मनोरन्जन

चिट्ठी’को ‘सिन्दुरको रंग’ सार्वजनिक, भदौ २० देखि सिनेमाघरमा आउने (भिडियो)
मनोरन्जन, समाचार

चिट्ठी’को ‘सिन्दुरको रंग’ सार्वजनिक, भदौ २० देखि सिनेमाघरमा आउने (भिडियो)

आगामी भदौ २० गतेदेखि सिनेमाघरमा आउने मिति तय गरेको चलचित्र ‘चिट्ठी’ को दोस्रो गीत ‘सिन्दुरको रंग’ सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक विशेष कार्यक्रमबीच गीतको भिडियो सार्वजनिक गरिएको हो । एरा प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको यो चलचित्रलाई माधवराज खरेलले निर्देशन गर्नुभएको हो । कुवेर डिस्टिब्युटर्स प्रालि. वितरण गर्ने ‘चिट्ठी’ हरर तथा कमेडी जनरामा निर्माण गरिएको निर्माण पक्षले जनाएको छ । सार्वजनिक ‘सिन्दुरको रंग’ चलचित्रको भावनात्मक मेरुदण्ड हो, जसमा विवाह, विश्वास, समर्पण र महिलाको मौन संघर्ष तथा आफ्ना श्रीमानप्रतिको आस्था र विश्वासलाई विम्बित गर्न खोजिएको छ । उक्त गीतमा सञ्चारकर्मी कमला जोशीको शब्द, सरोज कोइरालाको संगीत तथा गायिका बेनिशा पौडेलको स्वर छ । निर्देशक खरेलका अनुसार ‘सिन्दुरको रंग’ केवल गीत नभई महिलाको अन्तर–आत्माको आवाज हो, जसले दर्शकको हृदय छुनेछ । गीतको भिडिय...
गायिका पुजन काफ्लेको तीज गीत ‘छड्के तिलहरी’(भिडियो)
भिडीयाे, मनोरन्जन, समाचार

गायिका पुजन काफ्लेको तीज गीत ‘छड्के तिलहरी’(भिडियो)

काठमाडौं – गायिका पुजन काफ्लेले तीजको अवसरमा नयाँ गीत ‘छड्के तिलहरी’ आफ्नो आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरेकी छिन्। गीतमा शब्द, संगीत र स्वर स्वयं गायिकाकै रहेको छ भने संगीत संयोजन आदेश ग्रुमाछनले गरेका छन्। यसले गीतलाई अझ जीवन्त बनाएको छ। गीतले गहनाले महिलाको सौन्दर्य र खुशीलाई कसरी प्रतिनिधित्व गर्छ भन्ने भावलाई उत्कृष्ट रूपमा प्रस्तुत गरेको छ। तीजमा महिला दिदीबहिनीहरू मिलेर नाच्ने, गाउने, एक आपसमा भेटघाट गर्ने परम्परागत संस्कृतिलाई गीतले उजागर गरेको छ। गायिका पुजन काफ्ले: बहुमुखी प्रतिभा र स्वरको मधुरता पुजन काफ्ले नेपाली संगीत क्षेत्रको एक पहिचान बनिसकेकी गायिका हुन्। मधुर स्वर, भावपूर्ण गायनशैली र सांगीतिक सिर्जनामा बहुमुखी प्रतिभा उनको विशेषता हो। उनले विगतका वर्षहरूमा पनि तीजलगायतका विभिन्न अवसरमा दर्जनौं लोकप्रिय गीतहरू प्रस्तुत गरेकी छिन्। सिर्फ गायन मात्र न...
कार्यक्रम व्यवस्थापन संघ, नेपालका अध्यक्ष तथा विश्व कीर्तिमानी सञ्चारकर्मी राजेन्द्र लुईटेल (राज) लाई विशेष सम्मान
मनोरन्जन, समाचार, समाज

कार्यक्रम व्यवस्थापन संघ, नेपालका अध्यक्ष तथा विश्व कीर्तिमानी सञ्चारकर्मी राजेन्द्र लुईटेल (राज) लाई विशेष सम्मान

