समाज

संजय साई बाबाको ३५औं जन्मोत्सवको पावन अवसरमा बृहत् सम्मान अर्पण
समाचार, समाज

संजय साई बाबाको ३५औं जन्मोत्सवको पावन अवसरमा बृहत् सम्मान अर्पण

लाखौं साई भक्तहरूको आस्थाको केन्द्र श्री संजय साई बाबाको ३५औं जन्मोत्सवको पावन अवसरमा श्री सत्य साई सेवा अर्गनाइजेसनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा लामो समयदेखि योगदान पुर्‍याउनुभएका विशिष्ट व्यतित्वलाई श्री सत्य साई अन्तर्राष्ट्रिय अवार्डद्वारा सम्मान गरेको छ । यसरी सम्मानित हुनेहरूमा वरिष्ठ कलाकार हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, शिवसुन्दर श्रेष्ठ, मिथिला शर्मा बोहोरा, पूर्जा शर्मा, सितार बादक शुसान थापा, शुसिल अमात्य, गायक सत्यराज आचार्य, स्वरूप राज आचार्य रहनुभएको छ । यस्तै सो समारोहमा प्रोफेसर यशोधा पन्त, प्रोफेसर कान्ता भट्टराई, डा.माधव मंगल जोशी, प्रो.डा.धनबहादुर कुँवर, डा.भोला रिजाल, डा.गुनबहादुर थापा, श्यामसुन्दर धवडेल, भद्राकुमारी घले, अस्मिता भण्डारी रहनुभएको छ । श्री संजय साई बाबाको ३५औं जन्मोत्सव को अवसरमा सत्य साई सेवा अर्गनाइजेसनले यही पुस २ गतेदेखि बृहत् ३५ ...
पाल्पा बस दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
समाचार, समाज

पाल्पा बस दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाल्पा बस दुर्घटनाप्रति दुःख प्रकट गरेका छन्। बस दुर्घटनामा ज्यान गुमाएका यात्रुप्रति उहाँले श्रद्धाञ्जलि व्यक्त गरेका छन्। प्रधानमन्त्री दाहालले आज ट्वीट गर्दै दुर्घटनामा मृत्यु भएका नागरिकका आफन्तजनमा समवेदना प्रकट गरेका छन्। पाल्पाको रैनादेवीछहरा गाउँपालिका–८ टाडीस्थित सालझण्डी–ढोरपाटन सडकखण्डमा गए राति बस दुर्घटना हुँदा छ जनाको ज्यान गएको थियो। दुर्घटनामा परी १८ जना घाइते भएका छन्। प्रधानमन्त्री दाहालले दुर्घटनाका घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। उनले सार्वजनिक यातायात सुरक्षित र मर्यादित तुल्याउन भूमिका खेल्न सबैमा अपिल गरेका छन्।...
श्री संजय साई बाबाको ३५ औं शुभ जन्मोत्सवको अवसरमा बृहत रक्तदान
समाचार, समाज

श्री संजय साई बाबाको ३५ औं शुभ जन्मोत्सवको अवसरमा बृहत रक्तदान

आध्यात्मिक तथा धार्मिक जगतमा लाखौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साई भक्तहरूका अवतारको रुपमा परिचित श्री संजय साई बाबाको ३५ औं शुभ जन्मोत्सवको अवसरमा विविध सामाजिक तथा मानव सेवाका अभियानहरू सञ्चालन भइरहेका छन् । अभियानको १५औं दिनमा आईपुग्दा श्री संजय साई सेवा अर्गनाइजेसन नेपालले फ्रेश ब्लडको चरम अभाब भएको विशेष परीस्थितिलाई मध्यनजर गर्दै बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। संस्थाले बालकुमारी स्थित आफ्नै श्री संजय साई बृन्दाबन आश्रम परीसरमा शनिवार बृहत रक्तदान कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रममा १०८ जना साई भक्तहरूले रक्तदान गरेका थिए । सङ्कलन गरेको फ्रेस ब्लड नेपाल रेडक्रस सोसाईटी केन्द्रीय रक्त सन्चार केन्द्र कार्यालय लाई हस्तान्तरण गरिएको थियो । श्री संजय साइ बाबाको ३५औं शुभ जन्मोत्सवको पावन अवसरमा पुस १ गते देखि नै हरेक दिन बृहत ३५ दिने परोपकारी मानविय सेवामूलक का...
नेपाल स्नेही काखमा युवा समाजसेवी नगरकोटीको जन्मदिन
समाचार, समाज

