समाचार

यात्रारत यात्रा
समाचार, समाज

यात्रारत यात्रा

एभरेष्टमेन विषय देखे पछि कथा उन्ने तथा दृष्यमा बदल्ने गर्छु। समाजमा धेरै किसिमका विषयहरु हुन्छन् तर मलाई हाम्रै समाजका व्यक्तिले भोगिरहेका हाम्रै समाज वास्तविक विषयको मात्र कथा उन्न र दृष्यमा बद्लने सोच आउछ । मैले कथा बुनेका र दृष्यमा रुपान्तरण गरेका विषय कुनै विषेश लिङ्ग, जाति, क्षेत्रसँग सम्बन्धित हुने गर्छन् । यस क्रममा नयाँ ठाउँ खोज्ने र त्यसलाई यात्रादृष्यमा बदल्ने गर्छु यसले मलाई परम खुशी तथा आनन्द मिल्छ। यसै सिलसिलामा सन् २०११ मा सगरमाथाको चुचुरोबाट नेपाल बैंक लिमिटेडको व्यवसायिक विज्ञापन बनाए वापत विश्व रेकर्ड पनि बन्यो । यो अवधिको भोगाई र बुझाईका कारण सगरमाथाको आरोहणलाई गौरवमय बनाउने शेर्पा त्यसभित्रका पनि कथामा नभनिएका, नबुनिएका तर सगरमाथाको गरिमामा ईटा थपिरहनेहरुको विषयले मलाई एभरेष्टमेन बनाउन प्रेरित गर्यो । एभरेष्टमेन हिमाल आरोहणमा असाधारण क्षमता भएका कामीरिता शेर्पाको ...
समय र मागलाई नेपाली जनताले पर्खेर बसेका छन
राजनीति, समाचार

समय र मागलाई नेपाली जनताले पर्खेर बसेका छन

-डा.डी.आर.उपाध्याय खनाल, अब राजनीतिक दलका नेताहरु सच्चिनु पर्छ । लोकतन्त्र बचाउने भनेको दलहरुले हो । दलहरु नमिले सम्म लोकतन्त्र बलियो हुदैन । लोकतन्त्र बलियो बनाउन पनि दलहरु मिल्नु पर्छ । आज देशमा राजनीतिक अबस्था त्यति राम्रो ढंगले चलेको छैन । जनता धेरै निराश अबस्थामा छन । राजनीतिक दलहरुले जनतालाई भ्रममा पारिरहेका छन । अब जनता सचेत हुनु पर्छ आज जनताको चेतनास्तरमा निकै वृद्धि भइसकेको छ । अहिलेका जनता मुलुक हाँक्ने भएका छन । अब हुने चुनाव मा जनताले आफै फैसला गर्छन । अब मतदाता सचेत हुनु पर्ने आबश्यकता देखिएको छ । अब जनतालाई सचेत र सजग बनाउनु पर्ने बेला आएको छ । राजनीतिक दलहरुले ले मुलुक बनाउने चिन्ता पटक्कै गरेनन् । भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनबाट पाठ सिकेर दलहरु अघि बढनु पर्छ । दल र तिनका नेताहरुले सधैँ नेपाली जनतालाई सोझो सम्झँदै आएका छन् । नेताहरूका भ्रष्ट प्रवृत्तिका बिरुद्ध ज...
एसियन प्रोफेसनल अचिभमेन्ट अवार्डमा विदेशीहरुलाई
समाचार, समाज

