लोकतन्त्रवादी शक्तिहरु एक भएर अघि बढनु पर्ने बेला आयो
डा.डिआर उपाध्याय
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीभित्रको आन्तरिक बिवाद अझै समाधान हुन सकेको छैन । लामो समयदेखिको अध्यक्षद्वयका बीच देखिएको असमझदारी सतहमा आएको छ । नेकपाको नेतृत्वमा करिब दुईतिहाइको बहुमतको सरकार छ । यो ऐतिहासिक अवसरको सदुपयोग नेकपा र सरकारले गर्न सक्नुपर्ने थियो तर सकेन । अव नेकपा आफना कमीकमजोरीहरू सुधार गर्दै आत्मसमीक्षाका साथ एक भएर अघि बढ्नुपर्ने आबश्यकता देखिएको छ । यो देशको आबश्यकता हो । यो झगडा कुनै सिद्धान्त र आदर्श वा नीतिगत द्वन्द्वका कारण सिर्जना भएको देखिँदैन, व्यक्तिगत अभीष्ट नै यसको प्रमुख कारण हो । अहिलेको विवाद दलभित्रका शीर्षस्थ नेतृत्वमा रहनेहरूको व्यक्तिगत महत्वाङ्काक्षासँग सम्बन्धित छ । नेकपाले निर्वाचनमा गरेका प्रतिबद्धतालाई व्यवहारमा लागू गर्न सकेन ।
आपसी झगडामा मात्र समय बितायो । देश सङ्क्रमणको महामारीबाट गुज्रिराखेको छ । यस्तो अवस्थामा दलका नेतृ...






