समाचार

राष्ट्रिय सभाको अधिवेशन आजदेखि
राजनीति, समाचार

राष्ट्रिय सभाको अधिवेशन आजदेखि

राष्ट्रिय सभाको अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । अधिवेशनबीचको अन्तर छ महिनाभन्दा बढी हुन नहुने संवैधानिक व्यवस्थाअनुसार शुक्रबारदेखि अधिवेशन प्रारम्भ हुन लागेको हो । प्रतिनिधि सभा विघटन भएपछि पहिलोपटक सङ्घीय संसद्को एक मात्र सदनको अधिवेशन बोलाइएको हो । शुक्रबार अपराह्न ४ बजेबाट अधिवेशन प्रारम्भ हुनेछ । सङ्घीय संसद् सचिवालयले अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । कोरोना जोखिम न्यूनीकरणका लागि अधिवेशन प्रारम्भअघि अघिल्लो अधिवेशनमा कायम रहेको आसनको व्यवस्था फेरिएको छ । यसअघि कायम रहेको भौतिक दूरीको प्रबन्धलाई पनि थप व्यवस्थित बनाइएको छ ।सचिवालयले अधिवेशन प्रारम्भको सम्भावित कार्यसूचीसमेत सार्वजनिक गरेको छ । बिहीबार बसेको कार्यव्यवस्था पराम र्श समितिको बैठकले सम्भावित कार्यसूची तय गरेको हो ।...
निर्यातमूलक उद्योगको आयकरमा छूटको माग
अर्थ/व्यापार, समाचार

निर्यातमूलक उद्योगको आयकरमा छूटको माग

निर्यातमूलक उद्योगको आयकरमा छूट हुनुपर्ने र एकीकृत भन्सार जाँचचौकी (आईसीपी)बाट हुने आयात निर्यातमा पूर्वाधारको अभावमा भइरहेको विलम्ब तत्काल हटाइनुपर्ने माग उद्योगी व्यवसायीले गरेका छन् । बुधवार विराटनगरमा आयोजित ‘निर्यात प्रवर्द्धन, पारवहन र व्यापार सहजीकरण’ अन्तरक्रियामा यस क्षेत्रका उद्योगीहरूले यस्तो माग गरेका हुन् । कार्यक्रममा मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले निर्यातमूलक उद्योगलाई आयकरमा विशेष छूट र न्यूनतम ब्याजदरमा ऋण उपलब्ध गराइनुपर्ने माग गरे । ‘ड्युटी ड्र ब्याक’ सुविधा सम्बन्धित भन्सार कार्यालयबाटै उपलब्ध गराउनुपर्ने, भ्यालू एडिसनको आधारमा निर्यात अनुदान कायम गरी अनुदानको दायरा बढाउनुपर्ने, अन्तरराष्ट्रस्तरको गुणस्तर मापदण्ड र मान्यताप्राप्त व्यापार सहजीकरण निकायको व्यवस्थापन गरिनुपर्ने र निर्यात प्रवद्र्धन तथा विकासका लागि अध्ययन एवं नियमन निकायलाई सक्रिय बनाउनुपर्...
नेपालमा चीन र भारत दुवैको चलखेल
राजनीति, समाचार

नेपालमा चीन र भारत दुवैको चलखेल

डा.डिआर उपाध्याय यति बेला नेपालमा चीन र भारत दुवैको चलखेल बढेर गएको छ । राजनीतिक दलको आन्तरिक विवादमा विदेशी शक्तिको हस्तक्षेप बढनु उचित होईन । यसले नेपालको राजनीतिलाई नै प्रभाव पार्छ । नेपालले कुनै पनि बिदेशी हस्तक्षप सहेर बस्न सक्दैन । र सहनु पनि हुदैन । अहिले बिदेशी चलखेल बढनु भनेको नेकपाभित्रको विवाद नै मुख्य बिषय हो । त्यसको असर देशको राजनीतिमा परेको छ । अहिले संसद् विघटन भएको अवस्था छ । संसद बिघटन पछिको अवस्था जटिल बन्दै गएको छ । संसद बिघटन हुँदा सबैभन्दा बढी प्रसन्न राजावादीहरू छन्। उनीहरु धमिलो पानीमा माछा मार्ने दाउ खेल्दै छन । मधेसवादीहरूले संसद् विघटनको विरोध गरेका छन्। त्यसको पुनस्र्थापनाका पक्षमा आन्दोलन पनि गरिरहेका छन्। संसद् विघटनपछि बिभिन्न राजनीतिक दलहरुले ओली कदमलाई असंवैधानिक, अप्रजातान्त्रिक र अधिनायकवादी भनेर विरोध गरेका छन । नेकपाभित्रको फुट वा विभाजन लोकतन्त्...
आजदेखि नयाँ वर्ष इस्वी सन् २०२१ शुरु
समाचार, समाज

