समाचार

प्रधानमन्त्रीलाई डा.केसीको जवाफ : मेरो उपचार म आफै गर्छु, विपन्नको निशुल्क उपचार गर्नु
समाचार, स्वास्थ्य

प्रधानमन्त्रीलाई डा.केसीको जवाफ : मेरो उपचार म आफै गर्छु, विपन्नको निशुल्क उपचार गर्नु

कोरोनाभाइरस संक्रमित डा गोविन्द केसीले सरकारले उनको उपचारमा लाग्ने खर्च व्यहोर्ने भनिएको कुरालाई अस्वीकार गरेका छन् । उनले आफूले स्वयं आफ्नो उपचार खर्च गर्ने बताएका छन् । शनिबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमित डा केसीको स्वास्थ्यलाभको कामना मात्र गरेका थिएनन्, सरकारले उनको उपचारमा लाग्ने खर्च व्यहोर्ने पनि बताएका थिए । तर, डा केसीले यसलाई अस्वीकार गरेका हुन् । प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभका लागि दिएको शुभकामनालाई धन्यवाद दिँदै उनले कोरोना संक्रमित विपन्न र दूरदराजका नागरिकलाई निःशुल्क उपचार आवश्यक भएको भन्दै विपन्न नागरिकको खर्च व्यहोर्न सरकार लाग्नु पर्ने बताएका छन् । डा केसीले १९ औं सत्याग्रहमा भएका सम्झौता यथाशीघ्र पालना गर्न पनि सरकारसँग अनुरोध गरेका छन् ।...
थप १९ सय ४६ जनामा कोरोना संक्रमण
समाचार, स्वास्थ्य

थप १९ सय ४६ जनामा कोरोना संक्रमण

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार देशभरमा थप १ हजार ९४६ जनामा कोरोना पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८ हजार २९९ पुगेको छ।आज देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ४५२ रहेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ५०३ जना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या १ लाख ७० हजार ६३२ पुगेको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १३ जनाको कोरोनको संक्रमणबाट निधन भएको छ। योसँगै कोरोनाका कारण निधन हुनेको संख्या १ हजार २१५ पुगेको छ।...
एकैदिन अहिलेसम्मकै धेरै ६ लाख २८ हजारमा कोरोना संक्रमण
अन्तर्राष्ट्रिय, समाचार

एकैदिन अहिलेसम्मकै धेरै ६ लाख २८ हजारमा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा विश्वमा ६ लाख २८ हजार १३६ जनामा कोरोना संक्रमण भएको छ । विश्व स्वाथ्य संगठनको तथ्यांक अनुसार यो अहिलेसम्मकै धेरै हो । यसअघि अघिल्लो २४ घण्टामा ५ लाख ७९ हजार २५३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यसैबीच, हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ५ करोड २४ लाख ८७ हजार ४७६ जनालाई कोरोना संक्रमण भइसकेको छ । पछिल्लो २४ घण्टामा ९ हजार ६२३ कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोनाका कारण हालसम्म विश्वमा १२ लाख ९० हजार ६५३ जनाको मृत्यु भइसकेको छ ।...
पर्यटकीय क्षेत्र खुला गर्ने सरकारको निर्णय
अर्थ/व्यापार, समाचार

पर्यटकीय क्षेत्र खुला गर्ने सरकारको निर्णय

सरकारले पर्यटकीय गतिविधि हुने क्षेत्र खुला गर्ने निर्णय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोभिड–१९ महामारी नियन्त्रणका लागि प्रतिबन्ध गरिएका पर्यटकीय क्षेत्र पुनःसञ्चालन गर्ने निर्णय गरेको हो । केवलकार, जंगल सफारी र संग्रहालय जस्ता क्षेत्र खोल्न मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको कोरोनाबाट सुरक्षित रहने उपाय अपनाएर खुला गरिने भएको हो । ती क्षेत्र सञ्चालन गर्न दिने निर्णय मन्त्रिपरिषद्को गत कात्तिक २४ गतेको बैठकले नै गरिसकेको छ । मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा सुरक्षित रहने गरी पर्यटकीय गतिविधि हुने क्षेत्र खोल्न भनिए पनि जोखिमको विश्लेषण गरी निर्णय गर्ने अधिकार जिल्लालाई नै दिइएको उल्लेख छ । यसरी खुल्ने केवलकार, जंगल सफारी र संग्रहालय जस्ता क्षेत्रमा स्वास्थ्य मापदण्ड पालना भए नभएको भने मन्त्रालय मातहतका निकायले नै अ...
पत्रकारलाई कोरोना लागे निःशुल्क उपचार
राजनीति, समाचार

