समाचार

साउदी अरबकी महिला अधिकारकर्मीलाई जेल सजायको फैसला
अन्तर्राष्ट्रिय, समाचार

साउदी अरबकी महिला अधिकारकर्मीलाई जेल सजायको फैसला

साउदी अरबको एउटा अदालतले एक जना महिला अधिकारकर्मीलाई जेल सजायको फैसला गरेको छ ।चर्चित अधिकारकर्मी लौजैन अल हथलौललाई अदालतले सोमबार पाँच बर्ष आठ महिनाको जेल सजाय तोकेको हो । उहाँलाई आतङ्कवादसम्वन्धी अपराधमा सम्लग्न भएको आरोप लगाइएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।ती महिला अधिकारकर्मीले आतङ्वाद विरुद्धको कानुन उलङ्घन हुनेगरी धेरै गतिविधिहरु गरेको सरकारी पक्षको दावी छ ।एजेन्सी...
उपमन्त्रीको नेपाल भ्रमण हस्तक्षेप होइन, सहयोग बढाउन हो:चीन
अन्तर्राष्ट्रिय, राजनीति, समाचार

उपमन्त्रीको नेपाल भ्रमण हस्तक्षेप होइन, सहयोग बढाउन हो:चीन

नेकपा विवादपछि चिनियाँ कम्युनिष्ट पार्टीले उच्चस्तरीय अधिकारीलाई काठमाडौं पठाएको विषयमा मुख खोलेको छ। सोमबार चिनियाँ विदेश मन्त्रालयमा आयोजित नियमति पत्रकार सम्मेलनमा बोल्दै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजानले चीनको आधारभूति सिद्धान्त कुनै पनि मुलुकमा हस्तक्षेप नगर्ने रहेको बताएका छन्। उनले चीन यो सिद्धान्तमा अडिग रहेकोसमेत बताएका छन्। नेपालमा सत्तारुढ दल नेकपामा विभाजन आएपछि नेकपाको एक गुटको निमन्त्रणामा चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका उपमन्त्री गुओ येचौ ४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार काठमाडौं आएक थिए। चिनिया प्रतिनिधिमण्डलले काठमाडौं पुगेपछि उच्च स्तरीय राजनीतिक भेटघाटसमेत गरिरहेको छ। आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेको प्रतिनिधिमण्डलले सोमबार नेकपा (प्रचण्ड–माधव)का अध्यक्ष पुष्पकमल दाहाल र अर्का अध्...
आन्दोलतरत उखु किसान र सरकारबीच चार बुँदे सहमित
अर्थ/व्यापार, समाचार

आन्दोलतरत उखु किसान र सरकारबीच चार बुँदे सहमित

माइतीघरमा आन्दोलतरत उखु किसान र सरकारबीच चार बुँदे सहमित भएको छ । सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको वार्तामा सरकारले २१ दिनभित्र किसानको सबै बक्यौता रकम उपलब्ध गराउने सहमति भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टका स्वकीय सचिव हितेश ओझाले जानकारी दिए । चार बुँदे सहमतिपछि काठमाडौंमा जारी आन्दोलन स्थगन गर्न किसान प्रतिनिधि तयार भएको उनले बताए । ओझाका अनुसार किसानको बक्यौता रकम २१ दिनभित्र उद्योगीबाट दिलाउन मन्त्रालयले पहल गर्ने र त्यो पनि सम्भव नभए कानुनी प्रक्रिया अघि बढाउने गरी सहमति भएको हो ।...
उपासना नेम्बाङको ‘रातो टिका’ सार्वजनिक(भिडियो सहित)
मनोरन्जन, समाचार

उपासना नेम्बाङको ‘रातो टिका’ सार्वजनिक(भिडियो सहित)

लघु चलचित्र ‘कान्छा’ सार्वजनिक गरेपश्चात नायिका तथा मोडल उपासना नेम्बाङद्धारा अभिनित अर्को नेपाली कथानक लघु चलचित्र ‘रातो टिका’ युट्यूवबाट सार्वजनिक गरिएको सार्वजनिक छ । नेपाली समाजमा बिधुवा अर्थात एकल महिलाले भोग्नुपरेको तिरस्कार र संघर्षहरुको चरित्र चित्रण गरिएको लघु चलचित्र ‘रातो टिका’ नायिका उपासना नेम्बाङको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो । https://www.youtube.com/watch?v=RE4GrJnxXWA&feature=emb_logo सागर श्रेष्ठको निर्देशनमा निमाण भएको लघु चलचित्रमा उपासना नेम्बाङ, ओजस्वी विष्ट, सुनमाया तामाङ, कृष्णराज नेम्बाङ, मैया बानिया, जानुका बानिया, मिथु बिक, देविका बानिया र आस्था चाम्लिङ ‘चेली’ले अभिनय गरेका छन् । भावन ऐयरको कथा, उपासना नेम्बाङको पटकथा तथा सम्बाद रहेको लघु चलचित्रमा अंकुर गुरुङको छायाँकन रहेको छ भने सागर श्रेष्ठले सम्पादन गरेका छन् । लघु चलचित्र...
जनमतको अपमान
राजनीति, समाचार

