राजनीति

नेपालमा चीन र भारत दुवैको चलखेल
राजनीति, समाचार

नेपालमा चीन र भारत दुवैको चलखेल

डा.डिआर उपाध्याय यति बेला नेपालमा चीन र भारत दुवैको चलखेल बढेर गएको छ । राजनीतिक दलको आन्तरिक विवादमा विदेशी शक्तिको हस्तक्षेप बढनु उचित होईन । यसले नेपालको राजनीतिलाई नै प्रभाव पार्छ । नेपालले कुनै पनि बिदेशी हस्तक्षप सहेर बस्न सक्दैन । र सहनु पनि हुदैन । अहिले बिदेशी चलखेल बढनु भनेको नेकपाभित्रको विवाद नै मुख्य बिषय हो । त्यसको असर देशको राजनीतिमा परेको छ । अहिले संसद् विघटन भएको अवस्था छ । संसद बिघटन पछिको अवस्था जटिल बन्दै गएको छ । संसद बिघटन हुँदा सबैभन्दा बढी प्रसन्न राजावादीहरू छन्। उनीहरु धमिलो पानीमा माछा मार्ने दाउ खेल्दै छन । मधेसवादीहरूले संसद् विघटनको विरोध गरेका छन्। त्यसको पुनस्र्थापनाका पक्षमा आन्दोलन पनि गरिरहेका छन्। संसद् विघटनपछि बिभिन्न राजनीतिक दलहरुले ओली कदमलाई असंवैधानिक, अप्रजातान्त्रिक र अधिनायकवादी भनेर विरोध गरेका छन । नेकपाभित्रको फुट वा विभाजन लोकतन्त्...
स्थानीय तहमा बढ्दो भ्रष्टाचार
राजनीति, समाचार

स्थानीय तहमा बढ्दो भ्रष्टाचार

डा.डिआर उपाध्याय स्थानीय तहमा भ्रष्टाचार बढेर गएको तत्थ्याङकले बताएको छ । स्थानिय सरकार भनेको जनताको घरदैलोको नजिकको सरकार हो । सिंहदरबारको अधिकार गाउँगाउँमा गएको छ । अहिले मुलुक संघीय संरचनामा छ । स्थानीय सरकार गठन भएपछि भ्रष्टाचार तिब्र रुपमा बढिरहेको जनगुनासो छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पछिल्लो प्रतिवेदनअनुसार सबैभन्दा धेरै भ्रष्टाचार स्थानीय तहमा भएको छ । स्थानीय सरकारबाट हुने गरेको आर्थिक अनियमितता तथा भ्रष्टाचारजन्य गतिविधिले जनतामा वितृष्णा फैलिएको छ । स्थानीय तहमा हुने अनियमितता जस्तै सामाजिक सुरक्षाभत्ता वितरणमा दोहोरोपना, अपारदर्शिता तथा मृत्यु भइसकेका व्यक्तिको समेत भत्ता उपलब्ध गराउने तथा किर्ते दस्तखत गरी भत्ता लिनेसम्मका गतिविधि स्थानीय तहमा हुने गरेका छन्। प्राकृतिक स्रोतसाधनको दोहन, विकास निर्माणका कार्यमा अनियमितता, नियुक्ति, लगायतका विषयमा उजुरी पर्ने गरे...
बागमती प्रदेशमा प्रचण्ड–माधव नेपाल समूहबाट संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य
राजनीति, समाचार

बागमती प्रदेशमा प्रचण्ड–माधव नेपाल समूहबाट संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य

सत्तारुढ दल नेकपा विभाजनको असर प्रदेशसम्म पुगेको छ। बागमती प्रदेश र एक नम्बर प्रदेश सरकार विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपाले बागमती प्रदेशको संसदीय दलको नेताबाट डोरमणि पौडेललाई हटाइ अष्टलक्ष्मी शाक्यलाई चयन गरेको छ। बुधबार बसेको प्रदेशसभा बैठकले शाक्यलाई संसदीय दलको नेतामा चयन गरेको हो। प्रचण्ड–नेपाल समूहले यसअघि नै शाक्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल विरुद्ध अविश्वासको प्रस्ताव गर्दा गराइसकेका छन्। पौडेलविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता भइसकेको छ। एक महिनाभित्र उनले विश्वासको मत लिनुपर्नेछ। ११० सदस्यीय प्रदेशसभामा नेकपाका ८१ सांसद छन्। तीमध्ये ४५ जना अष्टलक्ष्मी शाक्यको पक्षमा रहेको खड्काको दावी छ। तर दुवै पक्षले सरकार बनाउन वा टिक्नका लागि कांग्रेसको साथ खोजेका छन्।...
दिनदिनै सडक प्रदर्शनहरू
राजनीति, समाचार

