विवाहको वर्षगाँठमा पत्नीलाई चन्द्रमाको जग्गा उपहार !
भारतको राजस्थान राज्यका एक व्यापारीले आफ्नो विवाहको आठौं वर्षगाँठमा पत्नीलाई चन्द्रमाको जग्गा उपहार दिएका छन्। राजस्थानको अजमेर जिल्लाका व्यापारी धर्मेन्द्र अनिजाले पत्नीलाई चन्द्रमाको जग्गा उपहार दिएका हुन्।
उनले आफ्नी पत्नीको चन्द्रमामा जग्गा किन्ने सपनालाई साकार पार्दै डिसेम्बर २४ मा तीन एकड जग्गा उपहार दिएका हुन्। सपनाको नाममा उनका पतिले चन्द्रमाको १४.३ उत्तर अक्षांश, ५.६ पूर्वी देशान्तर, लेक्ट २० पार्सल्स ३७७, ३७८ र ३७९ को तीन एकड जग्गा उपहार दिएका हुन्।सपनासँग प्रेमविवाह गरेका धर्मेन्द्र ब्राजिलमा ट्राभल कम्पनी चलाउँछन्।
पृथ्वीमा जस्तै चन्द्रमामा पनि जग्गा किन्ने एउटा लामो प्रक्रिया छ। जग्गा किन्न उनले एक अमेरिकी फर्ममा निवेदन दिएका थिए। जग्गा किन्ने आवेदन स्वीकृत भएपछि सो कम्पनीले कयौंपटक धर्मेन्द्रसँग भिडिओ कन्फ्रेन्समा छलफल गरेको थियो।
यसक्रममा धर्मेन्द्रको आर्थिक तथा पार...










