समाचार

राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानद्वारा बृद्धाश्रमलाई सहयोग
मनोरन्जन, समाचार

राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानद्वारा बृद्धाश्रमलाई सहयोग

राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानले राजधानीको धुम्बाराही स्थिति ‘धुम्बाराही लायन बृद्धाश्रम नेपाल’मा आश्रीत बृद्धबृद्धालाई सहयोग हस्तान्तरण गरेको छ । चिसो बढ्दै जाँदा बृद्धाश्रममा आश्रीत बृद्धबृदालाई न्यानो कम्बल सहित खाद्यान्न, फलफुल र नगद समेत सहयोग हस्तान्तरण गरेको प्रतिष्ठानका अध्यक्ष राजेन्द्र बजगाईले जानकारी दिएका छन् । उनका अनुसार काठमाडौंमा दिन प्रतिदिन बढिरहेको चिसोबाट बुद्ध उमेरका बुबा–आमालाई सुरक्षित गर्न सकिन्छ कि भन्ने पवित्र भावनानुरुप उक्त सहयोग गरिएको हो । कला क्षेत्रका बिभिन्न बिधामा सक्रिय श्रष्टा तथा प्रस्तोताहरु आवद्ध रहेको एकेडेमीले उक्त अवसरमा बिबिध सांस्कृतिक प्रस्तुतिहरु समेत प्रस्तुत गरेको छ । कलाकारहरुले भजन गाउन थालेपनि बृद्धाश्रम आश्रीत बुबाआमाहरुले नाचगान गर्दै रमाइलो गरेका थिए । कला क्षेत्रका बिभिन्न बिद्यामा आवद्ध संगीतकर्मीको हक–हितका लागि ...
पाल्पा बस दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
समाचार, समाज

पाल्पा बस दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाल्पा बस दुर्घटनाप्रति दुःख प्रकट गरेका छन्। बस दुर्घटनामा ज्यान गुमाएका यात्रुप्रति उहाँले श्रद्धाञ्जलि व्यक्त गरेका छन्। प्रधानमन्त्री दाहालले आज ट्वीट गर्दै दुर्घटनामा मृत्यु भएका नागरिकका आफन्तजनमा समवेदना प्रकट गरेका छन्। पाल्पाको रैनादेवीछहरा गाउँपालिका–८ टाडीस्थित सालझण्डी–ढोरपाटन सडकखण्डमा गए राति बस दुर्घटना हुँदा छ जनाको ज्यान गएको थियो। दुर्घटनामा परी १८ जना घाइते भएका छन्। प्रधानमन्त्री दाहालले दुर्घटनाका घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। उनले सार्वजनिक यातायात सुरक्षित र मर्यादित तुल्याउन भूमिका खेल्न सबैमा अपिल गरेका छन्।...
सगरमाथा अवार्डमा गीतकार श्रीपुरुष ढकाललाई लाइफटाइम
मनोरन्जन, समाचार

सगरमाथा अवार्डमा गीतकार श्रीपुरुष ढकाललाई लाइफटाइम

काठमाडौं । सहारा एप चौथो सगरमाथा म्युजिक अवार्ड २०७९ मा विशिष्ट गीतकार श्रीपुरुष ढकाललाई सगरमाथा लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरियो । गीतकार ढकाललाई रु.१७,६९६ नगदराशिसहित सम्मान गरिएको थियो । सम्मान प्रमुख अतिथि टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, ज्योती विकास बैंकका एजिएम रामहरी आचार्य, कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेत, कार्यक्रम संयोजक मनोज थापाले प्रदान गरेका थिए । त्यस्तै म्यूजिक भिडियोको सुरुवाती चरणका छायाँकार मधुर बस्नेतलाई सिनियर सिनेमाटोग्राफर अवार्ड प्रदान गरिएको थियो । प्रबद्र्धन हाम्रो अभियान भन्ने नाराको साथ भएको अवार्ड अर्थ नेपाल प्रालिको आयोजनामा भएको यस अवार्डमा ज्योती विकास बैंकको प्रस्तुती रहेको थियो भने साहारा एपले मुख्य प्रायोजन गरेको थियो । कार्यक्रम टोखा नगरपालिकाको सहकार्यमा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रकाश अधिकारीले कलाका...
जनसरोकारका बिषयमा केही कुरा
राजनीति, समाचार

