शिक्षा

तिहारलगत्तै त्रिविका परीक्षा
शिक्षा, समाचार

तिहारलगत्तै त्रिविका परीक्षा

 त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले तिहार लगत्तै स्थगित परीक्षा धमाधम सञ्चालन गर्ने भएको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण गत चैत महिनामा स्थगित भएका स्नातक तथा स्नातकोत्तर तहको परीक्षा तिहार लगत्तै सञ्चालन गरिने जानकारी विश्वविद्यालयले दिएको छ ।त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार प्रा. पेशल दाहालले स्थगित परीक्षाका बारेमा तिहारअघि नै सूचना आउने र तिहारपछि परीक्षा सञ्चालन गरिने जानकारी दिनुभयो । अन्तिम तहको परीक्षा प्राथमिकतामाविश्वविद्यालयले स्थगित गरिएकामध्ये अन्तिम तह या सेमेस्टरमा अध्ययन गर्ने विद्यार्थीलाई प्राथमिकता दिने योजना बनाएको छ । यस क्रममा स्नातक तह चौथो वर्ष या स्नातकोत्तर तहको अन्तिम सेमेस्टरका विद्यार्थीको परीक्षा पहिलो प्राथमिकतामा राखिएको छ । विद्यार्थीको शैक्षिक सत्र सदुपयोग हुन सकोस् भन्ने हिसाबले विश्वविद्यालयले अन्तिम तहका विद्यार्थीलाई प्राथमिकतामा राखिएको ...
कक्षा १२ को परीक्षा विद्यार्थी जहाँ छन्, त्यहीँबाट पनि दिन सकिने
शिक्षा, समाचार

कक्षा १२ को परीक्षा विद्यार्थी जहाँ छन्, त्यहीँबाट पनि दिन सकिने

 शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना जोखिमको विषम स्थितिमा कक्षा १२ को परीक्षा विद्यार्थी जहाँ छन्, त्यहीँबाट पनि दिन सकिने गरी तयारी गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएका छन् ।आगामी मङ्सिर ९ देखि १६ गतेसम्म सञ्चालन हुने सो परीक्षाका सन्दर्भमा आज शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बोर्डका पदाधिकारीलाई सिंहदरबारस्थित मन्त्रालयमा निर्देशन दिँदै विद्यार्थीहरु जहाँ छन्, त्यहीँबाट स्वास्थ्य मापदण्ड पूरा गरी परीक्षामा सामेल गराउन भनेका हुन् ।मन्त्री पोखरेलले विद्यार्थीलाई इन्टरनेटमा समस्या भएमा सम्बन्धित विद्यालयले डाटामार्फत सुविधा दिएर बोर्डमा लेखेर परीक्षा दिलाउन निर्देश गर्नुभएको मन्त्री पोखरेलका सचिवालयका सदस्य विनोद न्यौपानेले जानकारी दिए । छलफलमा जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइ र स्थानीय तहलाई थप प्रभावकारी बनाउने पनि निर्णय भएको छ । छलफलमा मन्त्...
कक्षा १२ को परीक्षा मंसिर ९ देखि
शिक्षा, समाचार

कक्षा १२ को परीक्षा मंसिर ९ देखि

कक्षा १२ को परीक्षा आगामी मंसिर ९ गतेदेखि हुने भएको छ। कोरोनाका कारण सरेको परीक्षा मंसिर ९ गतेदेखि हुनेगरी राष्ट्रिय परीक्षा बोर्डले कार्यतालिका सार्वजनिक गरेको हो। सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्वन्धी मापदण्ड र सामाजिक दूरी कायम राख्दै परीक्षा संचालन हुने भएको छ । परीक्षा समय विहान ८ बजे सुरु हुने भएको छ । शनिबार समेत परीक्षा सञ्चालन गरेर १६ मंसिरमा सबै विषयको परीक्षा सम्पन्न हुने पनि बोर्डले जनाएको छ।यसअघि १२ को परीक्षा वैशाखमा गर्ने तयारी भएकोमा कोरोनाका कारण ७ महिना पर सरेको हो ।...
समाजसेवी दावा लामा र केदार मल्लको अगुवाइमा पाँचखालका  बिद्यालयहरुमा स्वास्थ्य सामाग्री वितरण
शिक्षा, समाचार, समाज

