मोडल सङ्गस अवार्ड- २०२०’ आव्हान,आवेदन निःशुल्क
काठमाडौँ, ५ कार्तिक- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणको कारण अन्तराष्ट्रिय स्तरमा आयोजना हुँदै आएको मोडल सङ्गस अवार्डको दोश्रो संस्करण “मोडल सङ्गस अवार्ड, २०२०” नेपालमा हुने भएको छ। कोरोना संक्रमणको कारण ग्लोरी मिडिया,पेजेन्ट नेपाल र दक्ष ईन्टरनेशनल एसोसिएट्स पार्टनर रहेको उक्त अवार्ड शो को दोश्रो संस्करण नेपालमा नै हुन लागेको हो । अवार्डमा संगित, चलचित्र, फेशन, मोडल, ईभेन्ट अन्तर्गत विभिन्न विधामा भोटिगंका आधारमा सर्जक, कलाकार, प्राविधिक एबम ब्यवस्थापकलाई पुरस्कृत गरिने आयोजक संस्थाका सिईओ डेविल सिंह राजपुतले जानकारी दिएका छन् ।
अवार्डमा मनोनयनका लागि कत्तिक ४ गते देखी अनलाईन आवेदन फाराम खुल्ला रहने र नोमिनेशनको निमित्त यस वर्ष निःशुल्क अनलाईन फारम भर्न सकिने उनले बताए । ‘अवार्डलाई मर्यादित र मैत्रीपूर्ण बनाउन हामी एक्यबद्ध छौ, स्वास्थ्य सुरक्षाका मापदण्डलाई पुरा गर्द...