जनसरोकारका बिषयमा केही कुरा

-डा.डिआर उपाध्याय,  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश र जनताको भाग्य चम्कने खालका योजना र कार्यक्रम बनाएर एक्सनमा उत्रनु पर्ने आबश्यकता देखिएको छ । मुलुक बनाउन इच्छा शक्ति र आत्मविश्वास चाहिन्छ । त्यो हाम्रो प्रधानमन्त्री पुष्पकमल दाहालमा छ । कुनै लोभ लालच आफूले पनि नराख्ने र अरुलाई पनि त्यस्तो दोभी पापी हुन नदिने काममा प्रधानमन्त्री दाहाल लाग्नु भयो भने देशमा आशाका किरण छाउन सक्थ्यो । आज देशका सामु धेरै समस्या र चुनौती त छदै छन । यी समस्या समाधान गर्न बर्तमान सरकार गम्भिर भएर लाग्नु पर्छ । जनसरोकारका सबै काम दूू्रत गतिमा अघि बढाउनु पर्ने आबश्यकता देखिएको छ । अब राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्व दुवै पक्षले मुलुकको विकास, सुशासन र समृद्धिमा ध्यान दिनु पर्ने भएको छ । अब पनि मुलुक प्रति खेलवाड गर्ने छुट कसैलाई छैन । देश बनाउने हो भने सबैभन्दा पहिला राजनीतिक नेतृत्व नैत...
म्याक्स नेपालको ‘लुरी’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

म्याक्स नेपालको ‘लुरी’ सार्वजनिक(भिडियो)

दोहा । गायक म्याक्स नेपालको स्वरमा रहेको गीत ‘लुरी’को भिडियो सार्वजनिक भएको छ । लामो समयदेखि कतारमा रहि व्यापार व्यवसायसंगै सांगीतिक क्षेत्रमा समेत सक्रिय गायक म्याक्स स्वयं फिचर्ड भिडियोमा उनलाई मोडल निशा मगरले अभिनयमा साथ दिएकी छिन । कतारको दोहामै छायांकन भएको भिडियोको गीतलाई शमन खड्काको शव्द र उनकै संगीत रहेको छ । निरज थापाको एरेन्ज रहेको गितलाई संगीत महल क्रियसनले निर्माण गरेको हो भने छायांकन तथा निर्देशन समेत थापाले नै गरेका हुन । https://www.youtube.com/watch?v=mLlGxuw4qGY म्याक्सका यस अघिका थुप्रै गीतले विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय अवार्ड जित्न सफल भएको छ ।...
प्याजेन्ट नेपालको ‘न्यू ईयर्स इभ ट्रेडिसनल फेशन शो’ भव्य रुपमा सम्पन्न
मनोरन्जन, समाचार

प्याजेन्ट नेपालको ‘न्यू ईयर्स इभ ट्रेडिसनल फेशन शो’ भव्य रुपमा सम्पन्न

अंग्रेजी नव वर्ष २०२३ को अवसरमा प्याजेन्ट नेपालले ‘न्यू ईयर्स इभ ट्रेडिसनल फेशन शो २०२२’ को आयोजना गरेको छ । अंग्रेजी नव वर्षको प्रारम्भ तथा २०२२ को अन्तिम दिन अर्थात डिसेम्वर ३१ का दिन उक्त भव्य शो आयोजना भएको हो । द ग्रुप फोर क्रियसनको एसोसियटमा आयोजनामा भएको उक्त फेशन शो र्याफटिङ्गका लागि लोकप्रिय रहेको कुरिनटारको गोर्खावीच रिसोर्टमा भएको हो । नेपालका चर्चित करिव १ दर्जन मोडलहरुले ४ वटा सिक्वेन्समा मौलीक पहिरन,वेष्टर्न,क्याजुएल र कल्चरलका आकर्षक पहिरनमा र्याम्प शो गरेका थिए । काव्या पनेरु, मनिषा क्षेत्री,रशिला गरु, माया लामा,अनुपा तिमल्सिना,सोना बज्राचार्य,निशान श्रेष्ठ लगायत अनुभवी मोडलहरुले र्याम्प शो गरेका थिए । कार्यक्रममा नेपाली लोक पहिचान झल्कने फेशन शो का साथै नेपालका चर्चित लोकप्रिय राष्ट्रिय कलाकारहरु गायक सपन श्रेष्ठ गायक कृष्ण भट्टराई, लगायत स्थानिय कलाकारहरुको साँगीतिक प्रस्...
देशमा नयाँ गठबन्धनको संस्कार हुर्कंदै
राजनीति, समाचार

देशमा नयाँ गठबन्धनको संस्कार हुर्कंदै

-डा.डिआर उपाध्याय, अब मुलुक सुशासन तर्फ अघि बढनु पर्छ । यो हामी सबैको चाहाना हो । आज देशमा निर्वाचन सम्पन्न भएर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकार गठन भइसकेको छ । अब मुलुकले निकास पाउँछ की पाउँदैन भन्ने आम जनताको चाहाना छ । नयाँ सरकार गठन संगै देशमा एक खालको उत्साह बढेको छ । यो सबैले स्वीकार गर्न सक्नु पर्छ । खै किन हो अहिले जनतामा एक खालको उत्साह छ । तर नयाँ प्रधानमन्त्री पुष्पकमल दाहालले यो बिषयमा गम्भिर बन्नु पर्ने आबश्यकता भने देखिएको छ । संसदमा नयाँ सांसद पनि आइसकेका छन । अब संसदले कस्तो भूमिका खेल्ने ? अब सांसदहरूले इमानदारितापूर्वक भ्रष्टाचार नियन्त्रणमा संसदमा सशक्त भूमिका खेल्नु पर्छ । यो नै आजको महत्वपूर्ण बिषय हो । आज मुलुकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भइसकेका छन् । आज देशमा नयाँ गठबन्धनको संस्कार हुर्क...
श्री संजय साई बाबाको ३५ औं शुभ जन्मोत्सवको अवसरमा बृहत रक्तदान
समाचार, समाज