समाजसेवी दावा लामा र केदार मल्लको अगुवाइमा पाँचखालका बिद्यालयहरुमा स्वास्थ्य सामाग्री वितरण

बिस्वनै कोरोना महामारीमा परि रहेको बेला अहिले कुनै न कुनै संघ संस्थाहरुले बेसाहरा दिन दुखी परिवारलाई केहिन केही माध्यमबाट सर सहयोग गरिरहेका हामिले देख्न र सुन्न पाइरहेका अबस्थामा अहिले हामिलाइ प्राप्त जानकारी अनुसार न त कुनै ब्यक्तिगत फाइदा या कुनै ब्यक्तिगत स्वार्थ सधै समाज सेवामा अग्र स्थानमा रहि रहने नाम हो काभ्रेका युबा नेता,समाजसेबि तथा तरुण दल काभ्रेका सभापति दावा लामा र अर्का ब्यबसायी तथा समाजसेवी केदार मल्लको अगुवाइमा आज काभ्रेको पाँचखाल नगरपालिका वडा न १ का बिद्यालयहरुमा मास्क र सेनिटाइजर विभिन्न ३ सामुदायिक विद्यालयहरुलाइ हस्तान्तरण गरेका छन । उक्त मास्क र सेनिटाइजर बितरण कार्यक्रममा काङ्ग्रेस उपसभापति एवंम महाधिबेसन प्रतिनिधि बेल लामा काङ्ग्रेस नेता मान बहादुर तामाङ ,अन्जन राज खतिवडा ,सान बहादुर तामाङ काङ्ग्रेस वडा सभापति ज्ञान बहादुर तामाङ लगायतले विद्यालय ब्यवस्थापन समितिल...
शिक्षकको घरमा चुलो त बाल्न दिनुस
शिक्षा, समाचार

शिक्षकको घरमा चुलो त बाल्न दिनुस

संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) काठमाडौं जिल्ला समितिले शिक्षक कर्मचारीहरूको बैशाखदेखि असोजसम्मको तलब तत्काल भुक्तानी गरी दशैंमा घरमा चुलो बाल्न सक्ने वातावरण बनाईदिन माग गरेको छ । बिद्यालयले अनलाईन कक्षा संचालन गर्ने गरेको र अभिभावकसंग शूल्क पनि लिईरहेको अवस्था छ तर शिक्षकलाई भने तलब दिन आनाकानी गरिरहेकाले तत्काल तलब भुक्तानी गर्न विज्ञप्ति मार्फत माग गरेका छन् । लकडाउनको बहाना वनाइरहेका विद्यालय सञ्चालकहरु खुल्ला भएको लामो समय सम्म पनि अनेक वाहाना बनाएर तलब दिने जिम्मेवारी बाट पन्छिएको विज्ञप्तिमा भनिएको छ । निजी विद्यालय सञ्चालकहरु जिम्मेवारी बाट पन्छिएको कारण यो दशैमा आँसुले अक्षेता भिजाउनु पर्ने अवस्था आएको भन्दै यदि तलब नपाए दशै तिहार लगत्तै थोपाथोपा आशुको हिसाब गरिने चेतावनी दिएका छन । साथै विज्ञप्तिमा भनिएको छ संगठनले बिगतमा कहिलै नाफाको हिस्सा दाबि नगरेको र अहिले घाट...
सिकाइमा अनलाइन प्रभावकारी
शिक्षा, समाचार