पत्रकारलाई कोरोना लागे निःशुल्क उपचार

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले कोरोना भाइरसबाट प्रभावित भएका सञ्चारकर्मीलाई सरकारले निःशुल्क उपचार गर्ने बताएका छन् ।नेपाल पत्रकार महासङ्घ अन्तर्गतको साना लगानी मिडिया हकहित प्रवद्र्धन तथा संरक्षण समितिको ज्ञापन पत्र शुक्रबार बुझ्नुु हुँदै उनले यस्तो बताएका हुन् । कोरोना महामारीसँग मात्र होइन, महाविपत्ति, बाढी पहिरोमा सूचना सम्प्रेषण गरेर पत्रकार आफ्नो धर्म निर्वाह गरेकोप्रति सरकारले सम्मान गर्न चाहेको उनको भनाई छ । श्रमजीवी पत्रकार र सञ्चारगृहबीच केही माग रहेको उल्लेख गर्दै उनले ती माग पूरा गराउन मन्त्रालयले पहल सुरु गरिसकेको बताए । कस्तो पत्रकारिताबाट समृद्ध समाज निर्माण गर्ने, सुन्दर समाज निर्माण गर्ने तथा समाजमा असल नागरिक निर्माण हुन्छ, एकपटक सबैले सोच्नुपर्ने बेला आएको उनले बताए । सञ्चार माध्यम नवीकरण अब प्रदेशस्तरीय हुलाक कार्यालयबाट हुने गरी मन्त्रालयले निर्ण...
आज यमपञ्चकको तेस्रो दिन लक्ष्मीकाे पूजाआरधाना गरी लक्ष्मीपूजा मनाइँदै
समाचार, समाज

आज यमपञ्चकको तेस्रो दिन लक्ष्मीकाे पूजाआरधाना गरी लक्ष्मीपूजा मनाइँदै

यमपञ्चकको तेस्रो दिन आज कार्तिक कृष्ण औँसीको साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजााराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र गाईको गोबर एवं रातोमाटाले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ। आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सँघार, कौसी, अटाली, भ¥याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । सुखरात्रिको पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई उनी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्वलन गरी झिलीमिली बनाइन्छ । हाल पालामा दियोका स्थानमा मैनबत्ती बाल्ने प्रचलन बढ्न थालेको छ। ...
‘मिस्टर एण्ड मिस टिकटक’मा उत्कृष्ट १२ छानि
मनोरन्जन, समाचार

