प्रमुख दलहरु प्रति वितृष्णा
-डा.डिआर उपाध्याय,
काठमाडौं । राजनीतिक दल र तिनका नेताको कारण आमनागरिकमा दल र नेताप्रति वितृष्णा पैदा भैसकेको छ । जनतामा वितृष्णा पैदा हुनु भनेको ब्यवस्था प्रतिको प्रश्न चिन्ह हो ।आज देशमा भ्रष्टाचार बढिरहेको छ । भ्रष्टाचार रोक्नु पर्ने कुरामा सबैको ध्यान जानु पर्ने आबश्यकता छ । आज देशमा बिचौलिया र माफियाको बिगबिगी छ । बिचौलिया र माफियाले देश बर्वाद गरिरहेका छन । सबै भन्दा चिन्ता लाग्ने कुरा यो हो । राजनीतिक दलहरु सहि ढंगले अघि बढन सकेनन् ।
दलहरु गलत बाटोमा अघि बढि रहेका छन । यो राम्रो कुरा होइन । दलहरुले देश र जनताको पक्षमा महत्वपूर्ण भूमिका खेल्नु पर्ने थियो तर त्यस्तो गर्न सकेनन् । दलहरु र तिनका नेताहरु इमानदार भएर अघि बढन सके देशमा प्रगति हुन सक्छ । देशको उन्नति र प्रगतिका लागी हामी सबै अघि बढनु पर्छ । राजनीतिक दलहरु र तिनका नेताहरु खराब बन्दै गएका छन । नेताहरु खराब बाटो तर्फ नजा...




