अग्रिया र प्रेरिल भए यो वर्षको मिस्टर एण्ड मिस एसईई आइकन
काठमाडौं– मिस्टर एण्ड मिस एसईई आइकन २०२५ (सिजन १२) को फिनाले शानदार प्रस्तुति सहित सम्पन्न भएको छ।
नवप्रतिभाहरूको उत्साह, मेहनत र कलात्मक क्षमतालाई उजागर गर्ने यस बहुप्रतीक्षित प्रतियोगितामा प्रतियोगीहरूले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।
यस वर्षको निर्णायक मण्डलमा वरिष्ठ शिक्षाविद् कमल किरण कटुवाल, इन्डिया नरुलाज एण्ड कम्पनी, दिल्लीका संस्थापक तथा कार्यक्रम निर्देशक डा. शिखा नरुला र मोडल शारोन लेप्चा बज्राचार्य रहेका थिए। उक्त प्रतियोगितामा सुमी बानियाँको कोरियोग्राफी, इभेन्ट स्ट्रक्चर रिकिस चित्रकार तथा प्रणिमा दाहालको उत्कृष्ट सञ्चालनले कार्यक्रमलाई पूर्णता दिएको थियो ।
उक्त प्रतियोगितामा मिस तर्फ अग्रिया सिंह विजेता भएको थियो ,भने प्रथम उपविजेता अंकिता रिमाल, द्वितीय उपविजेताः प्रिशा पोखरेल, तृतीय उपविजेता सम्राज्ञी जोशी, चौथो उपविजेता स्वस्तिका कार्की, पाँचौँ उप...