‘मिस्टर एण्ड मिस टिकटक’मा उत्कृष्ट १२ छानि

चितवन — कार्तिक २८, २०७७। पछिल्लो समय चर्चित ‘मिस्टर एण्ड मिस टिकटक’ प्रतियोगिताको उत्कृष्ट १२ प्रतियोगीहरु छनौट भएका छन् । कंडेल कन्सल्टेन्सीको प्रस्तुतीमा द जीएमआईको आयोजना तथा सही हो ईभेन्ट्सको सहकार्यमा संचालित उक्त प्रतियोगितामा उत्कृष्ट २० मा प्रतिस्पर्धा गरिरहेकाहरुमध्ये बाट निर्णायकहरुको मत पश्चात उत्कृष्ट १० प्रतियोगीहरु र २ जना वाईल्ड कार्डमार्फत छनौट गरिएको हो । प्रतियोगिताको निर्णायकको रुपमा चर्चित हांस्य कलाकार तथा निर्देशक किरण केसी, नायिका प्रियंका कार्की र नृत्य निर्देशक कविराज गहतराज रहेका छन। उत्कृष्ट १२ मा काभ्रेबाट सम्मान मल्ल श्रेष्ठ, चितवनबाट शोना घिमिरे, काठमाडौंबाट काजोल नेपाल, अष्ट्रेलियाबाट पूनम तिरुवा, काठमाडौंबाट जनम परियार, अष्ट्रेलियाबाट सृजना घिमिरे, चितवनबाट अर्बिना ढकाल, रुपन्देहीबाट आरोही अधिकारी, चितवनबाट मनोज बिक र गैंडाकोटबाट रोहित पाण्डे रहेका छन्। त्य...
बाल संगठन तनहुँको अध्यक्षमा शिक्षाविद् डम्बरदेव कैनी
समाचार, समाज

बाल संगठन तनहुँको अध्यक्षमा शिक्षाविद् डम्बरदेव कैनी

तनहुँ, २८ कार्तिक- शिक्षाविद् डम्बरदेव कैनी बाल संगठन तनहुँको अध्यक्षमा नियुक्त भएका छन् । नेपाल सरकार महिला तथा बालबालिका मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट कैनी अध्यक्षमा नियुक्त भएका हुन । कैनी पाँच दशक भन्दा बढी समयदेखि शिक्षाका क्षेत्रमा सक्रिय छन् । कैनी शान्ती बर्ष उमाविका पुर्व प्राचार्य हुन ।देशैभर सञ्चालित बालमन्दिर विद्यालय संगठनकै मातहतमा सञ्चालन हुने गरेको छ । शुक्रबार आयोजित एक कार्यक्रमकाबीच प्रमुख जिल्ला अधिकारी सागर आचार्यले कैनीको पदबहाली गराएका छन् । नवनियुक्त अध्यक्ष कैनीले शुक्रबार पदबहाली गरेका छन् । प्रमुख जिल्ला अधिकारी सागर आचार्यले कैनीको पदबहाली गराएका हुन । कार्यक्रममा प्रतिनिधि सभा सदस्य केदार सिग्देलको उपस्थिति रहेको थियो । भद्र स्वभाव र बालसुलभ व्यवहार कैनीका सबल पक्ष हुन । उनी मानवअधिकारका क्षेत्रमा पनि सकृय छन् ।...
विश्वमा कोरोना संक्रमितको संख्या पाँच करोड ३० लाख नाघ्यो
अन्तर्राष्ट्रिय, समाचार, स्वास्थ्य

विश्वमा कोरोना संक्रमितको संख्या पाँच करोड ३० लाख नाघ्यो

विश्वमा कोरोना संक्रमितको संख्या पाँच करोड ३० लाख नाघेको छ । वल्डोमिटर्सको तथ्यांक अनुसार विश्वमा एकैदिन ६ लाख ४३ हजार ५ सय ८२ जनामा संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या पाँच करोड ३० लाख ६६ हजार ५८ पुगेको हो । त्यस्तै विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ लाख ९८ हजार नाघेको छ । विश्वमा एकैदिन ९ हजार ५ सय ४६ जना संक्रमतिको मृत्युसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १२ लाख ९८ हजार ४ सय ७६ पुगेको हो । विश्वमा तीन करोड ७१ लाख ७१ हजार ५ सय ५० जना संक्रमित उपचारपछि निको भएको वल्डोमिटर्सको तथ्यांकले जनाएको छ ।...
समाचार, समाज

आज काग तिहार,कागेश्वरी महादेव मन्दिरमा विशेष पूजा

कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा आज शुक्रबारलाई निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए। यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको छ । कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठो–मीठो खान दिई खुसी पार्ने गरिएको हो । लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलन समेत रहेको छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ । “काकेन दधि भक्षितम्” अर्थात् कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराज समक्ष राम्...