श्री संजय साई बाबाको ३५ औं शुभ जन्मोत्सवको अवसरमा बृहत रक्तदान

आध्यात्मिक तथा धार्मिक जगतमा लाखौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साई भक्तहरूका अवतारको रुपमा परिचित श्री संजय साई बाबाको ३५ औं शुभ जन्मोत्सवको अवसरमा विविध सामाजिक तथा मानव सेवाका अभियानहरू सञ्चालन भइरहेका छन् । अभियानको १५औं दिनमा आईपुग्दा श्री संजय साई सेवा अर्गनाइजेसन नेपालले फ्रेश ब्लडको चरम अभाब भएको विशेष परीस्थितिलाई मध्यनजर गर्दै बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। संस्थाले बालकुमारी स्थित आफ्नै श्री संजय साई बृन्दाबन आश्रम परीसरमा शनिवार बृहत रक्तदान कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रममा १०८ जना साई भक्तहरूले रक्तदान गरेका थिए । सङ्कलन गरेको फ्रेस ब्लड नेपाल रेडक्रस सोसाईटी केन्द्रीय रक्त सन्चार केन्द्र कार्यालय लाई हस्तान्तरण गरिएको थियो । श्री संजय साइ बाबाको ३५औं शुभ जन्मोत्सवको पावन अवसरमा पुस १ गते देखि नै हरेक दिन बृहत ३५ दिने परोपकारी मानविय सेवामूलक का...
राजनीतिक धुब्रिकरण
राजनीति, समाचार

राजनीतिक धुब्रिकरण

-डा.डिआर उपाध्याय, नेकपा एमाले सहितका पार्टीको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल तेस्रो पटक प्रधानमन्त्री हुन सफल भएका छन । आज ४ बजे उनले सफथ लिने कार्यक्रम छ । गठबन्धन टोडेर उनी सत्ता स्वार्थका लागी जे गर्न पनि तयार भए । आखिर सत्ताका लागी जे पनि हँुदो रहेछ । राजनीतिक दलमा इमान भन्ने कुरा नै छैन । चुनावको बेलामा गठबन्धनको नाममा भोट मागेर चुनाव जित्ने अहिले आएर सत्ता स्वार्थका लागी गठबन्धन टोडने यो कस्तो राजनीतिक संस्कार हो ? अब भावि पुस्ताले यस्तो राजनीति संस्कारबाट के सिक्ने ? देश र जनताको भन्दा नेताहरुलाई आफनै कुर्सि प्यारो लागेको छ । कुर्सि भन्दा अरु नेताहरुले देखेनन् । यसरी देश कसरी बन्छ ? अब गठन हुने सरकारमा धेरै भन्दा धेरै दलको सहभागीता हुने छ । दलहरुको चित्त बुझाउन पनि प्रचण्डलाई ठूलै चुनौति हुने छ । अब बन्ने सरकारले देश र जनताको पक्षमा के कति काम गरेर दे...
अमर वान्तुको ‘कस्तो मिलेको’ सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

अमर वान्तुको ‘कस्तो मिलेको’ सार्वजनिक (भिडियो)

वरिष्ठ गीतकार अमर वान्तुको नयाँ गीत ‘कस्तो मिलेको’ सार्वजनिक भएको छ । सहिमा श्रेष्ठ र ज्वाला राईको स्वर, दीपक शर्माको सङ्गीत, नरेन्द्र वियोगीको मिक्सिङ/एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । विक्रम चौहानको निर्देशन र कोरियोग्राफी रहेको गीतको भिडियोमा चक्र बम, स्मारिका धिताल, सरोज राना प्रजा र विना राउतको अभिनय छ । अर्जुन तिवारीको छायांकन रहेको भिडियोमा मिलन विश्वकर्माको सम्पादन छ । गीतको भिडियो ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो । https://youtu.be/_BDZhffG8-Y बान्तुका ‘परिभाषाका राँटाहरू’ (केही गीत, केही कविता) सङ्ग्रह र ‘अमर भावना’ र ‘अमर भावना-२’ एल्बम पाठक/स्रोता र दर्शकमाझ आएकाछन् । उहाँका थुप्रै फुटकर गीत, कविता र गजल पनि सार्वजनिक छन् । ‘परिभाषाका राँटाहरू’ पहिलो काव्यकृति हो उहाँको । गीत लेखन तथा सामाजिक कार्यहरूमा आफूलाई सक्रिय बनाउँदै आउनुभएका वान्तुको ‘गर्मी...