मनोरन्जन

सगरमाथा म्युजिक अवार्डको पाचौं संस्करण हुने
मनोरन्जन, समाचार

सगरमाथा म्युजिक अवार्डको पाचौं संस्करण हुने

पाचौं संस्करणको सहारा ग्रुप सगरमाथा म्युजिक अवार्ड २०८० हुने भएको छ । ज्योति विकास बैंकको प्रस्तुति रहेको अवार्डको पाचौं संस्करणको लागि आवेदन खुल्ला भएको आयोजक संस्थाद्धारा जारी विज्ञप्तीमा जनाइएको छ । अर्थ नेपाल प्रालिको आयोजनामा हुने अवार्डमा टोखा नगरपालिकाको सहकार्य रहेको छ भने सहारा ग्रुपले टाइटल स्पोन्सर गरेको छ । सहारा ग्रुपले सहारा राइड सेयरिङ एप, सहारा टेक्नोलोजी सञ्चालन गर्दै आएको छ । ज्योति विकास बैंक प्रस्तुतकर्ताको रुपमा रहेको छ । सगरमाथा म्युजिक अवार्डका चार संस्करण भब्य रुपमा सम्पन्न भइसकेका छन् । ‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने म्रल नाराको साथ हुन लागेको अवार्डमा २०७९ वैशाखदेखी चैत्रसम्म बजारमा आएका गीत सङ्गीतले सहभागीता जनाउन सक्ने कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेतले जानकारी दिनुभयो । जुरी र भोटको आधारमा अवार्...
‘म्यान अफ दि वल्र्ड’ का लागि नेपालको प्रतिनिधित्व गर्ने कटुवाललाई ओलीले दिए शुभकामना
मनोरन्जन, समाचार

‘म्यान अफ दि वल्र्ड’ का लागि नेपालको प्रतिनिधित्व गर्ने कटुवाललाई ओलीले दिए शुभकामना

काठमाडौै । मोडल विशाल कटुवाललाई पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुभकामना दिएका छन । विश्वको चर्चित कार्यक्रम ‘म्यान अफ दि वल्र्ड २०२३’मा मोरङका कटुवालले नेपालको प्रतिनिधित्व गर्ने भएकाले उनलाइ शुभकामना तथा बधाई दिएका हुन । विश्वको चर्चित कार्यक्रम ‘म्यान अफ दि वल्र्ड २०२३’मा मोरङका विशाल कटुवालले नेपालको प्रतिनिधित्व गर्ने छन् । आगामी जुन १६मा फिलिपिन्सको मनिलामा हुने उक्त कार्यक्रमका लागि उनी जुन ५ मा फिलिपिन्स जाने कार्यक्रम रहेको छ ।पूर्व प्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विशाललाई आफ्नै निवास बालकोटमा वोलाएर नेपालको झण्डा सहित वधाई तथा सफलताको शुभकामना दिनुभएको छ । २८ वर्षिय विशाल पेशाले इन्जिनियर हुन् । इन्जिनियर विशाल कलाकारिता क्षेत्रमा पनि उत्तिकै अब्बल मानिन्छन् । चलचित्रमा समेत अभिनय गरिसकेका विशालका थुप्रै म्युजिक भिड...
खेमनाथ दाहालको उपन्यास कृति ‘अहोरात्र’ पाठकमाझ
मनोरन्जन, समाचार

खेमनाथ दाहालको उपन्यास कृति ‘अहोरात्र’ पाठकमाझ

काठमाडौं । स्रष्टा खेमनाथ दाहालको उपन्यास कृति ‘अहोरात्र’ पाठकमाझ आएको छ । स्रष्टा दाहालको यथार्थपरक उपन्यास ‘अहोरात्र’ पाठकमाझ आएको हो । कृतिमा अमेरिकी बसाईका साथै हिन्दू, मुस्लिम, इशाई र बौद्ध धर्मका विषयमा विशेष चर्चा गरिको छ । यस उपन्यासमार्फत स्रष्टा दाहालले पूर्वीय धर्म-दर्शनभित्रको ज्ञानलाई प्रवाहित गर्नुभएको छ । साथै यो उपन्यास अमेरिकी समाजको यर्थाथ परक दस्तावेजमा रुपमा आएको छ । स्रष्टा दाहालले त्यहाँ रहेका नेपालीको जीवन चित्रलाई यस कृतिमार्फत उजागर गर्नुभएको छ । बौद्धिक खुराकले भरिपूर्ण रहेको यस उपन्यासमा स्रष्टा दाहाले अमेरिकी बसाई विभिन्न परिवेस, अनुभूति र अनुभवलाई पाठकमाझ पस्किनुभएको छ । कृतिमार्फत स्रष्टा दाहालले हाम्रो धर्म संस्कृतिका साथै देश बाहिरको जनजीवन कलात्मक ढंगले प्रस्तुत गर्नुभएको छ । यस कृतिको सम्पादन रमेश दाहालले गर्नुभएको हो भने प्रकाशक उषा दाहाल हुनुहुन्छ ...
‘मिसेस तामाङ’ का लागि ३० प्रतिस्पर्धी छनोट
मनोरन्जन, समाचार

‘मिसेस तामाङ’ का लागि ३० प्रतिस्पर्धी छनोट

काठमाडौं । मिसेस तामाङका लागि ३० प्रतिस्पर्धी छनोट भएका छन् । शनिबार भएको अडिसनबाट उनीहरू छनोट भएका हुन् । बिगत आठ बर्षदेखि यस प्रतियोगिता आयोजना गर्दै आएको एसके इन्टरटेनमेन्ट प्रा.लि.ले ‘मिसेस तामाङ-२०२३’ को अडिसन शनिबार गरको थियो । सो अडिनसबाट ३० जना प्रतिस्पर्धी छानिएको आयोजक संस्थाकी प्रबन्ध निर्देशक शान्ता तामाङले जानकारी गराउनुभयो । उक्त प्रतियोगिताको बिजेताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउनेसहित चलचित्र, म्युजिक भिडियोमा समेत सहभागिता हुन पाउने आयोजकले जनाएको छ । प्रतियोगिताका लागि छनौट भएका प्रतियोगीहरूलाइ एक महिनासम्म विशेष प्रशिक्षण प्रदान गरिने जनाइएको छ । जसमा नेपालका ख्याति प्राप्त चर्चित फेसन कोरियोग्राफर ट्रेनर बाट सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक...
नेपाल चलचित्र कलाकार संघद्वारा उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ समक्ष ध्यानाकर्षण
मनोरन्जन, समाचार

नेपाल चलचित्र कलाकार संघद्वारा उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ समक्ष ध्यानाकर्षण

नेपाल चलचित्र कलाकार संघको प्रतिनिधि मण्डलले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसमक्ष भेट गरी भ्रष्टाचार, दण्डहिनता तथा अनियमितता जस्ता समस्याहरु अन्त्य गर्न माग गरेको छ । संघका अध्यक्ष मोहन निरौलाको नेतृत्वमा गएको टोलीले सिंहदरबारस्थित मन्त्री श्रेष्ठको कार्यकक्षमा भ्रष्टाचार न्यूनीकरणका लागि मन्त्रालयले थप कडाई गर्नुपर्ने भन्दै ध्यानाकर्षण गराएको हो । संघको परिचय पत्रवाहक कलाकारहरुलाई सिंहदरबार लगायतका प्रशासनिक केन्द्रहरु प्रवेशमा सहजता माग गरिएको ध्यानाकर्षण पत्रमा धापासीस्थित नेपाल चलचित्र कलाकार संघको नाममा रहेको जग्गा उपभोगको लागि अनुरोध गरिएको छ । विशिष्ट चलचित्रकर्मीहरु लगायत प्रबुद्ध नागरिक तथा जनसाधारणले जम्मा गरेको अरबौं रकम सिभिल सहकारीमा रकम अपचलन गरेकामा उक्त रकम सम्बन्धित पीडितलाई फिर्ता गराउनसमेत अनुरोध गरिएको छ । उक्त अवसरमा उपप्रधानमन्त्री श्रेष्ठद...
‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड’को छैटौं संस्करण काठमाडौंमा हुँदै
मनोरन्जन, समाचार

‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड’को छैटौं संस्करण काठमाडौंमा हुँदै

भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड’ को छैटौं संस्करण काठमाडौंमा हुनेभएको छ । बिहीबार काठमाडौंमा आयोजक संस्था फर्न इभेन्ट्सले आयोजना गरेको पत्रकार सम्मेलनमा आगामी जेठ २१ गते (जून ४) का दिन र्‍याडिसन होटलमा यो अवार्ड समारोह आयोजना गरिने जानकारी गराइएको हो । आयोजक संस्थाको सहसंस्थापक हरिश बब्बरले भारतको राजधानी नयाँ दिल्लीसहित विभिन्न शहरमा पछिल्लो एक दशकदेखि आयोजना गरिँदै आएको क्याप्टिभेटिङ क्रिएसन अवार्डको छैटौं संस्करण काठमाडौंमा आयोजना गर्न लागिएको जानकारी गराउनुभयो । यो अवार्ड समारोह पहिलो पटक भारतबाहिर आयोजना गर्न लागिएको आयोजक संस्थाले जनाएको छ । कार्यक्रममा नेपालका सेलिब्रेटीहरूसँगै भारतका लोकप्रिय कलाकार तथा सेलिब्रेटीहरूले पनि सहभागिता जनाउने छन् । अवार्ड समारोहमा बलिउड अभिनेत्री भाग्यश्री, अभिनेता रञ्जित, टेलिभिजनकर्मी तथा कलाकार बिन्दु दाह्रा सिंहसहित झण्डै एक द...
चलचित्र कलाकार संघको टोलीद्धारा मूख्यमन्त्रीलाई ज्ञापन पत्र
मनोरन्जन, समाचार

चलचित्र कलाकार संघको टोलीद्धारा मूख्यमन्त्रीलाई ज्ञापन पत्र

नेपाल चलचित्र कलाकार संघको प्रतिनिधि मण्डलले बागमती प्रदेशका मूख्यमन्त्री शालिकराम जम्कट्टेलसंग भेटघाट तथा छलफल गरेको छ । मंगलवार बिहान मुख्यमन्त्री निवासमा चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाको नेतृत्वमा गएको टोलीले मूख्यमन्त्री जम्कट्टेललाई भेट गरी कला संस्कृतिकको संरक्षण, प्रर्वद्धन र नेपाली चलचित्र उद्योग तथा पेशाकर्मीहरुको विषयमा ध्यानाकर्षण गराएको हो । संघका अध्यक्ष निरौलाले चलचित्र उद्योग र यसमा आश्रीत पेशाकर्मीहरुको तथ्याङ्किय रिर्पोट प्रस्तुत गर्दै प्रदेश सरकारले हातेमालो गरीदिन आग्रह गर्नु भयो । उहाँले प्रदेशमा चलचित्रको गतिविधि तथा यसै प्रदेश भित्र बन्ने भनिएको चलचित्र सिटि तथा स्टुडियोका बारेमा समेत प्रभावकारी भुमिका खेलिदिन आग्रह गर्न भयो । अध्यक्ष निरौलाले प्रदेश भित्र बन्ने बिभिन्न भाषाभाषीका चलचित्रहरुलाई सहुलियत सहयोगका लागी नीतिगत तहबाट भुमिका खेलिदिन आग्रह गर्...
शम्भुजितको कथामा निर्माण भएको ‘चौका दाउ’ युट्युब ट्रेन्डिङको एक नम्बरमा
मनोरन्जन, समाचार

शम्भुजितको कथामा निर्माण भएको ‘चौका दाउ’ युट्युब ट्रेन्डिङको एक नम्बरमा

यतिबेला नेपाली चलचित्र ‘चौका दाउ’ युट्युब ट्रेन्डिङको एक नम्बरमा छ । यो चलचित्र दुई दिनअघि मात्र ‘ओएसआर डिजिटल’ युट्युब च्यानलबाट सार्वजनिक भएको हो । छोटो समयमा नै ट्रेन्डिङमा पर्न सफल चलचित्र चौका दाउको कथा लेखन तथा संगीत विशिष्ट संगीतकार शम्भुजित बास्कोटाको रहेको छ । https://youtu.be/ai5rhvLDU3k पूर्णेन्दु झा निर्देशित यो फिल्ममा सन्तोष पन्त, तैयव शाह, विल्सन विक्रम राई, रवीन्द्र झा, वर्षा शिवाकोटी, निर्मल शर्मालगायतका कलाकारहरूको अभिनय छ । चलचित्र शौर्यजित बास्कोटाको निर्माण रहको छ । चलचित्र नेपालमा मौलाउदै गएको कुरिती भ्रष्टाचार र त्यसका विषयमा हांस्यव्यङ्गको माध्यमबाट उत्कृष्ट ढंगले प्रस्तुत गरिएको छ । चलचित्रमा महिला शोषणको अन्त्य सम्बन्धि जागरण र जनचेतना मूलक कथालाई मार्मिक एवं मनोरन्जनात्मक तवरले देखाईएको छ ।...
‘डिएसए स्टार २०२३’ को दशौं संस्करण सम्पन्न
मनोरन्जन, समाचार

