“जति टाले पनि” बोलको गीत लिएर आए सुरज पण्डित(भिडियो)

रेलको बाटो, सिंहदरबार लगायतका चर्चित गीतका गायक सुरज पण्डित र सामाजिक विषयवस्तुमा गीत लेख्ने गीतकार रमेश दाहालको सहकार्यमा बनेको गीत “ जति टाले पनि …” सार्वजनिक भएको छ । ज्वाला प्रदक्सनको युट्युब च्यानलबाट सार्वजनिक गरिको यस गीतमा कमल सौरागको संगीत संयोजन रहेको छ ।

अभाव, गरिवी र त्यसले सिर्जना गरेको एक भरियाको जीवन कथामा गीत बनेको छ भने ढाकर खेपेर जीविकोपार्जन गर्न विवश परिवारले एक छाक खान र एक धरो लगाउन समेत संघर्ष गर्नुपरेको हुन्छ कमल सौरागको संगीत संयोजन रहेको छ । यहि भाव पोखिएको गीतमा धनराज थापा र सरस्वती खत्री, ईश्वर थापा र ऋतु बस्नेतको जीवन्त अभिनय हेर्न सकिन्छ । जीबी आग्रिको निर्देशन रहेको गीत ज्वाला प्रडक्सनले उत्पादन गरेको हो । गायक सुरज सामाजिक विषयवस्तुमा गीत समेत लेख्छन् भने भुइँमान्छेका कथामा गीत गाउँ सुरज खप्पिस छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *