समाचार

२ हजार ४०७ जनामा संक्रमण, ३ हजार ९९४ जना निको
समाचार, स्वास्थ्य

२ हजार ४०७ जनामा संक्रमण, ३ हजार ९९४ जना निको

गत २४ घण्टामा नेपालमा २ हजार ४०७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ३ हजार ९९४ जना निको भएर घर फर्केका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार ५१७ पीसीआर परीक्षण गर्दा १ हजार ६९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ४ हजार ८८९ परीक्षण गर्दा ७१३ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ। गएको २४ घण्टामा ४६ जनाको कोरोनाका कारण ज्यान गएको छ। नेपालमा हाल ६८ हजार ९९५ जना आइसोलेसनमा रहेका छन् ।...
काबुल विस्फोटमा पाँच व्यक्तिको मृत्यु
अन्तर्राष्ट्रिय, समाचार

काबुल विस्फोटमा पाँच व्यक्तिको मृत्यु

अफगानिस्तानको राजधानी काबुलको दुई फरक क्षेत्रमा भएको विस्फोटमा पाँच व्यक्तिको मृत्यु भएको छ । अफगानिस्तानको गृह मन्त्रालयका अनुसार  काबुलको दासत इ बार्ची क्षेत्रमा पहिलो विस्फोट भएको थियो । यसको करिब आधा घण्टापछि अलि जिनाह अस्पतालकोनजिकै अर्को विस्फोट भएको टोलो समाचार समितिले जनाएको छ । यस घटनामा परी अन्य केही व्यक्ति गम्भीर घाइते भएका हुनाले मृतकको संख्या बढ्न सक्ने समेत गृह मन्त्रालयले अनुमान गरेको छ । यसै महिनाको शुरुमा काबुलमा भएको यस्तै दुई ओटा विस्फोटमा परी १२ जना सर्वसाधारणको मृत्यु भएको थियो ।...
वाई वाई ग्लोकल टिन हिरोका लागि आवेदन खुला
मनोरन्जन, समाचार

वाई वाई ग्लोकल टिन हिरोका लागि आवेदन खुला

वाई वाई ग्लोकल टिन हिरोका लागि आवेदन खुला गरिएकाे छ । याे मञ्चमार्फत किशोर किशोरीहरूका कार्यहरूलाई पहिचान मात्र नगरी उनीहरूको प्रतिभा उजागर गर्न पनि मद्दत गरिन्छ । शुक्रबार पत्रकार सम्मेलन गरी साताैँ संस्करणकाे लागि आवेदन खुला गरिएकाे जनाइएकाे हाे । गत वर्षझै यस वर्षपनि ग्लोकल टिन हिरो नेपाल भर्चुअल रूपमा सेप्टेम्बर १, २०२१ मा हुने अन्लाईन अवार्ड महोत्सव र सम्मेलन मार्फत घोषणा गरिने जनाइएकाे छ । यस उपाधिको माध्यमबाट किशोरकिशोरीहरूमा उद्यमशील सोच विकास एवम् रचनात्मक सुरुवातको लागि थप उर्जा प्रदान गरिनेछ । नेपालबाट २०१५ मा सुरु भई, काठमाडौंका किशोर किशोरीहरूलाई मात्र लक्षित गरेर पछि २०१६ सम्ममा यसले नेपालका सबै किशोर किशोरीहरूको लागि राष्ट्रिय मञ्च उपलब्ध गराउन राष्ट्रव्यापी रूपमा आफ्नो कार्य विस्तार गरेको थियो । हालसम्म नेपालका ६ किशोर किशोरिहरूलाई ग्लोकल टिन हिरो नेपालका रूपम...
भारत अध्ययनबारे सम्पूर्ण जनकारी स्टडि इन इन्डिया एक्सपोमा
शिक्षा, समाचार

भारत अध्ययनबारे सम्पूर्ण जनकारी स्टडि इन इन्डिया एक्सपोमा

काठमाडौं –भारत अध्ययन विशेष स्टडि ईन ईन्डिया भर्चुअल एक्सपोले विद्यार्थीलाई भारतमा हुने विभिन्न विषयको अध्ययनको विषयमा अन्तर्राष्ट्रिय विद्यार्थीलाई सम्पूर्ण जानकारी प्रदान गर्ने भएको छ । आयोजक संस्था अफेयर्स एक्जिविसन एण्ड मिडियाले एक्सपो विश्वका ४५ राष्ट्रका विद्यार्थीलाई भारतको शिक्षा प्रणाली, अध्यापन हुने विषय, विश्वविद्यालयले प्रदान गर्ने छात्रवृत्ति, भौतिक शैक्षिक वातावरणको विषयमा जनकारी दिने उद्देश्यले शुक्रवार देखी ५ दिन सम्म भर्चुअल रुपमा सञ्चालन भईरहेको आयोजकले जनाएको हो । एक्सपोमा ४० भन्दा बढि विश्वविद्यालय, २ सय भन्दा बढि विषय र सत प्रतिशत सम्म छात्रवृत्ति पाउने व्यवस्था गरिएको छ ।यो एक्सपोले विद्यार्थीलाई भारतमा अध्ययनको विषयमा एउटा माइन्डसेट तयार गर्न सहयोग पुग्ने र विद्यार्थीले विश्वविद्यालयकै प्रतिनिधीबाट घरमै बसेर आवश्यक सम्पूर्ण जानकारी प्राप्त गर्न सक्ने भएकाले यो एक्सपो...
विश्वकप फुटबल छनोटमा नेपाल जोर्डनसँग पराजित
खेलकुद, समाचार

विश्वकप फुटबल छनोटमा नेपाल जोर्डनसँग पराजित

सन् २०२२ मा कतारमा हुने विश्वकप तथा २०२३ मा चीनमा हुने एशिया कपको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । गए राति भएको खेलमा नेपाल जोर्डनसँग ३–० गोलअन्तरले पराजित भएको हो । नेपाली खेलाडीमाथि शुरुआतदेखि नै जोर्डनको टोली हावी भएको थियो । जोर्डनले पहिलो हाफमा एक गोल तथा दोस्रो हाफमा दुई गोल गर्न पुग्यो । जोर्डनका लागि बहा फैजलले दुई तथा यजान अल अरबीले एक गोल गर्नुभयो । जितसँगै जोर्डन समूह बीको दोस्रो स्थानमा उक्लिएको छ । उसको १३ अङ्क रहेको छ । तेस्रो स्थानमा रहेको कुवेतको १० अङ्क छ । कुवेत सिटी रङ्गशालामा जोर्डनले खेलको १६औँ मिनेटमा गोलको अवसर पाएको थियो । यस्तै खेलको २३औँ मिनेटमा रोहित चन्दले डी बक्समा फल गरेपछि जोर्डनले पेनाल्टी पाएको थियो । जोर्डनका बाहा फैजल सेइफले पेनाल्टीमार्फत गोल गर्नुभयो । नेपाली टिममा युवा खेलाडीको बाहुल्य रहेको थियो । इराक...
इराकमा एक नेपाली युवतीले गरिन् आत्महत्या
अपराध, समाचार

इराकमा एक नेपाली युवतीले गरिन् आत्महत्या

इराकको कुर्दिस्तानमा एक नेपाली युवतीले आत्महत्या गरेकी छन्। शुक्रबार सिन्धुपाल्चोककी राधामाया तामाङले आफ्नै कोठामा आत्महत्या गरेकी हुन्। उनी विगत पाँच वर्षदेखि श्रीमान, भाउजुसहित इराकको कुर्दिस्तान सुलेमानीमा बस्दै आएकी थिइन्। कामबाट फर्केपछि उनले आत्महत्या गरेकी हुन्। पारिवारिक झगडामा उनले आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ। मृतकका श्रीमान र भाउजु हुँदाहुँदै नै कोठामा छिरेर ढोका बन्द गरेको र नखोले पछि झ्यालबाट हेर्दा झुन्डिएको अवस्थामा भेटिएको जनाइएको छ। हाल शव पोस्टमार्टमका लागि शवगृहमा लगिएको छ भने श्रीमानलाई प्रहरीले थुनामा राखेर सोधपुछ गरिइरहेको छ।...
भित्रियो यो वर्षको मनसुन
समाचार, समाज

भित्रियो यो वर्षको मनसुन

नेपालमा यो वर्षको मनसुन भित्रिएको छ । मनसुन भित्रिएसँगै मुलुकका विभिन्न स्थानमा वर्षा भइरहेको छ । शुक्रबार बिहान नेपालको पूर्वी भेग हुँदै मनसुन भित्रिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन भित्रिएको सुरूवातबाटै यस वर्ष वर्षा हुन थालेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए । मनसुनका कारण प्रदेश १, वाग्मती प्रदेशदेखि कर्णाली प्रदेशसम्मका पहाडी भेगमा ठूलो वर्षाको सम्भावना रहेको उनले जनाएका छन् । महाशाखाका अनुसार अहिले देशको पूर्वी  र मध्यभूभागमा उत्तर पश्चिम बंगालको खाडी र आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभाव तथा  पश्चिमी भूभागमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको छ । आज दिउँसो देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भने...
यो देश बनाउन एउटा वीर र देशभक्त नेताको खांचो
राजनीति, समाचार

यो देश बनाउन एउटा वीर र देशभक्त नेताको खांचो

-डा.डिआर उपाध्याय, एमाले एकताका लागि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको ६ बुँदे आह्वानले केही दिन नेपाली राजनीतिमा नयाँ तरंग ल्यायो । यो तरंग अझै सेलाएको छैन । खासगरी २०७५ जेठ ३ भन्दा पहिलाको स्थितिमा पार्टीलाई पु¥याउनुपर्ने माधव नेपाल–झलनाथ खनाल पक्षको माग हो । अन्ततः यही आह्वानमार्फत अध्यक्ष ओलीले स्वीकारेका छन्। अब माधव पक्ष एकताका लागी गम्भिर हुने हो भने गाँठो फुकेको छ । पटक पटक भएका परिवर्तन पछि कुनै पनि सरकार पूरा कार्यकाल टिक्न सकेनन्। संविधानसँगै भएको पहिलो संसदीय निर्वाचनमा वाम गठबन्धनले बहुमत ल्यायो। पछि दुई दल (नेकपा) एमाले र माओवादी केन्द्रबीच एकीकरण भयो। त्यसबाट झन्डै दुईतिहाई बहुमतको सरकार बन्यो। पाँच वर्ष मुलुकले स्थिरता पाउँछ भन्नेमा आम नागरिक विश्वस्त थिए । तर, आन्तरिक र बाह्य चलखेलबाट स्थिरताको सपना पुरा हुन सकेन । पार्टीभित्रै विविध चलखेल भए । पार्टी फुट...
प्रतिस्पर्धाका नाउमा जनताको स्वास्थ्यमाथी खेलवाड
अर्थ/व्यापार, समाचार

प्रतिस्पर्धाका नाउमा जनताको स्वास्थ्यमाथी खेलवाड

: डा.डिआर उपाध्याय, सरकारले आयोडिनयुक्त नुनको कारोबारमा निजी क्षेत्रलाई सहभागी गराउने घोषणा गरेको छ । यो घोषणा संगै सबैको ध्यान यति बेला यतातिर केन्द्रित बनेको अवस्था पनि छ । सरकारले आफ्नै लगानी रहेको कम्पनी साल्ट ट्रेडिङको एकाधिकार खोस्ने काम गरेको छ । यसमा निजी क्षेत्रलाई सहभागी गराउन खोज्नु त्यस भित्र सीमित ब्यक्तिको स्वार्थ लुकेको प्रस्ट देखिन्छ । यो नुनको राजनीति भयो । यसले मुलुकको हित गर्दैन । सीमित ब्यक्तिको घेरा तोडेर प्रधानमन्त्री केपी शर्मा ओली बाहिर आउन सकेको भए यति सारै बिवादमा पर्नु पर्ने अवस्था आउने थिएन की ? प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोती दुगडको स्वार्थमा यो घोषणा गरिएको देखिन्छ । दुगड बाहेकका व्यापारीले नुनको कारोबारका लागि अहिलेसम्म कुनै चासो दिएको देखिएको छैन । किनभने विभागमा अनुमतिका लागि निवेदन पर्नु पर्छ त्यस्तो निवेदन दिएको अहिले सम्म जानकारी पाइएको छैन ।...
अबको निषेधाज्ञा मोडालिटी ‘लुजडाउन’
राजनीति, समाचार

अबको निषेधाज्ञा मोडालिटी ‘लुजडाउन’

सरकारले जारी निषेधाज्ञा ‘मोडालिटी’मा केही परिवर्तन गरी ‘लुजडाउन’ शैली अपनाउने तयारी थालेको छ । दोस्रो चरणको कोरोना संक्रमण सुरु भएपछि गत १६ वैशाखबाट जारी निषेधाज्ञाको ‘मोडालिटी’ सर्वसाधारणको दैनिकी र जनजीवन सहज बनाउनेगरी जारी राख्ने तयारी गरिएको हो ।‘निषेधाज्ञा अहिले तत्काल हट्दैन, तर मोडालिटीमा परिवर्तन गरिन्छ, अब निषेधाज्ञा लुजडाउन शैलीमा जनजीवन सहज बनाउनेगरी अझै केही समय जारी रहन्छ,’ गृह प्रवक्ता दाहालले सोमबार राजधानीसँग भने । गृह मन्त्रालयले यो शैली अवस्था हेरेर अघि बढाउन प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशनसमेत गरिसकेको छ । जिल्लास्थित डीसीएमसीले जिल्लाको अवस्था हेरेर सोबारे निर्णय लिन सक्नेछन् । गृह प्रवक्ता दाहालका अनुसार प्रमुख जिल्ला अधिकारीबाट प्राप्त रायका आधारमा नै यस्तो शैली अपनाउन लागिएको हो । यो शैलीअन्तर्गत निर्माण, उत्पादनजन्य, कृषि कार्य खुला गर्ने सरकारको तयारी छ । व...