छैटौं सगरमाथा म्युजिक अवार्ड सम्पन्न
छैटौं सगरमाथा म्युजिक अवार्ड २०८१ मा प्रसिद्ध गीतकार कालीप्रसाद रिजाललाई सगरमाथा लाइफ टाइम अचिभमेन्ट अवार्ड अर्पण गरिएको छ । अर्थ नेपाल प्रालिको आयोजनामा थाइल्याण्डको बैंककमा सम्पन्न छैटौं सगरमाथा म्युजिक अवार्ड २०८१ को बाँकी विधाका अवार्ड सम्मान समारोहमा प्रसिद्ध गीतकार रिजाललाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको हो ।
“नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति संरक्षण प्रबद्र्धन हाम्रो अभियान” भन्ने नाराको साथ काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा आइतबार सम्पन्न समारोहमा गीतकार तथा पूर्वमन्त्री एसपी कोइराला, कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेत, लायन उद्धव सिलवाल, कुशप्रसाद मल्ली, कार्यक्रम संयोजक मनोज थापालगायतले नगद १७ हजार ६९६ रुपैयाँसहित गीतकार रिजाललाई सम्मान प्रदान गरिएको छ ।
अवार्ड कार्यक्रममा सगरमाथा कला पत्रकारिता रजत सम्मानबाट पत्रकार रमण घिमिरेलाई आठ हजार, ८४८ रु...