एसियन प्रोफेसनल अचिभमेन्ट अवार्डमा विदेशीहरुलाई

दुवई-  तीन वर्ष देखि सिजन मिडिया प्रालिले अन्तराष्ट्रिय स्तरमा प्रदान गर्दै आएको एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड २०२२ बाट नेपाल लगायत एसियन मुलुकका ११ जना गरी ३४ जनाले यस वर्षको प्रोफेसनल हात पार्न सफल भएका छन । देश तथा विदेशमा रहेर विभिन्न क्षेत्रमा योगदान दिने विशेष व्यक्तिलाई प्रदान गरिने ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड’ सिजन मिडियाले दुबईको याक एन यति क्लबमा एक कार्यक्रमका बिच अवार्ड प्रदान गरेको हो । सिजन मिडियाले आफ्नो १४ औं स्थापना दिवस तथा संविधान दिवस २०७९ को अवसर पारेर प्रदान गरिएको अवार्ड युपिएफ एसिया प्यासिफिकका को चियर डा. रोबेट किट्टेल ( अमेरीकी ) पूर्व मन्त्री एकनाथ ढकाल साथै यूएइका एनआरएनए अध्यक्ष ठाकुर ढुङ्गानाको हातबाट प्रदान गरेको सिजन मिडिया प्रालिका अध्यक्ष प्रदीप राज वन्तले जानकारी दिए । उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा भारतिय नेता विजय जोली आउने निश्च...
फेसन कोरियोग्राफर रोजिन शाक्यलाई एशियन प्रोफेसनल अचिभमेन्ट अवार्ड
मनोरन्जन, समाचार

फेसन कोरियोग्राफर रोजिन शाक्यलाई एशियन प्रोफेसनल अचिभमेन्ट अवार्ड

काठमाडौं । बडा दशैको शुभ अवसरमा दुबई आयोजना भएको एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२२ मा नेपालका फेसन कोरिायोग्राफर रोजिन शाक्यलाई आइकोनिक फेसन एण्ड प्याजेन्ट कोरियोग्राफरको अवार्ड प्राप्त भएको हो । उक्त अवार्ड कार्यक्रममा नेपाल, भारत, फिलिपिन्स, बंगलादेश, युएई लगायतका मुलुकका विभिन्न क्षेत्रका विभिन्न व्यवसायिक व्यक्तिहरुलार्ई उनीहरुको आ आफ्नो क्षेत्रमा निरन्तरता, उपलब्धी र योगदानको उच्च मुल्यांकन एवं कदर गर्दै एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड अन्तर्गत विभिन्न विधामा अवार्ड प्रदान गरिएको थियो । आइकोनिक फेसन एण्ड प्याजेन्ट कोरियोग्राफरको अवार्ड विजेता रोजिन शाक्य झन्डै २५ वर्ष देखि फेसन र संचार क्षेत्रमा निरन्तर क्रियाशिल नाम हो । स्थानीय, क्षेत्रीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सौन्दर्य, मोडलिङ तथा फेसन कार्यक्रम गरी झन्डै चौध सय कार्यक्रमको कोरियोग्राफरको रुपमा अनुभव संगालिसक...
सत्ता राजनीतिमा राम्रा मान्छेलाई आउन दिइएको छैन
राजनीति, समाचार

सत्ता राजनीतिमा राम्रा मान्छेलाई आउन दिइएको छैन

-डा.डिआर उपाध्याय, काठमाडौं । लामो समय देखि नै नातावादको राजनीतिले देशलाई गाँजेको छ । यसबाट देश अझै मुक्त हुन सकेको छैन । राजनीतिमा नातावाद घुसे पछि देश बन्न सक्दैन । राजनीति भनेको यस्तो पवित्र चिज हो, जहाँ निस्वार्थ रुपमा जनसेवा गरिन्छ । तर नेपालको राजनीतिमा भने त्यस्तो देखिएन । नेपालको राजनीतिमा समाजसेवाको नाममा ब्यापार भएको छ । नेताहरु राजनीतिको नाममा सबै कुरामा सम्पन्न भएका छन । जनताको बलमा यति ठूला ठूला परिवर्तन भए, परिवर्तनबाट नेता बने तर जनता जहाँको त्यही छन । राजनीति दल र तिनका नेताहरुले राजनीति नियुक्ति, चुनावका लागी टिकट आदी इत्यादीमा सबै भन्दा बढी प्राथमिकता नातावादलाई दिन्छन । परिवर्तनका लागी लडेका, पार्टीको लागी योगदान दिएका ती नेता कार्यकर्ताहरु ओझेल परेको जस्तो देखिन्छ । जो संग पैसा छ त्यो नै राजनीतिमा हावी भएको छ । लामो समय देखि यस्तो प्रवृत्ति देखिन्छ । सत्ता राजन...
सुरेन्द्र श्रेष्ठको स्वरमा गृष्मा पौड्यालको “बाली सिङ्गापुर (भिडियो)
मनोरन्जन, समाचार