काठमाडौं – दक्ष इन्टरनेशनलको आयोजनामा ‘ग्लोबल स्टार अवार्ड २०२५’ अत्यन्त भव्य र गौरवपूर्ण ढंगले सम्पन्न भएको छ। नेपाल प्रहरी क्लबको ब्लु प्याभिलियन हलमा सम्पन्न यस समारोहमा देश–विदेशका विशिष्ट व्यक्तित्वहरू, कलाकार, सामाजिक अभियन्ता, व्यवसायी तथा नेतृत्वदायी व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। समारोह दुई चरणमा सम्पन्न भयो।पहिलो चरणमा आयोजित विशेष सम्मान कार्यक्रममा प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेसका वरिष्ठ नेता डा. चन्द्र भण्डारी प्रमुख अतिथि हुनुहुन्थ्यो। कार्यक्रममा समाजसेवा, शिक्षा, स्वास्थ्य, साहित्य, पर्यटन, सञ्चार, महिला सशक्तिकरण लगायतका क्षेत्रका विशिष्ट योगदानकर्ताहरूलाई सम्मान गरियो। विशेष आकर्षण – विश्व कीर्तिमानी सञ्चारकर्मी राजेन्द्र लुईटेल (राज) को सम्मानउक्त विशेष सम्मान कार्यक्रममा कार्यक्रम व्यवस्थापन संघ, नेपालका अध्यक्ष, सञ्चारकर्मी, समाजसेवी तथा गिन...
मिस तथा मिसेस व्युटिफुल नेपालको ग्राण्ड फिनाले : प्रिया कार्की र प्रसुन्ना सेन्चुरी विजेता
मनोरन्जन, समाचार

मिस तथा मिसेस व्युटिफुल नेपालको ग्राण्ड फिनाले : प्रिया कार्की र प्रसुन्ना सेन्चुरी विजेता

काठमाडौं – दक्ष इन्टरनेशनल प्रालिको आयोजनामा सञ्चालन भएको “मिस व्युटिफुल नेपाल” को १० औं संस्करण तथा “मिसेस व्युटिफुल नेपाल” को ९औं संस्करणको ग्राण्ड फिनाले काठमाडौंस्थित नेपाल पुलिस क्लबको ब्लु प्याभिलियनमा भव्य रूपमा सम्पन्न भएको छ। उक्त समारोहमा पूर्व प्रधानमन्त्री झलनाथ खनालको प्रमुख आतिथ्य तथा नेपाली फिल्म उद्योग, सङ्गीत र फेसन क्षेत्रका वरिष्ठ व्यक्तित्वहरूको गरिमामय उपस्थिति रहेको थियो। कार्यक्रमको प्रमुख निर्णायक मण्डलमा वरिष्ठ अभिनेता तथा निर्देशक रमेश बुढाथोकी रहेका थिए भने निर्णायकहरूमा वरिष्ठ अभिनेत्री सनी रौनियार, अभिनेता रमेश उप्रेती, नेपाल आइडल विजेता तथा गायक बुद्ध लामा, डान्स कोरियोग्राफर केशव थापा, अभिनेत्री शिल्पा पोखरेल ,शिक्षाविद मन कुमारी पोखरेल लगायत अन्य विशिष्ट व्यक्तिहरू रहेका थिए। यस वर्ष मिसेस व्युटिफुल नेपाल – २०२५ को उपाधि प्रिया कार्कीले प्राप्त गर्न स...
भव्य रुपमा सम्पन्न भयो ‘ग्लोबल स्टार अवार्ड’
मनोरन्जन, समाचार

भव्य रुपमा सम्पन्न भयो ‘ग्लोबल स्टार अवार्ड’

काठमाडौं- दक्ष इन्टरनेशनलको आयोजनामा ‘ग्लोबल स्टार अवार्ड २०२५’ भव्य र गौरवमय ढंगले सम्पन्न भएको छ। नेपाल प्रहरी क्लबको ब्लु प्याभिलियनमा आयोजित यस समारोह वरिष्ठ मेकअप आर्टिष्ट तथा दक्ष इन्टरनेशनलका अध्यक्ष टेकराज पाण्डेको सभापतित्वमा सम्पन्न भएको हो। समारोह दुई चरणमा विभाजित थियो। पहिलो चरणमा आयोजित विशेष सम्मान कार्यक्रममा प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेसका वरिष्ठ नेता डा. चन्द्र भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। यस चरणमा समाजसेवा, शिक्षा, पत्रकारिता, स्वास्थ्य, साहित्य, पर्यटन, महिला सशक्तिकरण लगायत विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। दोस्रो चरणमा सम्पन्न मुख्य अवार्ड समारोहका प्रमुख अतिथि पूर्व प्रधानमन्त्री झलनाथ खनाल हुनुहुन्थ्यो। यस अवसरमा गीत–संगीत, सौन्दर्य विधा, चलचित्र, अभिनय, निर्देशन, फेसन डिजाइन, सामाजि...
रोजगारी सिर्जना र उद्यमशीलताको प्रेरणाश्रोत: अफ्सना नेवा
मनोरन्जन, समाचार