सिकाइमा अनलाइन प्रभावकारी

कोरोना भाइरस सङ्क्रमण कायमै रहेको बेला विद्यार्थीको न्यूूनतम सिकाइ उपलब्धि सुनिश्चित गर्न अनलाइन माध्यमलाई बढी प्रभावकारी बनाउनुपर्ने आँैल्याइएको छ । वैकल्पिक विधिमध्ये शिक्षकले विद्यार्थीको सामान्य रेखदेख गर्न सक्ने तथा दुई पक्षबीच दोहोरो संवाद हुनसक्ने हिसाबले यसको पहुँचमा वृद्धि गर्दा न्यूूनतम सिकाइ सुनिश्चित गर्न सकिने जनाइएको छ । अभिभावक महासङ्घ नेपालका अध्यक्ष सुप्रभात भण्डारी भौतिक कक्षा सञ्चालन हुन नसकेको अहिलेको अवस्थामा अनलाइन माध्यमबाटै विद्यार्थीको पठनपाठन अगाडि बढाउनुपर्ने बताउनुहुन्छ । रेडियो, टेलिभिजनको तुलनामा दोहोरो संवाद हुनसक्ने तथा कतिपय अवस्थामा शिक्षकले निगरानीसमेत गर्न सक्ने भएकाले यसलाई बढी प्राथमिकता दिनुपर्ने उहाँको भनाइ छ । न्यूूनतम सिकाइबिना नै विद्यार्थीको कक्षा चढाइएको अवस्थामा शैक्षिक गुणस्तरसमेत कायम हुन नसकी शैक्षिक क्षेत्रमा ठूलो क्षति हुन सक्नेसमेत औँल...
पीजीको प्रवेश परीक्षा स्थगित हुनुमा हाम्राे कुनै हात छैन – राष्ट्रिय चिकित्सा शिक्षा आयोग
शिक्षा, समाचार

पीजीको प्रवेश परीक्षा स्थगित हुनुमा हाम्राे कुनै हात छैन – राष्ट्रिय चिकित्सा शिक्षा आयोग

राष्ट्रिय चिकित्सा शिक्षा आयोगले स्नात्तकोत्तर तह (पीजी)को प्रवेश परीक्षा रोकिनुमा आफ्नो कुनै स्वार्थ नभएको बताएको छ। मंगलबारदेखि आजसम्म (असोज २७, २८ र २९ गते) हुने प्रवेश परीक्षा आयोगले सर्वोच्चको आदेशको कारण देखाउँदै २२ गते अनिश्चितकालका लागि स्थगित गरेको थियो। आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीका अनुसार आयोगविरुद्ध परेको एक रिटमा सर्वोच्च अदालते असोज १६ गते आदेश जारी गर्दै परीक्षाका कार्यक्रम स्थगित गरेर २२ गते अन्तरिम आदेशका लागि छलफलमा आउन आदेश दिएको थियो। तर उक्त दिन कोरोना संक्रमणका कारण सर्वोच्चमा इजलास नै बस्न नसकेपछि बाध्य भएर परीक्षा नै स्थगित गर्नुपरेका उनको भनाइ छ।अधिवक्ता गोकुल भण्डारीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुयालको इजलासले १६ गते परीक्षाका सबै कार्यक्रम स्थगित गरेर २२ गते अन्तरिम आदेशबारे छलफल गर्न दुवै पक्षलाई बोलाएको थियो। सर्वोच्च...
भेनस नेशनल कलेजको फुटबल कोचमा केन्याका फुटबलर बबी ओगोला ओडनगो नियुक्त
खेलकुद, शिक्षा, समाचार

भेनस नेशनल कलेजको फुटबल कोचमा केन्याका फुटबलर बबी ओगोला ओडनगो नियुक्त

भेनस नेशनल कलेजले केन्याका अन्तराष्ट्रिय फुटबलर बबी ओगोला ओडनगोलाई फुटबल कोचमा नियुक्त गरेको छ । भेनसले बबीलाई  नेपालमा रहुन्जेलका लागि फुटबल कोचमा नियुक्त गरेको हो । भेनस कलेज  र बबी बीच  आईतबार क्लेजका अध्यक्ष पेमा छिरी शेर्पा र अन्तराष्ट्रिय फुटबलर केन्याको बबी ओगोला ओडनगो बीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।क्याम्पस प्रमुख गौतमले शिक्षासंगै खेलकुदको माध्यमबाट अत्तिरिक्त क्रियाकलापलाई पनि महत्वमा राखेको छ भन्ने सन्देश दिन केन्याको फुटबलर बबी ओगोला ओडनगोलाई नियुक्ती गरेको बताए । केन्यामा  जन्मेका बबी हाल २७ बर्ष उमेरका खेलाडाी रहेका छन् । बबी नेपाल प्रवेश गर्नु अघि केन्याको Mathare united र AFC S.C , उगान्डाको Villa S.C ,तान्जानियाको Coastal Union S.C क्लबमा आबद्घ भई खेल खेलिसकेका छन् ।  साथै उनी हाल नेपालको Machindra क्लबमा आबद्घ छन । त्यसैगरि बबीले Qual...
खस्कियाे बालबालिकाको सिकाइस्तर दाेसी काे ?
शिक्षा, समाचार