नेपाल स्नेही काखमा युवा समाजसेवी नगरकोटीको जन्मदिन

युवा व्यबसायी तथा संचारकर्मी अनिल नगरकोटीले आफ्नो जन्मदिनको अवसर पारेर ललितपुरमा रहेको नेपाल स्नेही काखमा आश्रित करिव ९० जना आश्रित परिवारलाई भोजन गराएका छन । सानै उमेरदेखि समाजसेवीको रुपमा परिचित नगरकोटीले आफु संगै आफ्ना छोरा सुहान्स नगरकोटीको जन्मदिन पारेर भोजन गराएका हुन । जहरसिंहपौवा स्थायी बसोवास भएका नगरकोटी उक्त क्षेत्रमा समाजसेवा मार्फत अलग्गै पहिचान बनाएका छन । विद्यालयमा होस वा टोल समाजमा हुने सामाजिक कार्यमा उनी सधैं अग्रसर हुने गर्छन । राष्ट्रपत्र डटकमका प्रमुख समेत रहेका संचारकर्मी नगरकोटी सफल व्यबसायीको रुपमा समेत परिचय बनाएका छन ।सडकबालवालिका एवं घरपरिवारबाट बेवास्ता भएका तथा सडकमा भेटिएका असहाय मनोरोगीहरुको साहारा बनेको नेपाल स्नेही काखमा आश्रित परिवारसंग आफ्नो जन्मदिन मनाउन पाउनु जिवनकै खुशी महशुस भएको कुरा समाजसेवी नगरकोटीले बताए । लामो समयदेखि समाजसेवीको रुपमा ख्याती...
विश्व कीर्तिमानी गीतकार डा.उपाध्यायद्वारा थप २२ सहित १३२ विश्व रेकर्ड कायम
समाचार, समाज

विश्व कीर्तिमानी गीतकार डा.उपाध्यायद्वारा थप २२ सहित १३२ विश्व रेकर्ड कायम

मंसिर १२ । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायले आफ्ना थप २२ विश्व कीर्तिमान सार्वजनिक गर्नुभएको छ । सोमबार काठमाडौंमा एक विशेष समारोहमा नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यतामा कीर्तिमानी उपाध्यायका थप २२ विश्व कीर्तिमान सार्वजनिक तथा हस्तान्तरण एवं एल्वम विमोचन गरिएको हो । प्रथम उपराष्ट्रपति झाले डा. उपाध्यायलाई विभिन्न विश्व रेकर्ड प्रदान गर्ने ११ ओटा संस्थाले उपलब्ध गराएका प्रमाण पत्र हस्तान्तरण गर्नुभएको थियो भने समारोहमा ‘अविच्छिन्न’ एल्वम विमोचन गरिएको थियो । यसअघि विभिन्न विधामा गिनिज बुकअफ वल्र्ड रकेर्डसहित ११० विश्व रेकर्ड कायम गर्नुभएका उपाध्यायको वल्र्ड रेकर्डको संख्या १३२ पुगेको छ । यसअघि अन्र्तराष्ट्रिय पचास भाषामा गीत, एकैदिन सबैभन्दा धेरै दैनिक पत्रिकामा लेख प्रकाशित, गीतको सबैभन्दा सानो पुस्तक, नोट साइजको गीतको पुस्तक, ३७० ओटा आ...
यात्रारत यात्रा
समाचार, समाज