रोजगारी सिर्जना र उद्यमशीलताको प्रेरणाश्रोत: अफ्सना नेवा

काठमाडौं— नेपाली सौन्दर्यकला र उद्यमशीलताको क्षेत्रमा विशिष्ट पहिचान बनाएकी एपी ब्युटी सलुनकी प्रमुख तथा वरिष्ठ सौन्दर्यविद् अफ्सना नेवा हायु ‘ग्लोबल स्टार अवार्ड २०२५’ मा सर्वोत्कृष्ट सौन्दर्यकर्मी को रूपमा सम्मानित भएकी छिन्। दक्ष इन्टरनेशनलको आयोजनामा नेपाल पुलिस क्लबको ब्लु पाभेलियनमा भव्य रूपमा सम्पन्न सो समारोहमा उनी ईभेन्ट डाइरेक्टरको भूमिकामा समेत सक्रिय थिइन्। उनको दीर्घ योगदान, उद्यमशीलता, रोजगारी सिर्जना, प्रशिक्षणमार्फत दक्ष जनशक्ति उत्पादन तथा समाजमा सौन्दर्य चेतनाको प्रवर्द्धन गरेबापत सो प्रतिष्ठित सम्मान प्रदान गरिएको हो। सम्मान समारोहमा पूर्व प्रधानमन्त्री झलनाथ खनाल र संघीय सांसद डा. चन्द्र भण्डारी प्रमुख अतिथि थिए भने अन्य विशिष्ट अतिथिमा पूर्व मन्त्री दीपेन्द्र श्रेष्ठ, बागमती प्रदेश सांसद सुनील केसी, पूर्व मन्त्री परशुराम तामाङ, राष्ट्रिय सभा सदस्य विष्णु सापकोटा,...
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन हुने
मनोरन्जन, समाचार

चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन हुने

काठमाडौँ  – चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन हुने भएको छ | १७ अगष्ठ २०२५ आइतबार साँझ ६ बजे याउ मा ताइ कम्युनिटीहलमा प्रदर्शन हुने भएको हो | मंगलबार कोटेश्वरस्थित पूर्वेली होमस्टेको सभाहलमा पत्रकार सम्मेलन गरि उक्त जानकारी दिइएको हो | याक्थुङ मुन्चइत चोक सयङ हङकङले  प्रदर्शन गर्ने तयारी गरिरहेको हङकङका वरिष्ठ उपाध्यक्ष भवेन्द्र थाम्सुहाङले जानकारी दिए  | थाम्सुहाङका अनुसार याक्थुङ मुन्चइत चोक सयङले सञ्चालान गरिरहेको लिम्बु कलाकारहरुलाई सम्मानस्वरूप सामाजिक सुरक्षाभत्ता दिने लगायतका अभियानहरु सफल पार्न विविध कार्यक्रमहरु आयोजना गरिरहेको बताए | यसका अलावा ४ अक्टोबर २०२५ मा सौल कोरियामा र २७ नोभेम्बर २०२५ मा दमाम साउदी अरबियामा प्रदर्शन मितिको घोषणा गरेका हुन् | चलचित्र ‘चे’ले याक्थुङ सिने अवार्ड – २०८१, FLF Award – २०२४, पाँचौ आदिवासी जनजाति चलचित्र महोत्सव – २०८२, बिराट म...
कुमार कार्कीको ‘कर्मै मेरो चण्डाल’(भिडियो)
मनोरन्जन, समाचार

कुमार कार्कीको ‘कर्मै मेरो चण्डाल’(भिडियो)