आजदेखि नयाँ वर्ष इस्वी सन् २०२१ शुरु

ग्रेगोरियन पात्रो अनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२१ शुरु हुँदैछ। जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्को सुरुवात् भएको भन्ने भनाइ रहेको छ। पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई गे्रगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ। जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए। विवादकै कारण यो पात्रो रसियाले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको पूर्व प्रशासक एवम् ज्योतिषाचार्य डा खिलानाथ बस्ताकोटी बताउँछन्। विवाद भएपनि उपनिवेशकालमा विभिन्न स्थानमा यो संवत् लादेकाले हाल यसको विश्वव्यापी प्रचार छ। यो संवत् नेपालमा प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन्। केही वर्ष अघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी सन् मनाउने गरिएको छ। विदेशी पर्यटकको भीड भाड हुने काठमाडौँको ठमेल, बौद्ध, पोखरालगायत स्थान...
मिस:नेवा नेपालका प्रतिस्पर्धीहरुको यो:मरी
मनोरन्जन, समाचार

मिस:नेवा नेपालका प्रतिस्पर्धीहरुको यो:मरी

नेप्लिज फेशन होमको आयाेजनामा याेमरी पुर्णिामाकाे शुभ अवसरमा मिस:नेवा नेपालका प्रतिस्पर्धीहरुले  यो:मरी बनाउन सिक्ने र सिकाउने कार्यक्रम सम्पन्न भएको छ । बिगतका बर्ष झै यस बर्ष पनि मिस नेवाहरुबाट नेवारी परिकार यो:मरी बनाएर आफनो मौलिक कला तथा संस्कृतिको जगेर्ना गरेका छन् ।  उक्त कार्यक्रमको उद्घाटन सञ्चार विज्ञ  राजेन्द्र मानन्धरले पानसमा दियो बाली उद्घाटन गर्नु भएको थियो । विगत १७ वर्ष देखि निरन्तर रुपमा नेवार कला, भाषा तथा संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले स्थापित नेप्लिज फेसन हाेमले प्रत्येक वर्ष झैं यसपाली पनि १५ आौं मिस नेवा: नेपाल यहि माघकाे अन्तिममा फाईनल हुने गरि आयाेजना गर्ने र हाल १५ जना नेवार सुन्दरीहरु प्रतिस्पर्धामा उत्रेका छन् । मिस नेवा:हरु सुनिता डंगाेल , नितु डंगोल, संगिता महर्जन , प्रजिता श्रेष्ठ , राेशनी कुम्पाखा तथा पल्सा श्रेष्ठ द्वारा प्रतिस्पर्ध...
भारतमा थप २१ हजार जनामा संक्रमण
अन्तर्राष्ट्रिय, समाचार, स्वास्थ्य

भारतमा थप २१ हजार जनामा संक्रमण

भारतमा थप २१ हजार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ३ महिनादेखि संक्रमण घटेको भारतमा पछिल्लो २४ घण्टामा २१ हजार ९५७ जनामा संक्रमण भएको हो । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड २ लाख ६७ हजार २८३ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ९८ लाख ५९ हजार ७६२ जना संक्रमणमुक्त भएका छन् । यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ४८ हजार नाघेको पुगेको छ । पछिल्लो २४ घण्टामा थप २९९ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ४८ हजार ९५७ पुगेको हो ।...
उद्योगले श्रम अदालतमा पुनरावेदन गर्ने, आन्दोलनको तयारीमा मजदूर
अर्थ/व्यापार, समाचार

उद्योगले श्रम अदालतमा पुनरावेदन गर्ने, आन्दोलनको तयारीमा मजदूर

यमनको दक्षिणी शहर एडेनमा रहेको विमानस्थलमा भएको आक्रमणमा कम्तिमा २२ जनाको ज्यान गएको छ । अरु ५० जना भन्दा बढि घाइते भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । युद्धले धुजाधुजा पारेको यमनका नयाँ सरकारका प्रतिनिधिलाई लिएर छिमेकी देश साउदी अरेबियाबाट विमान आएको केहीबेरमै विमानस्थलमा कम्तिमा एउटा बिस्फोट भएको हो । प्रधानमन्त्री माइन अब्दुलमलिक सैदले आफू र आफ्नो मन्त्रीमण्डलका सदस्य सुरक्षित रहेको बताएका छन् । बिस्फोटमा परि ज्यान गुमाउने तथा घाइते हुनेमा सहायताकर्मी तथा सरकारी अधिकारीहरु रहेको बताइएको छ । सञ्चारमन्त्रीले आक्रमणका पछाडि हुथी बिद्रोहीको हात रहेको र यो अति कायर आक्रमण रहेको बताएका छन् । यमनमा सन् २०१५ देखि युद्ध जारी छ । हुथी बिद्रोहीलाई परास्थ गरि राष्ट्रपति अब्ड्राब्बुह मन्सुर हादीको शासन स्थापित गर्नका लागि साउदी अरेबियाको ने...
स्थानीय तहमा बढ्दो भ्रष्टाचार
राजनीति, समाचार