खस्कियाे बालबालिकाको सिकाइस्तर दाेसी काे ?

कोरोना महामारीका कारण शिक्षा क्षेत्र प्रभावित बनेको छ। करिब ६ महिनापछि शैक्षिक संस्थाहरु सञ्‍चालनमा आउँदा विद्यार्थी तथा अभिभावक खुसी देखिएका छन् । तर अहिलेको परिस्थितिमा विद्यालय सञ्‍चालन हुँदा बालबालिकाको सिकाइस्तर भने खस्किएको पाइएको छ । घरमा बस्दा कहिले घरायसी काम त कहिले साथीभाइसँग खेलेरै समय बिताएका विद्यार्थी आफूलाई पढ्नुपर्छ भन्‍नेचाहिँ लागेको बताउँछन् । तर पनि विद्यालय आएर नियमित पढेजस्तो चाहिँ नभएको उनको अनुभव छ । विद्यार्थीहरु कोरोना त्रासबीच विद्यालय आउनुपर्दा माक्स लगाएर आउँछन् । घरबाट निस्कने बेला स्यानिटाइजार लगाएर आउने गरेका उनीहरु विद्यालयमा भने पटक-पटक साबुनपानीले हात पनि धुने गर्छन् । लकडाउन खुकुलो भएसँगै विद्यालय सञ्‍चालन भएर पढ्न पाउँदा आफूखुसी भएको उनको भनाइ छ ।कोरोना महामारीकै बीचमा विद्यालय सञ्‍चालन हुँदा आफू सचेत र सुरक्षित भएर विद्यालय आउने गरेका छन् । लामो समय...
लोक सेवा आयोगको परीक्षामा कोभिड–१९ संक्रमित सहभागी हुन नपाउने
शिक्षा, समाचार

लोक सेवा आयोगको परीक्षामा कोभिड–१९ संक्रमित सहभागी हुन नपाउने

लोक सेवा आयोगको परीक्षामा कोभिड–१९ संक्रमित सहभागी हुन नपाउने भएका छन् । आयोगले परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड जारी गर्दै कोभिड–१९ संक्रमित र आइसोलेसनमा बसेका व्यक्तिहरूले परीक्षा दिन नपाउने जनाएको हो ।सरकारले नयाँ विज्ञापन खुलाउन तथा रोकिएको परीक्षा सञ्चालनका लागि आग्रह गरेपछि आयोगले परीक्षा लिने तयारी गरेको छ । लोक सेवाले परीक्षामा सामेल हुन पुरुषका लागि उमेर हद ३५ र महिलाका लागि ४० वर्ष तोकेको छ । संक्रमित वा संक्रमितको सम्पर्कमा आएका कतिपय व्यक्तिको उमेर हद पूरा हुने अवस्था पनि हुन सक्छ ।गत वैशाखदेखि रोकिएको लोक सेवाको विज्ञापन तथा परीक्षा यसै महिना सुरु हुँदै छ । असोजमा सहसचिव र उपसचिव, कात्तिकमा प्रशासनको शाखा अधिकृत, मसिंरमा प्राविधिकतर्फको शाखा अधिकृत र त्यसपछि क्रमशः नायव सुब्बा तथा खरिदारलगायत पदको विज्ञापन निकाल्ने जनाएको छ । पहिलो चरणको परीक्षा सम्पन्न भएर पर...