समाचार

विपी राजमार्ग पूर्णरूपमा यातायात सञ्चालन अनुमति
अर्थ/व्यापार, समाचार

विपी राजमार्ग पूर्णरूपमा यातायात सञ्चालन अनुमति

सडक डिभिजन कार्यालय भक्तपुरले बिपी राजमार्गमा आजदेखि पूर्णरूपमा सञ्चालन गर्न अनुमति दिएको छ । कार्यालयले जोखिमका कारण गत असोज ३० गतेदेखि रातको समयमा (दश घण्टा) यातायात सञ्चालनमा रोक लगाएको थियो । असोज दोस्रो साता परेको अविरल वर्षापछिको बाढीपहिरो कारण क्षति भएको बिपी राजमार्ग अन्तर्गतको धुलिखेल-भकुण्डेबेँसी-बर्खेखोला सडकखण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म १० घण्टा यातायात सञ्चालनमा रोक लगाएको थियो । कार्यालयले सुक्खा पहिरो खस्न सक्ने तथा काभ्रेपलाञ्चोकको नमोबुद्धस्थित १ नम्बरपुल-चौकीडाँडा-बर्खेखोला खण्डको करिब आठ किलोमिटर सडक ट्रयाक मर्मत-सुधार गरी यात्रा सुरक्षित बनाउनुपर्ने जनाउँदै उक्त सडकखण्ड रातको समयमा बन्द गरेको हो ।  बाढीपहिरोका कारण काभ्रेतर्फ भकुण्डेबेँसी-चौकीडाँडा-बर्खेखोला खण्डका विभिन्न स्थानमा पूर्णरूपमा बगाएको ८ किलोमिटरभन्दा बढी लम्बाइको सडकमा वैकल्पिक ट्रयाक नि...
‘बेहुली फ्रम मेघौली’ चलचित्र शुक्रबारदेखि ओटीटीमा उपलब्ध हुने
मनोरन्जन, समाचार

‘बेहुली फ्रम मेघौली’ चलचित्र शुक्रबारदेखि ओटीटीमा उपलब्ध हुने

कम शो दिइएको भन्दै हलबाट उतारिएको ‘बेहुली फ्रम मेघौली’ शुक्रवारदेखि ओटीटीमा उपलब्ध हुने भएको छ । कलाकार, निर्देशक एवम् चलचित्र निर्माता निश्चल बस्नेतले फेसबुकमा एक पोस्ट राख्दै यसबारे जानकारी दिएका हुन् । बस्नेतका अनुसार यो चलचित्र ‘एमएसएम भिडिओ’ नामक नयाँ नेपाली ओटीटी प्लेटफर्ममा उपलब्ध हुनेछ । तर अहिले पनि यसमा नयाँ अकाउन्ट बनाउँदा ओटीपी नआउने र आए पनि समय लाग्ने समस्या रहेको प्रयोगकर्ताहरूले सामाजिक सञ्जालमा लेखिरहेका छन् ।  हाल यस प्लेटफर्ममा ‘दिमाग खराब’, ‘महाजात्रा’ र ‘घरज्वाईं’ चलचित्र उपलब्ध छन् । प्लेटफर्ममा चलचित्र हेर्न ‘रेन्ट’मा लिने विकल्प छ । चलचित्रलाई एक हप्ता र दुई हप्तासम्म रेन्टमा लिन सकिने छ । त्यस्तै मासिक, अर्धवार्षिक, वार्षिक र आजीवन गरी प्लेटफर्मको सब्सक्रिप्सन समेत लिन सकिन्छ । तर प्रयोगकर्ताहरूले यो प्लेटफर्ममा चलचित्र हेर्नलाई पैसा तिर्ने विकल्प सजि...
काठमाडौँ महानगरले माग्यो १०८ जना जनशक्ति
अर्थ/व्यापार, समाचार

काठमाडौँ महानगरले माग्यो १०८ जना जनशक्ति

महानगरपालिकाले आज सूचना जारी गर्दै आफू मातहतको स्वास्थ्य विभाग अन्तर्गत रहेका सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रहरुमा करार सेवामा कामकाज गर्नको लागि जनशक्ति माग गरेको हो। लोकसेवा आयोगबाट सिफारिस वा अन्यत्रबाट स्थायी प्रकृतिको कर्मचारी सरुवा भइ नआएसम्म यस आर्थिक वर्षको असार मसान्तसम्मको लागि कर्मचारी माग गरिएको सूचनामा उल्लेख छ। महानगरले आठौँ तहको मेडिकल अधिकृत (डाक्टर) पदमा चारजना माग गरेको छ। त्यसैगरी पाँचौँ तहको ल्याब टेक्निसियन २९ जना, फिजियोथेरापी असिस्टेन्ट ३२ जना, स्टाफ नर्स पाँचजना, फार्मेसी सहायक १० जना, रोडियोग्राफर एक, तथ्यांक सहायक एक र कार्यालय सहयोगी २६ जना गरी एकसय आठ जना कर्मचारी माग गरेको हो। योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिन सक्नेछन्। अनलाइन प्रणालीमार्फत् पनि दरखास्त दिन सकिने सूचनामा उल्लेख छ। हेर्नु...
प्रधानमन्त्रीले बोलाए सत्ता गठबन्धनको बैठक
राजनीति, समाचार