स्थानीय तहमा बढ्दो भ्रष्टाचार

डा.डिआर उपाध्याय स्थानीय तहमा भ्रष्टाचार बढेर गएको तत्थ्याङकले बताएको छ । स्थानिय सरकार भनेको जनताको घरदैलोको नजिकको सरकार हो । सिंहदरबारको अधिकार गाउँगाउँमा गएको छ । अहिले मुलुक संघीय संरचनामा छ । स्थानीय सरकार गठन भएपछि भ्रष्टाचार तिब्र रुपमा बढिरहेको जनगुनासो छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पछिल्लो प्रतिवेदनअनुसार सबैभन्दा धेरै भ्रष्टाचार स्थानीय तहमा भएको छ । स्थानीय सरकारबाट हुने गरेको आर्थिक अनियमितता तथा भ्रष्टाचारजन्य गतिविधिले जनतामा वितृष्णा फैलिएको छ । स्थानीय तहमा हुने अनियमितता जस्तै सामाजिक सुरक्षाभत्ता वितरणमा दोहोरोपना, अपारदर्शिता तथा मृत्यु भइसकेका व्यक्तिको समेत भत्ता उपलब्ध गराउने तथा किर्ते दस्तखत गरी भत्ता लिनेसम्मका गतिविधि स्थानीय तहमा हुने गरेका छन्। प्राकृतिक स्रोतसाधनको दोहन, विकास निर्माणका कार्यमा अनियमितता, नियुक्ति, लगायतका विषयमा उजुरी पर्ने गरे...
सम्पूर्ण अनलाईन सुविधा भएको ‘सुपर एप’ सार्वजनिक
अर्थ/व्यापार, समाचार

सम्पूर्ण अनलाईन सुविधा भएको ‘सुपर एप’ सार्वजनिक

काठमाडौं– सम्पूर्ण अनलाईन सुविधा भएको सुपर एप सार्वजनिक भएको छ । विजनेश ग्रोथ कम्पनिले सञ्चालनमा ल्याएको बहुउपयोगी सूपर एप नामको उक्त एपमा राइड सेयरिङदेखी अनलाईन सपिङसम्मको सुविधा रहेको कम्पनिले जनाएको छ । हाल राइड सेयरिङ मात्र सञ्चालन गरेको कम्पनिले केहि समयपछि सबै सुविधा थपिने कम्पनिका अध्यक्ष शेखर श्रेष्ठले जानकारी दिए । पछिल्लो समय लोकप्रिय भएको राइड सेयरिङ सेवालाई यस एपले विना इन्टरनेट वा एसएमएस गरेर पनि सेवा लिन सकिन्छ । काठमाडौं उपत्यकामा मात्र नभई देशका अन्य शहरी भागमा पनि सेवा प्रदान गर्ने मुख्य लक्ष्य रहेको अध्यक्ष श्रेष्ठले बताए । कम्पनिले आफ्नो आम्दानीको केहि प्रतिशत समाजसेवामा खर्च गर्ने जनाएको छ । रोजगारी गुमाएका युवाका लागि राइड सेयरिङ सेवा आम्दानी गर्ने राम्रो माध्यम बनेको छ । राइड सेयरिङको माध्यमबाट युवाहरुले रोजगार पाउनुका साथै सेवाग्राहिहरुले सस्तो, विश्वसनिय सेवा पाउ...
नेपाल महिला चेम्बरको आयोजनामा शुभकामना आदान प्रदान कार्यक्रम
अर्थ/व्यापार, समाचार

नेपाल महिला चेम्बरको आयोजनामा शुभकामना आदान प्रदान कार्यक्रम

काठमाडौं, १५ पौष, सन २०२१ मा व्यवसायिक वातावरण निर्माण गर्न एकजुट हुनुपर्नेमा नेपाल चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठ र महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले जोड दिएका छन् । अध्यक्षद्वयले नेपाल चेम्बर अफ कमर्श सत्तरी बर्ष प्रवेश गरेको उपलक्ष्य तथा अंग्रेजी नयाँ बर्ष २०२१ को अवसर पारेर नेपाल महिला चेम्बरद्वारा आज आयोजित शुभकामना आदान कार्यक्रम माझ सो धारणा राखेका हुन ।सो अवसरमा प्रमुख अतिथीको आसनबाट बोल्ने क्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले चेम्बरको गर्विलो ईतिहास रहेको उल्लेख गर्दै चेम्बरको ७० बर्ष प्रवेश साथै अंग्रेजी नयाँ बर्ष २०२१ को अवसर पारेर आयोजित कार्यक्रमले नयाँ उत्साह र उद्यमशिलता विकासमा टेवा पुग्ने विश्वास आफुले लिएको बताए । कोभिड १९ ले शिथिल बनेको अर्थतन्त्र र देशमा पछिल्लो समय विकसित राजनितिक घटना क्रमले निजी क्षेत्रलाई निराश बनाएको भन्दै व्यवसायिक...