फेसन कोरियोग्राफिमा सफलता को शिखर चुम्दै के डि भट्टराई
मोडलिङ तथा फेशन क्षेत्रलाई एउटा नकारात्मक सोच ले हेरिरहेका मानिसहरुको लागि एउटा उदाहरण बन्न सफल वक्क्ती हुन के डि भट्टराई। एउटा छोरा मान्छे यो क्षेत्रमा लाग्दा पैसा को नास अनि छोरी मान्छे यो क्षेत्रमा प्रवेश गर्दा इज्जत को नास हुन्छ भन्ने नेपाली मानिसहरुको सोच छ। यहि सोचलाई गलत साबित गर्दै अनि यस्ता विभिन्न बाधा अर्चनलाई लत्याउदै कोरियोग्रफिमा ब्यस्त बन्दै गएका छन् कोरियोग्राफर के.डि भट्टराई l सन् २०१६ साल देखि मोडलिङ क्षेत्रमा प्रवेश गरेर निरन्तर यस क्षेत्रमा संघर्ष गर्दै आएका उनि नेपाल स्टार मोडलको टप ५ सम्म पुगेर बेष्ट स्माइलको टाईटल समेत जित्न सफल भएका थिए l येसरी आफ्नो जिवनको सुरुवात आफुले रुचाएको काम लाई निरन्तरता दिदै अगाडि बढेका उनि यस बर्ष भएको विभिन्न मोडल एण्ड फेसन अवार्ड मा बेस्ट कोरियोगाफरमा मनोनयन सम्म भएका थिए ।
इण्डियाको मुम्बईमा रहेको ड्रिम्स इन्स्च्युट अफ फ्लिम ब...