प्रधानमन्त्रीले बोलाए सत्ता गठबन्धनको बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलहरूको बैठक बोलाएका छन् । बैठक अहिले बिहान ९ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।
तारे होटलले प्लास्टिकका बोतलमा पेय पदार्थ दिन नपाउने
अर्थ/व्यापार, समाचार

तारे होटलले प्लास्टिकका बोतलमा पेय पदार्थ दिन नपाउने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेको पर्यटन विभागले तारे होटलहरूमा प्लास्टिकजन्य बोटलसहितका पेय पदार्थम रोक लगाएको छ । विभागले प्रेस विज्ञप्ति जारी गर्दै तारे होटल (चार तारे, पाँच तारे र पाँच तारे डिलक्स) सबै रिसोर्टहरु (डिलक्स र लक्जरी)मा प्लास्टिकजन्य बोटल प्रयोगमा रोक लगाएको हो। तारे स्तरमा स्तरवर्गीकरण भई इजाजत प्राप्त गरी सञ्चालनमा रहेका होटल तथा रिसोर्टहरुमा प्लास्टिकजन्य बोटलसहितका पेय पदार्थहरु प्रयोगमा आइरहेका भनी जानकारी प्राप्त हुन आएको विभागले जनाएको छ । तत्काललाई कम्तिमा चार तारे वा सोभन्दा माथिल्लो स्तरका होटल तथा रिसोर्टहरुमा खानेपानीको लागि प्रयोगमा आउने प्लास्टिकजन्य बोटलमा रोक लगाएको पर्यटन विभागका महानिर्देशक सहसचिव डा. नारायण रेग्मीले जानकारी दिए । प्लास्टिकजन्य बोटलको प्रयोगबाट मानव स्वास्थ्य तथा वातावरणमा समेत नकारात्मक प्रभाव पर्ने ...
अर्थ/व्यापार, समाचार

फ्लाइ दुबईकाे कात्तिक २५ बाट भैरहवामा दैनिक उडान हुने

दुबईको राष्ट्रिय ध्वजावाहक फ्लाई दुबईले यही कात्तिक २५ गतेदेखि मुलुकको दोस्रो भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक उडान गर्ने भएको छ । फ्लाई दुबईले दुबई–भैरहवा–काठमाडौँ उडानका लागि आजदेखि बुकिङ खुलाएको छ । सो कम्पनीको नेपालस्थित आधिकारिक एजेन्ट ९जिएसए० युनिभर्सल टुर्स एण्ड ट्राभल्स रहेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार फ्लाई दुबईको विमान दिउँसो १ः४५ मा भैरहवा र २ः४५ मा काठमाडौँ आउनेछ । काठमाडौँमा एक घण्टा ‘टेक्निकल ल्याण्ड’ गरेर दुबई उड्नेछ । फ्लाई दुबईले भैरहवा विमानस्थलमा यात्रु ओरालेर त्यहाँबाट विदेश जाने यात्रुलाई ल्याएर काठमाडौँमा एक घण्टा रोकेर दुबई उड्नेगरी प्राधिकरणबाट अनुमति पाएको छ । टिकट र थप जानकारीलाई फ्लाई दुबईको वेबसाइटमा सम्पर्क गर्नसकिने जनाइएको छ । यस विमानस्थलमा कम्पनीको पहिलो उडान हो । हप्ता...
फेरियो बाबुराम भट्टराईको पार्टीको नाम
राजनीति, समाचार

फेरियो बाबुराम भट्टराईको पार्टीको नाम

डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) को प्रथम विधान अधिवेशन सम्पन्न भएको छ। पोखरामा भएको विधान अधिवेशनले आगामी माघ २५ देखि २७ सम्म काठमाडौंमा महाधिवेशन गर्नेसमेत निर्णय गरेको छ। पोखरा सम्पन्न नेसपाको विधान अधिवेशनले पार्टीको नाम र झण्डा परिवर्तन गर्ने निर्णय समेत गरेको छ। पार्टीको नयाँ नाम नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) राखिएको छ। विधान अधिवेशनले पार्टीको केन्द्रीय समिति ९९ सदस्यीय र पदाधिकारी ११ सदस्यीय हुने टुंगो लगाएको छ। पदाधिकारीहरुमा अध्यक्ष–१, उपाध्यक्ष–५, महासचिव–१, सचिव–३ र कोषाध्यक्ष–१ रहने बताइएको छ। विधान अधिवेशनले विचार र सिद्धान्त मिल्ने नयाँ दलहरूसँग पार्टी एकता र ध्रुवीकरण गर्दै अगाडि जाने प्रस्ताव गरे पनि माओवादी केन्द्र लगायतका पुराना दलहरूसँग भने एकता नगर्ने निष्कर्ष निकालेको छ।...
प्रतिष्ठानहरुमा एकरुपता हुन जरुरी छः मन्त्री पाण्डे
राजनीति, समाचार

