समाचार

‘दशै यसपाली’ भन्दै सविन, देव र कृष्ण (भिडियो)
मनोरन्जन, समाचार

‘दशै यसपाली’ भन्दै सविन, देव र कृष्ण (भिडियो)

काठमाडौं । हिन्दुहरुको महान चाडको अवसरमा गीतकार कृष्ण राज भण्डारीको शव्दमा तयार भएको दशै गीत ‘दशै यसपाली’ सार्वजनिक भएको छ । लाल बहादुर सुब्बाको संगित तथा गायकत्रय सविन लिम्बु, देव राना, कृष्ण भण्डारीको स्वर रहेको गीतको भिडियो हाम्रो ‘हाम्रो आफ्नै टिभी’ युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । https://www.youtube.com/watch?v=r4gFbzwPvz8 सविन लिम्बुकै एरेन्ज रहेको गीतको भिडियोमा गायकत्रयका साथमा भुपेन सिंह क्षेत्रीको अभिनय देख्न सकिन्छ । रोशन श्रेष्ठले छायांकन गरेको भिडियोलाई अनिल श्रेष्ठले निर्देशन गरेका हुन भने सम्पादन विवेक सुनार र कलर श्याम कुंवरको रहेको छ ।...
मिलापको आयोजनामा बडा दशैँको शुभकामना आदान-प्रदान एवं स्रष्टा सम्मान
समाचार, समाज

मिलापको आयोजनामा बडा दशैँको शुभकामना आदान-प्रदान एवं स्रष्टा सम्मान

मिलापको आयोजनामा बडा दशैँ-२०८० शुभकामना आदान-प्रदान एवं स्रष्टा सम्मान समारोह आयोजना गरेको छ । मासिकले बिहीबार काठमाडौंमा एक विशेष समारोहको आयोजना गर्दै शुभकामना आदान-प्रदान एवं स्रष्टा सम्मान समारोह गरेको हो । नेपालीहरूको महान् पर्व बडादशैँको पूर्वसन्ध्यामा भएको समारोह प्रथम उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । विशिष्ठ कलाकार लय संग्रौला, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, वरिष्ठ संगीतकार राजु सिंह, वरिष्ठ गायक सीताराम पोखरेल, कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ, गायक शिशिर योगीलगायतकाको आतिथ्यता रहेको कार्यक्रममा कीर्तिमानी गीतकार डा.डीआर उपाध्यायलाई ‘टीका गोपाल गीतसंगीत विशेष सम्मान-२०८०’ प्रदान गरिएको थियो । यो पुरस्कार नेपाली गीतसंगीत क्षेत्रको प्रवद्र्धन र स्रष्टालाई प्रोत्साहन एवं सम्मान गर्ने उद्देश्यले गायक तथा संगीतकार कन्हैया सिंहले आ...
एआईजी भण्डारीद्वारा एशियन गेम्समा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई स्वागत
खेलकुद, समाचार

एआईजी भण्डारीद्वारा एशियन गेम्समा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई स्वागत

काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवं नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारी लगायत सिनियर प्रहरी अधिकृतहरुले सन् २०२३ सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म मित्र राष्ट्र चीनमा सम्पन्न भएको १९ औं एशियन गेम्स अन्तर्गत कराते, कबड्डी, भारोत्तोलन तथा भलिबल खेलमा उत्कृष्ट खेल प्रदर्शन गरी स्वदेश फिर्ता हुनुभएका खेलाडी तथा अफिसियलहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नु भयो । उक्त प्रतियोगितामा नेपालले प्राप्त गरेको १ रजत र १ काँस्य गरि कुल २ पदक मध्ये कराते खेल अन्तर्गत नेपाल पुलिस क्लबमा आवद्ध कराते खेलाडी एरिका गुरुङले नेपालको कराते खेल ईतिहासमै पहिलो पटक एशियन गेम्सको फाईनलमा प्रवेश गर्न सफल भई नेपाललाई रजत पदक दिलाउनु भएको थियो भने आफ्नो डेब्यू खेलमा नै कास्य पदक जित्न सफल नेपाली कबड्डी टिममा न...
दोस्रो संस्करणको राष्ट्रिय एक्टिभ म्युजिक अवार्ड सम्पन्न
मनोरन्जन, समाचार

