सरकारले पूर्णता पाउन नसक्नु दुखद र गैरजिम्मेवारीपन
-डा.डिआर उपाध्याय,
गठबन्धनको चर्को आलोचना प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वमा सानो आकारको सरकार गठन भएको एक महिना बितिसकेको छ । तर, एक महिना बितिसक्दा पनि मन्त्रिमण्डल विस्तार हुन भने सकेको छैन । मन्त्रिमण्डल विस्तार हुन नसक्दा प्रशासनिक काम कारवाही अघि बढन सकिरहेका छैन । मन्त्री मण्डल बिस्तार गर्न देउवालाई केले छेकिरहेको छ, यो जनतालाई अवगत गराउनु पर्छ । अब यो देशलाई गतिका साथ अघि बढाउने हो भने सत्तागठबन्धन दल एक आपसमा मिलेर जानु पर्छ । आउँदो चुनाव सम्म मिलेर जादा देशलाई फाइदा नै हुने छ ।
नेकपा एमाले सहितका बिपक्षी दलहरुलाई समेत साथमा लिएर जादा सरकार थप बलियो हुन सक्छ । यो बिषयमा चिन्तन मनन् गर्न जरुरी छ । यत्रो दिन बित्दा पनि सरकारले पूर्णता नपाएको विषयलाई लिएर सबै तिर यतिबेला गठबन्धनको चर्को आलोचना भइरहेको छ। ‘एक महिनाको अवधिमा सरकारलाई नै पूर्णता दिन नसक्ने यो कस्तो पारा हो । ...