प्रतिष्ठानहरुमा एकरुपता हुन जरुरी छः मन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले प्रतिष्ठानहरुको काममा एकरुपता हुन जरुरी रहेको औ+ल्याउनुभएको छ । मङ्गलबार नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको वार्षिक प्रतिवेदन बुझ्दै मन्त्री पाण्डेले उक्त कुरा बताउनुभएको हो । ‘‘बाढीका कारण ललितकला प्रतिष्ठानले क्षति व्यहोर्नुपर्यो । जसका कारण वार्षिक प्रतिवेदन ढिलो गरी प्राप्त भएको हुनुपर्छ ।,’’ मन्त्री पाण्डेले भन्नुभयो, ‘‘कतिपय प्रतिष्ठानहरु नाम मात्रैका छन् । कहीँ कानुनको अभाव त कहीँ भवनहरुको समेत अभाव देखिन्छ । प्रतिष्ठानहरुलाई एकरुपता हुने गरी व्यवस्थित गर्न जरुरी छ ।’’ मन्त्री पाण्डेले कतिपय पालिका, प्रदेश र संघका प्रतिष्ठानहरुबिच तालमेल नभएको जिकीर गर्नुभयो । उहाँले प्रतिष्ठानको कार्यमा एक रुपता ल्याउनका लागि केन्द्रका प्रतिष्ठानहरुले चिन्ता र चासो लिनुपर्नेमा जोड दिनुभयो । मन्त्री पाण्डेले प्रतिष्ठानलाई सबल र सुदृढीकरणा...
भिस्ताराको विमानमा कुनै शंकास्पद वस्तु फेला परेन, उडान नियमित
अर्थ/व्यापार, समाचार

भिस्ताराको विमानमा कुनै शंकास्पद वस्तु फेला परेन, उडान नियमित

भारतको विमान सेवा कम्पनी भिस्तारा एयरको विमानमा बम राखेको हल्ला फैलिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले नेपाली सेनाले त्यससम्बन्धी अनुसन्धान गरिरहेको छ। भारतको नयाँ दिल्लीबाट काठमाडौँस्थित विमानस्थलमा अवतरण गरेको भिस्ताराको विमानमा बम राखेको हल्लापछि सेनाको डिस्पोजल टोलीले खोजी कार्य जारी राखेको हो। नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीका अनुसार भिस्तारा एयरको विमानमा बम राखेको हल्लापछि नेपाली सेनाको विस्फोटक पदार्थ निस्किृय गर्ने  विशेष टोलीले खानतलासी गरिरहेको छ। यात्रुलाई सुरक्षित गरेर खानतलासी भइरहेको र अहिलेसम्म कुनै त्यस्तो वस्तु फेला नपरेको उहाँले बताउनुभयो। भिस्ताराको उडान नम्बर ‘युके १५५’ भएको उक्त विमानमा  बम राखेको फोन दिल्लीबाटै आएको सूचनाका आधारमा अनुसन्धान भइरहेको जनाइएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले बम भ...
पुजन काफ्लेलाई यो वर्षको उत्कृष्ट गायिकाको अवार्ड
मनोरन्जन, समाचार

पुजन काफ्लेलाई यो वर्षको उत्कृष्ट गायिकाको अवार्ड

गायिका पुजन काफ्लेलाई यो वर्षको उत्कृष्ट गायिकाको अवार्डबाट सम्मानित गरिएको छ । नेपाल सांस्कृतिक तथा चलचित्र केन्द्र नेपाल तथा अमोल भगत मिडिया, भारतको संयुक्त आयोजनामाम आयोजित ग्लोबल एक्सिलेन्ट अवार्डको भव्य समारोहका वीच गायिका काफ्लेलाई यो वर्षको उत्कृष्ट गायिकाको अवार्डबाट सम्मानित गरिएको हो । ब्रिटिश कलेजको हलमा आयोजत उक्त समारोहका प्रमुख अतिथी पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाल,विशेष अतिथीहरु वरिष्ठ गायक आनन्द कार्की, वरिष्ठ अभिनेत्री रश्मि भट, आयोजक समिति नेपालका अध्यक्ष कार्यक्रम आयोजक सन्तोष सुवेदी तथा सह आयोजक संस्थाका प्रमुख भारतिय ईभेन्ट डाईरेक्टर एवं भारतिय फिल्म निर्देशक अमोल भगतले संयुक्त रुपमा काफ्लेलाई अवार्ड प्रदान गरिएको थियो ।हालै मात्र भारतमा भारतिय चर्चित अभिनेत्री पुनम धिलोन तथा विहारका शिक्षा मन्त्री सुमित सिंहबाट नेपालकै उत्कृष्ट गायिकाको अवार्डबाट सम्मानित भई...