दोस्रो संस्करणको राष्ट्रिय एक्टिभ म्युजिक अवार्ड सम्पन्न

दोस्रो संस्करणको राष्ट्रिय एक्टिभ म्युजिक अवार्ड सम्पन्न भएको छ । चलचित्र विकास बोर्ड चाबहिलमा एक विशेष समारोहबीच कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङको प्रमुख आतिथ्यतामा अवार्ड कार्यक्रम सम्पन्न भएको हो । एक्टिभ इन्टरटेनमेन्ट प्रा.लि.का कार्यकारी प्रमुख बिजेन्द्र नौबागेको सभापतित्वमा सम्पन्न भएको कार्यममा वरिष्ठ लोक दोहोरी गायक अमर बिरही गुरुङलाई दीर्घ साधना सम्मान अर्पण गरिएको थियो । कार्यक्रममा दशकौं सदावहार लोकदोहोरी गायक सम्मान लोकप्रिय लोकदोहोरी गायक रामजी खाँड, नांगो गाउँ चलचित्र निर्माता तथा समाजसेवी हिमाल कडरिया, वरिष्ठ लोकदोहोरी गायक माधव भण्डारी, वरिष्ठ एरेञ्जर राजु खड्का, गीतकार मिनबहादुर लामा, वरिष्ठ कलाकार यादव बैरागी, लोकप्रिय लोकदोहोरी गायक नेत्र भण्डारी, लोकदोहोरी गायक तथा मोडल पिएन सापकोटा, संगीतकार ढुण्डीराज ढकाल, गायक सन्जोक बोम्जन, लोकदोहोरी गायक दि...
फुटुङमा समुदाय -प्रहरी साझेदारी अवधारणा अन्तर्गत मानव वेच बिखन तथा घरेलु हिंसा सम्बन्धि प्रशिक्षण
समाचार, समाज

फुटुङमा समुदाय -प्रहरी साझेदारी अवधारणा अन्तर्गत मानव वेच बिखन तथा घरेलु हिंसा सम्बन्धि प्रशिक्षण

काठमाडौं । संभव नेपालको आयोजनामा काठमाडौ तारर्केश्वर फुटुङमा समुदाय -प्रहरी साझेदारी अवधारणा अन्तर्गत मानव वेच बिखन तथा घरेलु हिंसा सम्बन्धि कपिल देवकोटाको अध्यक्षयतामा प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा नेपाल प्रहरीका निरिक्षक रामजी देवकोटाले महिला,बालबालिका र किसोरीहरु माथी हुने हिंसा कसरी रोक्न र कम गर्न सकिन्छ भन्ने बारेमा सहभागी महिलाहरुलाई सचेतना गाराउने हिसाबले उपस्ति महिला हरुलाई आफु कसरी बच्ने र कानुनी साहेता कसरी लिने र सम्भावित दुर्घटनालाई कासरि न्युनिकरण गर्न सकिन्छ भन्ने कुरा उपस्थित महिलाहरुलाई प्रष्ट पार्नु भायो । उत्त कार्यक्रम लाई नेपाल प्रहरीका असई बिनोद तामाङले सहजिकरण गरेका थिए । कार्यक्रमका अतिथी, सामाजिक अभियान्ता विष्णु सापकोटाले अशिक्षित, विपन्न वर्गलगायत महिला तथा बालबालिका कसरी बेचबिखन तथा ओसारपसारको जोखिममा रहेका हुन्छन भन...
“जति टाले पनि” बोलको गीत लिएर आए सुरज पण्डित(भिडियो)
मनोरन्जन, समाचार

“जति टाले पनि” बोलको गीत लिएर आए सुरज पण्डित(भिडियो)