यात्रारत यात्रा

एभरेष्टमेन विषय देखे पछि कथा उन्ने तथा दृष्यमा बदल्ने गर्छु। समाजमा धेरै किसिमका विषयहरु हुन्छन् तर मलाई हाम्रै समाजका व्यक्तिले भोगिरहेका हाम्रै समाज वास्तविक विषयको मात्र कथा उन्न र दृष्यमा बद्लने सोच आउछ । मैले कथा बुनेका र दृष्यमा रुपान्तरण गरेका विषय कुनै विषेश लिङ्ग, जाति, क्षेत्रसँग सम्बन्धित हुने गर्छन् । यस क्रममा नयाँ ठाउँ खोज्ने र त्यसलाई यात्रादृष्यमा बदल्ने गर्छु यसले मलाई परम खुशी तथा आनन्द मिल्छ। यसै सिलसिलामा सन् २०११ मा सगरमाथाको चुचुरोबाट नेपाल बैंक लिमिटेडको व्यवसायिक विज्ञापन बनाए वापत विश्व रेकर्ड पनि बन्यो । यो अवधिको भोगाई र बुझाईका कारण सगरमाथाको आरोहणलाई गौरवमय बनाउने शेर्पा त्यसभित्रका पनि कथामा नभनिएका, नबुनिएका तर सगरमाथाको गरिमामा ईटा थपिरहनेहरुको विषयले मलाई एभरेष्टमेन बनाउन प्रेरित गर्यो । एभरेष्टमेन हिमाल आरोहणमा असाधारण क्षमता भएका कामीरिता शेर्पाको ...
एसियन प्रोफेसनल अचिभमेन्ट अवार्डमा विदेशीहरुलाई
समाचार, समाज

एसियन प्रोफेसनल अचिभमेन्ट अवार्डमा विदेशीहरुलाई

दुवई-  तीन वर्ष देखि सिजन मिडिया प्रालिले अन्तराष्ट्रिय स्तरमा प्रदान गर्दै आएको एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड २०२२ बाट नेपाल लगायत एसियन मुलुकका ११ जना गरी ३४ जनाले यस वर्षको प्रोफेसनल हात पार्न सफल भएका छन । देश तथा विदेशमा रहेर विभिन्न क्षेत्रमा योगदान दिने विशेष व्यक्तिलाई प्रदान गरिने ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड’ सिजन मिडियाले दुबईको याक एन यति क्लबमा एक कार्यक्रमका बिच अवार्ड प्रदान गरेको हो । सिजन मिडियाले आफ्नो १४ औं स्थापना दिवस तथा संविधान दिवस २०७९ को अवसर पारेर प्रदान गरिएको अवार्ड युपिएफ एसिया प्यासिफिकका को चियर डा. रोबेट किट्टेल ( अमेरीकी ) पूर्व मन्त्री एकनाथ ढकाल साथै यूएइका एनआरएनए अध्यक्ष ठाकुर ढुङ्गानाको हातबाट प्रदान गरेको सिजन मिडिया प्रालिका अध्यक्ष प्रदीप राज वन्तले जानकारी दिए । उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा भारतिय नेता विजय जोली आउने निश्च...
नेपाल जेसीज क्षेत्र ‘ग’ सम्मेलन सम्पन्न
समाचार, समाज

नेपाल जेसीज क्षेत्र ‘ग’ सम्मेलन सम्पन्न

नेपाल जेसीज क्षेत्र ‘ग’ सम्मेलन सम्पन्न भएको छ । जेसीजमा आवद्ध युवाहरुलाई अन्तरनिहीत क्षमता बिकास गरी सामाजिक, ब्यवसायिक, आर्थिक, अन्तराष्ट्रियक्षेत्रमा पहुँच बिस्तार गर्न नेपाल जेसीजले हरेक बर्ष क्षेत्र क, ख, ग र घ मा क्षेत्रगत सम्मेलन गर्ने सिलसिलमा भाद्र ३१ र असोज १ गते क्षेत्र ‘ग’ सम्मेलन काठमाडौमा भएको हो । सम्मेलनको काठमाडौ लेडि जेसीजको अतिथ्यता भएको उक्त सम्मेलनको समुद्घाटन समारोहका प्रमुख अतिथीका बाग्मती प्रदेश प्रमुख राजेन्द« पाण्डेले युवाहरुलाई देशमै रोजगारीको अवस्था श्रीजना गर्न बाग्मती प्रदेश सरकारले बजेट बिनियोजन गरेको जानकारी दिनुभयो । त्यस्तै नेपाल जेसीज २०२२ का अध्यक्ष जेसीआई सिनेटर लालमणि भण्डारीले नेपाल जेसीजले युवाहरुलाई परिचालन गरी स्थानीय सरकार र केन्द्रीय सरकार संग सहकार्य गरेर अघि बढन तयार रहेको बताउनुभयो । नेपाल जेसीजका कार्यकारीणि उपाधक्ष्य तथा सम्मेलन सभापती रम...
लायन्स क्लब अफ काठमाडौं एपेक्सले कान्तिपुर मलमा रक्तदान कार्यक्रम गर्ने
समाचार, समाज