सुरेन्द्र श्रेष्ठको स्वरमा गृष्मा पौड्यालको “बाली सिङ्गापुर (भिडियो)

गृष्मा पौड्याल द्वारा रचित म्यूजिक भिडियो “बाली सिङ्गापुर” सार्वजनिक भएको छ। संगित र गायन सुरेन्द्र श्रेष्ठको रहेको यो गीत तारा सितारा प्रोडक्सनले तयार पारेको हो । https://youtu.be/GlKuNDJnugA आमेश भण्डारी र अनु पराजुलीको मुख्य अभिनय रहेको यो भिडियोलाई कृष्ण पौडेलले निर्देशन गरेका हुन् भने युवराज खत्रीले एडिटिङ्ग गरेका हुन् ।...
नेपालकै अग्रणी व्युटि सलुन ‘फेसियल हाउस’ १५ वर्षमा प्रवेश
अर्थ/व्यापार, समाचार

नेपालकै अग्रणी व्युटि सलुन ‘फेसियल हाउस’ १५ वर्षमा प्रवेश

फेसियल हाउस १४ वर्ष पुरा भएर १५ वर्षमा प्रवेश गरिसकेको छ । यहाँ फुल फेमेली प्याकेजको सुविधा छ । फेसियल हाउस काठमाडौं उपत्यका लगायत देशभर भएका व्युटी सैलुनहरु मध्य उत्कृष्ट सैलुनमा पर्न सफल छ । नेपालको नम्वर वान ब्युटी सौन्दर्यको अवार्ड पाउन पनि फेसियल हाउस सफल छ । नेपालमा नै उत्कृष्ट ब्राण्ड बन्न सफल छ फेसियल हाउस । यसैक्रममा हामीले फेसियल हाउसका प्रवन्ध दिर्नेशक तथा बरिष्ठ सौन्दर्यविद सुष्मा महरासँग कुराकानी गरेका छौंः फेसियल हाउसको कसरी सेवा प्रदा गरिरहेको छ ? सानो बच्चादेखि लिएर वृद्धवृद्धासम्मका लागि प्याकेज हामीसँग छ । इन्फ्रा स्टक्चर पनि सोही अनुशार बनाएका छौं । बच्चालाई मनपर्ने खेलौनाको चेयर छन् । कपालको लागि सोही अनुशारको सेप्रेट रुममा पनि सर्भिस दिन्छौं । हजुर बुवा हजुर आमाको लागि पनि सोही अनुशारको प्याकेज छन्् । लेडिज तथा जेन्स ब्युटी पार्लर भन्न भन्दा पनि फुल फेमेली प्याकेजवा...
कोलकतामा दशैँ सांस्कृतिक महोत्सव भव्य रुपमा सम्पन्न
अन्तर्राष्ट्रिय, समाचार

कोलकतामा दशैँ सांस्कृतिक महोत्सव भव्य रुपमा सम्पन्न

कोलकता । शिव कैलाश कला मन्दिरको प्रस्तुति कोलकतामा दशैँ सांस्कृतिक महोत्सव भव्य रुपमा सम्पन्न भएको छ । शिव कैलाश कला मन्दिर काठमाडौंका नारायण रिजालको संयोजन रहेका कलाकार हरूले आ-आफ्नो प्रस्तुति दिएका थिए । आयोजक गोरखनाथ सेवासमिती अघ्यक्ष केशव अधिकारी क्षेत्री, उपाध्यक्ष खेमराज बराल, व्यवस्थापक अरुण पान्डे, महासचिव नरविक्रम थापा, गोरखनाथ सेवा समिति मुल कमिटी सांस्कृतीक सम्योजक सुखदेव प्रधान, सचिव मोहन सिंहले संयोजन गर्नुभएको कार्यक्रममा दिलिप थापा डान्स एकेडेमीकोसमेत प्रस्तुति रहेको थियो । नारायण रिजालको संयोजनमा रहेका नेपालका कलाकारहरूमा रेनुका रिजाल, भरत पुटुवार, स्नेहा घिमिरे, युनिशा रिजाल, रोशन बुढाथोकी, शान्ता सत्याल, बिकास तामाङ, प्रतिज्ञा भण्डारी, राजकुमार सिंह तथा गायक सविन शंकर र गायिका सपना सुनारका साथमा सरु बुढाथोकी, बालकलाकार आस्तिक रिजाल र रिह्नान बुढाथोकीले प्रतुति दिनुभ...
नेताहरु अवसरको खोजीमा
मनोरन्जन, समाचार