रेलको बाटो, सिंहदरबार लगायतका चर्चित गीतका गायक सुरज पण्डित र सामाजिक विषयवस्तुमा गीत लेख्ने गीतकार रमेश दाहालको सहकार्यमा बनेको गीत “ जति टाले पनि ...” सार्वजनिक भएको छ । ज्वाला प्रदक्सनको युट्युब च्यानलबाट सार्वजनिक गरिको यस गीतमा कमल सौरागको संगीत संयोजन रहेको छ । https://www.youtube.com/watch?v=oanvESSmbs8 अभाव, गरिवी र त्यसले सिर्जना गरेको एक भरियाको जीवन कथामा गीत बनेको छ भने ढाकर खेपेर जीविकोपार्जन गर्न विवश परिवारले एक छाक खान र एक धरो लगाउन समेत संघर्ष गर्नुपरेको हुन्छ कमल सौरागको संगीत संयोजन रहेको छ । यहि भाव पोखिएको गीतमा धनराज थापा र सरस्वती खत्री, ईश्वर थापा र ऋतु बस्नेतको जीवन्त अभिनय हेर्न सकिन्छ । जीबी आग्रिको निर्देशन रहेको गीत ज्वाला प्रडक्सनले उत्पादन गरेको हो । गायक सुरज सामाजिक विषयवस्तुमा गीत समेत लेख्छन् भने भुइँमान्छेका कथामा गीत गाउँ सुरज खप्पिस छन् ।...
अमर वान्तुको नयाँ गीत ‘कुटुकुटु’ सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

अमर वान्तुको नयाँ गीत ‘कुटुकुटु’ सार्वजनिक (भिडियो)

गीतकार अमर वान्तुको नयाँ गीत ‘कुटुकुटु’ सार्वजनिक भएको छ । सुमीत खड्का र अञ्जु गौतमको स्वर, राजु कार्कीको संगीत र सुरेश राईको मिक्सिङरमाष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/aSu717lrFf4 विक्रम चौहानको निर्देशन रहेको गीतको भिडियोमा दीपाश्री निरौला, बुद्धि तामाङ, अभिसेक खडका र सेजिना श्रेष्ठको अभिनय रहेको छ । नवराज उप्रेतिको छायांकन रहेको भिडियोमा मिलन विश्वकर्माको सम्पादन र कलर छ । वान्तुका ‘परिभाषाका राँटाहरू’ (केही गीत, केही कविता) संग्रह र ‘अमर भावना’ र ‘अमर भावना-२’ एल्बम पाठक/श्रोता र दर्शकमाझ आएका छन् । उहाँका थुप्रै फुटकर गीत, कविता र गजल पनि सार्वजनिक छन् । ‘परिभाषाका राँटाहरू’ पहिलो काव्यकृति हो उहाँको । गीत लेखन तथा सामाजिक कार्यहरूमा आफूलाई सक्रिय बनाउँदै आउनुभएका वान्तुको ‘गर्मी भयो धरान….’लगायत थुप्रै गीत श्रोता/दर्शकले अत्यधिक मन पराएका छन् ...
काठमाडौंमा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन सुरु
अर्थ/व्यापार, समाचार

काठमाडौंमा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन सुरु

काठमाडौं । बागमती प्रदेशका कृषी तथा पशुपन्छी मन्त्री डाक्टर राजेन्द्र मान श्रेष्ठले, मुलुकका ७७ जिल्ला मध्ये मकवानपुर सबैभन्दा धेरै चट्याङको खोजिममा रहेको भन्दै त्यसको न्यूनिकरणका लागि सरकारले आवश्यक काम गरिरहेको बताएका छन् । अमृत साइन्स क्याम्पसको आयोजनामा काठमाडौंमा आयोजित ‘लाईटेनिङ इलेक्ट्रोम्याग्नेटिक्स् एन्ड एप्लिकेशन अब सेमिकन्डक्सन मेटेरियल’ नामक अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनस उनले मकवानपूरमा चट्याङका कारण क्षति कम गर्ने विषयमा छलफल हुने गरेको दाबी गरे । ‘यो कार्यक्रम यस कारण पनि महत्वपूर्ण छ र हाम्रो ध्यानाकर्षण गरेको छ । देशका ७७ जिल्ला मध्ये बागमती प्रदेशको मकवानपुर जिल्लामा सबैभन्दा धेरै मानिसहरुको ज्यान गुमाउने गरेका छन् ।’ उनले भने ‘ त्यसैले पनि यो विषयमा प्रदेश सभा र प्रदेश सरकारको बैठकमा समेत चट्याङबाट जीवन रक्षा र भौतिक पूर्वाधारको क्षति रोक्न आवश्यक भूमिका खेल्ने...
सकियो चलचित्र’चिट्ठी’को पोष्ट प्रोडक्सन,फष्टलुक्स सार्वजनिक गर्ने तयारीमा
मनोरन्जन, समाचार

