्तरिकको साविक मूल्यमा दुई रुपैयाँले वृद्धि भएको छ। अब हवाई इन्धन प्रतिलिटर ७४ रुपैयाँ पुगेको छ। खान पकाउने एलपी ग्यास तथा हवाई इन्धन अन्तर्राष्ट्रियतर्फको खुद्रा बिक्री मूल्य भने हाललाई यथावत नै राखिएको छ। अझै पनि पेट्रोलमा ९ रुपैयाँ ३५ पैसा, डिजेलमा प्रतिलिटर पाँच रुपैयाँ ८० पैसा तथा खाना पकाउने एलपी ग्याासमा प्रतिसिलिण्डर ३९२ रुपैयाँ ८२ पैसा घाटा रहेको निगमको दाबी छ। जसअनुसार अर्धमासिक रुपमा निगमलाई एक अर्ब २७ करोड ७० लाख बराबरको घाटा रहेको दाबी गरिएको छ। निगमले यसअघि फागुन ४ र १७ गते पेट्रोलियम प...