नेपालकी वरिष्ठ व्यूटिसियन मनिषा जिसीलाई दुवईमा अन्तराष्ट्रिय अवार्ड
नेपालकी वरिष्ठ सौन्दर्यकर्मी मनिषा जिसी क्षेत्रीले अन्तराष्ट्रिय अवार्ड जितेकी छिन । उनले हालै दुवईको अबजद ग्राण्ड होटलको भव्य हलमा आयोजित ग्लोबल ईन्टरनेशनल अवार्डको दोश्रो संस्करणको विशेष समारोहमा युएईका रोयल फेमिलीका सेक्रेटरी साहिद खालिफा साहिद मुसाब्वे तथा समारोहका विशेष अतिथी हरुको हातबाट उक्त अवार्ड प्राप्त गरेकी थिईन । वल्र्ड वाईड मिडिया नेटवर्क आयोजना तथा ४८ वटा भन्दा वढि राष्ट्रहरुमा शाखा भएको ईनास ग्लोबलको युएई शाखाको सहकार्यमा आयोजित उक्त अवार्ड समारोह आयोजना गरिएको थियो । नेपालबाट विविध प्रक्रिया सम्पन्न गरि छनौटमा परेर दुवईमा भएको उक्त अन्तराष्ट्रिय अवार्डमा सर्वोत्कृष्ट सौन्दर्य विशेषज्ञ विधाबाट अवार्ड उचालेकी थिईन । सौन्दर्य क्षेत्रको करीब १८ वर्षे लामो अनुभव र सौन्दर्य विधामा देश र समाजमा पुर्याउनु भएको योगदानको कदर स्वरुप उनी नेपालबाट उक्त अवार्डको लागि छनौटमा परि विदेशमा ...