सकियो चलचित्र’चिट्ठी’को पोष्ट प्रोडक्सन,फष्टलुक्स सार्वजनिक गर्ने तयारीमा

संचारकर्मी कमला जोशी निर्माता रहेको चलचित्र ‘चिट्ठी’को पोष्ट प्रोडक्सनको कार्य पुर्ण रुपमा सम्पन्न भएको छ । मंगलबार आफ्नो यूनिटसंग फिल्मको बारेमा समिक्षा गर्दै चलचित्र चिट्ठीको सम्पुर्ण कार्य सम्पन्न भएको र अव केही दिनमै चलचित्रको फष्टलुक्स सार्वजनिक गर्ने तयारीमा रहेको जानकारी निर्माण पक्षले दिएको छ । कमेडी, सस्पेन्स र थ्रिलर जनरामा बनेको चलचित्रलाई माधव राज खरेलले लेखन तथा निर्देशन गरेका हुन् । एरा प्रोडक्सनको ब्यानरमा निर्माण भएको उक्त चलचित्रमा सञ्जित भण्डारी, अर्गानिक कमेडी खड्गबहादुर पुनमगर खवपु, गोपाल ढकाल छन्दे, नबुजंग थापा, मुस्कान लामा, प्रवन भुषाल, कञ्चन चालिसेका साथै बरिष्ठ कलाकार मोहन निरौला, शान्तिप्रिय, माधव खरेल, श्रीदेव भट्टराई, नम्रता खरेल पौडेल, रश्मि भट्ट, उद्धव भट्टराई, कृष्ण भट्टराई, डेविलसिंह राजपुत, राजन थापा, पुरुषोत्तम सानु, पूर्ण राई, राजु कार्की, रन्जु गुरुङ,...
अन्जु पन्त र शंकर थापाको ‘तिमीलाई म कति माया गर्छु’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

अन्जु पन्त र शंकर थापाको ‘तिमीलाई म कति माया गर्छु’ सार्वजनिक(भिडियो)

काठमाडौं । संगीतकार तथा गायक शंकर थापा ‘स्माइल’ र लोकप्रिय गायिका अन्जु पन्तको गीत ‘तिमीलाई म कति माया गर्छु’को अडियो भिडियो सार्वजनिक गरिएको छ । शनिबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच प्रमुख अतिथी संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रगती महरा, बरिष्ठ संगीतकार राजु सिंह, संगीतकार संघ नेपालका अध्यक्ष चेतन सापकोटा, चर्चित गायक शिव परियार, राइट ट्युनका कार्यकारी निर्देशक गणेश शाही र संगीतकार तथा गायक शंकर थापा ‘स्माइल’ लगायतले संयुक्त रुपमा गीत सार्वजनिक गरेका हुन् । गायिका अन्जु पन्त भने देश बाहिर रहेकाले कार्यक्रममा उपस्थित हुनु भएको थिएन । शंकर थापा ‘स्माइल’को संगीत रहेको गीतमा गीतकार प्रलाद शाहको शब्द रहेको छ । माधव शर्माले निर्देशन गरेको गीतको भिडियोमा लाइन र लालना चिमरियाको अभिनय, नवराज उप्रेतिको छायाँकन, विकास दाहालको सम्पादन र सन्तोष राजवहाकको कोरियोग्राफी रहेक...