दिनदिनै सडक प्रदर्शनहरू

डा.डिआर उपाध्याय अहिले देशमा सडक आन्दोलनहरू चलिरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक एवं अनुचित कदमचाले पछि मुलुक आन्दोलित भएको छ । नेपाल प्रचण्ड समूहले आन्दोलन गरिरहेका छन भने अर्कोतिर प्रतिपक्षी दलहरू पनि सडकमा ओर्लिएका छन् । मुलुकको अभिभावकको भूमिका खेल्नुपर्ने संस्था र राष्ट्रप्रमुखको गरिमा समाप्त भएको छ । प्रधानमन्त्री ओलीको असंवैधानिक कदमले मुलुकलाई संवैधानिक संकट र राजनीतिक अस्थिरतातर्फ धकेलेको छ । आन्तरिक कलहको कारण आफू कमजोर भएपछि प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनको गलत बाटो रोजेका हुन । जसले मुलुकलाई अस्थिरता र अन्योलतर्फ धकेलिदिएको छ । प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा पुगेको छ । यो विघटनमा अन्तर्राष्ट्रिय शक्तिहरूको हात रहेको धेरैको अनुमान छ । विघटन अघि भारतबाट विभिन्न तहमा भ्रमण भएका थिए । प्रतिनिधिसभा विघटनको घटनाले चीनलाई ठूलो धक्का लागे...
लोकतन्त्र कमजोर बनाउने खेल
राजनीति, समाचार

लोकतन्त्र कमजोर बनाउने खेल

डा.डिआर उपाध्याय अहिले लोकतान्त्रिक व्यवस्था नै कमजोर हुने अवस्था सृजना भएको छ । प्रतिगामीलाई प्रोत्साहित गर्ने कार्य संसद विघटन पछिकोअवस्थाले गरिदिएको छ । लोकतान्त्रिक मुल्यर मान्यताका विरुद्ध प्रहार भएको छ । लोकतन्त्रको खिल्ली उडाउने काम भएको छ । लोकतन्त्रको घाँटी निमोठ्ने र आम जनताको वलिदानी पुर्ण संघर्षबाट निर्मित संविधान माथि नै धावा बोल्ने कार्य भएको छ । अब हामी सबै लोकतन्त्रवादी शक्तिहरु लोकतन्त्रको रक्षार्थ सजग र सचेत हुनु पर्ने बेला आएको छ । लोकतन्त्र र लोकतान्त्रिक संविधान नेपाली जनताको ७० वर्ष सम्मको संघर्ष र वलिदानको परिणाम हो । विगत लामो समय देखि नेपाली राजनीति अस्थिर हुनुको मुख्य कारण लोकतान्त्रिक प्रणाली सस्थागत हुन नसक्नु हो । स्थिर राजनीति र तिव्र आर्थीक तथा सामाजीक विकास नेपाली जनताको चाहना हो । देश अहिले कोरोना महामारी सँग जुधिरहेको छ । आम नागरिक यो महामारीबाट कसरी...
उपमन्त्रीको नेपाल भ्रमण हस्तक्षेप होइन, सहयोग बढाउन हो:चीन
अन्तर्राष्ट्रिय, राजनीति, समाचार

उपमन्त्रीको नेपाल भ्रमण हस्तक्षेप होइन, सहयोग बढाउन हो:चीन

नेकपा विवादपछि चिनियाँ कम्युनिष्ट पार्टीले उच्चस्तरीय अधिकारीलाई काठमाडौं पठाएको विषयमा मुख खोलेको छ। सोमबार चिनियाँ विदेश मन्त्रालयमा आयोजित नियमति पत्रकार सम्मेलनमा बोल्दै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजानले चीनको आधारभूति सिद्धान्त कुनै पनि मुलुकमा हस्तक्षेप नगर्ने रहेको बताएका छन्। उनले चीन यो सिद्धान्तमा अडिग रहेकोसमेत बताएका छन्। नेपालमा सत्तारुढ दल नेकपामा विभाजन आएपछि नेकपाको एक गुटको निमन्त्रणामा चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका उपमन्त्री गुओ येचौ ४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार काठमाडौं आएक थिए। चिनिया प्रतिनिधिमण्डलले काठमाडौं पुगेपछि उच्च स्तरीय राजनीतिक भेटघाटसमेत गरिरहेको छ। आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेको प्रतिनिधिमण्डलले सोमबार नेकपा (प्रचण्ड–माधव)का अध्यक्ष पुष्पकमल दाहाल र अर्का अध्...
जनमतको अपमान
राजनीति, समाचार

जनमतको अपमान

-डा.डिआर उपाध्याय देशमा अशान्तिका रेखाहरु कोरिदैछन् । लामो समयको द्वन्द्व पछि नेपालमा शान्ति कायम भएको थियो । अहिले फेरि अशान्ति हुने होकी भनेर आम जनता चिन्तित छन् । जनताको भाग्य र भविष्य अन्योलमा छ । सत्तारुढ दल भित्रको किचलो अन्ततः फुटमा गएर टुङ्गियो ।सत्तारुढ दल विभाजन हुँदा मुलुकमा संकट उत्पन्न हुन थालेको छ । संसद विघछन पछिको अवस्था जटिल बन्दै गएको छ । नेपाली जनताहरु सत्तारुढ दल विभाजन भएकोमा खुसी छैनन् । जनता निरास छन् । यतिबेला जनता निरास हुनु भनेको व्यवस्था माथिको नै खतरा हो । अहिले सडकमा धेरै थरिका समूहहरु आन्दोलित छन् । आन्दोलनले समस्या समाधान गर्ने होइन । द्वन्द्व निम्ताउने खतरा बढेर गएको छ । संसद विघटन विरुद्ध जनता समाजवादी पार्टीले समेत सडकमा प्रदर्शन गरिरहेको छ । मधेसमा आन्दोलन भयो भने ठूलो खतरा हुन्छ । प्रधानमन्त्रीको असंवैधानिक कदमलाई विद्रोह द्वारा पुनस्थापना गर्ने र आन्...
नेपालको राजनीति धमिलिदैं
राजनीति, समाचार