नेताहरु अवसरको खोजीमा

-डा.डी.आर.उपाध्याय खनाल, काठमाडौं । बिभिन्न पार्टी परित्याग गरि एमालेमा प्रबेश गरेका समाचारहरु दिनौं संचार माध्यममा आउने गरेको देखिन्छ । पाँच दल एकातिर एमाले अर्को तिर हुँदा पनि एमालेकै चर्चा छ । मधेश केन्द्रित दलहरु पनि एमालेमा प्रबेश गरिरहेका छन । मधेशी नेताहरू एमालेमा प्रबेश गरेको देख्दा मधेशमा एमाले बलियो हुन्छ की भन्ने अडकलवाजी सुरु हुन थालेको छ । २०७४ सालको संसदीय चुनावमा एमालेलाई मधेशमा निषेध गर्ने अभियान नै चलाएका नेताहरू नै अहिले एमालेमा प्रवेश गरेका छन । राजनीतिमा कति खेर के हुन्छ कुनै ठेगान नै हुदैन । नेताहरु अवसरको खोजीमा छन । अवसरवादी राजनीतिले मुलुक पछाडी परिरहेको छ । नेताहरु आफनो स्वार्थका लागी कहिले यता कहिले उता गरिरहेका छन । निष्ठाको राजनीति हराउदै गएको छ । मुलुक बनाउने र ढृड इच्छाशक्ति भएको राजनेताको यो मुलुकमा खाँचो छ । अहिले सम्म देशको लागी सोच्ने र देश बनाउने ने...
विश्व कीर्तिमानि गीतकार डा. उपाध्ययको सयौं मान्छेहरूको भीडमा ४५ वटा भिडियो कम्पाइल गरिएको ‘ईशा’ एल्बम सार्वजनिक
मनोरन्जन, समाचार

विश्व कीर्तिमानि गीतकार डा. उपाध्ययको सयौं मान्छेहरूको भीडमा ४५ वटा भिडियो कम्पाइल गरिएको ‘ईशा’ एल्बम सार्वजनिक

काठमाडौं- बुधबार काठमाडौंको कमलापोखरीमा रहेको अति व्यस्त मल सिटी सेन्टरमा फरक दृश्य देखियो । सपिङका लागि आएका मान्छेहरूलाई पनि अनौठो भइरहेको थियो । प्रसंग थियो मलमा सपिङ गर्न आएका सयौं मान्छेहरूको भीडमा विश्व कीर्तिमानी गीतकार तथा उपन्यासका डा.डीआर उपाध्यायको नयाँ एल्बम ‘ईशा’ सार्वजनिक कार्यक्रम । मलमा ग्राहकको भिडभाडबीच गीतकार संघका निर्वतमान अध्यक्ष चुण्डामणि देवकोटाका प्रमुख आतिथ्यतामा डा. उपाध्ययको ४५ वटा गीतको भिडियो कलेक्सन रहेको एल्बम ‘ईशा’ लोकार्पणगरिएको छ । एल्बमलाई प्रमुख अतिथि देवकोटासहित सर्जक डा.उपाध्याय, सञ्चारकर्मी तुलसी गिरी, भोला अधिकारी, शुभाष प्रधान, निरज दाहाल, सिडी डिजाइनर रमेश थापा, यमबहादुरलगायतले लोकार्पण गर्नुभएको थियो । समारोहमा प्रमुख अतिथि देवकोटाले सर्जक उपाध्यायले आफ्ना सिर्जना श्रोता/दर्शकमाझ ल्याउदा सधैं अलगअलग र पृथक तरिका अपानाउँदै सार्वजनिक गर्ने क्...