काठमाडौं ।  कलाकार तथा सर्जक कुमार कार्कीले यस वर्षको तीजलाई लक्षित गर्दै नयाँ गीत ‘कर्मै मेरो चण्डाल’सार्वजनिक गर्नुभएको छ । नारी वेदना र सामाजिक यथार्थलाई समेटिएको यो मार्मिक गीत कार्कीको आफ्नै युट्युब च्यानल ‘ए वान इन्टरटेण्टमेण्ट’ मार्फत दर्शकमाझ ल्याइएको हो । गीतमा कुमार कार्की कै शब्द रचना रहेको छ भने लय सिर्जना धर्मराज गिरीले गर्नुभएको छ । गितमा पूर्णकला विसीले आफ्नो सुमधुर स्वर दिनुभएको छ । पछिल्लो समय तीज गीतहरूमा मौलिकता र सन्देशभन्दा पनि भड्किलोपन हाबी भइरहेको गुनासो आइरहँदा ‘कर्मै मेरो चण्डाल’ ले नेपाली समाजका महिलाहरूले भोग्नुपरेको दुःख र संघर्षको कथालाई कलात्मक ढंगले प्रस्तुत गरेको छ । गीतको संगीत संयोजन पवन परियारले गर्नुभएको छ । गीतको भिडियोतर्फ पनि एक सशक्त टिमले काम गरेको छ । भिडियोमा कुमार कार्कीका साथै हरि ढकाल, खगेन्द्र केपी र पूर्णिमा थापाको मार्म...
एल्मिरा कार्की र इनेश बस्नेत भए “मिस्टर एण्ड मिस ग्रेस एसईई नेपाल”
मनोरन्जन, समाचार

एल्मिरा कार्की र इनेश बस्नेत भए “मिस्टर एण्ड मिस ग्रेस एसईई नेपाल”

‘ प्रतिभा र आत्मविश्वासको रंगीन उत्सव’ काठमाडौं- युवाको प्रतिभा, आत्मविश्वास र सिर्जनशीलता अभिव्यक्त गर्ने उद्देश्यले ग्रेस इभेन्ट्सको आयोजनामा तथा क्युपिड फोटोग्राफीको सहकार्यमा आयोजित “मिस्टर एण्ड मिस ग्रेस एसईई नेपाल २०२५ – सिजन ६” को ग्रान्ड फिनाले तथा विशेष सम्मान कार्यक्रम नवदुर्गा पार्टी प्यालेस, सुकेधारामा भव्यतापूर्वक सम्पन्न भयो। ग्रेस इभेन्ट्सका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत सुरज थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन संघीय संसद प्रतिनिधिसभाकी उपसभामुख माननीय इन्दिरा राना मगर, नेपाल स्काउट्सका प्रमुख आयुक्त देवराज घिमिरे र इभेन्ट म्यानेजमेन्ट एशोसिएसन नेपाल (EMAN) का अध्यक्ष तथा गिनिज वर्ल्ड रेकर्ड होल्डर राजेन्द्र लुइँटेल (राज )ले दीप प्रज्वलन गर्दै संयुक्त रूपमा गर्नुभयो। प्रतियोगितामा महिला तर्फ एल्मिरा कार्की र पुरुष  तर्फ इनेश बस्नेत विजेता ...
गायिका सञ्जुको ‘निलो आकशैमा बादलु’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

गायिका सञ्जुको ‘निलो आकशैमा बादलु’ सार्वजनिक(भिडियो)

नारी पर्व तीज नजिकिँदै गर्दा तीज लक्षित गीतसंगीत सार्वजनिक हुने क्रम बढ्दो छ । यस्तैमा सञ्जु न्यौपाने र पुस्कल शर्माको स्वरमा ‘निलो आकशैमा बादलु’ बोलको तीज गीत दर्शक, श्रोता समक्ष आएको छ । रमेश परियारको शब्द, संगीत रहेको गीतको भिडियोमा लोमश शर्मा, आशा भुसाल, सञ्जु न्यौपाने, सन्तोष पाण्डे लगायतका कलाकारको अभिनय छ । चक्रबहादुर बरालले खिचेको भिडियोमा सम्पादन, कलरिङ विष्णु खड्का, मेकअप कविता तोलाङ्गी, निर्देशन निरेन श्रेष्ठको रहेको छ । भिडियो गायिका सञ्जु न्यौपानेको अफिसियल युटूव च्यानलमा हेर्न सकिन्छ । https://www.youtube.com/watch?v=rP9wBRKZtNM...