‘डिएसए स्टार २०२३’ को दशौं संस्करण सम्पन्न

काठमाडौं । परिवर्तन इभेन्ट हाउसले राजधानीमा आयोजना गरेको ‘डिएसए स्टार २०२३’ सिजन १०मा दिव्य नेपाली ‘मिनी डीएसए डान्सिङ स्टार’, बाटिका बिजुक्छे ‘जुनियर डान्सिङ स्टार’, आस्नी शाही ‘जुनियर सिङ्गिङ स्टार’, शिखा बराइली ‘प्री–टिन डान्सिङ स्टार’ र लोयाङ शेर्पा ‘प्री–टिन सिङगिङ स्टार’ घोषित भएका छन् । प्रतियोगितामा ‘मिनी डीएसए डान्सिङ स्टार’को फस्ट रनरअप हन्नाह राई भए । ‘जुनियर डान्सिङ स्टार’तर्फ सृष्टि खड्गी फस्ट रनरअप, कृतिका भण्डारी सेकेण्ड रनरअप, श्रेया लामा थर्ड रनरअप, शिवालिका मिश्र फोर्थ रनरअप, अनिशा खड्का फिफ्थ रनरअप र सिम्रन राई सिक्थ रनरअप भए । त्यस्तै ‘जुनियर सिङगिङ स्टार’तर्फ टाशी डोमा शेर्पा फस्ट रनरअप भइन् । यस्तै ‘प्री–टीन डान्सिङ स्टार’तर्फ रेजिना कार्की फस्ट रनरअप, नवाङ छोकी तामाङ सेकेण्ड रनरअप, रुप्सा भट्टराई थर्ड रनरअप, सोनाम चोमु चुम्बा तामाङ फोर्थ रनरअप, निरज शर्मा फिफ्थ रन...
लक्ष्मण श्रीको ‘म तिम्रै डल्ले हो’ सार्बजनिक(भिडियो)
मनोरन्जन, समाचार

लक्ष्मण श्रीको ‘म तिम्रै डल्ले हो’ सार्बजनिक(भिडियो)

काठमाडौं : सुमधुर आवाजका धनि गायक तथा कलाकार लक्ष्मण श्री र लोकप्रिय गायिका मिलन नेवारको स्वरमा नयाँ गित ‘म तिम्रै डल्ले हो’ को म्यूजिक भिडियो सार्बजनिक भएको छ। दर्जनौ कर्णप्रिय गीतहरुमा आफ्नो स्वर दिएर सांगितक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल गायक लक्ष्मण श्री एक कुशल मोडल तथा समाजसेवी समेत हुन्। डान्सिङ बिटमा रहेको गित अहिलेको ट्रेन्ड अनुसारको बनेको छ। एक नारायण भण्डारीको शब्द तथा आशिष अविरलको संगीत रहेको गीतको सार्बजनिक म्यूजिक भिडियोलाइ ‘कार्टुन क्रु’का सरोज अधिकारीले निर्देशन कोरियोग्राफी तथा सम्पादन गरेका छन्। छायाँकार पवन सुश्लीङले छयांकन गरेको भिडियोमा ‘कार्टुन क्रु’ का सरोज अधिकारि, आश्मा बिश्वकर्मा, गायक तथा मोडल लक्ष्मण श्री र मोडल स्मारिका ढकाललाइ फिचर्ड गरिएको छ। मिठो स्वर, मौलिक शब्द, आकर्षण भिडियोले गर्दा दर्शक श्रोताको मन जित्नेमा गायक कलाकार तथा म्यूजिक भिडियोका निर्मा...