जनमतको अपमान

-डा.डिआर उपाध्याय देशमा अशान्तिका रेखाहरु कोरिदैछन् । लामो समयको द्वन्द्व पछि नेपालमा शान्ति कायम भएको थियो । अहिले फेरि अशान्ति हुने होकी भनेर आम जनता चिन्तित छन् । जनताको भाग्य र भविष्य अन्योलमा छ । सत्तारुढ दल भित्रको किचलो अन्ततः फुटमा गएर टुङ्गियो ।सत्तारुढ दल विभाजन हुँदा मुलुकमा संकट उत्पन्न हुन थालेको छ । संसद विघछन पछिको अवस्था जटिल बन्दै गएको छ । नेपाली जनताहरु सत्तारुढ दल विभाजन भएकोमा खुसी छैनन् । जनता निरास छन् । यतिबेला जनता निरास हुनु भनेको व्यवस्था माथिको नै खतरा हो । अहिले सडकमा धेरै थरिका समूहहरु आन्दोलित छन् । आन्दोलनले समस्या समाधान गर्ने होइन । द्वन्द्व निम्ताउने खतरा बढेर गएको छ । संसद विघटन विरुद्ध जनता समाजवादी पार्टीले समेत सडकमा प्रदर्शन गरिरहेको छ । मधेसमा आन्दोलन भयो भने ठूलो खतरा हुन्छ । प्रधानमन्त्रीको असंवैधानिक कदमलाई विद्रोह द्वारा पुनस्थापना गर्ने र आन्...
सरकारले नयां कोरोना भाईरसको अनुसन्धान थाल्यो
समाचार, स्वास्थ्य

सरकारले नयां कोरोना भाईरसको अनुसन्धान थाल्यो

कोरोना भाइरसविरुद्धको खोपको प्रभावकारिता दर वृद्धि भइरहेका समाचारले उत्साह बढाइरहेका अवस्थामा नयाँ रूपको कोरोना भाइरस बेलायतमा पत्ता लागेपछि भने चिन्तित बनाएको छ । पछिल्लो दिनहरुमा विश्वभर कोरोना भाइरसको नयाँ वटा तीन प्रकारका देखिएका छन् । फरक फरक तीन प्रकारका भाइरस १३ वटा देशमा फैलिसकेको छ । बेलायत, दक्षिण अफ्रिका, नाइजेरिया, फ्रान्स, जापान, नेदरल्याण्ड, स्वीडेन, सिंगापुर, अष्ट्रेलिया, स्पेन, क्यानाडा,इटाली र लेवनानमा कोरोनाका नयाँ प्रकार देखिसकेको छ । कोरोनाका नयाँ प्रकार देखिन थालेपछि कतिपय देशहरुमा केही समयका लागि उडान सेवा बन्द गरिएका छन् । दु्रत गतिमा फैलन सक्ने क्षमता रहेको नयाँ प्रकारको कोरोना सुरुमा बेलायतमा देखिएको थियो । बेलायतमा देखिएको कोरोनाको नयाँ प्रकारसँग ७० प्रतिशतभन्दा बढी सार्न सक्ने क्षमता रहेको बताइएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिक रिसर्ज ...
पत्रकार कुबेर गिरी ‘रंग पत्रकारिता पुरस्कार २०२०’बाट सम्मानित
मनोरन्जन, समाचार

पत्रकार कुबेर गिरी ‘रंग पत्रकारिता पुरस्कार २०२०’बाट सम्मानित

 रंगपत्रकार कुबेर गिरी ‘रंग पत्रकारिता पुरस्कार २०२०’बाट सम्मानित भएका छन् । ‘नेशनल पावर न्युज म्युजिक अवार्ड २०२०’ उनलाई सो सम्मान प्रदान गरिएको हो ।  शनिबार ठमेल स्थित भोजन भुमिका आयोजित वार्ड समारोहमा सुचना प्रविधि तथा संचारमन्त्री पार्वत गुरुङ, विशिष्ट संगीतकार शम्भुजित बास्कोटा, राष्ट्रिय गानका लेखक ब्याकुल माइला, गीतकार तथा बरिष्ठ रंगपत्रकार शान्ती प्रियलगायतले गिरीलाई नगद सहित माला, दोसल्ला र प्रमाणपत्रद्धारा सम्मान गरिएको हो ।  रंगपत्रकारिता मार्फत लामो समयदेखि नेपाली कलासंस्कृतिको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै गिरीलाई सम्मान गरिएको कार्यक्रममा बताइएको थियो ।कार्यक्रममा काभ्रेका पत्रकार नवराज बजगाईलाई ‘युवा पत्रकारिता सम्मान २०२०’, बरिष्ठ गायक सिताराम पोखरेललाई गायनमा २५ बर्ष पुरा गरेको उपलक्ष्यमा ‘रजत संगीत सम्मान २०२०’ र रंगपत्रकार डब्बु क्षत्रीलाई ‘कला सम्मान २०२०’सम...
नेपालको राजनीति धमिलिदैं
राजनीति, समाचार