लायन्स क्लब अफ काठमाडौं एपेक्सले कान्तिपुर मलमा रक्तदान कार्यक्रम गर्ने

काठमाडौं – लायन्स क्लब अफ काठमाडौं एपेक्सले कान्तिपुर मलमा रक्तदान कार्यक्रम गर्ने भएको छ। एपेक्सले भोलि असोज तीन गते नयाँ बसपार्क,गोङ्गबु स्थित कान्तिपुर मलमा बिहान ९ बजे देखि रक्तदान कार्यक्रम गर्न लागिरहेको छ। सामाजिक उत्तरदायित्वको भावनाले गर्न लागिएको रक्तदान कार्यक्रममा कान्तिपुर मलले सहयोग गर्न लागेको लायन्स क्लब अफ काठमाडौं एपेक्सका अध्यक्ष लायन गणेश बजगाईले बताउनुभयो । साथै, पायक पर्ने सबैलाई यस कार्यमा जोडिन आग्रह गर्नुभएको छ। “रगत कुनै वस्तु जस्तो उत्पादन गर्न नसकिने चिज रहेको तर एकले अर्कालाई दिन मिल्ने हुँदा सामाजिक उत्तरदायित्वको भावना र मर्म अनुरुप यस पुण्यकार्यमा सहभागी भईदिनुहुन कान्तिपुर मलका महाप्रबन्धक अमर निरौलाले अपिल गर्नुभएको छ।सामाजिक कार्यमा कान्तिपुर मल सदैव अग्रसर हुने निरौला अगाडि थप्नुहुन्छ। रक्तदान कार्यको रुपरेखा आयोजक: लायन्स क्लब अफ काठमाडौं सहयोग...
क्षेत्र ‘ग’ सम्मेलन भव्य र सभ्य हुनेछ : जेसी सोनी श्रेष्ठ
समाचार, समाज

क्षेत्र ‘ग’ सम्मेलन भव्य र सभ्य हुनेछ : जेसी सोनी श्रेष्ठ

काठमाडौ- काठमाडौ लेडी जेसीजको अतिथ्यतामा हुन गईरहेको नेपाल जेसीज क्षेत्र ग सम्मेलनको सम्पुर्ण तयारी पुरा भएको छ । भाद्र ३१ र असोज १ गते गरि दुई दिनसम्म नयांबजार स्थीत नेपा ब्याँक्वेटमा हुने उक्त सम्मेलनको विषयमा जानकारी दिने उद्देश्यले आज पत्रकार सम्मेलन गरिएको थियो । सम्मेलन वारे थप जानकारी दिदै,कार्यक्रम भव्य र सभ्य हुने कुरा आतिथ्य शाखा अध्यक्ष जेसी सोनी श्रेष्ठले बताउनुभएको थियो ।१८ देखि ४० वर्षका युवाहरुको नेतृत्व र व्यक्तित्व विकास गर्ने संस्था नेपाल जेसिजको वार्षिक कार्यक्रम अन्तर्गत गर्न लागिएको यस क्षेत्र  सम्मेलन उत्कृष्ट र अलग हुने सम्मेलन सभापति तथा निरुपित कार्यकारिणी उपाध्यक्ष जेसी रमा प्याकुरेलले जानकारी दिनुभयो ।पत्रकार सम्मेलनमा बोल्दै, सम्मेलन निर्देशक तथा काठमाडौ लेडी जेसीज १९८८ का अध्यक्ष शारदा मानन्धर पाण्डेले, सम्मेलनलाई थप आर्कषक बनाउन नेपाली संस्कृति तथा वातावरण संर...