नेपालको राजनीति धमिलिदैं

डा.डिआर उपाध्याय यतिबेला नेपालको राजनीति धमिलिएको छ । धमिलो पानीमा माछा मार्ने दाउ खेल्नेहरु पनि प्रशस्त छन् । उनीहरुको चाहना धमिलो पानीमा माछा मार्नु हो । मुलुकको असहज परिस्थितिका बिच प्रतिगामी तत्वहरुले टाउको उठाउँदै छन् । मुलुकलाई अझै पछाडि धकेल्नेहरु पनि छन् । तिनीहरुबाट परिवर्तनकारी र लोकतन्त्रवादी शक्तिहरु सचेत र जागरुक बन्नुपर्ने बेला आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि यी समस्याहरु उब्जिएका हुन् । प्रचण्ड –नेपाल समूह एकातिर, ओली समूूह अर्कोतिरको भिडन्त सिर्जना गर्ने स्थिति आएको छ । प्रचण्ड –नेपाल समूह सडक संघर्षबाटै संसद पुनस्थापना गर्ने चुनौती दिँदै आएका छन् । यता प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेश लिनका लागि सबै लोकतन्त्रवादीहरु चुनाबमा जानुपर्ने बताइ रहेका छन् । सबै राजनीतिक दल र तिनका नेताहरुका आ–आफ्नै दाउपेच छन् । कुनैपनि राजनीतिक दल र तिनका ने...
चिनियाँ उपमन्त्री आइतबार काठमाडौं आउँदै
राजनीति, समाचार

चिनियाँ उपमन्त्री आइतबार काठमाडौं आउँदै

नेपालमा संसद् विघटन र सत्तारुढ दल नेकपा विभाजन भइ नयाँ राजनीतिक घटनाक्रम विकास भइरहेका बेला उत्तरी छिमेकी चीनका उपमन्त्रीले नेपालको भ्रमण गर्न लागेका छन्। चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउ नेपाल आउने भएका छन्। उपमन्त्री गुओसहितको टोली आइतबार काठमाडौं आउन लागेको हो। नेपालमा विकसित पछिल्लो राजनीतिक घटनाक्रममा उत्तरी छिमेकीले चासो बढाइरहेको छ। काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारी तथा नेकपाका नेताहरुसँग लगातार भेट गरिरहेकी छन्। नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच गर्त वर्ष भाइचारा सम्बन्ध स्थापना भएको थियो। दुई पार्टीबीच भाइचारा सम्बन्ध स्थापना गर्ने लिखित सम्झौता नै भएको थियो। त्यसपछि पटक पटक चिनियाँ कम्युनिष्ट पार्टी र नेकपाबीच प्रशिक्षण कार्यक्रमहरु भएका थिए। तर, अहिले नेकपा विभाजित हुँदा चिनियाँ कम्युनिष्...
एकले अर्कालाई सिध्याउने दाउ
राजनीति, समाचार

एकले अर्कालाई सिध्याउने दाउ

डा.डिआर उपाध्याय अब देशको राजनीति कता जाने हो,यो नै सबैलाई चिन्ताको बिषय बनेको छ । अहिले जनता प्रचण्ड–नेपाल , केपी समूह तिर आधा आधा बाँडिएको अवस्था छ । प्रधानमन्त्री के पी ओलीले संसद् विघटन गरे पछि ‘संवैधानिकता’को प्रश्न उठेको छ । सडकमा आन्दोलन चलेको छ । जनता सडकमा आउन थाले । आगामी राजनीति त्यति सहज छैन । देश भाँडभैलोमा जाने खतरा देखियो । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा भएको विभाजनमा यतिबेला ‘वैधानिकता’को प्रश्न उठाइएको छ । संसद् विघटन गरिएको विषय सम्मानित सर्वोच्च अदालतमा गइसकेकाले अब त्यहाँबाट नै अन्तिम फैसला हुने नै छ । यति बेला नेकपा दुई चिरामा छ । दुई चिरामा बिभाजित प्रम केपी शर्मा ओलीको नेकपा र माधव–प्रचण्डको नेकपामा आरोप–प्रत्यारोप चलिरहेको छ । यी दुवै समूहले आफू अनुकूलको बातावरण निर्माण गर्न खोजिरहेका छन । समानान्तर कमिटी निर्माण र एउटै नाम राखेका यी दुई पक्ष अब एक...