नेपालको राजनीति धमिलिदैं

डा.डिआर उपाध्याय यतिबेला नेपालको राजनीति धमिलिएको छ । धमिलो पानीमा माछा मार्ने दाउ खेल्नेहरु पनि प्रशस्त छन् । उनीहरुको चाहना धमिलो पानीमा माछा मार्नु हो । मुलुकको असहज परिस्थितिका बिच प्रतिगामी तत्वहरुले टाउको उठाउँदै छन् । मुलुकलाई अझै पछाडि धकेल्नेहरु पनि छन् । तिनीहरुबाट परिवर्तनकारी र लोकतन्त्रवादी शक्तिहरु सचेत र जागरुक बन्नुपर्ने बेला आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि यी समस्याहरु उब्जिएका हुन् । प्रचण्ड –नेपाल समूह एकातिर, ओली समूूह अर्कोतिरको भिडन्त सिर्जना गर्ने स्थिति आएको छ । प्रचण्ड –नेपाल समूह सडक संघर्षबाटै संसद पुनस्थापना गर्ने चुनौती दिँदै आएका छन् । यता प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेश लिनका लागि सबै लोकतन्त्रवादीहरु चुनाबमा जानुपर्ने बताइ रहेका छन् । सबै राजनीतिक दल र तिनका नेताहरुका आ–आफ्नै दाउपेच छन् । कुनैपनि राजनीतिक दल र तिनका ने...
‘मिस्टर एण्ड मिस टिकटक,२०२०’ को उपाधी सृजना घिमिरेको हातमा
मनोरन्जन, समाचार

‘मिस्टर एण्ड मिस टिकटक,२०२०’ को उपाधी सृजना घिमिरेको हातमा

चितवन — पुस १२, २०७७। 'मिस्टर एण्ड मिस टिकटक' प्रतियोगितामा अष्ट्रेलियामा रहेर टिकटकमा सक्रिय सृजना घिमिरे विजेता भएकी छिन। राजधानीमा शनिवार सम्पन्न प्रतियोगितामा सृजनाले विजेताको अवार्डसहित १ लाख ५० हजार रुपैयाँ हात पार्न सफल भईन। साथै उनले एउटा चलचित्र र दुईवटा म्युजिक भिडियोमा अभिनय गर्ने अवसर समेत प्राप्त गरेकी छिन। प्रतियोगिताको फर्स्ट रनरअप काठमाडौं निवासी काजोल नेपाल भएकी छिन। उनले फर्स्ट रनरअपको अवार्डसहित १ लाख रुपैयाँ हात पार्न सफल भईन। साथै नेपालले एउटा वेब सिरिज र एउटा म्युजिक भिडियोमा अभिनय गर्ने अवसर प्राप्त गरिन । त्यसैगरी पुनम तिरुवाले सेकेण्ड रनरअपको उपाधीसहित ५० हजार रुपैँया हात पारिन। कंडेल कन्सल्टेन्सीको प्रस्तुतीमा द जीएमआई एकेडेमीको आयोजना तथा सही हो ईभेन्ट्सको सहकार्यमा संचालित उक्त प्रतियोगितामा उत्कृष्ट १२ मा प्रतिस्पर्धा गरिरहेकाहरुमध्ये बाट ग्लोवल अनलाईन पे मार्फ...
मिस हिमालय नेपाल,२०२१” को पहिलो अडिसन सम्पन्न
मनोरन्जन, समाचार

मिस हिमालय नेपाल,२०२१” को पहिलो अडिसन सम्पन्न

कथा ईभेन्टको आयोजनामा राजधानीको चुचेपाटि, चाहबिल केअल टावर मा रहेको हायब्स लन्ज मा “ मिस हिमालय नेपाल,२०२१” को पहिलो अडिसन सम्पन्न भएको छ । नेपालमा सौन्दर्य प्रतियोगिताहरुको बढ्दो भिडमा आफुलाइ स्थापित गर्दै आएको कथा ईभेन्टले राजधानीमा “मिस हिमालय नेपाल,२०२१” आयोजना गर्ने भएको हो। अडिसन कार्यक्रममा निर्णायकको रुपमा कथा ईभेन्टका अध्यक्ष गनिका गुरुङ, वरिष्ठ र्ऱ्यापर निरनय ( NSK) र फेन्सी ब्याबसाही अनिता गुरूङ रहेका थिए । अडिसनमार्फत १८ जना प्रतिस्पर्धीहरु छनौट गरी संचालन गरिने “मिस हिमालय नेपाल,२०२१” प्रतियोगिताको लागि यसपटकको छनौट प्रक्रियामा समावेश कुल १८ प्रतिस्पर्धीहरुमध्येबाट ८ जना प्रतिस्पर्धीहरु छनौट गरिएको छ । प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाइ १७ दिन सम्म विशेष प्रशिक्षण प्रदान गरिने छ जसमा नेपालका ख्याति प्राप्त कोरियोग्राफर ट्रेनर रोजिन शाख्य बाट प्रतिस्पर्धिहरुलाई सञ्चार...